Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्डको जम्बो सरकार अब ४१ सदस्यीय : १० राज्यमन्त्री आजदेखि

Posted on November 30, 2016 by Salokya

1-1480509253365_rs_ktm_161130161130_5307
सत्ता साझेदार नेपाली कांग्रेसका १० जनालाई राज्यमन्त्री बनाएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अब ४१ सदस्यीय भएको छ। एकीकृत भएको राप्रपाबाट थप मन्त्रीहरु बनाएपछि सरकारको आकार अझै बढ्ने निश्चित छ। के यो सरकारले २०५२ सालको शेरबहादुर देउवाको ४८ र २०६८ मा बाबुराम भट्टराईको ४९ सदस्यीय जम्बोको रेकर्ड तोड्ला त? हेर्न बाँकी छ।

रमाइलो चाहिँ के भने सरकारमा दलहरुको भागवण्डा, दलहरुबीचै पनि गुटहरुको भागवण्डा हुने रहेछ। आज बनाइएका १० राज्यमन्त्रीहरु मध्ये ५ जना देउवा पक्षका रहेछन् भने पाँच जना अरु पक्षका। अरु भनेका चाहिँ ३ जना रामचन्द्र पौडेल पक्षका र १ जना सिटौला अनि १ जना खुमबहादुर खड्का पक्षका।

लागू भइसकेको संविधानमा २५ सदस्यीय मन्त्रीको हदबन्दी तोकिए पनि त्यसको स्पिरिटमा काम नगरी ओलीको पालामा ससाना पार्टी सबै समेट्नलाई मन्त्रालय फुटाएर मन्त्री बनाए सरह मन्त्री बनाउने काम यो सरकारले पनि गरिरहेको छ। ओलीले फुटाएका मन्त्रालयलाई जोड्ने कामसम्म यो सरकारले गर्न सकेको छैन।

को-को के-के मन्त्री भए त ?

(देउवा पक्ष) दिर्घ राज भाट वन तथा भू-संरक्षण
(देउवा पक्ष) सिताराम महतो भौतिक पूर्वाधार तथा यातायात
(सिटौला पक्ष) तारामान गुरङ्ग स्वास्थ्य
(पौडेल पक्ष) सुरेन्द्रराज आचार्य सिँचाइ
(देउवा पक्ष) सुवर्ण ज्वारचन वाणिज्य
(खड्का पक्ष) इन्द्रबहादुर बानिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
(देउवा पक्ष) दिलिप खवास गच्छदार श्रम तथा रोजगार
(पौडेल पक्ष) दिपक खड्का खानेपानी तथा सरसफाई
(पौडेल पक्ष) कन्चन चन्द्र बादे उद्योग
(देउवा पक्ष) मिठु मल्ल सहरी विकास

1 thought on “प्रचण्डको जम्बो सरकार अब ४१ सदस्यीय : १० राज्यमन्त्री आजदेखि”

  1. Shankar says:
    December 1, 2016 at 1:34 am

    यो राजनीति ,उ राजनीति , पक्ष्य , बिपक्षी को केहि मतलब छैन , सबै मिलेर नेपाल लुट्ने हो | यी झुण्ड म त भन्छु फटाह हरुको टोलीले देश बनाउने त् सपना मा पनि न चिताए हुन्छ |
    यो मात्र हेर्नुछ कि इन्डियाले कुन ग्रयाण्ड डिजाइन ले कसरि र कति छिटो निल्ने वाला छ ?
    डोनाल्ड ट्रंप को आगमन को लागि सिब सेनाले यु ट्युब मा होम , यज्ञ यज्ञादी गरेको देखिएको थ्यो , जित्यो पनि मेरो आफ्नो बिचार मा चै नेपाल को लागि यो अल्ल्ली असुभ हो जस्तो लाग्छ |
    चिनिया हरु आफ्नो उत्तरी बोर्डर र तिब्बत को मामला मा सुरक्श्याको प्रत्याभूति भए नेपाल इन्डिया ले खावोस उसले मतलब गर्ला जस्तो लागेन | खानेको मतलब भुटान सम्म बनाउने |
    हो इन्डिया यहा साचिकै प्रत्यक्ष्य छिरेको खण्डमा उ पनि नेपाल को उत्तरी भूभाग मा अल्लि भित्र छिर्ने न भए फेरी इन्डिया र चीन युद्द मा जान सक्छन |

    तर मोदी जस्तो धुर्त सासक रहे मिलिजुली न खाला भन्न सकिन्न |
    यी नक्कली लेनिन ( माकुने ), स्टालिन ( प्रचण्ड ) , माउत्सेतुङ्ग ( बाबुराम ) इन्डियाको , खुफिया भएकै कारण केहि समय लुट्न पाउने छन् , यिनीहरु लाइ देश भक्तिको दम ले समाते सी के राउत को सेना इन्डिया ले खडा गरि नै सक्यो , तर सायद संबिधान संसोधन हुदै , इन्डिया को नजिक नजिक देश गइ रहेकोले यी कुफिया को मद्दत बाटै इन्डिया को अभिस्ट पुरा हुने देखिन्छ |
    माकुने , प्रचण्ड , बाबुराम , देउवा , निधि लाई आफ्नो देश को माया न लाग्ला , देश प्रति बफादार नै छैनन् भन्ने आसय हैन , हुन् सक्छ कुनै कुनामा होला तर यी लामो समय सम्म राजनीतिमा टिक्ने मूल आदार नै इन्डियन नेता सग अस्वस्थ साठ गाठ र यीनको राजनीति कच्चा बैद्य को औसधिको मात्रा भएको हुनाले देश को लागि झन् घातक छ | तेस्माठी यिनीहरु अति स्वार्थि र व्यक्तिगत लाभ को लागि राजनीति गर्छन | हालाकी देश ले यिनीहरु बाटै बलिदान मागेको छ |
    आम जनता गलत सुचित बनाइका, बिखन्डन मानसिकता मा झगडा मा उल्झेका छन् |
    किनकि चौथो अंग पनि बिकेको कुरा केहि समय अगि मोदीको प्रसंसा गर्ने पाठक को
    स्वस्ति गान बाटै पुस्टि हुन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme