Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

साँच्चै गजबको बनेछ बौद्ध स्तुप, पुननिर्माणबारे जान्नै पर्ने ७ तथ्य

Posted on November 21, 2016November 21, 2016 by Salokya

fotorcreatedवैशाख १२ को भूकम्पले क्षति पुगेका काठमाडौँका कतिपय सम्पदा जस्ताको तस्तै छ। राष्ट्रपतिले शिलान्यास गरेर बनाउन थालेको रानीपोखरी अझ उस्तै छ, काठमाडौँ दरबार स्क्वायरका मन्दिर र दरबारहरु ध्वस्तै छन्। पुननिर्माण कोषमा अर्बौ रुपैयाँ थन्किएरै बसेको छ। तर खुसीको खबर, एउटा विश्व सम्पदा सूचीमा परेको धरोहर बौद्ध स्तुप भने गजबले उभिएको छ। गएको शुक्रबारदेखि प्राणप्रतिष्ठाका लागि भइरहेको विशेष पूजा आइतबार सकिएको छ। सरकारको सहयोग बिना नै बौद्धनाथ क्षेत्र विकास समितिले आफ्नै पहलमा बौद्ध स्तुपलाई यो रुपमा ल्याएको हो। लाजले हो कि किन हो यसको उद्‌घाटन गर्न न राष्ट्रपति विद्यादेवी भण्डारी पुगिन्, न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै। अपडेट : मंसिर ७ गते प्रधानमन्त्रीले बौद्ध स्तुपको उद्घाटन गर्ने कार्यक्रम रहेछ। यसअघि उद्घाटन गर्न राष्ट्रपति र प्रधानमन्त्री नपुगेको भनी लेखिएको गलत रहेछ। सच्याइएको छ।

09-img_6748

पुननिर्माणबारे जान्नै पर्ने तथ्य

१) भूकम्पले भूकम्पले बौद्ध महाचैत्यको डोमदेखि त्रयोदश भुवन (तेह्रवटा खुडकिला) सम्मका भाग, मण्डला र छ्यार्तेनहरूमा क्षति पुर्‌याएको थियो।

२) भूकम्प गएको एक महिना नबित्दै बौद्धनाथ क्षेत्र विकास समितिले सरकारी सहयोगबिनै २०७२ जेठ १० गते नै पुनर्निर्माण थालेको थियो। पुननिर्माणको सुरु लागत १८ करोड ४५ लाख रुपैयाँ निस्केको थियो। समितिसित भने ३ करोड रुपैयाँमात्रै थियो।
12-img_6755

३) पुननिर्माण पुरातत्त्व विभागका निगरानीमा भएको हो। पुनर्निर्माणमा भए पनि पुरानैपन गुम्न दिइएको छैन। यसमा सिमेन्टको सट्टा बज्र प्लास्टर अर्थात् काँचो चुन, सुर्खी (इँटाको धूलो) र बालुवा प्रयोग गरी निर्माण गरिएको छ।

४) पुनर्निर्माणका लागि जलप लगाउन आवश्यक पर्ने ३० किलो सुन जनस्तरबाटै संकलन भएको थियो।
18-img_6820

५) महाचैत्यको माथिल्लो भागमा १९ वटा तामाका बन्द बाकस भेटिएका थिए। त्यसमा के थियो थाहा भएन। पुरातत्त्व विभागको रोहवरमा लाहछाप लगाई संरक्षणका लागि प्रहरीलाई जिम्मा लगाएर पुनर्निर्माणपछि नखोलीकनै फेरि महाचैत्यभित्रै राखिएको छ।

६) ३६ मिटर अग्लो महाचैत्यलाई चट्याङबाट जोगाउन पहिलोपटक अर्थिङसमेत गरिएको छ।

७) मकाउका विद्यार्थी र प्रोफेसरहरूबाट २ करोड १६ लाख रुपैयाँ, एचएनके ग्रुप र कमनवेल फाउन्डेसनबाट ३ करोड रुपैयाँ, चिनियाँ बुद्धिस्ट एसोसिएसनबाट ३ करोड ५० लाख रुपैयाँ, तेर्कर फाउन्डेसन नेपालबाट १ करोड रुपैयाँ, लुम्बिनीस्थित चिनियाँ गुम्बाबाट ५० लाख रुपैयाँ, बोधिधातुबाट २० लाख रुपैयाँ, विभिन्न संघसंस्थाबाट ३ करोड २० लाख ५० हजार रुपैयाँ र चिनियाँ दूतावासबाट ६५ लाख रुपैयाँ स्तुप पुर्निर्माणका लागि सहयोग प्राप्त भएको थियो।
19-img_6824

3 thoughts on “साँच्चै गजबको बनेछ बौद्ध स्तुप, पुननिर्माणबारे जान्नै पर्ने ७ तथ्य”

  1. ललित कुमार तामाङ्ग says:
    November 21, 2016 at 5:36 pm

    बौद्ध स्तुपा र पशुपतिनाथ दुबै समान महत्व बोकेका राष्ट्रिय सम्पदाहरु हुन । राष्ट्रपतिले आफ्नो पहिलो महिनाको तलब पशुपतिनाथ लाइ चढाउन सक्ने तर बौद्धस्तुपालाइ केहि गर्न नसक्ने? के हो यसको अर्थ ? मतलब बौद्धनाथ लाई पनि पैसा नै दिनु नै पर्छ भन्नु हैन कम्तिमा उद्घाटन समारोहमा उपस्थित जनाउनु पर्थ्यो नि । अझैपनि धार्मिक भेदभाव देखिएन र? के यहि हो त धर्म निरपेक्ष नेपाल ?

    Reply
  2. sun says:
    November 21, 2016 at 9:53 am

    ह्यात कमिसन खान नपाए को ठाउमा नि नेता हरु जान्छ

    Reply
  3. MALLA says:
    November 21, 2016 at 9:47 am

    देर्रै राम्रो बयाछा! ओम माने पेमे हु

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme