Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमालेको चार प्याराग्राफको प्रेस विज्ञप्तिमा देखिएका २० गल्ती

Posted on December 5, 2016 by Salokya

20galti त्यसो त प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले राष्ट्रघात जस्तो गम्भीर गल्ती गरेको भन्दै विरोध गरिरहेका बेला यस्ता गल्ती सानातिना झिनामसिना लाग्नु स्वभाविक हो। राष्ट्रवादको आन्दोलन हाँकिरहेको पार्टीलाई जानाजान होच्याउन खोजेको आरोप लाग्न सक्छ। तर मलाई भने त्यत्रो प्रेस चौतारी जस्तो एक से एक घघडान पत्रकारहरु सदस्य रहेको जनवर्गीय संगठन हुँदाहुँदै एउटा सानो चार प्याराग्राफको प्रेस विज्ञप्तिमा २०/२० वटा गल्ती देख्दा हात चिलाएर हैरानै भयो। त्यसैले राष्ट्रवादी मित्रहरुसित क्षमा माग्दै यो गल्ती देखाउने सानो धृष्टता गरेको हुँ। माफ दिन मिल्ने भए दिइस्योस्। सबभन्दा पहिले त मिति नै गलत छ। तल २०७३ म‌ंसिर २० गते भनिएको छ। तर माथि चाहिँ २०७३/७/२० लेखिएको छ। सातौँ महिना त कात्तिक पो हो त मंसिरलाई ८ लेख्नुपर्ने हैन र?

20galti

विधेयकविरुद्ध लेख्नुपर्नेमा विधेयका विरुद्ध लेखिएको छ ठाउँठाउँमा। सबभन्दा रमाइलो त वितण्डा शब्दमा छ। ‘ण्डा’ देख्ने बित्तिकै अगाडि ‘र’ टाइप गरेर ‘रण्डा’ लेख्न उक्सिहाल्ने कसले टाइप गरेको रहेछ यो? ‘वितरण्डा’ भन्ने शब्द त राजनीतिमा प्रचण्डले गरेको वितण्डा भन्दा पनि भाषाको उग्र वितण्डा भयो नि।

अब शायद् एमालेलाई यसरी गल्ती भएको विज्ञप्ति पठाउन हतार नहोला कि। पार्टीका विज्ञ पत्रकारहरुसित सल्लाह लिएर सरल र सहज भाषामा विज्ञप्ति तयार हुने हो कि।

Uml Statement of standing committee meeting pic.twitter.com/W6ApSNGXoJ

— Yogesh bhattarai (@yogeshuml55) December 5, 2016

26 thoughts on “एमालेको चार प्याराग्राफको प्रेस विज्ञप्तिमा देखिएका २० गल्ती”

  1. Ganga Gc says:
    December 7, 2016 at 1:49 am

    Secretary perfect hunuhudo rahexa.

    Reply
  2. Gajendra says:
    December 6, 2016 at 7:42 pm

    लेखने चै रकमी वाजे नै परयो क्यारे चारखाल अडडे| सोझासाझा नेपाली जनतालाई नबुझने भाषामा लेखेर अलमलमा पारने पुरानै काम हो यो|
    माकुने र ओलिले “स” लाई “श” र “ष” को उच्चारण गरेर के भनु?
    Deepandra Subedi कै स्कुलमा पढेको होला|

    Reply
  3. डिल्ली ढुंगाना says:
    December 6, 2016 at 11:31 am

    पार्टीका काम कार्वाहि हेरौ के कस्ता छन गल्ती तेता हेर्ने कि लेखाइ सुद्दा सुद्दी ???

    Reply
  4. सुबाष खरेल सुबु says:
    December 6, 2016 at 11:27 am

    याहा सबै ले गल्ती गरेका छन घामेका झुलुङे हरु मात्र हो हामी घाम माथिको ओभानो हुने

    Reply
  5. Ishwor Shahee says:
    December 6, 2016 at 10:15 am

    बिचरा भन्न मन लाग्यो

    Reply
  6. Ishwor Shahee says:
    December 6, 2016 at 10:13 am

    आफुलाइ सभ्य हुँ भन्नेहरुको सभ्यता हो यो

    Reply
  7. Rabi Mohan Adhikari says:
    December 6, 2016 at 10:00 am

    यो देउवा को र प्रचंड को भजन मंडली गाउने my संसार हो ,एस्तो न्यूज़ ले पनि सत्त्य तत्त्य समाचार छापछु भन्नु बेकार हो

    Reply
    1. Nayihba says:
      December 7, 2016 at 7:32 pm

      This is not news site, it is personal blog..

      Reply
  8. Balkrishna Dahal says:
    December 6, 2016 at 8:04 am

    योगेश भट्टराई युवाको नाममा धब्बा हो भनेर धेरै पाली लेखिसकेको छु। बुढा र अहङकारी नेताको बोलीलाई रटान गरिरहने कसरी युवा हुन सक्छन? एमालेले यस्ता प्रबृतीका यैजेरुलाई काटेर फाल्न सक्नु पर्छ।

    नविना लामाको आउटडेटेड भाषण पनि सुनियो हिजो। तेस्तै रहेछन युवा के पि ओलीको गोजिबाट निस्केका! एमालेलाई पत्रु बनाउने खेल!

    Reply
  9. Sita Ko Ram says:
    December 6, 2016 at 7:19 am

    बिचरा अध्यक्ष नै अन्डर s l c कसरी पो शुद्ध लेखून र ?

    Reply
  10. Upendra Shrestha says:
    December 6, 2016 at 1:05 am

    यस्लाइ रन्जितेले जागिर जाे दिएकाे छ!

    Reply
  11. sushil says:
    December 6, 2016 at 6:20 am

    LOL पढ़ने बेलामा राजनितिमा….अनि कसरी होस त शुद्ध? LOL

    Reply
  12. मनोज ब्लोन says:
    December 6, 2016 at 12:15 am

    Bhattarai baje le lekheko hola bichara budo manchhe ko ankha le sath nadiyeko jasto lagyo.

    Reply
  13. Dipandra Subedi says:
    December 5, 2016 at 8:06 pm

    प्रमाण जुटाएर जेल हाल्न सक्ने भए एस्तो फाके कुरा गर नत्र संजाल मा तेरो औकात नदेखा

    Reply
  14. Dipandra Subedi says:
    December 5, 2016 at 8:04 pm

    तेरा बाउ तेरो सभामुख बोलेको हामी नसुनेको होर तलाइ अरु केही गल्ती नपाएर अब हुँदै नभाको लुतो कन्याउन थालिस अरु काम छैन तेरो खाते??? आतंककारी को दोश्रो रुप???

    Reply
    1. Ameet Gubhaju says:
      December 6, 2016 at 3:30 am

      पार्टी जस्तो , कार्यकर्ता त्यस्तै

      Reply
    2. Ale says:
      December 6, 2016 at 1:59 pm

      Dipendra जि ले आफनो नाम गल्ति लेख्नु भये जस्तो लग्यो मलाइ , तेसैले गल्ति लाइ गल्ति भंदा पनि रिस उठेछ

      Reply
  15. Narayan Gaunle says:
    December 5, 2016 at 7:34 pm

    राष्ट्रिय दलको विज्ञप्तिमा यति धेरै गल्ती लज्जास्पद नै हो ।

    Reply
  16. Jeevan Anand Karn says:
    December 5, 2016 at 7:09 pm

    टिठ लागेर आयो तँपाई को क्षमा याचना पढेर! तँपाईको त्यो निडर निर्भीक निश्पक्ष शैली कता हरायो – राष्ट्रवादी हरू संग डराएर सत्य कुरो लेख्न पहील्यै माफी माग्नु भो ।
    यो देशमा कस्तो राष्ट्रवाद जागेको हो, सच्चा पत्रकार पनी सत्य लेख्न डराउदै छन् ।

    Reply
  17. Radha Khatree says:
    December 5, 2016 at 6:28 pm

    पढेलेखेको मान्छेले राजनीति गरेको भए त यो देशको हालत पक्कै पनि यस्तो हुँदैनथियोहोला । एउटा समाजको कुनै पनि क्षेत्रमा काम नलाग्नेले भर्ति पाउने दर्जा नै राजनीतिक दलको कृयासिल सदस्य हो । यस्तै सदस्यहरुले भरिएको पार्टीबाट हामीले यो भन्दा बढी खोज्नु आफैमा अपाच्य हुन्छ ।

    Reply
  18. Shankar says:
    December 5, 2016 at 11:53 pm

    एसपाली काम् रेड ओलि स्वयम् ले कलम चलाउनु भये जस्तो छ | चार पास भन् थे उहालाइ |
    कतै सहि त हैन ?

    Reply
  19. Yam Budha Magar says:
    December 5, 2016 at 6:07 pm

    सालोक्य जी, भयंकर क्रोध, आवेग र आवेशमा आएर लेखिएको भनेर सरकार तथा जनतालाई जानकारी दिन जानीजानी गल्ती गरिएको हो । शब्दजाल त छयालीस सालदेखि निरन्तर पढ्दै आएको कुरा न हो ।नयाँ कुरा त के नै पो छ र लेख्नु । नयाँ कुरा दिने भनेको ” नयाँ गल्ती ” न हो । (योगेश भट्टराई आन्दोलनमा busy हुनुभएको ले मद्वार प्रेषित स्पष्टीकरण) महेश दाहाल

    Reply
  20. Sudip Adhikari says:
    December 5, 2016 at 5:58 pm

    Kina kina blogger pani kahi kasai ko ho jasto lagcha tehi anusar kalam pani lamkancha vanda sayad maile galti bolina vanne mero bujhai ho.. kasai lai tenson vaya malai bal vo ra!!!!

    Reply
    1. Narayan Gaunle says:
      December 5, 2016 at 7:33 pm

      आफू पाउसम्मै निहुरेपछि अरूलाई त्यस्तो देखिन्छ ।

      Reply
    2. Sudip Adhikari says:
      December 5, 2016 at 8:46 pm

      Narayan Gaunle yo desh ma fursadila matiyAr haru ko kami chaina guaranteed!! Jai hos

      Reply
    3. Narayan Gaunle says:
      December 5, 2016 at 9:01 pm

      Tyo ta ho.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme