Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिका उड्न लाग्दा पूर्व प्रमकी पत्नीलाई बित्थामा टेन्सन, नगरेको गल्तीको सजाय भोगाउन को दोषी?

Posted on December 4, 2016December 5, 2016 by Salokya

capture

गएको सेप्टेम्बरमा अस्ट्रेलियामा आयोजना हुन लागेको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन उता उड्न लागे्को बेला मलाई काठमाडौँ अध्यागमनका कर्मचारीले सोधेका थिए- अनि त्यो कार्यक्रममा तपाईँलाई नै चाहिँ किन डाकेको नि?

के जवाफ दिने अब? यस्तो कार्यक्रम हो के भनेर मेरो र बुद्धिसागरको फोटोसहितको कार्यक्रमको फ्लायर प्रिन्ट गरेको थिएँ, त्यो देखाएँ। अनि बल्ल नेपालको डिपार्चरको छाप पासपोर्टमा लगाइदिए उनले।

अध्यागमनमा उनले यस्तो सोधिखोजी गर्नु सही हो। किनकि यो नै एउटा यस्तो बिन्दु हो, जहाँबाट केही गल्ती कमजोरी भएको भए पराई देशमा अलपत्र पर्नबाट जोगिन्छ। शायद् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालकी जहान भनेपछि गएको सोमबार अध्यागमनले खासै केही चेक गरेनन् होला जसको फल उनकी पत्नी गायत्री नेपालले इस्तानबुलको एयरपोर्टमा भोग्नुपर्‍यो।

पहिलोपोस्टमा केपी ढुंगानाले लेखेको एक्सक्लुसिभ समाचार अनुसार काठमाडौँबाट टर्किस एयरलाइन्सबाट इस्तानबुल ट्रान्जिट हुँदै वासिङटन डिसी जान लागेका माधव नेपाल, उनकी पत्नी र दुई सहयोगीलाई इस्तानबुलसम्म पुग्दा केही रोकटोक भएन।

जब इस्तानबुलको ट्रान्जिटबाट अमेरिका उड्ने अर्को प्लेन चढ्ने बेला भयो, त्यहाँका अध्यागमनले सबैको पासपोर्ट चेक गरे। गायत्री नेपालको रातो पासपोर्ट नम्बर अन्तर्राष्ट्रिय प्रहरीको संस्था इन्टरपोलको डाटामा हराएको/चोरिएको पासपोर्टको डेटाबेसमा भएको नम्बरसँग ठ्याक्कै म्याच भएछ। अनि अध्यागमन अधिकारीले गायत्रीलाई तपाईँ जान पाउनुहुन्न एकछिन यता आउनुस् भनेर अध्यागमन डेस्कमा पुर्‍याए।

प्लेन चढ्ने बेला भइसकेको थियो। माधव नेपाल एक सहयोगीलाई त्यहीँ राखेर आफू एक्लै उडेछन्। गायत्रीलाई अध्यागमन अधिकारीले केरकार गरेछन्।

गायत्रीले नोभेम्बर २ मा मात्रै परराष्ट्र मन्त्रालयबाट कुटनीतिक रातो पासपोर्ट लिएकी थिइन्। परराष्ट्र मन्त्रालयको लापरवाही हेर्नुस् त- उनलाई जुन पासपोर्ट दियो, त्यही नम्बर इन्टरपोलको ब्ल्याकलिष्टमा पनि थियो।

दुई वर्षअघि मलेसियाको MH370 विमान हराउँदा त्यसमा सवार दुई यात्रुले चोरी गरिएको पासपोर्ट नम्बर प्रयोग गरेको खुलेको थियो। इन्टरपोलले आफ्नो डेटाबेसमा त्यसबारे जानकारी रहे पनि एयरलाइन्स र अध्यागमन अधिकारीहरुले चेक नगरेको बताएपछि धेरै जना सतर्क भएका थिए।

ब्ल्याकलिस्टमा रहेका पासपोर्ट आतंकवादी, मानव तस्करी, संगठित अपराधीहरुले प्रयोग गर्नसक्ने हुनाले यसलाई सम्बन्धित देशहरुले गम्भीर रुपमा लिने गर्छन्।

इन्टरपोलको डेटाबेसमा १६७ देशको हराएका चोरिएका पासपोर्ट नम्बरहरु रहेका छन्। छ करोड ८० लाख वटा नम्बर त्यसमा रहेका छन्। इन्टरपोलले I-Checkit नामको एउटा सफ्टवेयर पनि बनाएको छ जसबाट सजिलै पासपोर्ट नम्बर डेटाबेसमा भएका नम्बरसित भिडाउन सकिन्छ। यसलाई बैँक, हस्पिटालिटी बिजनेस गर्नेहरु, एयरलाइन्सवाला आदिले ग्राहकका पासपोर्ट नम्बर चेक गर्न सक्छन्।

इन्टरपोलको साइटमा यस्तो लेखिएको छ-

Advice for travellers
Do not attempt to travel with a document that you have reported as lost or stolen.
Once you have declared your travel document as lost or stolen to your national authorities, it is cancelled and considered invalid. The details of the document are passed on to INTERPOL and entered into the SLTD database. Border officials in INTERPOL’s member countries can screen passenger information directly against the SLTD database. Selected airlines can submit the document details through I-Checkit for screening.
If you try to travel with an invalid document, entry or boarding is denied. The travel document is seized to prevent its future use and you cannot travel.

इस्तानबुलबाट इन्टरपोलमार्फत् नेपालको इन्टरपोलमा त्यहाँबाट परराष्ट्र मन्त्रालयमा र परराष्ट्र मन्त्रालयले गल्तीले त्यो नम्बर कालो सूचीमा रहेकोले हटाउन भनी लेखेको पत्र पठाएपछि बल्ल त्यो नम्बर हट्यो। घण्टौँ अध्यागमनको नियन्त्रणमा रहेका नेपाल त्यसपछि बल्ल अमेरिका उड्न पाइन्। हेर्नुस् त समय खेर गयो। अनि टिकट पनि अर्को किन्नुपर्‍यो। हैरानी खप्नु परेको त कुरै बेग्लै।

यी त ठूला मान्छे भए र पो तुरुन्तै टुङ्गियो विषय। सर्वसाधारणको त्यसरी नम्बर जुधेको भए के हालत हुन्थ्यो होला?

यो प्रस‌ङ्गमा दोषी को देख्नुभयो त तपाईँले ?

१) अध्यागमन अधिकारी, जसले उड्नुअघि नेपालमै पासपोर्ट नम्बर राम्रोसँग चेक गरेन। यहीँको विमानस्थलबाट पनि त्यो इन्टरपोलको नम्बरसित चेक गर्न सकिन्थ्यो।

२) परराष्ट्र मन्त्रालयका अधिकारी, जसले हराएको भनी रिपोर्ट भइसकेको नम्बरमा प्रधानमन्त्री पत्नीको नामको पासपोर्ट जारी गरे।

३) प्रहरी जसले चेकै नगरी इन्टरपोलमा पासपोर्ट नम्बर पठाइदियो।

यी तीन मध्ये को दोषी हुन्, माधव नेपालले आफूले नगरेको गल्तीको सजाय भोग्न बाध्य बनाइएको रिस पक्कै पोख्नेछन् नेपाल फर्किएपछि। अहिले नेपाल दम्पति क्रुज यात्रामा छन् रे। डिसीतिर तपाईँहरु कसैले भेट्नु भयो भने सोध्नुस् है- कसरी यस्तो भयो, नेपाल फर्केर कारबाही गर्न लगाउनुस् नत्र सर्वसाधारणले पनि दुःख पाउलान्।
sltd_infographic_04-1-page-001

सम्बन्धित लिङ्कहरु
नेपालभित्र वा बाहिर हराएका नेपाली पासपोर्टका नम्बरहरु यहाँ हेर्न सकिन्छ।

8 thoughts on “अमेरिका उड्न लाग्दा पूर्व प्रमकी पत्नीलाई बित्थामा टेन्सन, नगरेको गल्तीको सजाय भोगाउन को दोषी?”

  1. Suman Bhandari says:
    December 5, 2016 at 11:15 pm

    airlines le checkin garda pani ta herna milcha hola ni passport ko status.

    Reply
  2. Sanu says:
    December 4, 2016 at 10:01 pm

    सालोक्ये jeu ब्लग मा लेखेर हेल्प गर्नु पर्यो जिबन र जोय को बारेमा ! सारै anyaye भयो! Pahile त सबै मेडिया ले जोय लै उद्धार गरेर Philippine पठाइयो भनेर आदर्स गृह लाई फ्लाश गरेको थियो Tara Aja भोलि media Kina चुप छ कामे मगर लाई cyber crime र महेश Rana lai repoter गरेको भरमा ktm hanuman dhoka thunera piteko छ अहिले कामे मगर बिर hospotalma hununxare अरु details pauna ang kami sherpa daiko fb मा जाम plz hajurle aafno bolg मा आदर्स griha को बारे र जोय को बारे lekh लेखिदिए annyaye परेको लाई सहयोग र nplko Kanin haatma लिने auta नराम्रो pakchha लाई hataune maddat Milthyo ki

    Reply
  3. mots says:
    December 4, 2016 at 6:44 pm

    खै कसको गल्ति भन्ने महीले newyork बाट पस्स्पोर्ट बनाउदा दुइपटक पैसा तिर्नु पर्यो अनि एक वर्षा कुर्नु पर्यो महीले भारेको फोरम नै उल्टो बनाएर जन्म मिति गलत गरि पस्स्पोर्ट बनाए पछि फेरि तेस्लाई अर्को पैसा तिर्नु पर्यो अनि एक वर्षा कुर्नु पर्यो त्यो पनि कहाँ सजिलै हो र नेपाल को रेकोर्ड मा त मेरो पस्स्पोर्ट जारी भैसकेको रे अनि अर्को खै कहाँ हो कसलाई हो धेरै गारो भयो पस्स्पोर्ट बनौन
    बेमान स्ताफ्फ़ हरु

    Reply
  4. Ritika says:
    December 4, 2016 at 7:47 am

    २) परराष्ट्र मन्त्रालयका अधिकारी, जसले हराएको भनी रिपोर्ट भइसकेको नम्बरमा प्रधानमन्त्री पत्नीको नामको पासपोर्ट जारी गरे।

    Reply
  5. Shankar says:
    December 4, 2016 at 6:51 am

    दोस माके कै हो , आफु दर्बार छदा दर्बार को चाकडी , घरबार छदा भारत को चाकडी , टायाम्स अफ इन्डिया ले बिहार के पुत्र ( पिता पुर्खा बिहार बाट बसाइसरेको ) लेख्यो ,
    देश मा प्रधान मन्त्रि हुदा कर्मचारी तन्त्र मा , एयर पोर्ट मा , जता ततै सुधार गर्न सकिन्थ्यो , देश लाइ भ्रास्ताचार मुक्त बनाउन सकिन्थ्यो ? खै त्यो गरेको ? खालि पद ओगट्ने र भारत को चाकडी गरेर पद मा टिक्ने र देश लुट्ने मात्र ???
    तेसैले यिनीहरु आफुले खनेको खाल्टो मा आफु नै परेको हो , यो यिनीहरुको लागि भगवान ले सबक दिएको हो , यदि सचा मानब नै हुन् भने | अझ कामना गरौ अरु मन्त्रि , प्रधान मन्त्रि लाइ एस्तो समस्या परोस , तब मात्र देश मा परिबर्तन हुन् सक्छ , नत्र देश चलाउने इन्डिया , दुतावास यिनीहरु हिजडा जस्तो नेता बन्ने , देश लुट्ने मात्र ??

    ल हेर्नुस आज को समाचार , भारतीय राजदुत ले मोर्चाको नेता लाइ भेट घाट को लागि बोलाएको अरे ?
    एता मोर्चे हरु अब आन्दोलन हुन्छ भन्दै फुइ छोड्ने , उता इन्डियन राजदुत इनिहरु सग भेट्ने , हाम्रा नेता भनाउदा चै जनताको कर को पैसा मा देश विदेश उड्ने ?

    Reply
  6. सत्य says:
    December 4, 2016 at 4:22 am

    साधारण जनताले सरकारका कर्मचारीका यस्ता त्रुटीहरु बाट कठिनाई भोग्दै आएका छन्| एमारपी पासपोर्ट भन्दा पहिले भददा ह्याण्डराईटिंगले लेखेको पासपोर्ट दिइन्थ्यो| लापरवाही पर राष्ट्रको हो| नाउँ हिज्जे जथाभावी लेखिदिन्थे, सच्याउन आग्रह गरे फेरी अर्को महिनौ लम्बाईदिन्थे| हिज्जे भुल लेखेको पासपोर्टमै जान वाध्य हुन्थे| जनताको यो पीडा कसैले सुन्ने होइन|
    यसपाला पर राष्ट्र र प्रधान मन्त्रि भैसकेका व्यक्तिका जहान परेछन|
    उक्त प्रकरणमा परराष्ट्रका कर्मचारी र सही गर्ने हाकिमको जागिर खोसिन पर्ने हो|
    भने छि भुतपुर्ब प्रधान मन्त्रीका पत्नीलाई व्यक्तिगत भ्रमणमा जाँदा पनि रातो पासपोर्ट दिईन्छ? यस्तै ताल हो भने नेपालमा धेरै भू पु प्र म पत्नी हरु हुने भए|
    अर्को प्रश्न, मुलुक अहिले कठिन अवस्थाबाट गुज्रीरहेको बेला कमरेड माकुने परिवारलाइ क्रुजमा जान पर्ने समय हो र? भनेछी कमाई निकै रहेछ कि कसैले वा विचौलियाले खर्चपात र आथितेय दिएका होलान| गरिब देशका भू पु प्रधान मन्त्रि क्रुजमा जान हुन् भन्ने होइन तर यसबारे नेपाली जनताले बुझ्नु पर्ने अवस्था छ|
    जनता एक छाक खान नपाएर भोकै छन्, भुकम्प पीडित अहिले पनि अस्थायी छतमै छन्,
    हाम्रा जनताका सेवादिने तावेदार क्रुज भ्रमणमा सपरिवार! वाह वाह कमरेड| ओली संग जुध्न उर्जा लिनलाई होला|

    Reply
  7. Gaire Jhabindra says:
    December 3, 2016 at 7:33 pm

    यिनिहरु को यो अवस्था छ विदेश मा भने आम जनता को के अवस्था के होला ? वर्षौ वर्ष देश मा शासन गरे तर कहिले सोच्ने फुर्सद भएन ….. सबै उस्तै….

    Reply
  8. Kamal Dhakal says:
    December 3, 2016 at 7:27 pm

    बरिस्ठ,बिशिस्ट,शिष्ट,इश्ट,मित्र भन्दैमा सबैले सबैथोकको हेक्का पुर्याउन सक्ला र त्यहिमाथी सकल दर्जा र अक्कल दर्जाका मान्छे भनु अक्किल जति दराजमा थन्क्याएर हस्याङफस्याङ दगुर्ने भनु कि अति संबेदनसिल ठाउँमा रहेर चेकजाँच गर्ने चाजोपाजो फितलोले जो सुकैको हेलचक्र्याइ गर्ने थलोको रुपमा परिचित भएर ठुलाका दिमाग पनि त मुसाका दुलामा हुलिराख्या हुन्छन् कि भन्नू पर्यो किनकी नेपालका कर्मचारी कि दलिय सोचको होला वा कुनै तर नेपालीले चिनेको भन्दैमा साल सालमै बदली रहने नेपालको पारो कहिले कस्को पालो कहिले कस्को हाम्लाई पो बानी परेको छर खुलित्त चेकजाँचै नगरी छिराइन्छ अनि छिरेपछि मखलेल हुँदै बिदेश लागिन्छ के बिराइएको छर भनेर हवाइजहाजको बाटो लागेपछि गन्तब्य पुग्दा पो थाहा पाइन्छ बिदेशमा कस्ता कस्ता तगाराहरु हुन्छन् प्रक्रिया र विधि नीति नियम काइदा हुन्छन् नेपालीलाई कसैको छेकथुनको बानी नपरेको बिदेश भनेर त्यही गुडेर जानेमा भारत जादा कुनै कष्ट नपरेको पुर्व बिराटनगर र पश्चिम साफेबगर उडेजस्तो सोचेर साइत गर्ने हो भने न बिदेश माइतिको देश न कुनै विशेष मसलन्द अपुग भए लाग्छ ठेस ! बिदेशमा त नेपालको जस्तो चाकरीबाज हुँदैन उच्च ओहोदाका सङ सवारी चालक अनुमतिपत्र छकी छैन त्यो पनि चेकजाँच हुन पाउदैन किनकी ठुलाबडा सङ स्मरण गराउनै पाउदैन त्यही भएर नेपालीले बिदेशलाई स्वर्ग ठान्ने बिदेशीले नेपालमा जन्मन पाए भनेर गर्व गर्ने जस्तै हो ! हामी कस्ता हाम्रै प्रक्रिया विधि बिधान चालचलन सङ झिझो मान्ने अर्काको नियमकानुन चाहिँ जो आज्ञा सिरोपर गर्ने हामी हाम्रा पुर्वज र लौह ब्याक्तित्वका कुरा मान्नुपर्छ भन्नेमा सरोकार नराख्नेमा पर्छौ स्वच्छन्द एहि गन्ध हाम्रो छिमेकिले पाएर बेला बेला ताक हेरिकन गर्छ बन्द किन ? चाकरी का सोइपरीले गर्दा ,,,,!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme