Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टायर जलाऔँ, देश बचाऔँ

Posted on December 1, 2016December 1, 2016 by Salokya

img_1893
काठमाडौँमा धेरै वर्षपछि फेरि एक पटक टायर बलेको छ। एकताका काठमाडौँमा खुबै टायर बल्थे। गणतन्त्रसमेत टायर बालेर भएको आन्दोलनकै देन हो। टायर बाल्दा निस्कने धुँवाले अरुको मात्र हैन स्वय‌ं टायर जलाउने आन्दोलनकारीहरुकै स्वास्थ्यमा पार्ने खराब असरबारे समाचारहरु आएपछि तर्सेका हुन् कि tyre जलाउँदा जलाउँदा आन्दोलनकारीहरु tired भएका हुन्, ठप्प भइसकेको थियो टायर जलाउने काम। तर बुधबार एमालेका युवा र विद्यार्थी भ्रातृ स‌ंगठनहरुले यो काम फेरि सुरु गरेका छन्। टायर नजलाई देश नबच्ने स्थिति आएपछि के गर्नु त। हेर्नुस् देश बचाउन पनि टायर जलाउनु पर्छ। टायर नजलाई देश बच्दैन।

जिल्ला बनाउँदा, अञ्चल बनाउँदा देश टुक्रिएको थिएन। अब त्यस्तै किसिमको सीमाङ्कनसहितको प्रदेश बनाउँदा देश टुक्रन्छ। प्रदेशलाई देशबाट छुट्टिने आत्मनिर्णयको अधिकार दिइएको छैन। तर देश टुक्रन्छ भनेर नेताहरुले भनेपछि कार्यकर्ताहरुले नपत्याउने कसरी?

फेरि प्रदेशको सीमा भनेको ठूल्ठूला पर्खाल लगाएर बनाउने हो। भारत जाँदा त भिसा लिनु पर्दैन तर हास्य कलाकारहरुले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाँदा भिसा लिनुपर्छ भनेका छन्। पत्याउनै पर्‍यो। खासमा देश हैन नेताहरुलाई आफ्नो प्रभाव क्षेत्र टुक्रने चिन्ता हो। आफ्नो प्रभाव क्षेत्र टुक्रिए प्रदेशको मुख्यमन्त्री खान नपाइएला भन्ने चिन्ता हो। तर कुरा देशको गर्नुपर्छ।

देश फोर्न दिने कुरा भएन। बरु सरकारी गाडीको शिशा फोर्नुपर्छ। एमाले कार्यकर्ताहरुल हिजो पूर्वघोषित कार्यक्रम बिना बानेश्वरको सडकमा चक्काजाम गरे। टायर जलाए। र त्यहाँ गुडेको सरकारी गाडीको शिशा फोरिदिए अनि नारा लगाए- बरु गोली खाइन्छ सिङ्गो नेपाल चाहिन्छ।

gadi1
बाहुबली कार्यकर्ताहरुले सरकारी गाडी, जुन तपाईँ हाम्रो पनि सम्पति हो, तपाईँ हामीले नै तिरेको करबाट किनेको हुन्छ, लाई आक्रमण गरी शिशा फोरिदिए। कसरी गरियो आक्रमण थप फोटो हेर्नुस्।

tyre
विरोधका अरु तरिका पनि हुन्छन्। तर देशै टुक्रन लागेकोले टायर जलाएर भए पनि देश जोगाउनु परेको हो। बुधबारको विरोध प्रदर्शनका थप फोटो यता छ।

तपाईँलाई पनि देश जोगाउन मन छ भने आफू वरपर टायर जलाइहाल्नुस्। टायर जलाउँ, देश जोगाउँ। खबरदार यसको विरोध नगर्नुस्। राष्ट्रवादीहरुले गरेको कामको विरोध गर्न हुन्न। देशका लागि जलाएको टायरको विरोध नगर्नुस्। गर्नेहरु राष्ट्रघाती हुन्। राष्ट्रघात मुर्दावाद !

11 thoughts on “टायर जलाऔँ, देश बचाऔँ”

  1. Laxmi Shilpakar says:
    December 4, 2016 at 12:22 pm

    माईसंसारमा salokya काे पाेष्टिंगहरु नियमित पढ्दै अाएकाे र प्रस्तुतिहरु सन्तुलित लाग्थ्याे । तर यहाँ “टायर बालाैं …..” जस्ता नारा लेख्दै गरेकाे पाउँन्दा सलाेक्या एमाले कार्यकर्तामा भैसकेछ भन्ने लाग्याे । अागामि दिनमा वहाँले अाफ्नाे व्लगमा सन्तुलित विचार पस्कीरहने छन् भन्ने विश्वास हरायाे ।

    Reply
  2. bijay says:
    December 4, 2016 at 2:58 am

    नौटंकी बाजहरू.. सक्ने भए प्रचण्डलाई खुला मंचमा उतारेर उसले गरेका कर्तुतको स्पस्टिकरण दिन लगाउनु नि र मधेसी मोर्चाका नेताहरुलाई पनि संगै खुला मंचमा ल्याएर जवाफ दिन लगाउनु नि कि कसको दलाली गर्दै छन् उनीहरुले भनेर ..

    Reply
  3. सुरज मास्के says:
    December 1, 2016 at 9:28 pm

    नेपालको आफ्नै सम्पति बिनाश गर्ने विकास संघियताको शुरुआत !!!

    सुरज मास्के

    Reply
  4. prabhat says:
    December 1, 2016 at 6:40 pm

    ओली का गल्ती –
    + सत्ता मा जोजो आउञ्छ , आफ्नै हिसाबमा कानुन र संबिधान परिबर्तन गर्न पौने ?
    + सबै जनताले चाहेको (नेताहरूले मात्र नचाहेको ?) प्रत्यक्ष निर्बाचन प्रणाली किन न आपनाएको ?
    +देश को सर बो च संबिधान र कानुन बनैसकेपछी सडकमा आएर ताएर बाल्नुपर्ने आबस्था आउनु तपाइको आसफलता हो ?
    + एसको मतलब संबिधान भन्दा ठुलो सक्ति त ताएर बल्नुनै रहेछ , होइन
    + तपाई को आबस्था हेर्दा लाग्छ बिदेशी सक्तिले च ल खेल गरि संसद मा जेनै गरेपनि , नेपाली जनताले टुलुटुलु हेर्नुबाहेक केहि उपाए छैन .

    Reply
  5. Shailesh says:
    December 1, 2016 at 5:52 pm

    राणा शासन हटे पछि बिकासको मूल फुट्छ – लोप्पा
    पंचायत हटे पछि विकासको भेल आउँछ – लेाप्पा
    राजतन्त्र समस्याको जड हो – लोप्पा
    संबिधान जारी मात्र होस् , सबै कुरा आकाशबाट झर्छ – लोप्पा
    जनता सधैँ टायरको आगेा तापेर जाडो काट्नु पर्ने?
    खै यी नेतालाई कसले खुवाउने लोप्पा????

    Reply
  6. अजय प्रधान says:
    December 1, 2016 at 3:54 pm

    यो कुनै नयाँ कुरा होइन की नेपालमा पहिलो पटक टायर जल्दैछ, तर कुरा के भने ,, जतिनै सुकिलो मुकिलो भए पनि ,, हातामा स्मार्ट फोन बोके पनि , फेसबुक र ट्वीटरमा घन्टौं झुण्डिए पनि, दिमागमा भने गोवर भरिए पछी आजका नेपालीलाई के शिक्षित भन्ने के पढेलेखेका भन्ने अनि के परिवर्तन भएको भन्ने ,,, कुकुरको पुच्छर र ढुङ्ग्रो भनेको यहि हो ,,

    Reply
  7. Dip says:
    December 1, 2016 at 12:57 pm

    My only concern is why our security personal does not show any effort to put off the fire. They should immediately extinguish the fire. And all the political party should bring the strict measures to not burn the tire which will have tremendous health/environmental effect or destroy any public property which is built by people tax/donations/loans. We have right to demonstrate or criticize in democracy but without being responsible we will only create chaos. Democracy without knowledge/responsibility is very dangerous which is already proven by some of our politicians.

    Reply
  8. Shankar says:
    December 1, 2016 at 10:02 am

    एउटा घर मा मुसा , बिरालो र कुकुर बस्थ्यो ( तम याण्ड जेरिको कथा जस्तो )| कहिले काही आपस मा मिले जस्तो देखिए पनि तिनै को उद्देश्य मालिक को चाकडी गर्ने र उ प्रति आफु बफादार देखिने | तेस्को लागि आपस मा खुट्टा तान्ने , हदै सम्म को चुथिया गिरि सब चल्छ | हामीकहा भएको पनि तेही हो , पार्टी हरु मुसा, बिरालो र कुक्कुर हो , मालिक भारत हो |

    न भए सत्ता बाहिर रहेको बेला तिनै पार्टीका नेता उपचार भन्दै इन्डिया गएर राजनीतिक भेट घात गरेर र जात फालेर आउछ | हामीलाई टायर बालेर आँखा मा धुलो हाल्न खोज्छ |
    नेपाल बचेको खालि उत्तर को छिमेकि कोअवस्थिति ले मात्र हो |

    Reply
  9. बिपिन says:
    December 1, 2016 at 9:21 am

    भारतीय लाई दिएकाे नागरिकता बन्द गर्नुपर्नेछ ,भारतसितकाे खुला सिमा बन्द गर्नुपर्नेछ ,भारतिय गुप्तचर र लाई नेपाल मा अाऊन बन्देज लगाऊनुपर्छ ।नागरिकताकाे हिसाबमा युनाईटेड अरब ईमिरेट्सकाे जस्तो कानुन पर्याेग गर्नु राम्राे हुन्छ ।

    Reply
  10. SAM says:
    December 1, 2016 at 9:07 am

    For the Protestors

    PROTEST against government is good for the citizen but Destroying Public property and burning Tyre is not the way of protest. just Block the road, and provide emergency food and water for the travelers. If PROTEST Managed way then citizens wont get trouble.

    We r Nepalese and we are still uncivilized. When we can be an example in the world? Do not follow the antique way to protest. There are many ways to protest the government. Make a plan and protest and release the block route so traveler can change their way/destination.

    NEW NEPAL, change to NEW WAY OF PROTEST.

    Wish Nepal can be Civilized one day.

    JAI NEPAL

    Reply
  11. sushil says:
    December 1, 2016 at 7:14 am

    कांग्रेस को आविष्कार – भारतलाई नाकाबन्दी लगाइदेउ भनेर बिन्ति गर्ने र देशको प्राकृतिक सम्पदा उसैलाई बुझाउने
    एमालेको आविष्कार – टेलिफोन बुथ, रेलिङ्ग तोडफोड गर्ने, टायर बाल्ने र मधेशी जति सप्पै भारतीय देख्ने
    माओवादीको आविष्कार – भारतमा आतंककारी तालिम लिएर आउने र आफ्नै देशवासीलाई प्रतिगामी र प्रतिक्रियावादी भन्दै यातना दिने र मार्ने. काम नगर्ने अनि राजनीतिक भिख यानी “चन्दा” माग्ने र खाने. सबैभन्दा खतरा आविष्कार भनेको, आफ्नो सबै नेता तथा पार्टी भारतको इशारामा चल्छ भन्ने थाहा पाउदा पाउदै पनि भेडा जस्तो रास्ट्रघाती बन्दै अझै माओवादीको समर्थनमा हिंड्ने.
    पुर्वपन्च – रंग फेर्ने छेपारो प्रवृति. “पृथ्वी नारायण शाहले भन्थे रे क्या ठकुरीले दागा गर्छ भनेर”.
    मधेशी पार्टीको आविष्कार – यी चाहिं “आविष्कार गरिएका” हुन्.
    यस्ता गाउँबाट क्याम्पस पढ्न आएका हावाहरु राजनीतिमा लागेर नेता बनेकाहरुसंग के आश गर्नु? समाज र जनता प्रति पेशागत जवाफदेही र व्यावसायिकता भनेको थोप्पो छैन.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme