Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चीनमा ओहोदाको प्रमाणपत्र दुई पटक बुझाउने चलन रैछ – सक्कली र कपि

Posted on December 21, 2016December 21, 2016 by Salokya

‘चीनमा हाम्रो राजदूतको हैसियत’ शीर्षकको ब्लग माइसंसारमा नोभेम्बर २३ मा पढ्नुभएको होला। चीनका लागि हाम्रा नवनियुक्त राजदूत लीलामणि पौड्यालले आफ्नो ओहोदाको प्रमाणपत्र भर्खरै बुझाएको बारे समाचार र फोटो अन्नपूर्ण पोस्टमा हेर्दा अचम्म लागेको बारे छोटो ब्लग थियो त्यो। हाम्रा राजदूतले चीनमा विदेश मन्त्रालयमा शिष्टाचार महाशाखा हेर्ने उप महानिर्देशक चाङ् यिमिङसमक्ष बेइजिङ्मा ओहोदाको प्रमाणपत्र बुझाएको फोटो थियो त्यसमा। राष्ट्रपतिलाई नै किन नबुझाएको होला भन्ने जिज्ञासा चैँ भर्खर शान्त भएको छ। खासमा चीनमा दुई पटक ओहोदाको प्रमाणपत्र बुझाउने रैछ सक्कली र कपि। सक्कली चैँ राष्ट्रपतिलाई बुझाउने रैछ अनि कपि चाहिँ अर्कैलाई बुझाएर काम थाल्न मिल्ने रैछ। हाम्रो देशमा त्यस्तो चलन छैन त्यही भएर हामीलाई थाहा नभएको रहेछ।

हाम्रो देशमा राष्ट्रपति सेरेमोनियल हुन्। तर कार्यकारी राजा भएका बेला पनि यसरी हाम्रो देशमा अरुलाई ओहोदाको प्रमाणपत्रको कपि बुझाउने चलन भने देखेको थिइनँ। त्यसैले अन्नपूर्ण पोस्टको समाचार र फोटो देखेर पत्याएको थिएँ। गलत रहेछ। त्यतिबेलाको हेडलाइनले गलत अर्थ दिएको बल्ल थाहा पाएँ। माफ पाउँ हजुर। अर्काको विश्वास गर्दा यस्तो पर्‍यो। अब अरुतिर पनि यसो हेरेर बुझेर हेडलाइन बनाउन हतार गर्नुपर्ला।

खासमा चीनियाँ विदेश मन्त्रालयको साइटले त्यतिबेला नै कपि अफ क्रिडेन्सियल भनेर हालिसकेको रहेछ।

खासमा चीनमा नेपालमा भन्दा फरक रहेछ चलन। चीनमा ओहोदाको प्रमाणपत्र बुझाउने काम वर्षमा तीन पटक मात्र हुने रहेछ। त्यही लटमा पारेर होलसेलमा बुझाउनु पर्ने रहेछ। यदि त्यो बुझाउने समय बाँकी छ भने अर्कै जुनियर व्यक्तिलाई ओहोदाको प्रमाणपत्रको कपि बुझाएर कामचलाउ गर्न मिल्ने रहेछ।

तर त्यसरी कामचलाउ गरेका राजदूत राष्ट्रपति सहभागी कार्यक्रममा भने सहभागी हुन नपाउने रैछन्। अर्थात् त्यतिबेला जब हाम्रा राजदूत पौड्यालले चीनका शिष्टाचार महाशाखा हेर्ने उपमहानिर्देशक समक्ष ओहोदाको प्रमाणपत्रको कपि बुझाएका थिए त्यसपछि उनले काम थाल्न पाए पनि राष्ट्रपति सहभागी भएका कुनै कार्यक्रममा सहभागी हुन योग्य हुने थिएनन्।

अब उनले राष्ट्रपतिलाई नै ओहोदाको प्रमाणपत्र बुझाइसकेपछि भने उनी फूल राजदूत भइसके।

4 thoughts on “चीनमा ओहोदाको प्रमाणपत्र दुई पटक बुझाउने चलन रैछ – सक्कली र कपि”

  1. samip sharma says:
    December 22, 2016 at 5:26 pm

    कुरै नबुझी हतारमा समाचार संप्रेषण गर्नु हुन्न भन्ने संदेश पनि हो ,, कपि पेस्ट को बिगबिगी हावी भैरहदा माई संसारले पनि यसो गर्यो भने अरु बल्ग तथा गतिला भनौदा अनलाईनहरुको स्थिति के होला जो सिधै कपि पेस्ट नै आफ्नो धर्म मान्दछन |

    Reply
  2. kamal says:
    December 22, 2016 at 3:56 am

    Thanks for being honest!

    Reply
  3. Rohini says:
    December 21, 2016 at 10:17 pm

    माइसंसारले पाठक समक्ष माफि मागेको मा खुसि लाग्यो | कहिले कहिँ गल्ति हुन सक्छ | आफ्नो छाती ठुलो बनाएर माफी माग्न सक्नु पर्छ |

    Reply
  4. Pingback: चीनमा हाम्रो राजदूतको हैसियत « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme