Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लोकमानको कीर्तिमान : ८ मिनेटमा ३४५९ शब्दको अपील अर्थात् प्रति सेकेन्ड सात शब्द टाइप गर्दै सबको शरीरको लुगा खोल्दिने चेतावनी

Posted on December 22, 2016December 22, 2016 by Salokya


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की सर्वोच्च अदालतमा आफूविरुद्ध परेको मुद्दाको पेशी बुझ्न बा १३ च ८५८६ नम्बरको गाडी चढेर झरेका थिए दिउँसो ४ बजेर २६ मिनेटमा। त्यहाँबाट उनी रिट शाखातिर गए। गएको केही समयमा नै दुई जनाले हातपात गर्दै कालो मोसो दले। यो घटना भएको ८ मिनेटमा नेपाली र अङ्ग्रेजी गरी कूल ३ हजार ४५९ शब्दको विज्ञप्ति ४ बजेर ३५ मिनेटमा फेसबुकमा पोस्ट भयो। घटना भए लगत्तै टाइप गर्न थालेको भए प्रति मिनेट ४३२ शब्द टाइप गरेमात्र यो सम्भव हुन्छ। सेकेन्डको हिसाब गर्ने हो एक सेकेन्डमा सात शब्द टाइप गर्नुपर्छ। विज्ञप्तिमा सबको शरीरको लुगा खोलिदिने चेतावनी दिइएको छ।


यो अपीलमा उनले मोसो दलेको कुरा उल्लेख गरेका छैनन् तर संकेत चाहिँ छ। उनले लेखेका छन्- ‘भ्रष्टाचार नियन्त्रणका निम्ति कदम चालेकै कारण अपमानित र अपहेलित हुनुपर्‍यो भने त्यसबेला कैयन सीमाहरु भत्कन सक्छन्।’

आजै उनको अन्तिम पेशी थिएन। मुद्दा हेर्दाहेर्दैमा टुङ्गिएर भोलि जारी रहने भएको छ। आज बार दिवस भएकोले सुनुवाई नगरी पाउँ भनी लोकमानका वकिलहरुले निवेदन दिए पनि अदालतले सारेन पेशी।

अङ्ग्रेजीमा समेत अनुवाद गरिएको अपीलको अन्त्यमा भनिएको छ- ‘सचेत नेपाली नागरिकका रुपमा भ्रष्टाचार बिरुध्दको अभियान चलाउनु मेरो स्वभाविक कर्म हुनेछ । त्यसवेला कतिको शरीरमा वस्त्र बाँकी रहला समयले नै बताउने छ।’

यति छोटो समयमा यति धेरै शब्दको विज्ञप्ति कसरी आयो भनेर प्रश्न उठ्न थालेपछि भने ७ बजेर २८ मिनेटमा उनले अर्को विज्ञप्ति जारी गरेका छन् खेद प्रकट शीर्षकमा। त्यसमा उनले ‘निन्दनीय घटनाबाट मेरो जिउधन थप असुरक्षित रहेको र न्यायालय परिसरमा जान समेत सचेत हुन पर्ने ठानेको’ उल्लेख छ।

यो आक्रमणमा पनि शंका गर्नुपर्ने ठाउँ प्रशस्त छन्। जस्तै

१) सामान्य मान्छेलाई उभिन त नदिने सर्वोच्च परिसरमा मुद्दाको पेशी भएको कागजात नदेखाई भित्र जान दिइन्न। आक्रमण गर्ने दुई जना प्रकाश शाही र चन्द्रबहादुर बुढा त रिट शाखा भित्रै पुगेर हातपात गर्न भ्याए। कसरी?

२) लोकमान पावरमा हुँदा केही गर्न नसक्ने, अहिले मुद्दा चलिरहँदा अदालतभित्रै गएर कानुन हातमा लिई कालो मोसो दल्ने काम विप्लव माओवादीका दुई कार्यकर्ताले किन गरे?

३) अनि लोकमानका बडीगार्ड हुन्छन् नि। उनीहरु के हेरेर बसे त्यस्तो हुँदा?

४) लोकमान योग्यता नपुगी अख्तियार प्रमुखमा नियुक्त भएको अदालतले ठहर गर्दैछ। उनले पदमा रहेर भ्रष्टाचार गरेको, पदको दुरुपयोग गरेको छानबिन होस् पो चाहेको मान्छेले, कालो मोसो दलियोस् भनेर कसैले चाहेका थिएनन्। यस्तो अवस्थामा स्वयं लोकमानलाई सहानुभूति जाने गरी बढ्ता जान्ने भएर विप्लव माओवादीका कार्यकर्ता किन बाङ्गिएका?

7 thoughts on “लोकमानको कीर्तिमान : ८ मिनेटमा ३४५९ शब्दको अपील अर्थात् प्रति सेकेन्ड सात शब्द टाइप गर्दै सबको शरीरको लुगा खोल्दिने चेतावनी”

  1. govind thapa says:
    December 27, 2016 at 10:18 pm

    राम्रो काम पनि गरेकै हो आफ्नो पदको दुरुपयोग गर्दै त्यसैको फाइदा उठाउदै कमिसन पनि खाएको हुनाले नै गोबिन्द के.सी. लोकमान को बिरुद्द उभिएका हुन् नत्र राम्रै मात्र काम गरेको भए सबैको वाहवाही पाउथे..

    Reply
  2. Ekraj says:
    December 24, 2016 at 2:01 pm

    This will be another time wasting news and incident for most people. We have not really experienced that law and order has been given any chance in Nepal. We have seen plenty of abuse of authority and organised crime and corruption in Nepal.
    Lokman Sing, politicians and their parties are the main cause of failure of law and order situation in Nepal and they all have established themselves as abuser of Power.
    “Where is the Big Fishes” Lokman ji? You know who they are? It may include you as well.
    The black mailing game will work ultimately.

    Reply
  3. रमेश बान्तावा says:
    December 23, 2016 at 11:35 pm

    घटना सुनियोजित थियो भन्ने कुराको पुस्टि त परिस्थितिजन्य साक्ष्य ले अनि पहिले नै तयार गरिएको तर घटना घट्ने बित्तिकै प्रेषित गरिएको बिज्ञप्ति ले पनि प्रमाणित गर्छ , नत्र सात शब्द प्रति सेकेन्ड टाईप गर्नु शम्भव हुने कुरै भएन फेरी ति कालो मोसो दल्ने हरु लाइ छाडी दिनु भन्ने बक्तब्य आउनु ले त झन् यो घटना मात्र सहानुभूति बटुल्ने घटिया तिकडम मात्र हो भनि बुझ्नु ठिक ठान्दछु I

    Reply
  4. नरजंग says:
    December 23, 2016 at 9:16 pm

    हुकुम प्रमांगी र दलहरुको बुई चडेर माथि पुग्ने लोकमानेले लुगा खोलिदिने होइन कारवाही किन नगरेको?सरकारी तलब भत्ता सुविधा खाए पछी यो उनको दायित्व हो|
    नेपालमा अहिले तीन मानेहरूको नेपालमा चर्चा गर्मागर्मी छ|
    ज्ञाने
    लोकमाने र
    कुलमाने
    लौ रोजनुस कुन चाइयो|

    Reply
  5. Shankar says:
    December 23, 2016 at 1:47 pm

    लोक मान् को कुरा सुनदा उसले भ्रास्ताचारी लाइ नंग्यायौ , तर उसको बिरुध्द यो गाबिन्द के सी किन खनिये ? यो बुझ्न सकिएन |
    पार्टी र नेताहरुको भ्रास्ताचार खोतल्नु , भंडाफोड़ गर्नु न राम्रो काम थ्यो र ?

    Reply
  6. Ratna Thapa says:
    December 23, 2016 at 4:15 am

    Excellent ! All four arguments posed by Salokya ji need to be taken seriously. He has raised genuine concerns. First, I thought it could be a drama staged by Lokman ji himself to earn sympathy from the public. If Lokman was under-educated to bear that powerful post, so what? He is far better than those fake certificate holders like police, pilots, doctors and teachers. When the country’s PM, DPM, President and VPs are all lowly educated guys and gals, then why do we need a Master degree holder to run CIAA office?

    Reply
  7. Surya says:
    December 23, 2016 at 3:48 am

    यो सब नियोजित हो. ज्ञानेन्द्रले बोलिसके. लोकमानले सबैलाइ नाँगो बनाउने भनिसके. राजनितिक अस्थिरता कायमै छ. कुरो बुझियो होइन त? 3 तोला सम्पत्ति हुनेको खैर छैन अब.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme