Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चीनमा हाम्रो राजदूतको हैसियत

Posted on November 23, 2016December 21, 2016 by Salokya

paudyal
चीनका लागि हाम्रा नवनियुक्त राजदूत लीलामणि पौड्यालले आफ्नो ओहोदाको प्रमाणपत्र भर्खरै बुझाएका छन्। यससम्बन्धी समाचार र फोटो अन्नपूर्ण पोस्टमा हेर्दा अचम्म लाग्यो। हाम्रो देशमा भए जस्तै सानो देशको राजदूतको ओहोदाको प्रमाणपत्र पनि राष्ट्रपतिले बुझ्छन्। धेरैलाई लाग्ला, अरु देशमा पनि त्यस्तै त होला। तर शक्तिशाली देशको कुरै फरक हुने रहेछ। हाम्रा राजदूतले चीनमा विदेश मन्त्रालयमा शिष्टाचार महाशाखा हेर्ने उप महानिर्देशक चाङ् यिमिङसमक्ष बेइजिङ्मा ओहोदाको प्रमाणपत्र बुझाएका रहेछन्।

09e94d599c0c1df566a9885921805adc
नेपालका लागि नयाँ चिनियाँ राजदूत यु होङले भने आफ्नो प्रमाणपत्र राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाएकी थिइन्। ठूला देशको ठूलै ताल।

अपडेट : यो बारेमा थप बुझ्नका लागि यो ब्लग पढ्नुहोला।

14 thoughts on “चीनमा हाम्रो राजदूतको हैसियत”

  1. rupesh says:
    November 27, 2016 at 7:24 pm

    सालोक्य जी
    यो ओहोदाको प्रमाण भुझाएको होइन रे यो जानकारी diyeko पत्र ho रे pachhi राष्ट्रपति संग credential लिएपछि तेस्को पनि फोटो औला आश गरौ . तर रूशमा भने विदेश मंत्रिलेनै बुझछन रे

    Reply
  2. Shankar says:
    November 26, 2016 at 4:21 pm

    कतिपय साथि हरुलाई लाइ लाग्दोरहेछ भारत को बिरोध गर्नेहरु अन्ध रास्त्रबाद बाट , चिनिया लाइ राम्ररि नचिनेका आदि आदि |
    निश्चय पनि आजका चिनिया र भारतीय युवा हरु आफ्नो देश लेगरेको आर्थिक छलांग ले गर्दा घमण्डी छन् नेपालि लाइ समान मित्र को रुप मा कहिले हेर्दैन | हामि कहिले उसको मित्रको रुप मा उभिने प्रयाश गरेनम , सधै माग्ने मात्र अनि कसरि ?
    दुवै ले हाम्रा सिमा अतिक्रमण गरेका छन् , दुवै हाम्रा लागि असल चै हैन | तर चिनिया हरु हिमाल पारि भएकोले तेत्ति ज्यादती गरेको छैन जति इन्डियाले नेपाल लाइ बलात्कार नै गरेको छ |राजनीतिक , सैक्षिक , सामाजिक , आर्थिक सबैखाले हस्तछेप चरम सिमा मा छ |
    नेपाल मा कस्तो सासक राख्ने , को राख्ने उ तय गर्छ | नेपाल को बिकास मा बाधा , बिद्दुत आयोजना मा बाधा , बाटो घाटो निर्माण मा बाधा आदि सब कुकृत्य ले गर्दा नेपालि ले इन्डियन लाइ घृणा गरेका हुन् |
    फेरी पनि हिन्दि गीत मा नाचे कै छन् , पादुकोंन को तस्बिर तासेकै छन् | इन्डियन दलाल नेता हरु सासद मा अब हिन्दीलाई रास्ट्र भासा बनाउ भन्न य्हाली सक्यो |
    यो बाबुराम र प्रचण्ड कोदेंन हो | नया नेपाल |

    Reply
  3. Shankar says:
    November 25, 2016 at 1:54 pm

    बुझाउन पाएर हाम्रा बुढा मख्ह देखिन्छन |
    गलत मान्छे परेछ र बिबाद आ न हो |

    Reply
  4. Anupam says:
    November 24, 2016 at 3:14 pm

    कल्पना गरौ यहि काम भारतीयहरूले गरेको भए?

    Reply
  5. Kamal says:
    November 24, 2016 at 3:47 am

    माथि रीतिकाजीको भनाइ मननयोग्य छ| त्यसैमा अझ थप्न चाहन्छु|

    चीन मात्र यति ठुलो देश हो जँहा लोकतन्त्र छैन र वाक स्वतन्त्रता छैन| चीन मात्र यस्तो मुलुक हो जँहा दुइवटा अन्तरविरोधी राजनैतिक व्यवस्था छ र जँहा दुइवटा मुद्रा चलनमा छ| हंगकंग र मेनल्याण्ड चीन|
    चीन दिनहुँ धनी हुँदै गैरहेको छ र त्यसैलाई आधार मानेर कसैले चीन अब अमेरिकाको सट्टामा सुपर पावर हुने हल्ला पनि फैलाएका छन| त्यो सत्य होइन|
    भारतले चीन संग एक्सपोर्ट उत्पादनमा किन प्रतिस्पर्धा गर्न सक्दैन भने भारत र चीनको राजनैतिक व्यवस्था पनि एउटा मूल कारण हो| चीनको सरंक्षण नीति र भारतको लोकतान्त्रिक व्यवस्था अन्तर्गत मजदुर नीति भिन्न भिन्नै छ|
    उत्तर कोरियालाई उक्साउने चीन नै हुन्|
    जुन दिन अमेरिका र विश्वले चीनबाट दैनिक उपभोक्ता सामान आयात गर्न कम गरेर अर्को राम्रो विकल्पको पत्ता लाउन समर्थ हुनेछन, चीनमा उत्पादन घटेर लाखौ करोडौ मजदुरहरु बेरोजगारको खतरामा पर्नेछन| त्यो दिन टाडो छैन जब भारतले क्वालिटी सामान सुपथ मुल्यमा उत्पादन गर्न सक्नेछन| चीनमा बेरोजगारी बढेपछि सत्ता बिरुद्ध आन्दोलन र बिद्रोह हुने सम्भावना बढी देखिन्छ| चीनमा सत्तामा रहेका
    एउटा मात्र व्यक्ति नमोटाएर सामुहिक नेतृत्वको नाउँमा धेरैलाई पोष्टाउने अवसर दिईएको छ| चीनले यो बुझेर अफ्रिका तिर ब्यापार विस्तार गर्न थालेका छन्, तर चीनको धन र शक्तिको धरहरा जति अग्लो भयो उति बोझले गिर्न सक्ने सम्भावना नकार्न सकिदैन|
    एकातिर साम्यवादी प्रचार गर्ने र पुँजीवादी व्यवस्था अपनाउने चीनको व्यवहारिक नीति होइन, यो हिपोक्रिसी हो| जुन देशको नागरिकलाई मौलिक अधिकार उपलब्ध छैन, त्यस्तालाई तपाई कसरि हेर्नुहुन्छ?
    पेट नभरे सम्म कम्युनिस्ट व्यवस्था ठिकै होला तर भोलि स्वतन्त्रताको चाहनु गर्नु नागरिकको नैसर्गिक अधिकार हो|

    Reply
  6. Buddhi Man says:
    November 23, 2016 at 8:58 pm

    कुरा बुझेर टिप्पणी गर्नु राम्राे । चीनमा वर्षमा २ कि ३ पटक मात्र राष्ट्रपतिले प्रमाणपत्र बुझ्छन् । याे पत्र बुझाएकाे मात्र हाे ।

    Reply
  7. सुदिप गुरुङ says:
    November 23, 2016 at 5:01 pm

    इज्जत त्यसको हुन्छ जो आफ्नै बलबुता मा आत्मा निर्भर रहन्छ, चाहे त्यो एक व्यक्ति होस् वा देश |त्यसैले जब सम्म नेपालको साशन हाक्ने हरुले अनुदान(सामन्य भाषा मा भिख ), दाता राष्ट्र हरु भन्ने जस्ता सब्द हरु र त्यसै संग जोडिएर अरु क्रियाकलाप हरु साशन ब्यबस्था बाट हटाउदैनन, यस्ता खाले समाचार हरु लै सम्मान्य रुप मा लिदा हुन्छ |

    Reply
  8. dipanjli says:
    November 23, 2016 at 3:09 pm

    कठै बरा हामी

    Reply
  9. SAM says:
    November 23, 2016 at 9:03 am

    अरु देश को जस्तो रास्ट्रपति ब्यस्त छैनन् नि त हाम्रो देश को रास्ट्रपति 🙂

    Reply
  10. Ritika says:
    November 23, 2016 at 7:10 am

    चिन अरुलाई हेप्ने, हडप्ने र सताउने कुरामा संसारमा नं. १ देश हो । नपत्याए चिनको सम्पूर्ण छिमेकी देशहरु (भेतनाम, फिलिपिन्स, ताईवान, जापान, मङ्गोलिया, बर्मा अफ्गानिस्थान, भारत लावोस आदि साथै उसले अकुपाई गरेका टेरिटोरिहरु हङ्कङ्ग, तिव्वत आदि) संगको सम्वन्धवारे यस्सो अध्ययन गर्नुभए हुन्छ । केवल पाकिस्तान र नर्थ कोरिया संग अलि अलि राम्रो संवन्ध छ । त्यो पनि पाकिस्तानमा वलोचस्थानको गोवादर पोर्टवाट पाईपलाईन लैजान थालेको ले र नर्थ कोरिया संग चाँही साउथ कोरिया र अमेरिका संग दुस्मनी भएको नाताले मात्र राम्रो संवन्ध भएको हो । हामी भारत संग रिसाएको हिसावले र कम्यूनिष्ट देश भएको हिसावले चिनलाई धेरै राम्रो भन्ने गर्छै । चिनियाहरु कस्ताहुन् भन्ने कुरा चिनको वारेमा अन्तरराष्ट्रिय न्यूज तथा घटनाक्रमको सामान्य मात्र अध्ययन गरे हुन्छ ।
    हाम्रो चिन संग भारतलाई घुर्की देखाउने सम्मको सम्वन्ध ठिक छ । चिन पनि नेपाललाई तिव्वतियनहरुलाई सहयोग नगरोस र भारतियहरुलाई धम्क्याउन पाईयोस् भन्ने हेतुले अलि अलि सहयोग गर्ने गरेको छ । तर, त्यो भन्दा वढी चाहि कुनै काम छैन ।
    हामी स्वतन्त्र देशका नागरिक आफ्नो देशमा ताईवानीहरुको कार्यक्रम (चिनको विरोध वा चिनसम्वन्धी गरेको कार्यक्रम पनि होईन) गर्दा चिनलाई के को टाउको दुखाई ।

    Reply
    1. Rabin says:
      November 23, 2016 at 10:28 pm

      Very good one … must be understood by we all nepalese ..tara hami nepali ta sab bheda haru k bujhnu …

      Reply
    2. किरण (देशभक्त) says:
      November 24, 2016 at 12:15 pm

      यस्तै गोबर-गणेश, बिदेशी टिभी बाट ब्रेन-वास भएका , बिदेशी को दलाल गर्न पाउदा गौरब गर्ने मानिस ले गर्दा नै नेपाल को उन्नति नभएको हो | हजुर त इन्डियन “र” को पैसा खाएर दलाली जस्तो गर्नु भएको छ | चिन लाइ सताउन अमेरिका ले कति देश लाइ प्रयोग गरेको छ, भन्ने हजुर को दिमाग मा कहिले आउछ | चिन को विदेश नीति भनेको “शान्ति र बिकाश” त्यो सिवाय अरु केहि पनि छैन | मुर्ख र दलाली गर्ने मानिस को औषधि हुदैन |
      किरण (देशभक्त)

      Reply
  11. Shankar says:
    November 23, 2016 at 2:13 am

    कुरा तेसो हैन , उताका ठुला मान्छे देश को गतिबिधि र काम मा व्यस्त हुन्छन | येताका ठुला बढा भासन , पुस्तक बिमोचन , उद्घाटन , प्रबचन यी नै उनका काम हुन् | चाड बाद आए लाबा लस्कर लिएर मन्दिर तिर गयो , देश मा बाढी ,पैरो आए हेलिकोप्टर बात मजाले तमासा हेर्यो | रुघा , खोकी लाग्दा येसो देश को ढुकुटीबाट मिले ब्यांकक , सिंगापुर घुमेर पनि आयो न भए एकै ठाउमा कति पादेर बस्नु ? त्यो भन्दा त् राज दुत को ओहदाको प्रमाणपत्र बुझ्यो , त्यो हो नि त् गाँठी कुरा?

    Reply
  12. बासु says:
    November 23, 2016 at 12:31 am

    यदि यो सत्य समाचार हो भने चीनले यसो गर्नाको कारण केहि होला कि भन्ने लाग्यो र त्यो कारण बुझ्न मन लाग्यो|
    नत्र भने यसै वर्षको मे महिनामा चीनका राष्ट्रपतिले १२ देशका राजदूतको ओहोदाको प्रमाणपात्र बुझ्ने, अहिले नेपालको राजदूतको चाहिं विदेश मन्त्रालयका शिष्टाचार महाशाखा हेर्ने उप महानिर्देशक चाङ् यिमिङले बुझ्ने? हेर्नु समाचार:
    http://www.chinadaily.com.cn/china/2016-05/17/content_25332787.htm

    Reply

Leave a Reply to किरण (देशभक्त) Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme