Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सेनाले प्रधानमन्त्रीलाई घेरेर ‘यु आर अन्डर अरेस्ट’ भनेको दिन

Posted on December 16, 2016 by Salokya


काठमाडौँ, पुस १ गते।

स्थान : थापाथली।

कार्यक्रम : तरुण दलको प्रथम अधिवेशन उद्घाटन।

कार्यक्रम चलिरहेको बेलामा अचानक हतियारधारी सैनिकको प्रवेश कार्यक्रम स्थलमा हुन्छ। लेफ्टिनेन्ट जनरल सुरेन्द्रबहादुर शाह र बिग्रेडियर जनरल समराज कुँवरको नेतृत्वमा कार्यक्रम स्थललाई सैनिकहरुले घेर्छन्।

दुई तिहाई बहुमत जितेको शक्तिशाली सरकारका प्रधानमन्त्री वीपी कोइरालासहित मन्त्रीहरु घेराबन्दीमा परिसकेका थिए। सेनाको घेराबन्दीमा परिसकेका कारण अंगरक्षकको काम थिएन।

नेपालको राजनीतिको यो एउटा महत्त्वपूर्ण मोड थियो। संविधान घोषणा भएको १ वर्ष १० महिना मात्रै भएको थियो। त्यो संविधान अनुसार चुनाव भएर जनताले चुनेको सरकार बनेको सात महिना मात्रै भएको थियो।

प्रधानमन्त्री वीपी कोइरालासहित गृहमन्त्री सूर्यप्रसाद उपाध्याय, निर्माणमन्त्री गणेशमान सिंह र सभामुख कृष्णप्रसाद भट्टराई सभास्थलमै थिए। उनीहरुलाई त्यहाँ तपाईँहरुलाई महाराजबाट तुरुन्त बोलावट भएको छ मात्रै भनियो। पछि एक ठाउँमा लगेर राखिसकेपछि बल्ल भनियो ‘ यु आर अन्डर अरेस्ट। तपाईँहरु हिरासतमा हुनुहन्छ।’

राजा महेन्द्रले निर्वाचित सरकारलाई गरेको त्यो कू पल्टाउन नेपाली कांग्रेसलाई ३० वर्षको समय लाग्यो। कू हुँदाका बेलाको मन्त्रिपरिषद् यस्तो थियो-

यी मध्ये केही मन्त्री र उपमन्त्रीहरु थापाथलीमै पक्राउ परे। केही भने भाग्न सफल भए। उपप्रधानमन्त्री सुवर्णसमशेर राणा भारत पुगेका थिए। त्यसैले उनी जोगिए।

भोलिपल्ट गृह मन्त्रालयले सूचना जारी गर्दै राजनीतिक सभा सम्मेलन, भाषण, प्रदर्शन, प्रचार गर्न निषेध गर्‍यो। २०४६ सालको आन्दोलनपछि राजनीतिक दलमाथि लागेको प्रतिबन्ध फुकुवा नहुन्जेल यो कायम थियो।


दिउँसो साढे ३ बजे नारायणहिटी राजदरबारबाट राजा महेन्द्रले देशबासीका नाममा सम्बोधन गरे –

‘आगे प्यारा प्रजा गैह्र के यथोचित

जनताले छानेका प्रतिनिधिहरुले नै देशप्रति ज्यादा जिम्मेवारी महसुस गरी प्रजातन्त्रको जग मजबुद हुने वातावरण पैदा गर्दछ र देशमा स्थिरता आई विकास द्रुत गतिले हुन्छ भन्ने विश्वास लिई करिब दुई वर्षअघि देशमा आम चुनाव गराएको सबैमा विदितै छ । फलस्वरुप नेपाली कांग्रेस बहुमतमा आयो र जनताको विश्वास प्राप्त गरेको पार्टीलाई नै संविधान अनुसार शासनभार सुम्पी देशप्रतिको जिम्मेवारीको हिस्सेदार बनाउन पाउँदा अत्यन्तै सन्तोष लाग्नुको साथै केही वर्षदेखि देशमा भएको अस्थिरताले हामीमा पैदा गरेको चिन्ता हटाउनु पनि स्वभाविकै कुरा भएको थियो ।

त्यसपछि देशमा घटेको परिस्थितिको अध्ययन गरी हामीबाट समय-समयमा जनप्रतिनिधिहरु र सरकारमा रहेका व्यक्तिहरुलाई समेत कर्तव्यबाट च्युत नहुने संकेत गरेको कुरा पनि सबैले बुझेकै हुनुपर्छ । प्रजातन्त्र पद्दतिअनुसार छानिएका प्रतिनिधिहरुद्वारा जनता र सरकारको वीचमा भएको भ्रमात्मक वातावरणसमेत सुल्झाई राष्ट्रको हित र विकास गर्ने पूरा कोसिस हुनेछ भन्ने सबैले आशा एवं विश्वास राखेका थिए, तर ठीक त्यसको उल्टो प्रजातन्त्र पद्धतिको आडमा राष्ट्र र जनतालाई एकातिर पन्छाई व्यक्तिगत र दलगत स्वार्थपूर्ति गर्नका लागि अधिकार प्रयोग गरियो ।

ऐन कानूनको मर्यादा नराखी छिटो छरितो र योग्य बनाउने नाममा यो मन्त्रिमण्डलले देशको प्रशासनयन्त्र निस्क्रिय र आधारहीन बनाउने चेष्टामा लाग्यो । अधिकार दुरुपयोग हुँदा भ्रष्टाचार बढ्नुको साथै अनेकानेक भ्रान्ति पैदा गराई प्रशासनयन्त्रमा पनि शिथिलता उत्पन्न भई देशमा शान्ति सुरक्षा कायम राख्न यो मन्त्रिमण्डल विल्कुल असमर्थ भएकोले र अराष्ट्रिय तत्वहरुले धेरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामासमेत बाधा पुर्‍याउने वातावरण आउन लागेको पनि कसैमा नछिपेको तथा वैज्ञानिक विश्लेषण र वस्तुस्थितिको अध्ययनविना कोरा सिद्धान्तका आधारमा उठाइएको आर्थिक कदमहरुले समाजमा चाहिने परिवर्तनको सट्टा जनतामा अशान्त र दुषित वातावरण मात्र पैदा गरेकोले, राष्ट्रको हित तथा प्रजातन्त्रकै निमित्त पनि देशमा यस्तो स्थिति धेरै समयसम्म रहन दिनु उचित नभएकोले देशको एकता, राष्ट्रियता र सार्वभौमिकता बचाउने, देशमा अमनचैन कायम राख्ने र देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने अन्तिम जिम्मेवारी पनि हामीमै भएकोले, उपरोक्त वातावरण हटाई शान्ति सुरक्षा कामय राख्ने र देशलाई संक्रमण स्थितिबाट बचाउन विशेष व्यवस्थाको जरुरत पर्न आएकोले तथा देश र जनताको हितलाई मात्र ध्यानमा राखी संविधानको धारा ५५ को अधिकार प्रयोग गरी यो मन्त्रीमण्डल र संसद्का दुबै सदनहरुसमेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौं । कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं।”

२०१७ सालपछि राजा महेन्द्रको एकल नेतृत्वमा शासन चल्यो। एक भाषा र एक भेषको नीति लागू गरियो। वाक तथा प्रकाशन स्वतन्त्रतामा बन्देज लाग्यो।
महेन्द्रको निधनपछि उनका जेठा छोरा वीरेन्द्रले पञ्चायति शासनको विरासत सम्हाले। तर दरबार हत्याकान्डमा उनको वंशको हत्यापछि अप्रत्याशित रुपमा शासनको बागडोर सम्हालेका माहिला छोरा ज्ञानेन्द्रले बुबाकै सिको गरी निर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गर्दा राजतन्त्र नै हट्ने स्थिति निम्तियो।

गणतन्त्र त आयो तर यो संस्थागत हुन सकेको छैन। गणतन्त्रात्मक संविधान लागू पनि भएको छ तर कार्यान्वयनमा समस्या भोगिँदैछ। जबसम्म स्थानीय निकाय, प्रदेश र संसदको निर्वाचन हुँदैन, संक्रमण काल कायमै रहन्छ।

3 thoughts on “सेनाले प्रधानमन्त्रीलाई घेरेर ‘यु आर अन्डर अरेस्ट’ भनेको दिन”

  1. Rajendra M Singh says:
    December 17, 2016 at 8:13 am

    If it were not for King Mahendra, Nepal would have been like Sikkim long ago. There were many things that he did to keep Nepal a sovereign nation, like joining the United Nations, initiating good relationship with China, etc. India has been meddling in the internal affairs of Nepal using the nikkamma Nepali politicians as puppets. Sadly, Nepal now is under India, though covertly.

    Reply
  2. Shankar says:
    December 16, 2016 at 4:31 pm

    खुला र राम्री स्त्री जाती .अनुसासन माँ रहेकी छन भने लोक ले सम्मान गर्छ यस र एस्सोर्य ले पूर्ण हुन्छिन | अनुसासन हिन् छ भने बलात्कृत हुन्छ .पतन हुदै नामोनिसान मेटिन सक्छ| यो हाम्रो समाज माँ हामीले देखिआएको परिदृश्य हुन जून पुरुष को हक़ माँ पानी उत्तिकै लागू हुन्छ |
    हाम्रो देश को हालात पानी उहइ बलात्कृत नारीको जस्तो छ|प्रजातंत्र त आयो हुनुपर्थ्यो के भने न्यायिक निकाय र चौथो अंग मीडिया बहुत क्रियाशिल , तर दुबै भारतीय नियंत्रण माँ रहे( हेर्नुस खिलराज , हेर्नुस मोदीको प्रसंसा , हेर्नुस धमलाको हमला ) र यो गणतंत्र घाँटीमा अड्केको हड्डी बनाइएको छ नेपालीको लागि | देश माँ भ्रस्ट मंत्री र पि याम को संपत्ति आम नेपाली भन्दा पानी कम????
    आनी डाडु .पनेउ इनको हातमा ?
    ताना साह लाइ पनि टिकन दियेन इंडिया ले . किनकी शान्ति क्षेत्र को प्रस्ताब लाइ स्वीकारेंन , उसलाई हाम्रो देश माँ सीधे हस्तछेप गैर्न अली बाधा पुग्यो | जस्तो मिडल ईस्ट माँ तेल को लागि हस्तछेप गरिरहेको अमेरिका त्यहा प्रजांतत्र चाहियो भन्छ , ईराक , लीबिया ,र सीरिया माँ उसको प्रजातंत्र फलिरहेछ , देसै टुक्रिएको स्थिति छः, हामीकहा पनि लगबग इंडिया ले उस्तै गरेको छः , उनै गोरेको १०० बर्स को दास जो ठहरियो |
    पंचे हरु भन्ने गर्थे हावापानी सुहाउँदो पंचायती ब्यबस्था , तेस्तै आज अमेरिका जीतेकां रिपब्लिकन भन्छन मिडल ईस्ट को लागि सद्दाम र गद्दाफी नै ठीक थे | कुरा सिध्दांत त गलत भये पनि ब्यबहार माँ ठीक कुरा हो |
    हामी प्रजातंत्रको परिभासालाई सिरानीमा राखेर मिठो सपना देख्दै सूतेंम तर छिमेकी माँ चोर बसेको कुराचै हामीले बीरसेम|
    के यो कुरा नेपाली लाइ बिज्दैन ? र हाम्रो रगत पानी भएकै हो ?
    हाम्रा चेली बेटी हरु बिहारीले इंडिया को कोठी हरुमा बलात्कार गर्ने , देश लाइ माओबादी र जनांदोलन को नाउ दिदै आर्को बिहारी अटल बाजपेयी ले बाबूराम . प्रचंड लाइ भारतीय हित को लागि सपथ खुवाउदै( हेर्नुस यस दी मुनि को किताब ) नेपाल माँ आंदोलनगरना पठाउने ??
    प्रचंड को प्रणब दा हाम्रो देश को मेंन राजनितिक खेलाड़ी ?
    एक थरी नेपाली भन्छन इंडिया ले ली हाल्दैन , सबै कुरा उठाई बाट आउने भएपछि ठीकै छः नि त | फेरी कुर कुरे बुद्दिजिबी हरु आजकाल अंध राष्ट्रबाद सब्द खूब फलाक्छन ?
    दिन माँ ८ घंटा काम गर्नु पर्नेमा मुश्किल ले २ घंटा काम, अरु सब गफ गर्ने , खाजा खाने महिला स्टाफ लाइ लाइन मारने ठुस्स ,पेट चुस्स दारिका ग्यास्टिके जंतु हरुले मोटर साइकल को तेल हाल्न लाइन बस्दा निकालेको सब्द हो त्यों अंध नेपाली राष्ट्र बाद |
    बर्मा .भूटान . बंगाल ,आसाम .दार्जलिंग जता तातै नेपाली खेदिएका र दबाइएका छन , नेपाल माँ अंध राष्ट्रबाद फलाक्नेलाई चाय देश घाँडो भएको छः |
    २ दिन अगाडी भैसी करायो , गणतंत्र माँ खतरा | भएको संपत्ति अंतै लुकाएर . सबै भन्दा गरीब नेपाली |

    Reply
  3. Mandip Ramtel says:
    December 16, 2016 at 1:48 pm

    स्थानीय निकाय को ठाउमा स्थानीय तह को निर्वाचन भनेर लेख्नु पर्याे सर !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme