Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्याउनुस्/नपत्याउनुस् : काम सकिएपछि पनि भयो उद्‌घाटन

Posted on November 24, 2016 by Salokya

pr-66-01 उद्‌घाटन भन्ने बित्तिकै तपाईँ के सम्झनुहुन्छ? कुनै काम सुरु हुनुभन्दा अघि गरिएको एउटा औपचारिक कार्यक्रम। काम सकिएपछि पनि उद्‌घाटन हुन्छ भन्यो भने तपाईँ पत्याउनु हुन्न होला। तर भर्खरै नेपालमा एउटा काम सकिएपछि उद्‌घाटन भएको छ। माथिको फोटो त्यही अवसरको हो। अझ दुई दुई जना मन्त्रीज्युहरुले गर्नुभएको भएर त्यसलाई समुद्‌घाटन भनिएको छ। पत्याउनु भएन? नेपाली सेनाले पठाएको विज्ञप्ति पढ्नुस्-

bigyapti
देख्नुभयो त?

काम सुरु भएको २०७२ चैत १७ गतेदेखि अनि सकिएको २०७३ असोज ९ गते। अनि उद्‌घाटन चाहिँ मंसिर ८ गते बल्ल।

हिमतालको पानीको सतह घटाउने काम सुरु गरी सकिसकेको पनि दुई हप्ता बितेपछि बल्ल पानीको सतह घटाउने कार्यको औपचारिक उदघाटन गर्न त्यो पनि दुई दुई जना मन्त्री जान कति लाज नलागेको होला। केको उदघाटन त भन्दा पानी घटाउने कार्यको। खै पानी? सुक्यो चैँ भन्नु परेन। तर घटाउनु पर्ने जति घटाइसकेपछि उद्घाटन।

बिबिसीमा असोजमै समाचार आइसक्यो यो बारे। अनि उद्घाटनको समाचार भने आज बल्ल। अचम्मै छ नेपालमा।
fireshot-capture-16-nepal-drains-dangerous-everest-_-http___www-bbc-com_news_world-asia-37797559

6 thoughts on “पत्याउनुस्/नपत्याउनुस् : काम सकिएपछि पनि भयो उद्‌घाटन”

  1. Sherpa says:
    November 26, 2016 at 6:47 am

    खासमा यो project कसैले tender मा जिम्मा नालिए पछि केहि reasearch mafia हरुले लीएको हो। अन्तमा nepal army लाई सुमपीएको हो। 70 crore को प्रोजेक्ट 30 करोड़ माँ army ले लीएको हो। यो undp ले community based project भने पनि यसमा एकजना community involve नभएको project। कस्तो हाँसो लाग्दो। जे होस काम राम्रो नराम्रो भयो होला, भबिस्यमा थाहा होला। तर एउटा कुरा चाहि पक्का, यसमा भ्रस्टाचार 100 % भएकै हो। यो खुम्बु बसी ले जिम्मा चाहि कहिले लिने छैन

    Reply
  2. Purushottam Raj Singh says:
    November 25, 2016 at 5:51 am

    हैन सालोक्याजी, यस्तो उदघाटन प्रोजेक्ट सकेपछि गर्ने हो | जस्तै हालै एक पातान्जली कारखाना को उद्घाटन हाम्रो राष्ट्रपति ज्यु ले रिबन काटेर गर्नु भयको सबैले हेर्नु भएकै होला | अब तपाइले काम सकेपछि किन भन्नुहोला | नेपाल मा हिमतालहरुको अध्ययन कमै भएको छ र यी तालहरु भत्किंदा यसबाट ठुलो क्षति हुनसक्छ |

    बरु मैले नेपाल आर्मीको इन्गीनीरिंग शाखा लाइ एक सुझाव पठाएको छु| पानि घटेको समयपारी त्यस हिम-तालको इन्गीनीरिंग सर्वेक्षण गर्नुस र अलि समया लिएर जलबायु बिज्ञान विभाग संग मिलि यस तालको जलवायु अध्ययन पनि गर्नुस | यस अध्ययन लाइ आधार मानि ताल को पानीको सतह निर्धारण गर्नुस, साथमा तालको सुरक्षा लाइ ख्याल गरि | जलबायु बिज्ञान विभागले यसमा पक्कै चासो देखाइसकेको हुनुपर्छ |

    धन्यवाद माइसंसारलाइ यो खबर सम्प्रेसन गर्नु भएको मा | .
    .

    Reply
  3. Kishor Raj Pandey says:
    November 24, 2016 at 7:54 am

    Tyo lai silyanas bhanchan mula…

    Reply
    1. Mysansar says:
      November 24, 2016 at 11:55 am

      सेनालाई सिकाउने? सेनालाई मुला भन्ने? विज्ञप्ति हेर्नुभा हो सेनाको?

      Reply
  4. Ritika says:
    November 24, 2016 at 5:16 am

    सालोक्य जी, तपाई पनि कस्तो नेपालमा मन्त्रीले उद्घाटन नगरी पनि कतै काम सकिएको हुन्छ त? हाम्रो पालामा (हामी मन्त्री भएको वेलामा) हामीले यस्तो कार्य ग-यौ भन्नु परेन ? कि त कुनै काम गर्नु प-यो की त यस्तै सकिएको कामको उद्घाटन गर्दै मिडियामा आउनु प¥यो । कुन चाँही सजिलो छ?

    Reply
  5. SantoIndi says:
    November 24, 2016 at 5:00 am

    इनिहरुलाई किन लाज लाग्ने हो र….kei janeko bhaye po लाज huncha…aba tesai हावा को भर मा मन्त्रि banna pako हरुलाई नि लाज huncha र? उद्घाटन ta गरे tara tei bisaya मा question garyo bhane himtaal bhaneko के हो, yo badema के huncha ghatema के huncha, yesko tatkaal bebastha garnu कति jaruri cha kei thaha ta chaina hola…ani उद्घाटन अगाडी गरे पनि पछाडी गरे पनि के फरक पर्यो र…काम को महत्वो bujheko manchhe le po sahi samaya मा sahi काम garcha…iniharule j garepani huncha…tesmathi helicopter chadera jana payepachi के को aghi के को पछि..
    लाज को पसारो हरु…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme