Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बत्ती निभ्दा पनि चासो र समाचार बन्ने भयो नेपालमा

Posted on November 21, 2016November 22, 2016 by Salokya

img_0650सोमबार साँझ पौने ६ बजे अकस्मात् देशभर बत्ती गयो। पहिले भए यो बेला कति ठाउँमा लोडसेडिङका कारण बत्ती गइरहेको हुन्थ्यो, त्यति मतलब हुने थिएन। तर तिहारदेखि लगातार बत्ती आइरहेको बेला लगभग ४५ मिनेट बत्ती गएपछि भने मान्छेमा निकै चासो बढ्यो। पहिले भए लोडसेडिङ समाचार हुन्थ्यो। बत्ती जानु नियमित घटना जस्तो भएकोले समाचार बन्दैन थियो। बने पनि चासो हुँदैन थियो। यस पटक भने बत्ती जाँदा पनि समाचार बन्यो र त्यसमा मान्छेहरुको चासो पनि निकै भयो- आखिर बत्ती किन गयो? त्यसो त केही अघि मुसा बिरालोको खेलका कारण पनि राजधानीका केही ठाउँमा बत्ती गएको थियो। कतै यो त्यस्तै मुसा ठोक्किएर ट्रान्सफर्मर जल्ने तर मुसा नभेटिने, लगत्तै बिरालो ठोक्किने र ट्रान्सफर्मर जल्ने भन्दै असफल बनाउने खेल त हैन भन्ने पनि शंका जाग्नु स्वभाविक थियो। तर यो पटक त्यस्तो हैन रहेछ। सबभन्दा फरक यसपालि विद्युत प्राधिकरणको नेतृत्वले देखाएको जिम्मेवारी नै थियो।

प्राधिकरणका एमडी कुलमान घिसिङले तत्काल सिस्टम कोल्याप्सका कारण बत्ती गएको भन्दै उपभोक्तासँग माफी पनि मागे। पहिले पनि यसरी सिस्टम कोल्याप्स भएर बत्ती जाने गर्थ्यो। तर मैले अहिलेसम्म कुनै एमडीले यसरी सरी भनेको थाहा पाएको थिइनँ।

फेरि अनौठो त के छ भने यसरी यति लामो समय बत्ती जाँदा पनि उनको यो स्टायटसमा गालीगलौज हैन समर्थनका कमेन्टहरु पो भरिएका छन्।

विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले किन बत्ती गएको भन्ने बारे प्राविधिक जानकारी नै पोस्ट गरे
prabal
prabal1
यद्यपि प्रवक्ता अधिकारीको फेसबुक पोस्ट ‘पब्लिक’ थिएन। अर्थात् उनका फेसबुक फ्रेन्ड र उनले ट्याग गरेका व्यक्ति बाहेक अरुले उनको स्टायटस हेर्न असमर्थ हुन्थे। प्राधिकरणको फेसबुक पेज खोलेर त्यसमा अपडेट भए वा आफ्नो पोस्टलाई पब्लिक र फलो गर्न मिल्ने बनाए सबैलाई सजिलो हुन्थ्यो। (कसरी गर्ने भन्ने जानकारी यहाँ छ)

प्राधिकरणका कर्मचारी नै छक्क परे आज। प्राधिकरणको विद्युत गृह संचालन सम्भार विभागको प्रमुख* (यसअघि पावर ट्रेड विभाग प्रमुख पद उल्लेख भएछ। गल्ती सच्याइएको छ)-
nea

उता कान्तिपुर भने ऊर्जा मन्त्री र कुलमान घिसिङको अवगुण खोतल्न आज ‘सफल’ भएको छ। आजको अङ्कमा कान्तिपुरले ऊर्जामन्त्री जनार्दन शर्मा र राज्यमन्त्री सत्यनारायण भगतले अनधिकृत रूपमा विद्युत् प्राधिकरणका दुई आयोजनाका एक/एकवटा विलासी गाडी जबर्जस्ती झिकाई चढ्न थालेको समाचार दिएको छ। समाचारमा ‘प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले दबाब थेग्न नसकेपछि मन्त्री शर्मा र राज्यमन्त्री भगतले आयोजनाका विलासी गाडी लगेर चढ्न थालेको जानकारी’ प्राधिकरण स्रोतले दिएको भनिएको छ।

सँगै घिसिङ खत्तम, पुरानै एमडी मुकेश काफ्ले ठीक भन्ने पाराले यो लाइन पनि घुसाइएको छ-

तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले समेत प्राधिकरण मातहतका आयोजनाका विलासी गाडी चढ्न खोजेका थिए । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेले दिन नमानेपछि उनीहरूले प्राधिकरणको गाडी चढ्न पाएनन् ।

कान्तिपुरको समाचार पढ्न क्लिक गर्नुस्।

kantipur

7 thoughts on “बत्ती निभ्दा पनि चासो र समाचार बन्ने भयो नेपालमा”

  1. Shankar says:
    November 22, 2016 at 5:35 pm

    एता बत्ति निभ्यो , उता तन्नेरी हरु खोस्रन थाल्छन , देश को आअबादि ह्वात् बढ्छ अनि चासो को बिसय भएँन ?

    कुलमान लाइ जनसंख्या पुरस्कार पनि दिनु पर्छ |

    Reply
  2. Arzun says:
    November 22, 2016 at 10:32 am

    कान्तिपुरलाई चाहिँ के Problem हुने रैछ लोडसेडिङ्ग हटेर ? यो कुरा अलि बुझ्न सकिएन नि !

    Reply
  3. डिल्ली says:
    November 22, 2016 at 4:09 am

    राष्ट्र सेवक नाम दिइएका कर्मचारी यदि साँच्चै सेवक भए यस्ता किसिमका तदारुकता सहितका स्पष्टिकरण आउँछन् जो इञ्जिनियर घिसिङमा देखियो । कर्मचारी राष्ट्र पीडक भए नियोजित लोडसेडिङमा होस् वा अन्य गैह्रजिम्मेवारीका घटना धम्कीपूर्ण बक्तब्य प्रसारित गरिन्छन् वा रफ्फुहरू फूलबुट्टा भर्न खटिन्छन् ।

    मेरो नजरमा ठूलाघरेले घरानियाँ पत्रकारले हिलो दल्न छापुन वा सानाघरेले चिल्लो दल्न छापुन कुरा एउटै हुन्छ । गलत प्रवृत्तिलाई गलत भन्न सक्नुपर्छ । प्राधिकरण मन्त्री, सचिव वा कार्यकारी कसैले होस् दुरुपयोग गरेको र टाट पल्टाउने दिशामा लगिएको पक्कै हो । यसलाई उ वा त्यो भनेर ढाकछोप गर्नु नै अनैतिक हो ।

    नेताले प्राधिकरणका गाडी त्यसमा तेल, ड्राइभर, मर्मत सबै लुटिरहेका छन् । यी हरेकमा जनताकै पसिना छ । त्यसको अन्त्य नभै प्राधिकरण कसरी उँभो लाग्न सक्छ ? ९-९ महिनामा फेरिने सरकार र मन्त्री, महिना महिनामा फेरिन सक्ने मन्त्री र सचिव सबैले प्राधिकरणका गाडी ओसार्ने हो भने टाट पल्टिन कति समय लाग्छ ? कुवेरको धनसार पनि रित्तिन्छ ।

    Reply
  4. जलन says:
    November 22, 2016 at 3:00 am

    क्रान्तिपुर जस्तो जिम्मेवारी पूर्ण समाचार पत्रले लोडशेडिंग नहुँदा प्रशंसा गर्न नसक्ने कारण के होला?
    जिम्मेवारी पूर्ण भनी हाले, अब यति पनि भनम, दालमे कुछ काला है| किसके इशारामा चलते हो?
    मुकेश काफ्लेलाई पक्रेर सोधपुछ गरे नेपाली जनतालाई किन अन्धकारमा राखे त्यसबारे प्रष्टै खुल्छ|अनि थाहा हुन्छ को को थिए हमाममा नंगा|

    Reply
  5. Akash says:
    November 22, 2016 at 12:50 am

    जे जस्तो भए पनि पहिला लोड सेडिंग कृतिम रुप मा रहेछ र एस्तो नराम्रो काम मा ठुला भनेका मिडिया पनि सामेल रेछ

    Reply
  6. ईश्वर शाही ठकुरी says:
    November 21, 2016 at 5:40 pm

    कान्तिपुर ले प्राधिकरण का प्रमुखको मुखमा बुझो लगाएर विधुत खपत गरेको थियो होला त्यो धन्दा बन्द भयो मन्त्रिको पिछा गर्न नछोड्ने भयो !

    Reply
  7. Mahesh A. Karki says:
    November 21, 2016 at 5:40 pm

    खाडीको पेट्रोल = नेपालको बिजुली
    देश बिकाशको पहिलो आबस्यकता उर्जा क्षेत्र !!!
    Keep It up NEA.
    Let Nepal Shine!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme