Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन तोला सुन सम्पति भएका प्रधानमन्त्रीको पानी खर्चमात्रै साढे ११ लाख

Posted on December 16, 2016 by Salokya


हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कति गरिब छन् भन्ने कुरा त भर्खरैको सम्पति विवरण तपाईँले देखिहाल्नुभइसक्यो। उनको जम्मा सम्पति भनेको तीन तोला सुन र एक कट्ठा जग्गा मात्रै रहेछ। सम्पति नहुनु ठीकै होला। तर त्यही अनुसार खर्च पनि नभई दिए त हुने नि। खर्च कति होला?

एउटा सानो नमूना मात्रै हेर्नुस्। उनको लाजिम्पाटस्थित निजी निवासमा केयुकेएलबाट ट्याङ्करमा पानीको खर्च मात्रै कति होला गेस गर्नुस् त- एक लाख हैन, दुई लाख हैन। साढे ११ लाख। यो खर्च सरकारी ढुकुटीबाट तिरिएको प्रमाण भेटिएको छ।

अर्थ मन्त्रालयबाट २०७३ मंसिर महिनामा विविध शीर्षकबाट भएको निकासा तथा रकमान्तर विवरणमा यो रकम उल्लेख छ। विवरण अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको नाममा बजेट उपशीर्षक नम्बर 6020233 मा भैपरी आउने-साधारण प्रशासन अन्तर्गत ११ लाख ४८ हजार २ सय ४० रुपैयाँ खर्च भएको देखिएको हो।

पानी मात्रै साढे ११ लाखको खाने प्रचण्डको अरु खर्च झन् कति हुने होला, कहाँबाट व्यहोर्ने होला चासो लाग्यो त हामीलाई। सार्वजनिक होला त भन्या?

8 thoughts on “तीन तोला सुन सम्पति भएका प्रधानमन्त्रीको पानी खर्चमात्रै साढे ११ लाख”

  1. prabhat says:
    December 18, 2016 at 3:35 am

    थाहा दिनुभयो धन्यवाद, उनले आफुले आफैलाइ त कारवाहि गरदैन होला र बाकि जंग बहादुरहरूले पनि चूप नै बसछ होला !

    Reply
  2. मेक बहादुर खत्री says:
    December 17, 2016 at 2:11 am

    त्यो पार्टीको पानी हो क्या । पार्टी ले किनिदिएको
    खायो मुत्यो सकियो ।

    Reply
  3. Bimal says:
    December 17, 2016 at 3:40 am

    हावादारी गफ दिएर जनतालाई वेवकुफ बनाउने काममा माहिर छन भन्ने जनताले नबुझेको हो र? अझ उल्टो आफ़ै सन्यास लिने गफ दिने?

    Reply
  4. Pratik Shrestha says:
    December 16, 2016 at 4:13 pm

    Ha ha ha… Tyo Pani khane tapaipani hunu huncha …tyo pakka cha..

    Reply
  5. Gaire Jhabindra says:
    December 16, 2016 at 3:25 pm

    हंगाकंग सिंगापुर थाइल्यान्ड मा औषधि उपचार कसरी सम्भव हुन्छ तेति सम्पती मा ?

    पार्टी ले खर्छ गरेको भनी हाल्लान तर पार्टी मा तेति धेरै पैसा कहाँ बाट आउँछ ?

    अर्को कुरा फलाना फलाना (व्यापारी उद्ध्योपती) ले गरि दिए भन्न पनि सक्छन तर किन ? के उद्ध्योगपती लाई पैसा धेरै भएर हो कि ? जनता लुटन पाउने छुट को रोयल्टि हो ? कसैले भन्न सक्नुहुन्छ ?

    Reply
  6. Saroj Dulal says:
    December 16, 2016 at 8:50 pm

    Yo Ta Loot Tantra Po Ho Ta,Tapai Lai Thaha Holani Hatti Ko Dekhaune Dat Duita Ani Chapaune Dherai Hun Chan.

    Reply
  7. Yubak Malla says:
    December 16, 2016 at 3:00 pm

    Khanchha ni ho thulo manchhe le.

    Reply
  8. Bright Tamu says:
    December 16, 2016 at 2:52 pm

    योत आती भयो हो l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme