Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जथाभावी लेख्ने फेसबुके र ट्विटेलाई तह लगाउन दुई वटा महँगा गाडी चाहियो

Posted on December 16, 2016 by Salokya

फेसबुके र ट्विटेहरु आफूले देशै हाँके जस्तो गर्छन्। हाम्रै कारणले यो देश यस्तो भएको हो, हामी नभए के भइसक्थ्यो भन्ने पाराले गफ हाँक्छन्। अब उनीहरुलाई जिस्काउन पाइने भयो। तिमेरुकै कारण देशलाई १ करोड २० लाख घाटा पर्ने भयो। तिमेरुकै कारण सरकारी कोषबाट १ करोड खर्च गर्न बाध्य हुनुपर्‍यो।

खासमा कारण के भने, प्रेस काउन्सिललाई केही व्यक्तिले फेसबुक र ट्विटरमा जथाभावी लेखेर व्यक्ति, समाज र राष्ट्रलाई आघात पुग्ने देखेर चिन्ता लागेको छ। उसले त्यही भएर सूचना तथा सञ्चार मन्त्रालयलाई भनेर अर्थ मन्त्रालयलाई दुई वटा गाडी किन्न १ करोड २० लाख बजेट माग गरेको छ। अर्थात् ६० लाख पर्ने दुई वटा गाडी।

निकै कम माग भएको हो। फेसबुक र ट्विटरमार्फत् त्यस्तो देशलाई नै आघात पुग्ने गरी सामाग्री प्रकाशन प्रसारण रोक्न सबै प्रदेश जान पर्‍यो विशेषज्ञसहित। कसरी जाने त? दुई वटा नयाँ गाडी भइदिए चाहिँ जान हुन्थ्यो भनेर यो माग भएको हो।

भरे युट्युब भनेको पनि सामाजिक सञ्जालै हो भन्ने ज्ञान आउला। थाहा छ नि कस्ता छाडा छाडा भिडियो अपलोड भइराछन् त्यसमा। त्यसलाई पनि रोक्न गाडी त नभई हुन्न नि। अहिलेलाई प्रदेशमा जान मात्र गाडी चाहिएको हो। अब हेर्नुस्, इन्टरनेट भनेको प्रदेशमा मात्र सीमित हुन्न, विदेशमा पनि फैलिएको छ। फेसबुकको सामाग्रीका लागि मार्क जुकरबर्गसँग भेट्नु पर्ने हुनसक्छ। ट्विटरका लागि ज्याक डोर्सी नभेटी कहाँ हुन्छ?

त्यसैले दोस्रो चरणमा एउटा विमान वा कम्तिमा पनि विमान टिकटको व्यवस्था त गर्नै पर्छ। यसलाई अतिरन्जित गर्न हुन्न है हेर्नुस्। दोष सबै ट्विटे फेसबुकेको हो उनीहरु चुप लागेर बस्या भए यत्रो बजेट चाहिन्न थियो। उनीहरुलाई तह लगाउन यत्ति त गर्नैपर्‍यो नि। कि कसो हो साथीहरु? यसो कमेन्टमा आफ्ना विचार राख्नुस् है।

पत्र चाहिँ यस्तो छ-

8 thoughts on “जथाभावी लेख्ने फेसबुके र ट्विटेलाई तह लगाउन दुई वटा महँगा गाडी चाहियो”

  1. a.shakya says:
    December 20, 2016 at 11:17 pm

    माथि देखि तल सम्म यस्तै च्याखे थाप्ने र दाउ छाेप्नेहरुकाे राज छ,
    यिनीहरुलाइ “माथि देखि तल सम्म देखाएरै” लाेप्पा ख्वाउन हाै साथिहरु ।

    Reply
  2. Arjun Kumar Sharma says:
    December 16, 2016 at 6:14 am

    खाने दाउ / थुपार्ने दाउ / मस्ती गर्ने दाउ

    Reply
  3. Ram Rana says:
    December 16, 2016 at 5:45 am

    तेसका बाजे गाडि चाहियाे रे त्याे पनि तह लगाउन बल्ल त गालि गर्दा गर्दा केही भए नि एक पाईला बिकासका लागि भनी कदम उठेकाे छ म त भन्छु अझै गालि गर ।

    Reply
  4. Jnanendra Khatiwada says:
    December 16, 2016 at 1:53 am

    मलाई नि एउटा गाडि चाहियो यो जथाभावी लेख्ने पत्रुकारलाइ ठोकेर भग्न ;(

    Reply
  5. Rajendra Tamrakar says:
    December 16, 2016 at 1:06 am

    jasarini hasurne upaye ho, ramrailagyo !

    Reply
  6. GautamKrish Magar says:
    December 16, 2016 at 12:58 am

    Aaj hasne din ho ki kya ho

    Reply
  7. Pujan Bhujel says:
    December 15, 2016 at 8:52 pm

    पहिले आफू सुध्रिनु अनि जन्तालाई सुधार्नु जस्तो देख्छन त्येस्ताई बोल्छन् हामी प्रदेसिनु बाध्यभयु ईनाई सरकार हरु का कारण हो अब फेस्बुक मा मत्र होईन हातले गर्ने दिन न आउला भन्न सकिन्न

    Reply
  8. Krishna Jang Karki says:
    December 15, 2016 at 8:24 pm

    लाज शरम सब पचाये!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme