Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नपत्याउने कुरा किन गरेका प्रम प्रचण्डले? बैँक खाता नभए तलब कसरी थाप्छन्?

Posted on December 15, 2016December 15, 2016 by Salokya

लुकाइराख्ने अति नै इच्छा भए पनि मिडियाको दबाबले बाध्य भएर समयभन्दा निकै ढिला मन्त्रिपरिषद्को सम्पति विवरण सार्वजनिक भयो। २०४६ सालपछि बनेको सरकारले सम्पति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। यो निर्णय पालना नगर्ने एक मात्र सरकार खिलराज रेग्मीको सरकार थियो। दोस्रो सरकार प्रचण्डको हुन लागेको थियो। धन्न बुधबार सार्वजनिक गरेर यो कलंकबाट बच्यो।

तर सार्वजनिक विवरण भने हास्यास्पद लाग्यो। प्रधानमन्त्री प्रचण्डको सम्पति विवरण हेर्दा तीन तोला सुन र एक कट्ठा जग्गा रहेछ। पत्याउने कुरा हो त यो? बैँक खाता नै छैन उनको?


बैँक खाता नै नभए प्रधानमन्त्री पदको तलब भत्ता कहाँ कसरी बुझ्दा रहेछन् उनले? के हातमै दिन्छन्? हातमै दिने भए त अति भयो। देशका प्रधानमन्त्री जस्तो मान्छेको एउटा बैँकमा एउटा खातासमेत नभएको? नेपाल राष्ट्र बैँकले सचेतना कार्यक्रम स्कूल स्कूलमा हैन मन्त्रिपरिषद‍मा सञ्चालन गर्नुपर्ने देखियो- बैँक खाता खोल्नुपर्छ, बचतको बानी बसाल्नु पर्छ भन्दै।

उता भारतमा नरेन्द्र मोदीले सबै जनताको बैँक खाता खोल्ने अभियान चलाइरहेका छन्, यता हाम्रा प्रधानमन्त्रीको भने बैँक खाता नै छैन? अरु कुरा मोदीको मान्नुपर्ने, यो चाहिँ किन कपि नगरेको त ?

यदि बैँक खाता छ भने किन उल्लेख गरिएन? बैँकमा ५० रुपैयाँ भए पनि होला। 0 हुने गरी त रकम निकाल्न मिल्दैन होला।

बैँक खाता नै छैन भने दैनिक खर्च कसरी धान्ने होला? प्रधानमन्त्री हुन्जेल त ल सरकारले तिर्‍यो होला रे। प्रधानमन्त्री हुनुअघिसम्म त्यो लाजिम्पाटको घरको भाडा कसरी तिरियो त? लुगाफाटा कसरी किन्ने होला? मोबाइल छ, त्यसको मासिक रकम कसरी तिर्ने होला? श्रीमती छ, छोरा छ- उनीहरुको पनि जागिर छैन। कसरी धान्ने होला खर्च?

अनि अचम्मको कुरा, नौ वर्षअघि सार्वजनिक उनको सम्पतिमा २ तोला सुन थियो। अहिले ३ तोला भएछ। बैँकमा पैसा राखेको भए ब्याज आएर बढ्यो भन्नु। सुन आफै चाहिँ बढ्दैन होला है त्यसरी त। जग्गा चाहिँ घटेछ। जग्गा बेचेर सुन किनेको हो भन्नलाई पो हो कि।

जग्गा बेचेको भन्ने कुरा सुन्दा जनयुद्ध अघि खर्च जुटाउन एक कट्ठा जग्गा बेच्न नपाएर प्रचण्डले स्वास्नी कुटेको प्रसंग पनि याद आयो। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

17 thoughts on “नपत्याउने कुरा किन गरेका प्रम प्रचण्डले? बैँक खाता नभए तलब कसरी थाप्छन्?”

  1. सबनब says:
    December 16, 2016 at 4:35 pm

    ए माइसंसार हजुर,
    यी सम्पूर्ण मन्त्रीको सम्पति विवरण सरकारको वेबसाइटमा कसरी हेर्न पाइन्छ हँ? एउटा मन्त्रीको मेरो घर नजिकै घडेरी छ, उसले त्यो पेस गरेको छ कि छैन हेर्नु पर्यो|

    Reply
    1. Salokya says:
      December 16, 2016 at 7:21 pm

      http://www.opmcm.gov.np/property-details/

      Reply
  2. nimesh, KTM says:
    December 16, 2016 at 9:13 am

    दाबि नगरेका सबै सम्पत्ति सरकारले जफत गर्नु पर्छ । सम्पत्ति सुद्धिकरण आयोग वा अख्तियारमा कुनै त्यस्ता हिम्मतवाला राष्ट्रप्रेमि छ भने उनिहरुका लागि यो एउटा सुवर्ण मौका हुने नै छ । मुलधारे मिडियाहरुको नजर पनि यतातिर एकछिन डुलाउने हो कि ! जोसुकैको किन नहोस दाबि नगरेका वा नभएका जुनसुकै सम्पत्ति राज्यको हुने छ र हुनुपर्छ । यो कानूनि मान्यता हो .

    Reply
  3. कपिल says:
    December 15, 2016 at 9:39 pm

    ठ्यम्मै चित्त नबुझ्दो| जस्ले आफुलाई माओवादीको पुच्छर सम्झेको छ् उस्ले यो बारे के भन्नु छ्?
    मुद्दा ठोक्नु पर्‍यो| हाम्रो मुलुकमा कोही गतिला वकिल छैनन? नागरिक समाज बैद्य घाटमा पुगेको कुरो साँचो रहेछ|
    साझा यातायात र मेडियामा झल्झली चम्कने मणी दिक्षितहरु लोकमान र् उन्का चम्चाहरु लाई निशाना ताकेर ठेगानालाउने कसरतमा नौरान देखिको बलले जुटेका छन क्यारे| प्रधान मन्त्रिको झुटो विवरनको कस्लाई वास्ता र्? हामी मात्रा यो ब्लग मा कराएर केही हुँदैन| अदालत पुर्याए पछी मात्र काम शुरु हुन्छ|

    Reply
  4. jitu says:
    December 15, 2016 at 8:21 pm

    पहिलेका सुको 3 वोटा मोबाइल, अहिलेका को तिन तोला सुन, धनि नै रैचन कोइराला भंदा ट

    Reply
  5. madhu says:
    December 15, 2016 at 5:23 pm

    अर्जुन पाठक (प्रचन्दे को ज्वाँई तथा एस्को पैसा को ब्यबस्थापना गर्ने मान्छे) र सुमार्गी लाई सिस्नो पनि र कोरा हाने पछी थाहा हुन्छ प्रचन्दे को सम्पत्ति।

    Reply
  6. Shankar says:
    December 15, 2016 at 3:55 pm

    कम्निस्ट तानाशाह ,डिक्टेटर हरु ले आफ्नो सही संपत्ति सार्बजनिक गर्दैनन
    | पछाडि हात बाँधेर घाटीमा माला लगाए पछि , बल्ल जनताले थाह पौछ खरबो को संपत्ति रहेछ |
    येसमाथि सीधा हिसाब
    १) हीजो बाजपेयी सरकार सैग गोप्य समझौता गर्दै बाबूराम ,प्रचंड ले भारतीय हित को नेपाल माँ लागि जनताको घर घर लुटेको , बैंक लुटेको , टावर भटकाएको , गाबि स भवन उडाएको , १४००० गरीब नेपाली मारेर तेसैलाई जनांदोलन नाउ दिएको ( स्रोत :यास दी मुनिको किताब माँ भा जा पा सरकार सैग , भारत को हित माँ काम गर्ने गोप्य समझौता गरेपछि नेपाल माँ आंदोलन सुरु गरेको )
    त्यों बेलाको पैसा खोई ??

    २) नेपाल लाइ धर्म निरपेक्ष्य बनाऊंन र खुलेआम क्रिस्चियन धर्म प्रचार गैर्न यूरोपियन यूनियन , मिसनरी आदिकोसैग खाएको पैसा खोई ?
    b
    इंडिया माँ माफिया , तस्कर , डॉन हरुले कालो धन लाइ बॉलीवुड माँ लगानी गर्छ र उल्टो मुनाफ़ा कमाउँछ ( रेखा ले हिजो प्रचंड सग चाक जोड्न जानुको रहस्य के ?)
    प्रचंड ले आफ्नो कालो धन अजय सुमार्गी मार्फ़त इंडिया पठाएको हूँन सकने संभाबना को कुरा केहि गई छापा हरुले लेखेका थे |
    बिदेश माँ र इंडिया माँ पानी पत्रकार हरुले भ्रस्ट नेता र तस्कर को संपत्ति पत्ता लगाउछ र तिनीहरुलाई नांगो पार्छ | हाम्रा त पत्रकार पानी बुध्द भगबान , बाघ ले घास खाई रहेछु भन्दापानी पत्याउने |

    Reply
  7. Upendra Shrestha says:
    December 15, 2016 at 9:15 am

    गरिब देशको दोश्रो गरिब प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ३ तोला सुन र १ कट्ठा जग्गा मात्र ????
    हामी जान्न चाहान्छौ ।
    १. नेपाल ग्यास कस्को?
    २. Ncell को १ अर्ब को शेयर कस्को?
    ३. भाटभटेनिको शेयर कस्को?
    ४. चन्द्रागिरी केबल कारको शेयर कस्को?
    ५. बानेश्वरको मुक्ति टावर कस्को?
    ६. रेडियो थाहा सन्चार को संयोजनमा देशभरि का ६० ओटा रेडियो सुमार्गी ग्रुपको नामको ९१% शेयर कस्को ?
    ७. लाजिम्पाट को १६ करोड मूल्य बराबर को घर कस्को ?
    ८. इटहरीको होटल गरिमा को ४९% सेयर कस्को ?
    ९. बालाजुको मितेरी हस्पिटल को ५०% र नोबेल हस्पिटल को ३९% शेयर कस्को ?
    १०. स्वीस बैंक मा आयआर्जन को नाममा राखेको ४ अर्ब कस्को ?
    ११. पोखराको प्रकाश टावर कस्को ?
    १२. घरमा रहेको भनिएको १० तोला सुन कस्को ?
    १३. २ करोड ५० लाख मूल्य बराबर को बुलेट प्रुफ गाडी कस्को ?
    १४. महंगा मोबाइल तथा हाल प्रयोग गर्दै गरेको सुन कस्को ?
    १५. चितवनको १ कठ्ठा जमिन कस्को ?
    १६. पुष्टि हुन बाकी अरबौ को सम्पत्ति कस्को ?

    विचरा केही रहेनछ , कचौरो लिएर जनता माझ जाने कि?

    Reply
  8. Ido Rana Naveen says:
    December 15, 2016 at 8:24 am

    हामी कोहि कसैलाइ जानकारी छ भने तेसमा थपेर दिउ होइन भने वाइह्यात कुरा नगरौ।

    Reply
  9. Rajendra Tamrakar says:
    December 15, 2016 at 7:47 am

    तलब त 16 किलोको माला किन्नैमा खर्च भयो होला नि ! बाकि पैसा दुइ हातमा थाप्छन !

    Reply
  10. Gambhir Ghimire says:
    December 15, 2016 at 6:26 am

    अब नया कानून र निर्देशिका बनाओ ! “प्र मन्त्री र मन्त्री को सम्पति को सट्टा “प्र मन्त्री र मन्त्री को झूट्टा बिबरण “लेख ।कती सम्म ढाटेका त ।

    Reply
  11. Dhruba Kedar Adhikari says:
    December 15, 2016 at 6:03 am

    अचलको मात्र कुरा होला नि त।

    Reply
  12. Ram Rana says:
    December 15, 2016 at 5:13 am

    १७हजार मारेकाे पाप नलागुस भनेर कार्यकर्तालाई बाडेछन के हाे खै हुन पनि कार्यकर्ताहरु अाजकल दिन दुई गुणा रात चाै गुणा ले सम्पत्ति जाेडिएकाे हाम्राे अाखा अगाडि नै छ ।

    Reply
  13. Sabitri Thapa says:
    December 15, 2016 at 5:09 am

    हाम्रो देसको प्रधान मनत्री कती गरीब

    Reply
  14. Madan Gurung says:
    December 15, 2016 at 5:01 am

    एक जानले यो परमणिकरण बिश्वस गरेर देखउ, म भातनै खदिन ल। येस्तो हवा कुरा गरेर हुन्छ?

    Reply
  15. फरगेटेड सोल 'योगी' says:
    December 15, 2016 at 5:00 am

    रातो हात्तीको सेतो दाँत तर देखाउनको लागि:
    प्रधानमन्त्री र मन्त्रीहरुले सपथ खाएको झण्डै ४ महिना पुरा गरिसके पछि,चौतर्फी दबाब परे पछि बल्ल बल्ल सम्पती सार्बजनिक गरेका छन । सम्पती बिबरण सार्बजनिक नै गर्न चाहने हो भने मन्त्री भैसके पछि १ हप्ताको समय नै काफी छ ! बाकी १५ हप्ताको समय त भित्र भित्रै कानुनी प्रकृया मिलाएर लुकाउनको लागि लाग्छ ! ४ महिनाको समय लगाएर सार्बजनिक गरेको संम्पती बिबरणमा पनि सत्यताको मात्रा एकदम कम छ । सार्बजनिक गरेको संम्पती बिबरण अनुसार त प्रम प्रचंड र मन्त्री महरा एकदम गरिब देखिन्छन, कर्णालीमा २० किलो चामल पाउनेले छाक काटेर यिनीहरुलाई सहयोग गर्न पर्ने देखिन्छ ! यो त भयो “हात्तीको देखाउने दाँत !” अब सामान्य माओबादी समर्थक र भोटरको,ब्याबाहारिक रुपले संम्पती बिबरण बुझ्न चाहनु हुन्छ भने लेखनाथ नपाको वडा नं १२ पोखरा बिश्व बिध्यालय नजिक अाएर हेरे हुन्छ ! जहाँ “बोराको पैसा” को नामबाट बदनाम छन केही मानिसहरु न कुनै पेशा छ, न कतै बाट कमाएर ल्याएको छ, न कहिल्यै त्यस्तो ह्वारह्वार्ती पैसा अाउने जागिरै खाएको छ ! न त्यति धेरै पुर्खौली र अपुतालीबाट पाएको छ, कसरी अायो एउटा सामान्य मानिसमा एका एक त्यत्रो चेन्ज,बिलासी जिबन शैली र बैभव?? मात्र माओबादीलाई दन्दकालमा समर्थन र शान्ति प्रकृया पछि भोट दिएको भरमा, !!! एेसे लिए तो मेरे भाई “दाल मै कुछ काला है !” यो एउटा ठाँउको मात्र तस्बिर हैन करिब करिब देशै भरिको हो !
    – फर्गेटेड सोल !

    Reply
  16. Bharat Panday says:
    December 15, 2016 at 4:50 am

    बैक खाता नेपालीमा हैन अंग्रेजीमा छ र खातामा नेपाली रुपीयाहैन डलर मात्र छ तेसैले नेपाली खाता छैन भनेको खरबौ पती भिखारी प्रचण्ड चण्ड अचण्ड कुरो बुझनु पर्योनी

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme