Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली पत्रिकामा कलियुगको देउतै सरह गरिएको मोदी वन्दना हेर्नुस्

Posted on November 26, 2016 by Salokya

modi
ठ्याक्कै एक वर्षअघि यति नै बेला नेपालमा भारतले लादेको नाकाबन्दीको पीडा थियो। अहिले भने एउटा पत्रिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वन्दना पो देखियो। भारतविरोधी नै छापिनु पर्छ भन्ने होइन, तर प्रशंसा पनि हदै पार गर्नु त नहुने नि, हेर्नुस् न कलियुगको देउतै सरह पो वन्दना गरिएको रहेछ।

घटना र विचार साप्ताहिकमा छापिएको राजेन्द्रप्रसाद पाठकको लेखमा यस्तो छ प्रशंसा-

सत्ययुगले विष्णु जन्मायो, तेत्रायुगले अयोध्यापति श्री राम जन्मायो, द्वापरयुगले जगदीश्वर श्री कृष्ण जन्मायो, कलियुगले भारतवर्षमै चियावाला हुँदै योगी हुँदै सन्न्यासी हुँदै प्रधानमन्त्री श्री नरेन्द्र दामोदार दास मोदी जन्मायो भन्दा अतिसयोक्ति भयो भन्नेहरूको कमी हुने छैन । यद्यपि यी चारै युगपुरुषलाई एकै स्थानमा राखेर कथित मूल्याङ्कन गर्दा भौतिक, बौद्धिक, सामाजिक, राजनीतिक, धार्मिक, वैदिक क्षमता र योग्यताको जाँच गर्दा युग र त्यसको प्रकृति आचरणअनुसार तोलामासा फरक पर्न सक्ला, आशय र उद्देश्यमा समभाव प्रकट भएको देख्नु आफैँमा समतामुखी समाजप्रति विश्वास राख्ने आध्यात्मिक सामाजिक आचरण हो भन्दा फरक परोइन । यी चारै युगपुरुषलाई तौलने मापक र सूचकहरू के–के हुन सक्छन् भन्ने प्रश्न खडा भयो भने त्यसको उत्तरस्वरूप आउन सक्ने शब्दहरू भनेको विश्वको सबैभन्दा पुरानो हिन्दू विधिशास्त्रलगायत संसारको मानव समुदायले स्वीकार गरेको सम्पूर्ण धार्मिक–सामाजिक सिद्धान्त वा दर्शन सबैले नै स्वीकार गरेको एउटै मन्त्र सत्वगुणी भावार्थले प्रेरित ‘बहुजन हिताय बहुजन सुखाय’ भन्ने शब्द संयोजनले नै सिद्ध गर्न सक्दछ ।

देख्नुभो त? सत्ययुगमा विष्णु, तेत्रायुगमा राम, द्वापर युगमा कृष्ण अनि कलियुगमा मोदी रे ! चाकडीको पनि हद।

अझ अगाडि पढ्नुस्-

राम, बुद्ध र कृष्ण यी तीनै अवतारलाई विष्णुअवतार भनी हिन्दू ग्रन्थले बताएको हुँदा अन्यलाई त्यसै समान तुलना गर्न नसकिएला, तर पनि ती यस्तै भावना र उद्देश्य लिएर कार्य सञ्चालन गर्न सक्ने महामानवलाई आंशिक पूर्ति गर्नका लागि खटिएका र लोकहितका खातिर आफ्नो दिलो ज्यान अर्पन गर्न सक्ने महान् सोच र सामथ्र्य प्राप्त हुनु आफैँमा मानव समुदायलाई रक्षा गर्ने कडी बन्न सक्दछ । यस्ता युगद्रष्टा युगपुरुषको जन्म बारम्बार भइरहँदैन जबजब अन्याय र अत्याचारको फैलावट बिनाुसर्त हुन्छ तबतब त्यस्ता सात्विकहरूको जन्म र कर्मले सर्वसाधारणलाई उद्धार गरी समतामूलक समाजको स्थापना हुने गर्दछ । त्यस्तै अथाह शक्ति, स्रोतसाधनसम्पन्न देश भारतमा एक राजनीतिक व्यक्तित्वको उदय भएको छ ।

लेख्ने कस्ता, छाप्ने कस्ता। जे होस् मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रशंसा यसरी भइरहेको छ भनेर मित्र राष्ट्रको दूतावासलाई थाहा होला कि नहोला? मित्र राष्ट्रका प्रधानमन्त्रीलाई यो जानकारी पुग्ला कि नपुग्ला !

यो लेख पूरै पढ्ने मन भए यहाँ क्लिक गरी पिडिएफको सातौँ पेजमा पढ्नुहोला है।

17 thoughts on “नेपाली पत्रिकामा कलियुगको देउतै सरह गरिएको मोदी वन्दना हेर्नुस्”

  1. डिल्ली says:
    November 27, 2016 at 11:11 pm

    हण्डीको डकार “मोदी वन्दना” बनेर आएछ ।

    Reply
  2. Roshan Rijal says:
    November 27, 2016 at 9:48 am

    Varaute modi ka chaplosi le ta bayan garne vaye ni. Poisa Bora bokene haru aaja sata ma xan. Sarbahara ko neta re haha varat ko esara kati din garxan ye netale

    Reply
  3. Roshan Rijal says:
    November 27, 2016 at 9:43 am

    Dusta ximeki ho yo nepali le juni vara birsidaunau yo harami le dukha deko

    Reply
  4. अजय प्रधान says:
    November 27, 2016 at 3:10 pm

    घटना र विचार नभएर घटना एवं विचार राख्नु पर्ने भयो पत्रिकाको नाम अनि नाम अनुसारको समाचार हुन्छ ,,, सकियो अव नेपाल सकियो |

    Reply
  5. Budharaj Limbu says:
    November 27, 2016 at 9:21 am

    तथाकथित हिन्दु धर्मकै कारण नेपालको अस्तित्व संकटमा छ । आज नेपालले हिन्दुत्वको बिल्ला फ्याकेर स्वतन्त्र बन्ने कोशिशमा छ , तर दक्षिणबाट हिन्दुवाद लाद्ने जमर्को भइरहेको छ र यसमा नेपालका एकथरी लालचीहरु दक्षिणलाइ साथ र सहयोग गरिरहेका छन ; जो नेपालको निम्ती निकै खतरनाक छ ।

    Reply
  6. Lakshmi Prasad Subedi says:
    November 27, 2016 at 7:25 am

    Ramdev and his shadow came and gave some lootpat funds to Vasmasurs, and got this Bandana!!!https://www.facebook.com/photo.php?fbid=1552360338112762&set=p.1552360338112762&type=3

    Reply
  7. madann says:
    November 27, 2016 at 8:35 am

    लेख गज्जप कै हो | यी लेखक महोदय को परेछन को नि | येसो यिनका बारेमा जान्न पाए हुने |

    Reply
  8. Rob says:
    November 27, 2016 at 7:58 am

    बन्दना लेखकलाई चाकडीमा नोबेल पुरस्कारको सिफारिस गर्दछु !

    Reply
  9. Siddhi Pradhananga says:
    November 27, 2016 at 12:34 am

    भारू र दारूकाे कमाल।

    Reply
  10. Akash says:
    November 27, 2016 at 2:27 am

    यस्तो लेख लेख्ने मान्छेलाई दोश दिनु भन्दा पहिला मलाई हल्का जानकारी भा को कुरो राख्न चान्चु है त । भारतीय दुताबासको एऊटा बजेट अन्तर्गत बिभिन्न नेपाली पत्र पत्रिका तथा पत्रकारको लागि पैसा बाड्ने चलन रहेछ किन भने नेपाली नागरिक भारत पर्ति नकारात्मक धारणा राख्ने कुरो दुताबास लाई राम्रो सित था छ त्यसैले बिभिन्न लोकल ( राजधानी बाहिरका साना पत्रिका समेत) लगाएत सम्भव भए सम्मका पत्रकार लाई भारतको लेख लेख्दिनुस्न भनेर बिभिन्न च्यानल मार्फ़त सम्पर्क बढाई लेख लेख्न लाम्नी र त्यसतो बदलामा खाम (कम्तिमा रु २०,००० ) तिनै सम्पर्क च्यानल मार्फ़त बितरण गर्ने पुरानो चलन छ। यो लेख सायद त्यसै अनुसार लेखिएको होला ।आर्थिक अभाबले हाम्रा देशका साना पत्रकार / पत्रिकालाई (सवै होईन) यस्तै तरिकाले भए पनि बाच्नु पर्ने अबस्था छ ।

    Reply
  11. Bel Bahadur Gurung says:
    November 27, 2016 at 1:30 am

    Sponsored?

    Reply
  12. Bibekanand Pandey says:
    November 26, 2016 at 6:46 pm

    चल्प्लुसी को पराकाष्ठा हो ! यस्ता मान्छे लाइ नेपाल मा बस्न दिनु नेपाल को लागि अत्यन्तै घातक हुनेछ !

    Reply
  13. Tamang Ko Xora says:
    November 26, 2016 at 6:46 pm

    Aba yo Rajendra prashad pathak lai poni modiko xora ho vhanera news nikalda hunxani haina

    Reply
  14. Bhumiraj Rai says:
    November 26, 2016 at 6:30 pm

    Yo Rajendra prasad Pathak le
    Afnai netako chahi kina nalekheko..?

    Reply
  15. Shankar says:
    November 26, 2016 at 11:31 pm

    दुतावास ले कर्मचारी , सेना , पुलिस , पत्रकार मा धेरै लाइ तलब दिएर एजेन्ट बनाएको छ भन्ने कुरा को अप्रत्यक्ष्य प्रमाण हो |नत्र उनीहरु ले चाहेको बेला यहा आन्दोलन , तिकडम तेसै हुन्छ | नत्र तेत्रो जान आन्दोलन हामीले गरेम भन्ने प्रचण्ड माकुने को पालामा सहर केन्द्रित आन्दोलन गर्दा कसरि फेल भा थ्यो ?
    सबै सासन को मूल जरो इन्डियन दुतावास बात हुदै दिल्ली सम्म पुगेको छ |
    नेपालि जाति जाति फुटाउने , नदीनाला मा आफ्नो कब्जा , बाटो घाटो कता बात लाग्ने आफ्नो पकड , ठुला ठुला ठेक्का इन्डियन कम्पनि लाइ पार्ने दबाब , तराइमा राउत सेना गठन र नेपाल सरकार लाइ चुप चाप बस्न र कारबाही नगर्न दबाब ( हिजो माउबादी जस्तै ) यी सब दिर्ग काल मा नेपाल निल्ने ग्रयाण्ड डिजाइन हो |

    Reply
  16. Narayan Pandey says:
    November 26, 2016 at 4:24 pm

    Yesle pani dutaabaas lai chaaro haleko, kehi jharchha ki bhanera

    Reply
  17. Upendra Shrestha says:
    November 26, 2016 at 4:07 pm

    भारू खान पाएपछि यस्ता कुलंगारहरूले अाफ्नै अामा छाेरि स्वास्नीहरूलाइ पनि बेच्छन् दलालहरू… Mysansar त्याे लेखक चाहि भारतिय हाे क्यारे लास्टमा लेख्या छ…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme