Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुकमा अपत्यारिलो समाचारको अपत्यारिलो यात्रा : हेर्नुस् कति डरलाग्दो छ स्थिति

Posted on December 13, 2016 by Salokya

विभिन्न मिडिया सम्बन्धी विषयमा रिसर्च गरिराख्ने पत्रकारिता अध्ययन गर्नेहरुको हाम्रो समूह ‘सेन्टर फर मिडिया रिसर्च’का साथी उज्ज्वल आचार्यले एक दिन भने, फेसबुकमा फेक न्युजबारे केही गरौँ। के गर्ने निश्चित थिएन। अमेरिकामा राष्ट्रपतीय निर्वाचनपछि फेक न्युजको असरबारे निकै बहस हुँदैछ। नेपालमा पनि स्थिति लगभग त्यस्तै हो भन्ने त थाहा छ तर त्यो हेर्ने कसरी? अकस्मात् एउटा आइडिया आयो, एउटा फेक न्युज बनाएर त्यो कतिको फैलँदो रहेछ तथ्याङ्क विश्लेषण गरौँ न।

अनि गएको आइतबार फ्रीमा साइट बनाउन पाइने ‘टम्बलर’ मा एउटा हचुवा पत्याउनै नसकिने हेडलाइन ‘एमाले विश्वकै राष्ट्रवादी पार्टी : संयुक्त राष्ट्र संघ’ राखेर एउटा पोस्ट बनाइयो। खासमा त्यो मेरो फेसबुक स्टायटसमा मात्र राख्ने योजना थियो। तर फेसबुक पेजमा राख्दा मात्र डिटेल र फोटो चेन्ज गर्ने सुविधा दिने भएकोले पेजमा राख्नु अनिवार्य हुनपुग्यो। पेजमा राखियो तर मिति २०१० को हालेर टाइमलाइनमा नदेखिने गरी पनि हाइड गरियो। तर एकैछिनमा यो गलत ‘समाचार’ यति विघ्न फैलन थाल्यो कि आत्तिनुपर्ने स्थिति आयो। यो ब्लग लेख्दासम्म त्यो पोस्ट १ हजार ९ सय पटक भन्दा बढी सेयर भइसक्यो। तर यतिबेला गुगल एनालिटिक्समा हेर्दा त्यति धेरै सेयर भएको पेजमा लाइभ भिजिटर सून्य छ। अर्थात् के लेखेको छ हेर्दै नहेरी हेडलाइनका आधारमा यो विषय भाइरल बन्न पुगेको छ।

कसरी गरियो फेसबुक पेजमा सेयर?

माथि देखिएको स्क्रिनसट त्यो समाचार वा सामाग्रीको हो जुन पेजलाई फेसबुकमा सेयर गरियो। तपाईँले देख्नुभयो होला यो पेजमा हेडलाइनमात्र छ फोटो छैन र त्यसको डिटेल पनि फेसबुक पेजमा सेयर भएको जस्तो छैन-

फेसबुक पेजमा एमालेको पार्टी कार्यालयको फोटो र “एमाले विश्वकै राष्ट्रवादी पार्टी रहेको संयुक्त राष्ट्र संघको एक अध्ययनले देखाएको छ। यसबारे अध्ययन गरेका …..” लेखिएको देखिन्छ।

खासमा यो फेसबुकको खराबी हो। फेसबुक पेजमा कुनै सामाग्री सेयर गर्दा त्यसको हेडलाइन र डिटेल पनि चेन्ज गर्न पाइने सुविधा छ। साथै फोटो पनि आफ्नै हिसाबले अपलोड गर्न पाइन्छ।

माथिको स्क्रिनसटमा डिटेल चेन्ज गर्न सकिने देखाइएको छ। यसरी नै हेडलाइन पनि चेन्ज गर्न मिल्छ। भोलिपर्सि कान्तिपुर, नागरिक जस्ता चर्चित साइटहरुको यसरी नै हेडलाइन आफू अनुकूल हुने गरी कसैले फेसबुकमा सेयर गरेमा को जिम्मेवार होला त? आखिर मान्छेले हेडलाइन पढेरै विचार बनाउने रहेछन् त। कसैले भित्र क्लिक गरेर नपढ्ने रहेछन् त।

कस्तो रह्यो तथ्याङ्क?
फेसबुकमा एक सेन्ट पनि खर्च नगरी यो सामाग्री भाइरल हुन पुगेको हो। यदि केही डलर खर्चिएको भए यसलाई फेसबुकले अझ बढी प्रयोगकर्ताकहाँ पुर्‍याउँथ्यो होला।


तर यो खर्च नै नगरी १ लाख १७ हजारभन्दा बढी प्रयोगकर्ताको फेसबुकमा देखिएको छ। जुन माइसंसारका विरलै पोस्टको मात्र हुने गर्छ। यसलाई यति धेरै रिच पुर्‍याउनमा यसमा गरिएका कमेन्ट, लाइक र सेयरले पनि साथ दिएको छ। माइसंसारकै पेजबाट मात्र यो १९ सयभन्दा बढी पटक सेयर भएको छ। १३७९ वटा कमेन्ट भएका छन् जसमध्ये १२५ वटा मात्रै माइसंसारको फेसबुक पेजबाट भएको हो।

अनौठो र डरलाग्दो कुरा त के हो भने लाखभन्दा बढी प्रयोगकर्ताकोमा यो पोस्ट पुगे पनि क्लिक गर्ने भने मात्र १२ हजार ४२५ जना छन्। जुन एकदमै न्युन हो। यतिले मात्र खास कुरा के हो भनेर थाहा पाए। बाँकीले हचुवामा पढ्दै नपढी कमेन्ट र सेयर हानिदिए।

त्यसमध्ये पनि लिङ्कमा नै क्लिक गर्ने त मात्र ८ हजार ५ सय ३ जना हुन्। यो फेक न्युज हो भन्ने थाहा पाएर भविष्यमा यस्तो हुन नदिन स्पाम पोस्ट हो भनेर फेसबुकमा रिपोर्ट गर्ने तीन जना मात्रै देखिए।

किन यो पोस्ट यति भाइरल भयो भन्ने बारे साथी उज्ज्वल आचार्यले पहिलोपोस्टमा विश्लेषण गरेका छन्-

  • धेरै जनाले समाचार नपढी शीर्षककै आधारमा कमेन्ट, लाइक र शेयर गर्दा रहेछन्।
  • सूचनाको विश्वसनीयता परख गर्ने क्षमता कम रहेछ।
  • सूचना गलत हो भन्ने थाहा पाउनेहरु पनि यसलाई फैलाउन मद्दत गर्दा रहेछन्।
  • सोसल मिडियामा गलत समाचारहरु ज्यादै छिटो भाइरल हुँदो रहेछ।
  • गलत सूचनाहरुलाई सोसल मिडियाबाट हटाउन प्रयोगकर्ताहरुको ज्यादै न्यून पहल हुँदो रहेछ।

उनको विश्लेषण पूरा पढ्न यहाँ क्लिक गर्नुस्।

यो विषयमा तथ्याङ्कका आधारमा माइसंसारले थप विश्लेषण गर्नेछ। तपाईँले पनि फेसबुकमा यस्तै फेक न्युजको प्रभाव महसूस गर्नुभएको वा थाहा पाउनु भएको छ ? तल कमेन्टमा लेख्नुस् वा [email protected] मा पठाउनुस्।

8 thoughts on “फेसबुकमा अपत्यारिलो समाचारको अपत्यारिलो यात्रा : हेर्नुस् कति डरलाग्दो छ स्थिति”

  1. Resham says:
    December 14, 2016 at 1:58 pm

    मेरो बिस्लेशन मा नेपालमा धेरै बेरोजगार रहेको , कति मानीसहरू कामचोर भयेको , धेरै phaltu समय भयेका , उनिहरू को आय स्रोत या दुइ no . dhanda हो या बाबु आमा को कमाइ र् अधिकांस नेपालि negative minded यो भनौ फटाहा टाइप को भएकोले हुन सकछ, developed countres मा कसलाइ समय छ होला fake news पढ़ने अनि like ,share अनि comment गर्ने र् हौवा फैलाउने .

    Reply
  2. Krishna says:
    December 13, 2016 at 7:26 pm

    हुन परने –एमाले विश्वकै फेक राष्ट्रवादी पार्टी रहेको संयुक्त राष्ट्र संघको एक अध्ययनले देखाएको छ|

    Reply
  3. Anil Upādhyāya says:
    December 13, 2016 at 8:36 am

    कमेन्टहरू पढ्न चै मज्जै भएको थियो।

    Reply
  4. प्रल्हाद काभ्रेपलाञ्चॊक says:
    December 13, 2016 at 8:16 am

    0 visitors??? Unexpected answer or you are lies

    Reply
    1. Mysansar says:
      December 13, 2016 at 10:13 am

      0 live visitors at time of writing, not overall visitors

      Reply
  5. Pawon Brl says:
    December 13, 2016 at 8:15 am

    yeti headlines ko aadhaar ma yemaale kati vote kamayo hola??

    Reply
  6. यकल यात्री says:
    December 13, 2016 at 7:26 am

    राजनीति को छदमभेसी कवज लगाइ रास्टियता लाई कुर्सी र पैसा सँग सौदा बाजी गर्ने सौदागर हरु लाई सोध्न मन लाग्छ अपबाद बाहेक कुन चाँही त्यस्तो नेता जन्मिय जस्ले यो देश लाई कुर्सी र पैसा भन्दा माथी राखेर राजनीति गर्‍यो ? एस्को उत्तर न त ति छदम भेसी सँग न त आम नेपाली सँग ? केही मदेसी नेता र केही जनता लाई बिखनडन कारी को विल्ला लगायर आफु हरु पानी माथि को वोभानो बनन खोज्दै छनछन् ?आज त्यस्तो कुनै ठाउँ छैन जहाँ ईन्डिया को अतिकर्मन नभयको ! राजनीति , अर्थ ,ra ६० हजार हेक्टर जमिन ईन्डिया मा बिलय भयो जुन कुरा घाम जस्तै छर्लङ छ ! अब तिनै। छदम भेसी हरु भन्दै छन तिनी हरु राष्ट् घाति हामी चाँही राष्ट्र प्रेमी

    Reply
  7. Khagendra Kafle says:
    December 13, 2016 at 7:15 am

    Good example how people believe and share facebook stories without reading its content…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme