Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफ्नै मात्र प्रोफेसनल लाइसेन्स निकाले कि क्या हो ‘टाउके’हरुले? मन्त्री र सचिवको पेशा ड्राइभर हो र?

Posted on December 14, 2016 by Salokya


अहिले राजधानीमा स्मार्ट लाइसेन्स वितरण सुरु भएको छ। नामले स्मार्ट भए पनि वास्तवमा कस्तो स्मार्ट रहेछ यो लाइसेन्स भन्ने खुलासा नागरिकन्युजले आज गरेको छ। नागरिकन्युजले तीन वटा गम्भीर त्रुटी पनि उल्लेख गरेको छ- एउटा हो त्यसमा लाइसेन्स क्याटेगोरी उल्लेख छ, त्यो क्याटेगोरीको व्याख्या उल्लेख छैन। अनि अर्को हो – लाइसेन्स जारी गर्ने निकाय उल्लेख छैन। तेस्रो त्रुटी रहेछ – सबै लाइसेन्स नन प्रोफेसनल हुन्। त्रुटी भएको बामगती अञ्चल यातायात कार्यालयका प्रमुख तेजनारायण यादवले स्वीकारेका छन्।

तर स्मार्ट लाइसेन्स वितरण अघि गरिएको प्रचारमा भने प्रोफेसनल लाइसेन्सकै नमूना देखाएका थिए। एभिन्युज टेलिभिजनको समाचारमा हेर्नुस् त अहिलेका उपप्रधानमन्त्री विमलेन्द्र निधिको लाइसेन्स। यसमा त प्रोफेसनल नै लेखिएको छ।

त्यसैगरी यो अर्को लाइसेन्स हेर्नुस् त। मधुसुदन बुर्लाकोटी यातायात व्यवस्था विभागका डिजी हुन्।

अनि तुलसीप्रसाद सिटौलाको यो लाइसेन्स हेर्नुस्। उनी यातायात सचिव हुन्।

यी सबका लाइसेन्स त प्रोफेसनल लेखिएका छन्। मन्त्री, सचिव र डिजी कसरी प्रोफेसनल अर्थात् पेशाले ड्राइभर भए हँ? अचम्मैको कुरा भएन र?

सर्वसाधारणको भने यस्तो हुँदो रहेछ नागरिकन्युजमा उल्लेख भए अनुसार

हेर्नुस् एभिन्युजको पुरानो भिडियो

हेर्नुस् नागरिकन्युजको अहिलेको भिडियो

11 thoughts on “आफ्नै मात्र प्रोफेसनल लाइसेन्स निकाले कि क्या हो ‘टाउके’हरुले? मन्त्री र सचिवको पेशा ड्राइभर हो र?”

  1. Krishna says:
    December 15, 2016 at 1:26 am

    I agree that they are trying to cram every bit of information in a driver’s license. Why is there a need of Passport number/citizenship number/father’s name/phone number in a driver’s license?
    All you need is driver’s name/address, birth date, driver’s license number, date of issue, date of expiry, photograph, and license category.
    I, however, support the idea of having blood group number in the display. In case of emergencies, like accidents, it would be easier to look for donors with specific blood group. (Of course, the blood has to be tested, but it expedites the process).

    Reply
  2. सुवल says:
    December 14, 2016 at 7:41 pm

    अब यसो काम गरौ र गर्न सक्नेहरु सबका सब अरब कोरिया जापान तिर र पीआर ग्रीन कार्ड तिर धाउन लागे पछि पृथिवी नारायणका कतिवटा पटरानी थिए र कुन् संवतमा कसले रानीपोखरी निर्माण गरे भन्ने प्रश्नको जवाफ कन्ठ गरेर लोसे आयोगमा घोकेर र भाषा मरकाएर लेखनेहरूको प्रशासनमा हालिमुहाली छ| राजनैतीक नेत्रित्व र् प्रशासनमा बाजेहरुको अत्यधिक वाहुल्यता भएकोले काम बिग्रेको हो भन्ने सबैलाई थाहा छ्| अहिले काम सपारेको भए पनि जश बाजेहरुले नै पाउने थिए| श्रेय दिन चुक्ने थिएनौ|
    विगत छ् दशकलाई पूर्वग्रह रहित अवलोकन गर्ने हो भने कार्यकुशलता भन्ने चरी, एक दुई अपवादलाई छाडेर, चाहे राजनैतीक नेत्रित्व होस् वा प्रशासन हो, बाजेहरुको डीएनए मा नभएको हो कि के हो? सयपल्ट् अवसर पाउदा पनि आफ्नै मात्रा हेर्ने? घुस र् नातावाद कृपावादको चरम सीमा हामीले देखेकै हौ| एयर्पोटको बाथरुम समेत बाजेहरुको नेत्रित्व सरकार र् प्रशासनले ब्यवस्थित गर्न सकेको छैन| पासपोर्टमा परराष्ट्रले कती गल्ती गरे त्यो साधारण जनताले भोगेकै हुन|पास्पोर्ट लिन लाम घन्टौको लाम देखेर थाहा पाईन्छ नेपाल सरकारका बिशिश्ट भनिएका परराष्ट्रका हाकिमहरुले जनताको दुखको वास्तै नगरदो रहेछ|पहुचवालाहरु लाममा बसेको कैले देखिएन|

    अब वास्तविकता वोध गर्नु छैन यो पढेर धेरै जसो बाजेको मनमा चस्स घोच्दो हो र् तथानाम तर्क दिएर औचित्य प्रदान गर्ने प्रयास गर्दा हुन|ठीक कुरो हो कि होइन एउटा सच्चा नेपाल लाई भित्री मनले माया गर्ने नेपाली भएर सोच्नुस|
    नेपाल रहे नेपाली रहन्छ किन नेपाली रहे नेपाल रहन्छ, यो गहन प्रश्न केलाउनु परो| जतिकै भिजनेरी भए पनि प्रशासन बैल गा डाको गतिमा चले पछी के को बिकाश?
    नंया नेपाल रे? कत्ति झुट बोलन सकेका हौ?

    Reply
  3. Rajendra says:
    December 14, 2016 at 10:43 am

    Dear Admin & Commenter, can you please check the date of issue(DOI 22-09-2002) of yours Given License here. Actually when government started to give the smart license in Nepal 2002 or 2015? can you clear it Admin sir. May somebody started to make the duplicate.

    Reply
  4. वल says:
    December 14, 2016 at 8:55 am

    यस्ता त्रुटीलाई हल्का रुपमा लिईनु हुँदैन|
    सरकारले यातायात सचिव र् डीजि दुवैलाई बर्खास्त गरेर एउटा नजिर बसाल्नुपर्छ| फायर नगरे पनि
    एक तह घटुवा गरिन पर्छ| के यो खेलाँची हो? डीजी मधुसुदन को आफ्नो नामको अङ्रेजी हिज्जे हेर्नुस् त्?
    अर्को प्रश्न: एडीबीले फन्ड उप्लब्ध गराएका हुनाले किन मनिटरिङ्ग गरिएन? smart license को नमुना र् टेमप्लेट प्रजेक्ट प्रपोजल मै हुनपर्ने हो| नेपाल सरकारको दोश छ्दैछ, तर एडीबीले पनि जिम्मेवारी वहन गर्न सक्नु पर्‍यो|नाउ मात्र स्मार्ट लाइसेन्स रहेछ दिनेवाल तर माथि उल्लिखित लिनेवाल सबै इडियट जस्तो पो देखियो|
    के फण्ड मात्रा दिएर चुप रहन सक्ने होइन एडीबी| मेलम्चीको पानी ढिलो गर्नमा एडीबी पनि उत्तिकै दोशी छन
    जती नेपाल सरकार| हाम्रा मेडीयाले अब दात्री संस्थाका कमीकम्जोरीहरुलाई पनि औल्याउन पर्छ|

    Reply
  5. sushil says:
    December 14, 2016 at 7:10 am

    बिजोग छ हगि? सावरी अनुमति पत्रको त यो हालत छ, कुटनीति कस्तो होला?

    Reply
  6. bikas says:
    December 14, 2016 at 6:55 am

    Some others,
    1. Use of abbreviative form i.e. DOI, DOE, BG, DOB,F/H. I do not think this is universally understood except DOB.
    2. Issued by: there is only signature of the issuer (not title and position of the authority). Actually there is no need for any signatory.
    3. Spelling error ! is the spelling of Tulisi, in one of the above examples, correct?

    Reply
  7. Bids says:
    December 14, 2016 at 5:02 am

    And another mistake is It should be “licence” not “license”. This is result of bloddy nepalese rules that force all the genuine students to go overseas to find jobs as whatever positions arise in Nepal are preserved for either who has political power or who fits in quota system.

    Reply
    1. Krishna says:
      December 15, 2016 at 1:32 am

      “license” is used in America. I believe “licence” is used in England. Technically, spelling license is not incorrect as you have suggested.
      Perks of English language, eh??

      Reply
      1. Ale says:
        December 18, 2016 at 1:14 pm

        Bids ले थिक भन्नु भयेको हो कृष्णा जि \ It should be spelled as Licence (noun), not license (verb). It is something like “advice” and “advise”. E.g. My driving licence was licensed by traffic authority.

        Reply
  8. Ekraj says:
    December 14, 2016 at 4:10 am

    नेपल बेबकुफहरूले चलाएको देश् हो| अब Bimalendra निधि मन्त्रि बाट हटेर बस् driver भये हुनछ| एसले देश् त डुबायो, अब professional driver भयेर durghatanama सयौं को jyan पनि लिन सकदछ|

    Reply
  9. Mahendra Gorkhali, UK says:
    December 14, 2016 at 3:59 am

    धन्यवाद ! लाइसेन्स कस्तो रैछ, देखियो | भएभरको विवरण तेती सानो कार्डमा अटाउन खोजेको मूर्खता पनि देखियो | कार्डमा नै चिप राखिएको छ भने फेरी किन पासपोर्ट नम्बर, नागरिकता नम्बर, ब्लडग्रुप आदि खांदनु परेको | चिप स्क्यान गरेपछि सबै डिटेल भेटि-हालिन्छ नि | यू.के., अमेरिका र अन्य देशको लाइसेन्स पनि येसो हेरेर सिकेको भए हुन्थ्यो, हामी नै फोटोकपी पठाईदिएर सहयोग गर्ने थियौं | फ़ेरि address पनि रैछ…घरको हो कि अफिसको हो कि दोकानको | Issued by: किन चाहियो ? त्यत्रो नेपालको झन्डा र सरकारी लोगो राखे पछी उसैले इसू गरेको त हो नि | त्यो कुखुराले भुइँ खोर्सेको जस्तो सिग्नेचर कसले चिन्छ र भन्न सक्छ कसले इसू गरेको भनेर | पछाडी खाली रैछ त, अगाडी नै खाँदेर सबै अटाउनु पर्ने के त्यस्तो वाध्यता थियो ? आफ्नो कुर्सीमा तौलिया राख्ने हाकिमको पनि कतै राम्रो आइडिया हुन्छ र ? मेरो बिचारमा यो स्मार्ट लाइसेन्स भन्ने कार्डको डिजाइन पुरै बदली गर्नु पर्छ, र जन गुनासोलाइ ध्यानमा राखेर सुधार गर्नु पर्छ ….दुनिँया हसाउने यस्तो काम पनि गरने हो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme