Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देश रहेन, सहयोग सम्झाउने साइनबोर्डसमेत खुइलिँदैछ

Posted on December 20, 2016 by Salokya

पूर्व पश्चिम (महेन्द्र) राजमार्गमा यात्रा गर्दा एउटा दृश्य सँधै मलाई रोमाञ्चक लाग्छ – सडक खण्डमा सहयोग सम्झाउने बोर्ड। अरु देशका सहयोगका बोर्डहरु फरक किसिमले राखिएका हुन्छन्। तर यो सोभियत संघले गरेको सहयोग। अङ्ग्रेजी ‘भि’ आकारका खम्बामा ठूल्ठूला अक्षरमा पुलको नाम लेखी मुन्तिर सोभियत संघको नाम। त्यस्तो देश जुन २५ वर्षअघि नै भङ्ग भइसकेको छ। यी बोर्डहरु खुइलिसके। तर नयाँ बनाउन मिल्दैन होला। किनभने सहयोग गर्ने देशै विघटन भइसक्यो।  


पूर्व पश्चिम राजमार्गको २०१ किलोमिटर खण्ड सोभियत संघले सन् १९७२ मा बनाइदिएको हो। यो त सहयोग स्वरुप बनाइदिएको कुरा भयो। त्यतिबेला शक्ति राष्ट्र सोभियत संघले नेपाललाई ऋण पनि दिएको थियो। देशै विघटन भएपछि ऋण तिर्नु परेन होला भनेर तपाईँले सोच्नुभएको भए त्यो गलत। रुस सरकारले ५७ वर्षअगाडि तत्कालीन सोभियत संघले नेपाललाई दिएको ११ लाख ६० हजार अमेरिकी डलर ऋण तिर्न नेपाल सरकारलाई आग्रह गरेपछि केही वर्षअघि सरकारले रुसलाई यो रकम तिरिसकेको छ।

नेपालमा सुरुका दिनमा सडक बनाउन सबैभन्दा बढी सहयोग भारत र चीनले गरेको थियो। हेर्नुस् संगीता थपलियाको पुरानो पुस्तक Mutual Security: The Case of India-Nepal मा कसले कति सडक बनाउन सघायो त्यसबारे जानकारी

2 thoughts on “देश रहेन, सहयोग सम्झाउने साइनबोर्डसमेत खुइलिँदैछ”

  1. ज्योती लिम्बु says:
    December 20, 2016 at 8:46 pm

    deshko lagi chinta line ra desh banaune kunai neta janmiyna sabai lutera matra xan luti raxan ta xad ma xad gari luchi raxan dukha laagxa hami jantalai sadai aruko bhar ma aadesh ma chalxan kaile banla nepal sundar ra sati desh

    Reply
  2. Malla Amrit says:
    December 20, 2016 at 4:52 pm

    नेपाल माँ के भएको एस्तो ?one belt one road साखा नेपाल हुदै रेल मार्ग बारे (केरुंग काठमंडू हुदै लुम्बिनी ) हिजो pm प्रचंड सित चाइना को प्रतिनिदिले कुरा गरेको समाचार आजको प्रिंट मिडिया माँ वा बुदिजीबी बनाउदले लेख लेखछन भने आसा थियो न प्रिंट मिडिया माँ आयॊ वा बुदिजीबी बनाउदले लेख लेखे …..सायेद पैसा डायरेक्ट फ़ायदा पायनं तेसैले होला …..कुनै दिन काठमांडू माँ रेल आयो भने नेपाली जनताले सिर ठाढ़ो गरेर बस्न पाउने थियो होला .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme