आजभोलि अवार्डको लहरै चलेको छ। कहिले फलानो अवार्ड भनेको छ कहिले चिलानो। हरेक अवार्डसँग एउटा न एउटा विवाद। मानौँ अवार्ड र विवाद पर्यायवाची शब्द हुन्। अवार्डको यो बाढीमा एक जना पत्रकार डिबी खड्काले अवार्ड जित्ने सरल र सहज तरिका आफ्नो फेसबुकमा बयान गरेका छन्।
पढ्नुस् उनको अवार्ड जित्ने टिप्स-
विभिन्न अवार्डमा नोमिनेशनमा परेका मित्रहरुले भोट माग्न ट्याग गरेर हैरान गरे। त्यसैले भोटको सट्टा केही टिप्स दिनुपर्यो।
मलाई भोट गर्नुहोस् र जिताउनुहोस् भन्दै नभन्नुहोस्। अमेरिकी राष्ट्रपतिको चुनाव होइन, भोटले जितिने। बढी भोट आए पनि पब्लिक च्वाइस भनेर चिप्ल्याइदिन्छन्, उल्टो बेइज्जत। उत्कृष्ट सिर्जना हुने होइन। आयोजकको दुईचार पैसा कमाउने मेसो हो यो (नत्र फ्रि अनलाइन भोटिङका अप्सन छाडेर म्यासेज गर्न लगाउँदैनन् ) त्यही अनुसार प्रस्तुत हुनुहोस्।
नोमिनेशनमा परेपछि होइन, अवार्डका लागि फर्म भरिन्छ भन्ने लागेको दिनदेखि आयोजकका हरेक स्ट्याटसमा कमेन्ट गर्नुहोस् । महान बिचार भन्ने टाइपको होस् त्यो । भेट्न थाल्नुहोस्, भेट्दै जानुस् । फारम भर्दा सोध्नुहोस्, दाइ भरौं कि नभरौं ? उसले नभर भन्दैन । भरिराख भन्छ । टप फाइभ लिइहाल्छ ।
त्यसपछि आयोजकको आर्थिक लालचलाई मध्यनजर गरेर ‘केही परे छु है ‘ भन्नुहोस् । सिधै पैसा दिँदा इगो हर्ट हुन सक्छ, त्यसैले कुनै कम्पनी छ वा चिनेको छ भने कार्यक्रममा ब्यानर राख्नुपर्यो भनेर प्रस्ताव गर्नुहोस् ।
तपाईंको अवार्ड निष्पक्ष हुन्छ भन्नुहोस् । उसलाई थाहा छ निष्पक्ष गर्दिनँ भन्ने तर निष्पक्ष गरेको भनेकै सुन्न रुचाउँछन् ।
आयोजकको मुख्य मान्छेको स्वभाव राम्ररी बुझ्नुहोस् र त्यही अनुसार व्यवहार गर्नुहोस् । अवार्ड पाइन्छ ।
यति गर्दा पनि पाइएन भने मलाई भन्नुहोस्, न्युरोडमा अवार्ड बनाउने ठाउँ देखाइदिन्छु । आखिर नेपालका अवार्डको हैसियतै कहाँ छ र ? जहाँ भावना जोडियोस् । पाउनेले पनि भिसा प्रक्रियामा थप एउटा डकुमेन्ट भयो भन्ने खुशीले रम्ने त हुन्, सिर्जनाको हैसियत आफैलाई हुन्छ के रे ।
स्पष्ट तथा सरल भाषामा लेख्ने सालोक्य जीको यो पोष्ट चाँही खासै बुझिएन । खासमा म चाँही अरु ठाँउमा पढेर नवुझिए म यो व्लग वढे त पक्कै वुझिन्छ भनेर यहाँ नबुझिने कुरा वुझ्नैका लागि हेर्ने हो ।
Man paryo…