Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेर्न छुटाउनै नहुने आइतबारका दुई हिट फोटो

Posted on November 27, 2016 by Salokya

fotorcreated
आइतबार दुई फोटोको चर्चा निकै रह्यो। दुवै फोटो वर्तमान माका सरकारसँग सम्बन्धित छ। माका अर्थात् माओवादी-कांग्रेस सरकार। माओवादी नेतृत्वको सरकार भएकोले माका भनेको। पहिलो फोटो कांग्रेसबाट देशको सहरी विकास मन्त्री भएका अर्जुननरसिंह केसीको हो। निरन्जन पौडेलले खिचेको यो फोटोमा मन्त्री केसीलाई उनकै गृहजिल्ला नुवाकोटको निवास आएको बेला प्रहरीले दिएको सलामीको थियो। फोटो पनि हेर्दा रमाइलै देखिन्छ। पुक्लुक्क निस्केको पेट भद्दा देखिएका मन्त्री केसी रातो आसनमा छालाको जुत्ता लगाएर ठिङ्ग उभिएका छन्।
15202520_10209955609680129_8029964785345890221_n
मन्त्रीको रातो आसनसँगै दायाँ बायाँ दुई वटा गाग्री छ। अगाडि पट्टी नेपालको राष्ट्रिय झण्डा र पाँच जना हतियारधारी प्रहरी सतर्क अवस्थामा उभिएका छन्। कसो मन्त्री केसीले स्यालुट ठोकेका चाहिँ रहेनछन्।

अनि यो अर्को फोटो चाहिँ संविधान संशोधन संसदमा दर्ता नगरी मन्त्रिपरिषद् बैठक छाडेर हतार हतार बारा पुगेका प्रधानमन्त्रीको हो। प्रधानमन्त्री प्रचण्ड खासमा भारतीय योगगुरु रामदेवको आज हुने योग शिविर समापनमा जाने कार्यक्रम थिएन। तर रामदेवले फोन गरेर डाकेपछि नाइँ भन्न सकेनछन्। र उडेछन्। त्यहाँको एउटा फोटो अन्नपूर्ण पोस्टले छापेको छ। यो पनि रमाइलो फोटो बनेको छ आज-
15284133_10154644143790256_9125459703891545900_n

14 thoughts on “हेर्न छुटाउनै नहुने आइतबारका दुई हिट फोटो”

  1. purna lamichhane says:
    December 6, 2016 at 4:19 am

    के पि ओलि ले भनेको मा का फुइँ को अर्थ बल्ल आज बुझियो माओ बादि र सेर बहादुर को
    फुइँ पो रछ नि

    Reply
  2. Bhem Pandey says:
    November 28, 2016 at 7:17 pm

    aalikati naitekata, aalikati laza, aalikati kutanitic maryada bhayako real Nepali mana bhayako PM hamle kahile paumla.?

    Reply
  3. Prakash Adhikari says:
    November 28, 2016 at 11:48 am

    नेपालको प्रधानमन्त्रीको हैसियत राम्रो सँग देखाइ दिये रमदेव् ले

    Reply
  4. Roohit Bastola says:
    November 28, 2016 at 8:06 am

    रामदेब बाबा पंरचड क.को मन सफा गर्न कुनै योग बिधा सिकाऊ नभय मन पलटिन सक्घ नत्र भोली आफैमा खनियला।

    Reply
  5. Tamang Dawa says:
    November 28, 2016 at 10:27 am

    I think Prachanda should have pose under Ramdev’s dhoti. That photo would have been more vial than takariwali

    Reply
  6. Sunil Tulsi says:
    November 28, 2016 at 3:34 am

    फाइदा हुने ठाँउ उफ्रिने भै हाल्यो नि । देश को मठ मन्दिर सबै भताभुङ्ग छ मतलब छैन । राज्ये को पैसा न सहि बिदेशी अनुदान खोइ । सब मन्त्री नेता आफ्नो भुकारी भर्द ठिक्क ।

    Reply
  7. नवीन रायमाझी says:
    November 28, 2016 at 7:22 am

    सहरी विकास मन्त्री भएका अर्जुननरसिंह केसी लाइ के कारणले सलामी दिएको हो? यसरी मन्त्रीहरु आफ्नो गृह जिल्ला जाँदा पनि हतियारधारी प्रहरीले सलामी दिने हो भने नेपाल प्रहरीमा एउटा सलामी बिभाग नै खडा गर्नुपर्ने हुन्छ.

    Reply
  8. Arun says:
    November 28, 2016 at 6:49 am

    काम पाइनस बुडा भैसी को चाक कन ।अब हाम्रा नेता को काम नै छैन कहाँ कनआउन पाइन्छ भन्दै गएका होलान नि । ।लाज पचेसी एस्तै हो । । ।हग्ने लाई भन्दा देख्ने लाई लाज । ।

    Reply
  9. sushil says:
    November 28, 2016 at 6:32 am

    धोती भनेको धोती नै हो के, अनुशसान नभएको. हेर त्यो लंगौटी मात्रै लगाएर प्रमको अगाडी…थुइक्क….धोती जोगीले बोलायो भनेर आफ्नो हैसियत बिर्सिएर मुन्टीएर जाने पनि उस्तै …..थुक्क….अरबपति सेठ रामदेव भैसक्यो तैपनि हर्कत चाहिं उही धोती नै…

    Reply
  10. Surya says:
    November 28, 2016 at 5:33 am

    कस्ता लुते लुते हरु छन् यार. धत्.

    Reply
  11. Sunil, London says:
    November 28, 2016 at 3:17 am

    बुख्याँचा मन्त्रि !!!! “लाचार” प्रधानमन्त्री, रामदेवले बोलाउदा त दौडिने रहेछन , मोदीले बोलाए भने के गर्लान ? रामदेवले नेपालका प्रधानमन्त्री र राष्ट्रपति लाई मज्जैले नचाए, केहि काम छैन यसो बसिबियाँलो त गर्ने पर्यो नि !!!!

    Reply
  12. Rohini says:
    November 28, 2016 at 12:34 am

    हाम्रा पर्धान्मंत्री पनि सारै भाबुक छन् भन्या | रामदेव को निमन्त्रणा लाई टार्नै सकेनछन |

    Reply
  13. Gambhir Ghimire says:
    November 27, 2016 at 5:55 pm

    गणतन्त्र को फल चाखौ

    Reply
  14. Alikhit says:
    November 27, 2016 at 11:10 pm

    साच्चै मन्त्री हुन कि मन्त्रीका सालिक हुन ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme