Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारी ल्याबमा ब्लड स्याम्पल दिएको चार घण्टामा अनलाइन रिपोर्ट

Posted on November 25, 2016 by Salokya

nphl कहिलेकाहीँ बाहिरबाट बिरामी जस्तो नदेखिए पनि भित्रभित्रै केही रोग हुनसक्छ। त्यसैले समय समयमा मुख्य मुख्य टेस्टहरु गरिरहनु भनेर सुझाव दिइन्छ। जस्तै किडनीको लागि Creatinine टेस्ट। चलनचल्तीको भाषामा ‘होल बडी चेकअप’ भनिँदो रहेछ। तर पूरै शरीरको एक एक अङ्ग जाँच्ने भने हैन रहेछ। निजी अस्पताल र क्लिनिकमा भन्दा सरकारी मै जाँदा राम्रो र विश्वसनीय भन्ने सुझाव पाएपछि लागियो आज टेकुस्थित स्वास्थ्य सेवा विभागसँगै रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) तिर। नेपालका सम्पूर्ण प्रयोगशालाहरुको अनुगमन र मूल्यांकन गर्ने काम पनि यसैले गर्छ। यहीँको अनुभव सुनाउँदैछु।

मूलगेटमा प्रवेश गरेर बायाँ पट्टी लागेपछि त्यहाँ बाहिरै नमूना दिने ठाउँ भनेर लेखिएको छ। त्यहाँ गएर टोकन लिएको केही समयमा नै पालो आयो। खासै भिड थिएन। सुरुमा के के जाँच गर्ने हो, त्यो काउन्टरमा भनेर त्यस अनुसार रकम तिर्नुपर्ने रहेछ।

‘होल बडी चेकअप’ भन्दा आवश्यक सबै मूलभूत चेकअपको प्याकेज हुँदो रहेछ। त्यसका लागि २ हजार १ सय २५ रुपैयाँ पर्ने रहेछ। ३५ वर्षभन्दा कम उमेरको लागि भने १७ सय रुपैयाँ मात्रै पर्ने रहेछ। कुनै छुट्टै टेस्ट मात्र गर्नुपर्ने भए लाग्ने शुल्क निजी क्लिनिकहरुको भन्दा कमै रहेछ। यहाँ छ मूल्यसूची ‘होल बडी’का लागि खाली पेट आउनु पर्ने हुँदो रहेछ। यहाँ इसिजी, युएसजी आदि चाहिँ हुँदैन।

रकम तिरेपछि अर्कै कोठामा गई बिलमा भएको कोड अनुसार भेरिफाइ गरेपछि रगत र पिसाबको नमूना दिनुपर्ने हुन्छ। पहिला रगतको नमूना त्यहीँका स्वास्थ्यकर्मीले निकाल्छन्। त्यसपछि नजिकैको शौचालयमा गई पिसाबको नमूना त्यहाँ दिइएको आफ्नो कोड नम्बरसहितको भाँडोमा राखेर छाड्नु पर्ने रहेछ। दिसाको जाँच भने यो प्याकेजमा नहुने रहेछ।

नमूना संकलन कार्य बिहान नौ बजेदेखि साढे १ बजेसम्म हुने रहेछ। सार्वजनिक विदामा यो पनि बन्द नै हुन्छ। शुक्रबार भने १२ बजेसम्म मात्र।

मलाई प्रभावकारी चाहिँ यहाँको अनलाइन सिस्टम लाग्यो। अनलाइनमा रिपोर्ट हेर्न पाइने नेपालका कुनै ल्याबले सुविधा दिएका छैनन् होला। रगत दिएर फर्कँदा साढे नौ जति बजिसकेको थियो। दिउँसो १ बजेतिर अनलाइनमा प्रारम्भिक रिपोर्ट आइसकेको थियो। केही टेस्टको रिपोर्ट चाहिँ केही दिन कुर्नुपर्ने भएकोले मंगलबार मात्रै आउँथ्यो। रिपोर्ट लिन त्यहीँ बिल लिएर जाँदा हुने रहेछ। नत्र अनलाइन हेरे पनि भयो।

अनलाइनमा रिपोर्ट हेर्न प्रयोगशालाको वेबसाइट http://www.nphl.gov.np मा आफ्नो नाम र पैसा तिरेको बिलमा जुन पेसेन्ट आइडी हुन्छ त्यसलाई पासवर्ड राखेपछि सजिलै देखिने रहेछ।

login

report

सरकारी कार्यालयमा अनलाइनको राम्रो उपयोग गरेको देखेको मध्ये एउटा यही स्वास्थ्य सेवा विभागको प्रयोगशाला लाग्यो। उता यातायात व्यवस्था विभागमा लाइसेन्सको निवेदन दर्ता मात्र खुल्दा पनि मान्छे बिहान ३ बजेदेखि लाइन लाग्ने गरेको समाचार छ। त्यसो त त्यो विभागको वेबसाइटमा पनि अनलाइन सवारी चालक अनुमति पत्र र अनलाइन सवारी दर्ता र नामसारीको लिङ्क रहेको छ।
online

तर त्यहाँ क्लिक गर्दा भने बन्दै गरेको सन्देश मात्र आउँछ। कम्तिमा निवेदन अनलाइन दर्ता गरेर यति गते यति समयमा विभागमा आउनु भनेर मेसेज मात्र दिए मान्छेको समय कति बचत हुन्थ्यो!

5 thoughts on “सरकारी ल्याबमा ब्लड स्याम्पल दिएको चार घण्टामा अनलाइन रिपोर्ट”

  1. Prakash says:
    November 30, 2016 at 7:49 pm

    धेरै राम्रो | धन्यबाद छ सालोक्य जी यो खबरको लागि |

    Reply
  2. bicky says:
    November 27, 2016 at 6:40 pm

    its really good to see the use of IT/Online technology in the medical sector.
    The login information seems to come from http://www.midas.com.np/hospital/userAuth.php, I would advise the IT department to use the SSL certificates on such links. Use of SSL certificate will prevent some one from stealing the personal information.

    Reply
  3. Ann joshi says:
    November 27, 2016 at 11:03 am

    Private pathology ma dherai pahile dekhi online हेर्न painchha …, sarkari मा पनि सुरु bhayechha khusi kagyo

    Ann joshi

    Reply
  4. Raju Shrestha says:
    November 26, 2016 at 1:45 am

    सर्भशुलभ रुपमा कुना कुना सम्म पुर्याउन सक्नु पर्यो……………..

    Reply
  5. Dilli Bhandari says:
    November 26, 2016 at 12:31 am

    के यो सेवा पोखरामा पनि उपलबध छ? भए कहाँ?

    Reply

Leave a Reply to Raju Shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme