Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलायतका लागि नेपाली राजदूत साधारण हैन असाधारण पो रहेछन्

Posted on December 2, 2016December 2, 2016 by Salokya

15319460_10154018996793639_177927339_nमाथिको फोटो बेलायती महारानी समक्ष नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दाको हो। यो कार्यक्रबारेे लन्डनस्थित नेपाली दूतावासले एउटा प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा पढेपछि थाहा हुन्छ- हाम्रा राजदूत साधारण हैन असाधारण रहेछन्। खासमा नेपालका राजदूतहरु दुई किसिमका हुन्थे- एउटा मन्त्रीसरहको अर्को मन्त्री सरह नभएको।

केपी ओलीले आफू प्रधानमन्त्री हुँदा फिर्ता बोलाएका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई प्रचण्ड-देउवा सरकारले थमौती गर्‍यो। उनलाई पुनः मन्त्रीसरहको पद दिएर पठाइयो भारतमै राजदूत। उपाध्याय पहिला मन्त्री भइसकेको भएर हो कि किन हो उनलाई मन्त्री सरहको राजदूत बनाइयो।

चीनका लागि भने पूर्व मुख्यसचिव लीलामणि पौड्याललाई नियुक्त गरियो। भारतमा मन्त्रीसरहको राजदूत पठाउने, चीनमा चाहिँ नपठाउने त्यो त असमान हुन्छ भन्ने लागेर होला- उनलाई पनि मन्त्रीसरहको राजदूत नै बनाउने निर्णय सरकारले कात्तिक १९ गते गर्‍यो।

leela

तर बेलायती दूतावासको विज्ञप्ति हेर्दा भने नेपाली राजदूत थप दुई प्रकारका हुने जस्तो लाग्यो- एउटा साधारण, अर्को असाधारण।
press
त्यस्तै एउटा कुनै पनि अधिकार नभएको, अर्को सर्वाधिकारसम्पन्न।

नपत्याए पढ्नुस् पूरै विज्ञप्ति-
presenation-of-credentials-nepali-page-001

8 thoughts on “बेलायतका लागि नेपाली राजदूत साधारण हैन असाधारण पो रहेछन्”

  1. Thapa says:
    December 5, 2016 at 9:26 pm

    ती ती अङ्रेजी शब्द हरु नेपालीमा उल्था गर्दा असाधारण र सर्वाधिकार सम्पन्न भन्नु गल्ती हैन । तर आफुलाई घागडान साहित्यकार ठान्ने दुबसु छेत्री साधारण मनुवा चाही होईनन है! खुराफात का पर्या य बनेका यिन्को विरुद्ध बोल्ने हिम्मत परराश्ट्र मन्त्रलय भित्र कसैको छैन । आफ्ना दुइ अवारा भाइ लाई कुट्नितिक जागिर्मा हुल्ने मात्रै नभएर अमेरिकका नेपालि राज्दुतावास मा पोस्टिङ गराउन सक्नु कम खूबी हो त ?

    Reply
  2. Sunil, London says:
    December 4, 2016 at 1:50 pm

    एउटा नया उखान बनाउन मनलाग्यो मलाई त , कतै नभाको जात्रा “लण्डन” मा , आजकल लण्डन स्थित दुतावासमा एकपछि अर्को विवादास्पद कार्य हुदैछन ,परराष्ट्र मा काम गर्नेहरुको अंग्रेजी स्तरिय हुन्छ भन्ने सुनेको थिए , त्यसैले गर्दा म जस्ता कमजोर अंग्रेजी भएकाले यो नेपाली अनुवाद नबुझेको पो हो कि ? त्यस्ता विवादास्पद शव्द राख्नु भन्दा “कुशल र क्षमतावान” लेखेको भए अलि सुहाउथियो कि ? यो भन्दा अरु उपयुक्त शव्द अवश्य नै होलान तर त्यत्रो दुतावास को ठेक्का लिएकाहरु ले त्यति पनि नजान्नु लाई के भन्ने ? सिधै शव्दकोष हेरेर उल्था गर्दा अर्थ को अनर्थ लागेको हुनुपर्छ , उपयुक्त शव्द के हुन्छ , अंग्रेजी मा विशेष दखल राख्नु हुनेहरुले सुझाव दिनुहुन हार्दिक अनुरोध गर्दछु !!!!

    Reply
  3. धर्म says:
    December 3, 2016 at 11:27 am

    दुइटा कुरा पोखम है| रिसानी माफ|
    १. यो रकमी र अड्डामा गड्डा जमाएर बस्नेले उल्था होइन उल्का र उल्टा गरेको हो| जसले अंग्रेजीको extraordinary र plenipotentiary को माने बुझेकै छैन त्यस्ताले हाम्रो मुलुकको प्रतिनिधित्व गरेका छन| त्यही पनि अंग्रेजको मुलुकमा| Vienna Convention को हवाला दिएर लेख्ने महापण्डित पनि उस्तै जाँचमा रटान दिएर पढ्नेवाला रहेछ र कार्यकुशलता र उत्पादकतामा चै जिरो नै होला| उसो भए असाधारण र सर्बाधिकार सम्पन्न लाई फेरि नेपालीमा उल्था गर्दा के हुनपर्ने हो त? खालि आफुले आफुलाई बढी बढाव गर्ने बक्तब्य हो| राजदुत र त्यहाका कर्मचारीहरुको काम छैन अरु के गरोस| अनलाईन मा न्युज पढ्यो एस्तो उस्तो बस त्यसैमा दिन कटानी|
    २. दोस्रो कुरो:
    क. कतिवटा मुलुकमा राजदुत हुनपर्ने आवश्यकता छैन| त्यो पुन मुल्यांकन गरेर कटौती हुनपर्यो| कतिवटा मुलुकमा राजदुतको काम छैन, श्रम सहचारी वा कन्सुलर भए पुग्छ| भिसा दिने काम अनलाई राखे पुग्छ| सत्तामा भएको पार्टीहरुले आफ्नो मान्छेलाई जागिर खुवाउने काम मात्र जस्तो हुँदै आएको छ|
    ख. जुन मुलुकमा नेपाली राजदुत छन्, त्यहा पनि चाहे जति काम भएको छैन यो जो कोहिले पनि जानेकै हो| राजदुतको कामलाई बर्षेनी मुल्यांकन गरिन पर्छ| राजदुत नियुक्ति अघि के काम गर्ने, उदेश्य के हो त्यो तोकिन पर्ने हो| संसदको उपसमितिले त्यो हेर्न पर्ने हो तर त्यसो गरेको छैन| राजदुतले कुटनीतिक प्रोटोकल सम्बन्धी तालिम लिन अनिवार्य गराइन पर्छ| खालि तालिम लिने मात्र होइन पास हुन् सक्नु पर्छ| फेल हुनेलाई जान दिनु हुँदैन| त्यसको मतलब परराष्ट्रका कर्मचारीहरुले मात्र प्रोटोकल जानेका छन् भन्ने होइन| आफ्नो जिल्लावासी परराष्ट्रका कर्मचारीलाई डेनमार्कको राजदुत बनाए बाबुरामले तर उक्त कर्मचारीले धुजाधुजा भएको नेपाली झण्डा फ़र्फ़राएको र पोशाकको प्रोटोकल नबुझेको पनि यही ब्लग मार्फत पढ्न पाइएको थियो|
    धेरै मुलुकमा नेपाली राजदुत र राजदुतावास राख्नु नेपालले आर्जन गरेको बिदेशी मुद्राको सर्बनाश मात्र हो, अरु केहि होइन| कतिपय मुलुकमा राजदुतावास आफ्नो मान्छे र दलका मान्छेको गेस्ट हाउस भएका छन्|
    किन हो मेडियाले राजदुतका कामको मुल्यांकन र फजुल खर्ची बारे केहि उल्लेख गरेको देखिदैन|
    झन् भन्नु हो भने मिलिटरी एटचि राख्ने तुरन्त बन्द गरिन पर्छ| यो राजाको पालाको बर्बादी खर्च मात्र हो| मुलुकलाई शुन्य फायदा हुने ठाममा राजदुत राख्न हुँदैन| मिलिटरी एटचि राखेर नेपाली जनताले केहि फायदा पाएका छैनन्| बस कुरा यति हो|

    Reply
  4. sameer says:
    December 3, 2016 at 7:13 am

    extraordinary and plenipotentiary

    को नेपाली उल्थाले एस्तो भएको जस्तो लग्यो.

    Reply
  5. Rohini says:
    December 3, 2016 at 5:56 am

    एकछिन हासौं |

    Reply
  6. Tilak Pokharel says:
    December 3, 2016 at 1:22 am

    मलाइ यो ब्लग चाहिं निकै हल्का लाग्यो। “कुटनीति” सम्बन्धि अलिकति पनि ज्ञान भएको मान्छेले “Vienna Convention on Diplomatic Relations” मा लेखिए अनुसार “Ambassador Extraordinary and Plenipotentiary” के हो भन्ने बुझ्छ। त्यहि अंग्रेजीमा लेखिएको शब्दलाइ नेपालीमा उल्था गर्दा “माइसंसार”लाइ खुराक मात्र मिलेको हो। सामान्य शब्दकोश (http://encyclopedia2.thefreedictionary.com/Ambassador+Extraordinary+and+Plenipotentiary) या विकिपीडिया (https://en.wikipedia.org/wiki/Ambassador#Ambassador_extraordinary_and_plenipotentiary) मा यसको अर्थ खुलस्त छ। नेपालीमा उल्था गर्दा अर्थको अनर्थ भा मात्र हो।

    Reply
    1. Salokya says:
      December 3, 2016 at 9:04 am

      कुरा नेपालीमा आएको विज्ञप्तिकै भइराछ यहाँ। विज्ञप्ति कै भाषाबारे ब्लग हो यो

      Reply
  7. Shankar says:
    December 3, 2016 at 12:47 am

    यो सब भारतीय राजदुत को चाकडी गर्दा गर्दा छबिलाल र देउवा ले आर्जन गरेको ज्ञान को परिणाम हो भन्दा हुन्छ नेपाल मा |
    ये राजदुत ले पो देश चलाउने रहेछ , यहिबुझेछन त् तिनले हाम्रो के लाग्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme