Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि छविसँग रेखा थापाको ब्रेकअप

Posted on December 12, 2016December 12, 2016 by Salokya


रेखा थापा र छविको के मिल्दैन मिल्दैन। किन हो जम्दैन। सुरुमा छवि ओझासित जमेन। छविसित उनको बिहे भएको थियो। यी छवि फिल्म बनाउँथे। छविले बनाएका उनका धेरै फिल्म हिट भए। तर जोडी नजमेपछि उनको ब्रेकअप भयो। अहिले सिङ्गल छिन् रेखा। यो हो छवि नम्बर एक।

उनको जीवनमा दोस्रो छविको नाता छविलाल दाहालसित जोडिएको थियो। यो अहिलेका प्रम प्रचण्डको बाल्यकालको नाम हो।

तीन वर्षअघि एमाओवादीको हेडक्वार्टर पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले टीका लगाइदिँदै उनलाई पार्टी प्रवेश गराएका थिए। त्यसअघि नै माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला गरिएको सडक आन्दोलनका क्रममा भद्रकालीमा प्रचण्डसँगै कम्मर मर्काएर रेखा नाचेकी थिइन्। सोमबार भने उनले कमल थापा अध्यक्ष रहेको राप्रपाको सदस्यता लिइन्।

आजको कार्यक्रममा रेखाले भनिन्- म पहिले कुनै दलको सदस्य थिइनँ।

के फरक पर्छ र। उनले माओवादी पस्दा क्रान्ति गर्ने बताएकी थिइन्। माओवादी पत्रिकालाई अन्तर्वार्ता दिँदा त हतियार उठाउने समेत बताएकी थिइन्। उनले आफै हतियार त उठाइनन्, अरुको हतियार उठ्यो कि उठेन त्यो थाहा हुने कुरो भएन। अब राप्रपामा गएर के के उठाउने हुन्, हेर्न बाँकी हुने भो।

रेखाको रिस पनि कडा छ है

11 thoughts on “फेरि छविसँग रेखा थापाको ब्रेकअप”

  1. Rabin Dahal says:
    December 13, 2016 at 6:56 pm

    माओबादी मा केंद्रीय सदस्य भन्दा कम मा को बस्छ र?

    Reply
  2. Gagan says:
    December 13, 2016 at 5:41 pm

    झुर नम्बर वान| छ्दाखदाको हिंदूराष्ट्रलाई ज्ञानेको प्रत्यक्ष शासनकालमा शमसानमा पुरौने र खरानी बनाउने कमल थापा नै हुंन|
    अन्तरराष्ट्रिय कुख्यात भ्रश्टचारी भाईलाई साँसद|
    लोकेन्द्र ब चन्दले त्यसै मुसो नाउ दिएका होइनन|
    माओवादीले सत्तामा हुँदा कुनै पद दिएन भनेर रिसाएकी हुन देखाजी| माओवादे, एमाले, काङ्रेस सबै एकै ड्याङका
    भागबन्डे देश स्वाहा दलहरु हुन| रा.प्र.पा झन त्यो भन्दा झुर र् लम्प्सार दल हो, प्रत्यक्षमा एउटा सिट् पनि नजितेको दल|
    जनताले नकारेको दल| भ्रस्तै भ्रस्तको दल| यस्तामा अब कती नौतन्की देखिने|

    Reply
  3. Ekraj says:
    December 13, 2016 at 11:00 am

    It is really funny. People in Nepal still have interest and waste time in someone like Rekha Thapa. This make sense why nothing good happens in Nepal and it does not move ahead.

    Reply
  4. sushil says:
    December 13, 2016 at 7:08 am

    कांग्रेस र एमालेले पत्त्याएन कि क्या हो?

    Reply
  5. रामहरी गैरे says:
    December 13, 2016 at 5:32 am

    एक छिन् लाइ रेखा थापा लाइ अवसरबादी नै मान्ने हो भने पनि, माओबादी मा अब कुनै आकर्सन छैन भन्ने पुस्टि हुन्छ, र भबिस्य को पार्टी राप्रपा हो भन्ने पनि पुस्टि हुन्छ, आउने चुनाब मा माओबादी साना बाम घटक मा सिमित हुने पनि निश्चितप्राय छ ,, बिदेशी को दलाली गरेर, आफ्नै देश मा अनावश्यक युद्ध सिर्जना गरेर, दसौ हजार लाइ मारेर एकछिन त उचाई मा पुग्न सकिन्छ तर तेह टिक्न सक्किन्न भन्ने एउटा राम्रो उदहरण पनि हो यो, रेखा जी लाइ समय मा सहि निर्णय लिनु भएको मा साधुबाद,,,

    Reply
  6. arjun dahal says:
    December 13, 2016 at 3:58 am

    जे होस, माला लगाउँन त लामो लुगा लाएर जानु भएछ ।

    Reply
  7. Shankar says:
    December 13, 2016 at 2:18 am

    माने थापा ले थापाके हतियार खोजींन होला नि त |

    Reply
  8. सन्तोष says:
    December 13, 2016 at 2:14 am

    के फरक पर्छ र। उनले माओवादी पस्दा क्रान्ति गर्ने बताएकी थिइन्। माओवादी पत्रिकालाई अन्तर्वार्ता दिँदा त हतियार उठाउने समेत बताएकी थिइन्। उनले आफै हतियार त उठाइनन्, अरुको हतियार उठ्यो कि उठेन त्यो थाहा हुने कुरो भएन। अब राप्रपामा गएर के के उठाउने हुन्, हेर्न बाँकी हुने भो।??

    Reply
  9. प्रमोद says:
    December 12, 2016 at 11:35 pm

    मुसो प्रबृती भएको नेताको पार्टीमा मुसै प्रबृतीकी अभिनेत्री आईपुगिन कुन चैँ नौलो भयो त ।

    Reply
  10. Bishwaraj says:
    December 12, 2016 at 9:31 pm

    कमल थापा मा त्यस्तो के छ, कमल ओलि र रेखा ले मन् पराउने चीज ..?

    Reply
  11. Yam Budha Magar says:
    December 12, 2016 at 3:05 pm

    आइडियोलोजि नभएकाहरू फाईदोलोजी अङ्गाल्छ्न । कुरो यति हो । बदनाम होस गुमनाम नहोस् भन्ने जो भनाई छ .. यिन्ले अलि बढी ब्यवहारमा देखाए । राप्रपा बृद्दाश्रम रहेछ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme