Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बत्ती बलेको बल्यै, टेन्सन कसलाई होला? एउटा यो ठूलो मिडिया पनि होला जसले म‍ंसिर दोस्रो सातादेखि अँध्यारो छाउने ठोकुवा गरेको थियो

Posted on November 28, 2016 by Salokya

loadsheddingतिहारदेखि बत्ती बलेको बल्यै छ। लोडसेडिङ भनेको कुन चराको नाम हो जस्तो भइसक्यो। उपभोक्ता सब दङ्ग छन्। तर कसैकसैलाई चैँ लोडसेडिङ नभएर टेन्सन हुने गरेको छ। यसमध्ये ठूला मिडिया पनि पर्छ। कान्तिपुरको उदाहरण त तपाईँले यो ब्लगमा पढिसक्नुभयो। अब अर्को ठूलो मिडिया ‘नागरिक’को कुरा गरौँ। नागरिकले गएको कात्तिक २३ गते यस्तो समाचार दिएको थियो-

समाचारको पहिलो वाक्य (लिड लाइन)मा लेखिएको छ- चाड पर्वमा बिजुली कटौती नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रशंसा भएपनि मंसिरको दोस्रो सातापछि उपत्यकामा पुनःअँध्यारो छाउन थाल्नेछ।

तर आज म‍‍ंसिरको तेस्रो साताको दोस्रो दिन भइसक्यो। अहँ बत्ती त जाँदै जाँदैन त।

समाचारको पहिलो वाक्यमा दुई वटा विषय छ- चाड पर्वमा बिजुली कटौती नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रशंसा भएको एउटा विषय हो। यो सत्य हो। सत्यसँगै उसले भविष्यवाणीको रुपमा अर्को विषय जोडेको छ …’प्रशंसा भए पनि मंसिरको दोस्रो सातापछि उपत्यकामा पुनःअँध्यारो छाउन थाल्नेछ।’

यो वाक्य कसैले भनेको छैन। अर्थात् यो वाक्य कसैको कोट हैन। भनेपछि यो वाक्य समाचार लेख्ने र छाप्नेले भनेको हो। म‍‍ंसिर दोस्रो सातापछि पुनः अँध्यारो छाउन थाल्ने ठोकुवा पत्रिकाले गरेको हो।

तर यो ब्लग तपाईँले पढिरहनु हुँदा मंसिरको दोस्रो साता सकिएर तेस्रो साताको दोस्रो दिन भइसकेको छ। बत्ती गएको छैन। लोडसेडिङ भएको छैन। पत्रिकाको भाषामा अँध्यारो छाएको छैन। अनि रिस उठ्दैन होला त आफूले ठोकुवा गरिसकेको चिज गलत भएपछि। बत्ती त जसरी पनि जानै पर्‌यो नि। मिडियालाई अँध्यारोमै मजा रहेछ कि के हो कुन्नि, बुझ्नै नसकिने हगि!

समाचारको अर्को वाक्य छ-

पूर्वाधार संरचनामा सामान्य सुधार भएको तर माग अनुसार बिजुली आपूर्ति नभएकाले अँध्यारोको समस्या यथावत रहने देखिएको हो।

देशभर सबैभन्दा बढी विद्युत माग हुने तिहारको लक्ष्मीपूजाको दिनसमेत लोडसेडिङ नभएको र त्यसपछिका दिनहरुमा बत्ती नजानुलाई पूर्वाधार स‍ंरचनामा सामान्य सुधार भएको माने पनि ठीकै छ। यत्रो वर्षसम्म लोडसेडिङमुक्त नहुनु र अहिले हुनु सामान्य सुधारै हो भनेर मानौँ।

माग अनुसार बिजुली आपूर्ति नभएकाले अँध्यारोको समस्या यथावत रहने देखिएको हो भनिएको छ। अहिले माग अनुसार बिजुली आपूर्ति भएकोले चैँ अँध्यारोको समस्या यथावत नभएको हो त। के आफैले ठोकुवा गरेको मंसिर दोस्रो सातादेखि लोडसेडिङ हुने भने पनि नभएपछि यसको विश्लेषण गरी अर्को समाचार ठोक्ला त त्यही मिडियाले? ठोक्नु पर्ने हो कि हैन त?

फेसबुकमा फेक न्युजको बिगबिगी छ भनेर चिन्ता गरेर के गर्नु, मूलधारे ठूला मिडियाले नै हुँदै नभएको फेक न्युज दिन थालेपछि कसलाई के भन्ने होला?

जनता उज्यालोमा हुँदा छटपटी कसलाई हुँदो रहेछ त? जनता अँध्यारोमा रहोस् भन्ने कसले चाहँदो रहेछ त? केही बुझ्नुभो? मैले त केही बुझ्न सकिनँ। यो देशमा यस्तै धेरै कुरा नबुझेर नै बस्नुपर्दो रहेछ।

नागरिक दैनिकको छापामा यो समाचार यसरी छापिएको थियो-
nagarik1

सम्बन्धित ब्लगहरु-

लोडसेडिङ नहुँदा ठूला मिडियालाई भएको छटपटी हेर्नुस्

१० प्रश्नको जवाफ खोज्नुस्, लोडसेडिङ कृत्रिम थियो कि आवश्यक आफै थाहा पाउनुस्

बत्ती निभ्दा पनि चासो र समाचार बन्ने भयो नेपालमा

चीनभन्दा अघि विद्युत उत्पादन गरेका हामी किन अहिले भुटानभन्दा पछाडि? आठ कारणको विश्लेषण

6 thoughts on “बत्ती बलेको बल्यै, टेन्सन कसलाई होला? एउटा यो ठूलो मिडिया पनि होला जसले म‍ंसिर दोस्रो सातादेखि अँध्यारो छाउने ठोकुवा गरेको थियो”

  1. Navin Rayamajhi says:
    November 29, 2016 at 7:52 am

    लोड सेडिंग भएन भने इन्भर्टर र जेनेरेटरको बिज्ञापन नआउला भन्ने डर हो कि स्वघोषित नेपालको एक नम्बर दैनिक हरुलाई?

    Reply
  2. Yam Budha Magar says:
    November 28, 2016 at 6:20 pm

    है! तोरिको गेडामा प्वाल कहाँ छ भनेर खोज्ने बडा कर्पोरेट मिडियावालालाई “ईस्यू” नपाउने डर होला नि । फेरि, त्यहाँ भित्र पनि हनुमानगिरी कम होला त!

    Reply
  3. sun says:
    November 28, 2016 at 11:47 pm

    बत्ती बलेको बल्यै, टेन्सन कसलाई होला
    टेन्सन होइन अब घर घर मा भए को इन्वेर्टर ,battery, solar pannel हरुको प्रयोग गरेर
    कसरि बिजुली बचाउने उपाय शोचेने बेला हो

    Reply
  4. Mk says:
    November 28, 2016 at 11:28 pm

    Nepal desh ko arko bishesta

    Reply
  5. Narayan Gaunle says:
    November 28, 2016 at 5:40 pm

    गज्जबको समीक्षा सर !

    Reply
  6. Surya Dev KC says:
    November 28, 2016 at 5:26 pm

    Chinu hos nagarik dainik n kantipur

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme