Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हाम्रो विरोधका सदाबहार नारा : तीन दशकदेखि लाग्दै आएका नारा यस पटक पनि घन्कँदै

Posted on December 6, 2016 by Salokya

tyreअहिले फेरि एक पटक आन्दोलनको मौसम छ। एमाले कार्यकर्ताहरु सरकारले ल्याएको स‌ंविधान संशोधनकको विरोधमा सडकमा उत्रिएका छन्। अगाडिका आन्दोलनहरुमा कस्ता नारा लाग्थे कुन्नि, २०४६ सालदेखि जस्ता नारा लाग्दै थिए अहिले पनि उस्तै नारा लाग्दैछन्। हाम्रो देशको विरोध प्रदर्शनमा लाग्ने सदाबहार नारा के के हुन् त? हेरौँ भिडियोसहित

नम्बर १ : ….चोर देश छोड

यो नेपालको सदाबहार नारा हो। जो मन परेन उसको नामको पछाडि ‘ए’ जोडिदियो वा नजोड्दा पनि हुन्छ, नाम काढ्यो र पछाडि चोर, देश छोड भन्यो। २०४६ सालको आन्दोलनमा तत्कालीन राजाको विरोधमा वीरे चोर देश छोड भने। तत्कालीन प्रम मरिचमानको नामममा मरिचे चोर देश छोड भनियो। बहुदल आयो, चुनाव भयो, कांग्रेसको सरकार बन्यो- उही किसिमले नयाँ नारा बन्यो- गिरिजा चोर देश छोड। गणतन्त्रको आन्दोलनमा ज्ञाने चोर, देश छोड भने। गणतन्त्रमा माधव नेपालको सरकार बनेपछि माधव चोर देश छोड भने। अहिले फेरि एमाले प्रचण्ड चोर देश छोड भन्दैछन्। २०४६ सालदेखि लागेका नारामा कसैले देश छाडेनन्। बरु कसैले संसारै छाडिसके। यो नारा हिट छ। माथिको भिडियोको नारा भने लाजिम्पाटमा लागेको हो। भारतीय दूतावास घेर्ने क्रममा। खास त प्रचण्ड निवास वा बालुवाटार घेर्दा लगाउनु पर्ने नारा हो।

नम्बर २ : भारतीय दलाल

भारतीय दलाल पनि नेपालको सदाबहार गाली नारा हो। कसैलाई कोही मन परेन भने भारतीय दलाल भन्ने नेपालको महान गौरवशाली परम्परा हो। पञ्चायत कालमा पनि यसै भनिन्थ्यो। २०४६ सालको आन्दोलन पनि भारतीय दलालले नै गरेको भन्थे। आन्दोलन सफल भएपछि एमाले महासचिव मदन भण्डारीको हत्यामा पनि भारतीय दलालकै हात भनियो। धेरै पछाडि किन जाने? स्वयं प्रचण्डले नै भारतीय दलाल भनेर पटक पटक अरुलाई गाली गरेका छन्। माधव ने्पालको सरकारलाई कठपुतली सरकार भन्दै भारतीय दलालको गाली उनैले गरेका थिए। हरुवा नेतालाई भारतीय दलालले प्रधानमन्त्री बनाए भनेर एमाले पार्टीलाई नै भारतीय दलालको पार्टी भनेर गाली गरे। अहिले भने उही एमाले सच्चा राष्ट्रवादी बनेको छ र भारतीय दलालको बिल्ला प्रचण्डको टाउकोमा भिराइएको छ।

त्यसबाहेक भारतीय दूतावास घेर्दा लगाइएको अर्को नारा यस्तो थियो

5 thoughts on “हाम्रो विरोधका सदाबहार नारा : तीन दशकदेखि लाग्दै आएका नारा यस पटक पनि घन्कँदै”

  1. Shankar says:
    December 7, 2016 at 7:51 am

    नेपालि हरू ले भारतिय सग मोर्चा बनाएर सामना गरेका थिए , पुराना दिन हरु माँ | राजा केंद्र बिंदुमा थे , शक्ति केंद्र थे , दिमाग सबै पार्टी र पञ्च को थियो , अंतिम निर्णय सोचेर , सम्झेर हुन्थ्यो |
    आज सबै पार्टी फुटेको अबस्था छ, शक्तिको केंद्र बिंदु भारतीय दुताबास हुदै दिल्ली फैलेको छ | अहम् निर्णय दिल्ली ले गर्छ , न भये नेपाली नेता ले बनाएको संबिधान लाइ यही आंदोलन गराएर , बाध्य पार्दै आफ्नो अनुकूल बनाई हाल्छ , संसोधन गराई हाल्छ | न गर्ने हो भने तराईको जनता र बिहारी जोडेर मदिसे मोर्चा गठन गरेको छ ,
    आरको आंदोलन को रूप रेखा तैयार छ |
    यसैले नेपाली राजनितिक पार्टी , नेता , जनता मिलेर सक्तिसाली नेपाल सासक बनाऊंन सक्नु पर्छ जसले दिगो सासन र नेपाल को बिकास गरन सकोस | न भये नेपाल नाम मात्राको गाडी इंजिन बिहारी , आजको अबस्था |

    Reply
  2. Ekraj says:
    December 7, 2016 at 7:38 am

    यि नारा लगाउनेहरूले कहिलेइ पनि भेडा र् बाखरा भंदा माथि जान सकेनन|
    यि बेकाम मूर्ख को bathan हुन र् केको लागि गरि राखेका छन भन्ने पनि थाहा पनि छैना|
    सबै partile lootna napaune बित्तिकै गरन जानेको एति matra हो|

    Reply
  3. amar ghotane says:
    December 7, 2016 at 1:29 am

    थुक्क कम्युनिष्ट नामका कुलङार हो तिमिहरुलाइ सधैभरी सत्तामा रहिरहनु पर्ने?सत्ता छोडनु पर्यो कि रोइ हाल्नु पर्ने?हिजो त्यही प्रचण्डले गर्दा प्रधानमन्त्री भयौ त्यतिबेला प्रचण्ड कति राम्रो थियो आफु सत्तामा हुदा प्रचण्डलाई राष्ट्रियबादी देख्ने आज त्यही प्रचण्ड प्रचण्ड प्रधानमन्त्री हुदा राष्ट्रियता नदेख्ने राष्ट्रियघाती हुने ?महाकाली बेच्ने आफ्नो पार्टीका नेताहरुको नाम मा भबन बनाउदा त्यही धोतिहरुलाइ भिख माग्ने भिख मागेर भबन बनाउने त्यही एमाले नामको रास्ट्रघाती पार्टी होइन?राष्ट्रियता बेचेर खोक्रो राष्टियता देखाउने पनि त्यही केपि ओलि अलिकती लाज सरम छ भने यो राष्ट्रियता नामको नक्कली अस्त्र लाई छोडेर सहमतिमा आउ यसैमा देस र जनताको भलो छ ।अझै पनि त्यही पूरानो नारा जपेर जनतालाइ भेडा नबनाउ।एमालेको नक्कली राष्टियता जनताले बुझिसके अब झुक्याउनु पर्दैन।

    Reply
  4. Balkrishna Dahal says:
    December 6, 2016 at 5:34 pm

    हामी कसरी भिसस सर्कलमा फसेकाछौ बर्षौ देखि र हाम्रो बारमबार फस्दा पनि नखुल्ने कति महान अज्ञानता हो भन्ने राम्रो गरी प्रस्तुत गरिदिनु भो!

    यो पनि संयोग होला। तल मेरो केहि दिन अघिको स्टाट्सको अंश मेल खान गएको छ..
    ……..
    हिंसात्मक आन्दोलनबाट प्राप्त हुने उपलब्धिहरुले अरु सयौं आन्दोलन र बिद्रोह जनमाउँछन र ति सयौंले अरु हज्जारौ! यसै गरि समाज हिंसाको ‘भिसस सर्कल’मा फस्दै जान्छ।
    तेसको बिपरित अहिंसाबादि आन्दोलनका उपलब्धिले अरु हिंसात्मक आन्दोलन र बिद्रोहलाई फुलस्टप लगाइ दिन्छ। जुन डा के सि ले उदहारण बनेर देखाइदिएका छन।
    तर अहिंसाको आन्दोलन हिंसा नभएका मानिसबाट मात्र संभव छ।
    हिंसात्मक आन्दोलनमा हज्जारौ आकर्षित हुन्छन, किन?
    हिंसा भरिएकाहरु त तोडफोड गर्ने, अरुको जन-धनको नस्ट गर्ने कामबाट आफु भित्र भएको हिंसा ‘रिलिज’ गर्न चाहन्छन। तिनिहरुलााई अधिकारका लागि गरिने आन्दोलन निउ मात्र हो। बास्तबिक तथ्य त उनीहरु आफु भित्र जम्मा भएको हिंसा बाहिर निकालेर हलुका हुन चाहन्छन। तेसैले त समय समयमा समाजमा हिंसा हुनै पर्छ।

    Reply
    1. Shankar says:
      December 7, 2016 at 1:23 pm

      चित् बुझयो ,कति राम्रो कुरा लेख्नु भयो |

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme