Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोकेमन गो अब नेपालबाट पनि खेल्न सकिने

Posted on December 15, 2016December 15, 2016 by Salokya

नेपालमा आधिकारिक रुपमा लञ्च भइनसक्दै लोकप्रिय भइसकेको थियो मोबाइल गेम ‘पोकेमन गो’। मान्छेहरु नजिकैका मन्दिर, चर्चित ठाउँमा गएर पोकेमन समात्न थालिसकेका थिए। तर दुर्भाग्य, एकाएक पोकेमन चल्न छाड्यो। चल्दै नचलेपछि के काम त्यस्तो गेम। धेरैले मोबाइलबाट हटाइ पनि सके त्यो गेम।

तर त्यतिबेला लत लागिसकेकाहरु कोही हुनुहुन्छ भने ल अब तयार रहनुस्- नेपालमा आधिकारिक रुपमा यो गेम लञ्च भइसकेको छ मंगलबारदेखि। पोकेमन गोको आधिकारिक वेबसाइटले मंगलबारदेखि नेपाल लगायत दक्षिण एसियाली देशहरुमा यो गेम खेल्न सकिने जनाएको छ। 

सेप्टेम्बरको अन्तिम साता अस्ट्रेलिया जाँदा त्यहाँका चर्चहरुमा लेखेको देखेको थिएँ- बाहिर पोकेमन समात्नुस्, भित्र भगवानलाई भेट्नुस्। अर्थात् मान्छेलाई चर्चमा तान्न, भगवानको भक्तितिर आकर्षित गर्न समेत यो गेमको सहयोग लिन थालिएको रहेछ। हुन पनि मन्दिर, मस्जिद, चर्चहरुमा पोकेमन भेटिन्छ। त्यही समात्ने लोभले मानिसहरु चर्चमा आए त राम्रै हो नि भन्ने मनसाय होला।

के हो पोकेमन?
पोकेमन लन्च भएको केही समयमा नै अत्यधिक लोकप्रिय भएको एउटा मोबाइल गेम हो। अरु गेम जस्तो यसले घरभित्रै बसेर गेम खेल्न नभई बाहिर निस्कन र हिँड्न प्रेरित गर्छ। खासमा यो जिपिएसमा आधारित खेल हो। तपाईँले जिपिएस अन गर्नुपर्छ यो खेल खेल्न। जिपिएसका आधारमा तपाईँ हिँड्नुपर्छ। वरपर कतै मन्दिर छन् भने त्यता भेटिन सक्छ पोकेमन। कहाँ पोकेमन भेटिन सक्छ भनेर नक्सामा देखाइन्छ तपाईँलाई।

पोकेमन भेटियो भने एउटा डल्लो फ्याँकेर तपाईँले पोकेमनलाई समात्नु पर्छ। बस खेल यही हो। जतिसक्दो धेरै पोकेमन समात्नुस्। पोकेमन मन्दिर, कुनै धरोहर, चर्चित स्थान आदि ठाउँमा पाइन्छ। त्यस्तो ठाउँसम्म जान तपाईँलाई यसले प्रेरित गर्छ। यो भयो राम्रो पक्ष। नराम्रो पक्ष के भने पोकेमन पक्रने धूनमा बाटोमा नहेरी हिँड्दा दुर्घटनामा पर्न सकिन्छ। रातबिरात हिँड्दा लुटपाट हुनसक्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, डेटा अन नगरी यो खेल खेल्न सकिँदैन। घरको वाइफाइ धेरै टाढासम्म टिप्ने कुरा भएन। अनि मोबाइल कम्पनीले त कमाउलान्, गोजी भने गेमबाट रित्तिन्छ।

3 thoughts on “पोकेमन गो अब नेपालबाट पनि खेल्न सकिने”

  1. मेरोकलम says:
    February 12, 2017 at 6:20 pm

    पोकेमन गो चर्चित हुनुको पछाडी प्रयोगकर्तालाई घरभन्दा बाहिर निस्कन प्रेरित गर्नुपनी हो । यसले शारिरिक ब्यायाम र घरभन्दा बाहिरको समाजलाई नियाल्न निकै सहयोग गरेको पाइएको छ ।

    तर हाम्रो जस्तो ठाउँमा फेसबुक चलाउन त लाइट एप प्रयोग गर्नेको बाहुल्यता बढी छ भने कसरी सधै इन्टरनेटमा कनेक्ट भएर गेम खेल्न सकिएला ।

    Reply
  2. yad says:
    December 30, 2016 at 12:30 pm

    पोकेमनले फेरी मान्छे बिगार्ने भयो .

    Reply
  3. Lal Shobha Gurung says:
    December 16, 2016 at 2:21 am

    Yo khel nepal bhitrawunu hudaina …,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme