Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नखुलेको आकाश खुलेर आयो : खुल्न बाँकी धेरै कुरा अब खोल्ने बेला आयो

Posted on November 20, 2016November 20, 2016 by Salokya

kanchan1111 नखुलेको आकाश खुलेर आयो,
ऊ शायद यो बाटो भुलेर आयो

बीबीसी नेपालीमा लामो समय काम गरेका पत्रकार सुमन खरेलले कान्तिपुर टिभीमा चलाउने ‘सुमनसँग’ कार्यक्रममा गएको बिहीबारकी अतिथि कन्चन शर्मा रेग्मीले यो कविता वाचन गरेकी थिइन्। उनका कुराले धेरैको मन छोयो। पीडित महिलाको पक्षमा वेदना उर्लेर आयो। फेसबुकमा यही कविता र उनको फोटोसहितका ‘मेमे’हरु बने, सेयर भए। यो गजलको मुनि रचनाकारका रुपमा “आमा कन्चना शर्मा रेग्मी” लेखिएका सयौँ फेसबुक पोस्ट भए। तर भोलिपल्ट भने यो ‘खुल्ने’ गजलको नयाँ कुरा खुल्यो। गजलका वास्तविक रचनाकार रवि प्राञ्जलले यो १५ वर्षअघि आफूले लेखेको दावी गरे। तर कार्यक्रममा कन्चनले यो कसैको कविताका रुपमा वाचन गरेकी थिइनन्।

कार्यक्रम प्रस्तोता सुमन खरेलले मुसुमुस हाँस्दै हात हल्लाउँदै ‘कन्चन जी, लेख्नु पनि हुन्छ कविताहरु, तपाईँलाई आफ्ना मनका कुराहरु पोख्न मन लाग्छ नि हैन?’ भन्छन्।

उनी ‘हजुर’ भन्छिन्।

‘एउटा तपाईँको भावना सुनाइदिनुस् न हामीलाई आज, तपाईँले लेखेको’ सुमन खरेलले अनुरोध गरेपछि उनी हाँस्छिन् र वाचन गर्न थाल्छिन्-

नखुलेको आकाश खुलेर आयो ।
ऊ शायद यो बाटो भुलेर आयो ।

झर्यो त के भो त्यो जाइ र जुही,
यो पलास मनमा फुलेर आयो ।

न त तर्न सक्नु न डुब्न सक्नु,
यो भेल कस्तो हो उर्लेर आयो ।

उनीलाई भुल्न उठाएँ प्याला,
तर त्यो प्यालामा आँसु घुलेर आयो ।

सुमन खरेल दङ्ग पर्छन्। मुसुमुसु हाँस्दै अन्तिम सेर दोहोर्‍याउँछन्- ‘तर त्यो प्यालामा आँसु..’ कन्चन थप्छिन्- घुलेर आयो।

प्रस्तोता खरेल भन्दै जान्छन्- त्यति सिर्जनशीलता छ तपाईँमा। अझ पनि लेख्न सक्नुहुन्छ यति राम्रो…

हेर्नुस् भिडियोमा-

दावीकारिता, फ्याक्ट चेकिङ?
उनले गरेको सिर्जनशीलताको प्रशंसा व्यर्थ रहेछ भन्ने चाहिँ भोलिपल्ट यसका वास्तविक रचनाकार रवि प्राञ्जलको फेसबुक स्टायटसबाट देखियो-
ravi-pranjal

प्राञ्जलको गजलमा उनले थोरै फेरबदल गरेकी रहिछिन्- ‘पीडा भुलाउन उठाएँ प्याला’को साटो ‘उनीलाई भुल्न उठाएँ प्याला’ बनाएकी रहिछिन्। अनि गजलको अन्तिम सेयर ‘भर्खरै फुलेको फूल थ्यो रवि,आँसुको झरीमा रुझेर आयो’ चाहिँ वाचन भएनछ।

तपाईँले लेखेको सुनाउनुस् न भन्दा कन्चनले जे सुनाइन्, प्रस्तोता सुमनले त्यसैलाई पत्याए। अनि प्रशंसा गरी हाले। फ्याक्ट चेक गरेनन्। अन्ततः उनको प्रशंसा गलत ठहरियो। यो गजलमा त गीतसमेत बनिसकेको रहेछ।

यो त भयो गजलको रचनालाई लिएर उठेको विषय। के उनले कन्चनका सबै कुरा यसैगरी जे भनिन् त्यसैलाई पत्याएर यो कार्यक्रम बनाएका हुन्? हो भने यो पत्रकारिता भयो कि दाविकारिता? दावीकारिता अर्थात् जसले जे भन्यो, त्यही पत्याएर प्रसार गरिदिने। यसमा थप सोधखोज नगर्ने। कुख्यात अपराधी चार्ल्स शोभराजले पनि आफूले कसैको हत्या नगरेको र आफूलाई सिरियल किलर भन्न नहुने दावी गर्छ। तर वास्तवमा उनी सिरियल किलर नै हुन्। तथ्य र प्रमाणले त्यसै भन्छ। त्यसैले दावीकारिता गर्दा उनी हत्यारा देखिन्नन्। तर प्रमाणका आधारमा अदालतले गरेका फैसलाका आधारमा पत्रकारिता गर्दा उनी हत्यारा नै हुन्छन्।

दावीकारिता हैन भने खोज्नुपर्ने जवाफहरु

माइती छ कि छैन?
अन्तर्वार्तामा कन्चन (वास्तविक नाम रमा) ले आफ्नो माइती नभएको दावी गरेकी छिन्। त्यसो भए प्रस्तोता सुमन खरेलले पत्ता लगाउनु पर्यो – घट्टेकुलोमा बहिनीको घर छ कि छैन? मैतिदेवीको स्कूलमा सोध्ने कि त्यहाँ हिस्ट्री पढाउने उनकी दिदी हुन् कि हैनन्? विराटनगरमा बस्ने आमा हुन् कि हैनन्? अमेरिकामा भएको दाजु, डोलिडारमा काम गर्ने भाइ हुन् कि हैनन्? बानेश्वरमा मामाको घर छ कि छैन?

डिभोर्स भएको हो कि हैन?
प्रस्तोता सुमन खरेलले पत्ता लगाउनु पर्ने अर्को विषय हो- कन्चन र उनका पति मोहन रेग्मीबीच २०६८ सालमा बाजुरा जिल्ला अदालतको फैसलाले सम्बन्ध विच्छेद भएको हो कि हैन? सम्बन्ध विच्छेद भइसकेको भए उनले अन्तर्वार्तामा त्यो कुरा किन लुकाइन्?

रिह्याब बसेकी हुन् कि हैनन्?
प्रस्तोता खरेलले पत्ता लगाउनु पर्ने अर्को विषय रक्सी र तासको कुलत लागेर उनी रिह्याब बस्नुपरेको हो कि हैन भन्ने हो। रक्सीकै कुलतका कारण उनको जिउ बाङ्गिएको हो कि हैन? केही वर्षअघि हर्लिक्स सिसीमा मानाको आधारमा पाइने ठर्रा खाँदै जथाभावी हिँड्ने, घर नजाने, बाटोमा नै सुत्ने २४ सै घण्टा अत्याधिक रक्सी पिउँदै छाडा भएर हिँड्ने एउटी महिलालाई ठमेल, धोबिचौर, सानोगौचरणतिर बस्नेहरुले याद गरिरहेका हुन्थे। यो कार्यक्रम हेरेकाहरुले थाहा पाएका हुनुपर्छ, गएर सोध्नुस्, कतै तपाईँले कार्यक्रममा प्रस्तुत गरेकै व्यक्ति त हैनन्?

किन गइनन् प्रहरी र अदालतमा?
अन्तर्वार्तामा कन्चनले लोग्ने रुकुममा पोस्टिङ भएको बेला आफ्नै गहना बेचेर भए पनि उनको इच्छाविपरीत ५० हजारभन्दा बढी भर्ना खर्च तिरेर नर्सिङ पढेको भनेकी छिन्। त्यसो त उनले बागबजारको पिके कलेजबाट बीए पास गरेको पनि भनेकी छिन्। बीए पासपछि नर्सिङ पढेको भन्ने अलि नमिलेको देखिए पनि साढे चार वर्ष त उनले ओम नर्सिङ होममा डा. भोला रिजालसितै काम गरेको भनेकी छिन्। त्यस्तो स्वावलम्बी युवती कसैले घरबाट निकाल्दैमा खुरुक्क निस्कने हुन्छिन्? आफूलाई परेको अन्यायलाई लिएर महिलावादी संस्था, प्रहरी, अदालतमा किन गइनन्?

मानसिक असन्तुलन?
अन्तर्वार्तामा उनले मानसिक असन्तुलन भएकोले आफूले जागिर गर्न नसकेको दावी गरेकी छिन्। त्यसो भए उनलाई जेठो छोरो बंगलौरमा पढ्ने, इन्जिनियर भएको, टक्सन गाडी चढ्ने कुरा कसरी थाहा भयो त? जबकि घर छाड्दा जेठो छोरो कलेज गइरहेको, कान्छो स्कूल गइरहेको भनेकी छिन्।

टक्सन गाडी छ कि छैन?
अन्तर्वार्तामा उनले छोराहरु टक्सन गाडी चढेर आफू नजिकैबाट जाने तर बाबु बाबु भनेर बोलाउँदा बाइ बाइ गरेर हिँड्ने गरेको आरोप लगाएकी छिन्। अन्तर्वार्ताको सुरुमा उनले आफ्नो बिहे २०४७ साल असार ३ गते भएको बताएकी छिन्। बिहे भएको एक वर्षपछि बच्चा जन्मिएको मान्ने हो भने सात वर्षअघि उनले घर छोड्दा जेठो छोरो जम्मा १८ वर्षको हुन्छ। १८ वर्षको छोरो इन्जिनियर र टक्सन गाडी चढेर हिँड्ने कसरी हुन्छ? फेरि रेग्मी परिवारसित परिचित त उनका पतिको निजी गाडी नै अहिलेसम्म नरहेको दावी गर्छन् त। प्रस्तोता सुमन खरेलले पत्ता लगाउनु पर्योन अब कन्चनले भने जस्तै टक्सन गाडी परिवारको छ कि छैन?

छाडेको कि आफैले छोडेको?
अन्तर्वार्तामा उनले एक ठाउँमा ‘बाटोको थुप्रोमा छाडिदिनुभयो, दोबाटोमा न यताको बाटो जानु न उताको’ भनेका छन्। प्रस्तोताले ‘कसले तपाईँलाई बाटोको उसमा ल्याएर छाड्दिनुभो’ भनेर सोध्दा भने उनले ‘म आफै आएँ सुमन भाइ’ भनेका छन्। उनलाई पतिले बाटोमा छोडेको कि उनी आफैले घर छाडेर हिँडेको?

यदि थप सोधखोज नगरी दावीकारिता मात्रै गरिएको हो भने र यो गलत रहेछ भने यसरी सामाजिक सञ्जालमा भइरहेको गालीगलौज र अपमानको जिम्मेवार को हुन्छ? माथिका प्रश्नसँगै अनुत्तरित कयौँ प्रश्नको जवाफ सुमन खरेलले नै दिनुपर्छ किनभने उनकै कार्यक्रमका कारण फेसबुकमा बाबु र छोराहरुलाई गाली बर्सिएको छ-

फेसबुकमा भइरहेको गालीगलौजको एउटा नमूना (यहाँ छोराहरुको नाम र अनुहारको परिचय छोपिएको हो)
फेसबुकमा भइरहेको गालीगलौजको एउटा नमूना (यहाँ छोराहरुको नाम र अनुहारको परिचय छोपिएको हो)

के भन्छन् पति?
पति मोहन रेग्मीले आफ्नो फेसबुकमा सबै कुरा थाहा पाएर मात्र प्रतिक्रिया दिन र आफ्ना छोराहरुको कुनै गल्ती नभएको बताइरहेका छन्। तर मान्छे एकोहोरो गाली बर्साउनमा नै व्यस्त छन्।
mohan2

mohan1

mohan

फरक विचार
दोहोरो कुरा नसुनी एकोहोरो गाली बर्साउनेहरुको भिडमा केही फरक विचार पनि आएका छन्। ती मध्ये केही हुन्-

युट्युब भिडियोको कमेन्ट
युट्युब भिडियोको कमेन्ट

kanchan

के भन्छन् सुमन खरेल?
सुमन खरेलले शनिबार राति फेसबुक पोस्ट गर्दै आफूले एकपक्षीय कार्यक्रम प्रस्तुत गरेको घुमाउरो भाषामा स्वीकार गर्दै अर्को कार्यक्रममा परिवारका कुरा सुन्ने् प्रयत्न भइरहेको बताएका छन्। तर त्यतिन्जेल यदि गल्ती भएको हो भने सामाजिक सञ्जालबाट परिवारले ठूलै अपमान र मानसिक तनाव भोगिसकेको हुनेछ। प्रस्तोता खरेलले ‘परिवारका सदस्यहरुलाई कहिं कतैबाट पनि गाली, अपशब्द र अपमान नगरी दिनु हुन दुई हात जाेडी बिनम्र अनुराेध’ पनि गरेका छन्।
suman

पतिले आज खोल्ने कुरा
यसैबीच शनिबार राति अबेर पति मोहन रेग्मीले आफ्नो स्पष्टिकरण मिडियाबाट भोलि (आइतबार) दिने फेसबुकमा लेखेका छन्-
media

यस्तो थियो कार्यक्रम

कार्यक्रम हेर्नुभएको भए याद गर्नुभयो होला। कार्यक्रमभित्र एउटा संस्थाको प्रचार पनि छ। आँसु र भावनामा बग्ने नेपाली समाजको सत्य थाहा पाएर त्यहीँबाट यो नाटक मञ्चन भएको नहोस् भन्ने कामना। यसअघि पनि क्यामेरामा रोएर देखाएपछि उर्लिएर मान्छे पछि लागेका उदाहरण छन्। दुई पक्षबीचको सत्य र तथ्य थाहा पाएर मात्र प्रतिक्रिया दिउँ। दोषी हो भने जोसुकै होस्, कानुन अनुसार सजाय दिउँ, मिडियाबाट आफै अपराधी घोषित गरी आफै सजाय दिने (मिडिया ट्रायल) नगरौँ।

95 thoughts on “नखुलेको आकाश खुलेर आयो : खुल्न बाँकी धेरै कुरा अब खोल्ने बेला आयो”

  1. Rustum says:
    December 28, 2016 at 11:34 pm

    अनोठेर followup …another स्टोरी..Another doubt
    http://yeskathmandu.com/2016/12/38912

    Reply
  2. Min Lama says:
    November 24, 2016 at 3:34 pm

    बस्न पायो भन्दैमा थ्याच बस्ने अनि बोल्न पायो भन्दैमा प्याच बोल्ने नेपालीहरुको बानि कहिले सुध्रिने हो खै ? काग ले कान लग्यो वा काग कान्मै आयो त्यो त आफैले छुट्याउनु पर्यो नि है र?

    Reply
  3. रामेश्वर् निरौला, अमेरिका says:
    November 23, 2016 at 11:29 am

    कसैको पक्ष् -विपक्षमा प्रवचन् गर्नु गराउनु भन्दा पहिला सत्य् तथ्य् बुझेर मात्र सम्पादन गर्नु पर्ने हुन्छ । न्यायिक सिध्दान्त अनुसार सबैले ” सुनवाई को मौका ” पाउनु पर्दछ । दोषी ठहर् गर्ने निकाय् ” न्यायिक निकाय् ” मात्र हो ।

    Reply
  4. Hari Nepal says:
    November 23, 2016 at 3:31 am

    Refer:

    https://www.youtube.com/watch?v=fHTGvJubzZU

    “Aawaj Media” ley Salokya ji sanga swikriti maageyko ho?
    Video description ma ta tehi cha. Tara katai srot baarey lekhiyeko chaina.

    In an attempt to criticize journalism’s practice, it would present itself as an irony otherwise.

    Reply
    1. Salokya says:
      November 23, 2016 at 10:35 am

      स्वीकृति नलिइएको जानकारी गराउन चाहन्छु

      Reply
  5. धर्म बहादुर मगर says:
    November 22, 2016 at 9:55 am

    याे सुमन खरेल भन्ने मानिसकाे स्वर मिठाे सुनिएपनि भित्र कति कुहिएका छन् भन्नेकुरा कि उनिसित कामगर्ने कि संगत गर्नेलाइ थाह छ । यिनि कुनै क्षमताले वीबीसी पुगेका हाेइन । रेडियाे नेपालका जागिरे उनका बाबु किरण खरेलकाे भनसुनमा समाचार वाचक पदमा काम गर्ने र अांसिक समय क्याम्पस पढाउने गरेका सुमनलाइ उनका बाबुका साथी खगेन्द्र नेपालीले विना प्रतिस्पर्धा तानेर वीबीसी नेपाली सेवा पुर्याएका हुन । कुनै प्रतिस्पर्धा गरेर बीबीसीमा जागिर पाएका हाेइनन् । मिठाे स्वर मा वीबीसीका अधिकांस अनुवादित सामग्री पढेर करिब बीस वर्ष विताए पनि उनले बीबीसीकाे भवनबाट पांच मिनेट हिंड्दा पुगिने तीनवटा विस्वविद्यालयमा गएर एकसाताकाे तालिम पनि लिएनन् थप पढ्नु त परै जावस । यिनलाइ खाेजी पत्रकारिता कुन चरीकाे नाम हाे था भए मार्दिनु । नेपालमा विदेसबाट काेहि अाउने वित्तिकै पुजा गर्ने चलन छ। के गर्ने । अरूकाे व्यक्तिगत कुरा बाहिर ल्याउंनु अघि सामान्य अाचार संहिताकाे ख्याल नगर्ने यिनलाइ एथिक्स के हाे भन्नेसम्म थाह रहेनछ । सुमन खरेल स्वयम माथि कसले छानविन गर्ला जसले अाजिवन असक्त सारिरिक विमारी रहेकी उनकाे छाेरीकाे हेरचाह गर्न भनेर बेलायत लगिएकी घरेलु कामदार महिलाकाे स्रम साेषण गर्थे र बेलायतमा काम गरेपनि नेपालकाे दरमा तलव दिने गर्थे भन्ने कुरा । माइसन्सारले बेलायतमा खाेज खवर गरेर छापे हुने नि उनकाे काण्ड ।

    Reply
  6. Kishor says:
    November 22, 2016 at 4:56 am

    गजल सिकाईन् अर्कैको भन्न बिर्सिछन दीक्ष्या ले ll

    Reply
  7. डिल्ली says:
    November 22, 2016 at 4:32 am

    पारिवारिक मतभेदले कसैको पनि दम्पत्यको असामयिक अन्त्य नहोस् । तिनीसित जोडिएका निर्दोष सदश्यहरू असह्य पीडामा र विविध अत्याचारमा बाँच्न विवस बन्छन् भन्ने बुझ्न सके न्याय बाँच्छ नत्र मर्छ । दाम्पत्य जीवन यस्तो अनौठो हुने रहेछ जुन सामिप्यमा हुँदा अति नजिक र बिग्रहमा हुुँदा अत्यन्त टाढाको बन्छ । हाम्रो कानुन र अङ्श, पैतृक समाजिक बनावटमा नारी पीडित नै हुन्छिन् भनेर ध्रुवसत्य मानिने रहेछ । कसैले कुरा उचाल्दा एकोहोरो रुपमा प्रस्तुत हुने आम मानिसको बानी हुने रहेछ । त्यसमाथी थोरै भए पनि स्थापित भए पछि उसले भनेको कुरा देववाणी सरह सदर गर्न थालिन्छ । त्यसले सामाजिक न्याय मर्दो रहेछ । एनजिओकर्मी दीक्षा चापागाईँको प्रायोजनमा स्थापित कहलिएका पत्रकार प्रयोगमा त आएन भन्ने प्रश्न बनेर आएको छ । नीजि मामिलामा कति हात हाल्ने सञ्चार जगतको आचारसंहिता केही होला । परिधि अलिक नाघेको हो कि !

    Reply
  8. sudil says:
    November 21, 2016 at 11:19 pm

    सुमन खरेल जस्तो पत्रकार बाट सहि सुचना संप्रेषण गर्नमा ध्यान पुर्याउन कमजोरीहुन पुगेको हो वा बरिष्ठ कनिष्ट जे भएपनि पत्रकार सबै एकै प्रकारका हुन्छन् ? बुझ्न सकिएन ।

    Reply
  9. शरद चन्द्र खनाल says:
    November 21, 2016 at 2:49 pm

    अनुशासन त्यागेको मान्छे पशु हो……तर पशुलाइ वशमा लिनु मानव धर्म हो…..संसारमा धर्म विचारक मान्छेको प्याकप्याकि छ के गर्ने ।

    Reply
  10. Sarita Chhetri Baral says:
    November 21, 2016 at 12:37 pm

    सहि गलत नबुझी केटाकेटीपन देखाउनु !!! अचम्मैको पत्रकारिता

    Reply
  11. sangesh says:
    November 21, 2016 at 12:18 pm

    every one is talking about the program host, kanchan, mohan and kids. but how did kanchan reached in that program ? was there hidden agenda ? how is dikshya’s social work going on ? did she win any prize ? look at some one doing similar job , aama ghaar ( after interview who got lots of donation ) , that girl was also in highlight who took kids from jail who were living with their parent sin jail. but dikshya was lost in somewhere . may be it was this story which can help her to gain some popularity which turned bak to her now. coz the lady who called dikshya to rescue the woman have already wrote her story in media. Please if u love to help people do it without any selfishness else it will give u bad name

    Reply
  12. Kalpana Bastakoti says:
    November 21, 2016 at 3:22 am

    No doubt kiran is a victim, the sole responsibility should be taken by her family ,the. Healthy one,if she was mentally disturbed then,side by side it is the duty of responsible journalist to aware the government about such victims !

    Reply
  13. Russel Sherpa says:
    November 20, 2016 at 11:38 pm

    यो आमा को कविताले केहि आयो त्यो हो सचाई
    सुमन खरेल ले माफी माग्नु पर्छ
    नत्र भने अब अबगास लिए हुन्छ
    बेलामा सचेत भए नत्र भोलि तपाई को नाम हामीले एकदेश मा सुन्नु पर्ला मिडिया मा
    माफी मागेर कोहि सानु हुन्दिना
    अर्को कुरा कन्चन जेकोdivorce त मोहन जे संग भयको हो नी छोरा हरु संग त होइन ?
    छोरा हरु ले एनको जिम्मरिवारी लिनु पर्यो , भाइहरु ले लिनु पर्यो ज भए ने इनले न्नाये पाउनु पर्यो
    र दिक्ष्य चापागाईंको सत्यता बाहिर आउनु पर्यो कसरि ई आमा लै इनले प्रग्योग गरिन
    समाज सेवा को नाम मा अरुको जग्गा ( बिधालय) मिच्ने देखी लिएर डलर कमौना झुटो पर्चार गर्ने को सत्य बाहिर अय्वोस
    नत्र कन्चन त एउटा उदहारण मात्र हुन् एस्ता अरु आमा र छोराछोरी हरु प्रोयोग मा आउने छन्
    जय आल्प पत्रकारिता जय प्रचार मुखी समाज सेवा

    Reply
  14. Sanu says:
    November 21, 2016 at 4:31 am

    साच्चैनै यो पनि येक्त्रफी समाचार येसो सुन्दा पक्कै केही अरुपनि छ तर पत्रकारहरुले राम्रो संग खोजतलाश नगरेको जस्तो लागेको थियो ! तर सत्य कुरो ढिला होस् चाडो थाहा त पयिञ्छ येस्तै जोया र जीवन को मा तेस्तै भएको थियो जीवन लै एकतर्फी सबैको गाली बर्सिएको थियो आखिर jivan ko गल्ति na bhayera आदर्श सस्था चितवन को थियो दोष केवल जीवन गरिब hunu ko थियो र अझै छ जोया jivan lai Nepal फर्केपछि मिना खरेल ले कसरि आउने बित्तिकै बिहेको दर्ता garages भनेर जेल लागेको कुरो videomai परमाण छ . nepalma तेतिठुलो पत्रकार हरु र media ले Kina हो खोज बिना प्रसारण गर्ने ? अनि जुन प्रसारण गर्न लाएक news चै गर्दैन!

    Reply
  15. Pawan Poudel says:
    November 20, 2016 at 10:15 pm

    महिलालाई नै पुरै विश्वास गर्नु गल्ती भयो ! पुराना वरिष्ठ पत्रकार खरेल नजानिदो पारामा प्रयोग हुनुभो। तर अन्तर्वार्ता भने हेर्न लायक देखिएको थियोे !

    Reply
  16. Rohini says:
    November 21, 2016 at 2:21 am

    मोहनजी को यसबारेको अन्तरबार्ता बाहिर आइसकेको छ | माइसंसार ले मोहनजी को अन्तर बार्तामा भनेका कुराहरुको विश्लेषण गरेर केहि लेख्ने हो कि ?

    Reply
  17. Bhawana Shrestha says:
    November 21, 2016 at 1:57 am

    मलाई एउटा कुरा भन्न मन लागियो हाम्रो नेपाली समाज कस्तो हो अचम्म लागियो श्रीमती मादक पदार्थ शेवन गर्ने गर्ने र भनेको नमान्ने जिद्धी भएकोले सम्बन्ध बिच्छेद गरेको भनीएको छ ।यस्तो अवस्था मा घरको सबैले साथ दिएनन तर माईतीले पनि साथ नदिएको देखिन्छ । यदी ज्वाईं ( श्रीमान ) ले यसरी मादक पदार्थ पिएर श्रीमती ( छोरी ) लगाई निकालिएको भए अथवा माईती आएको भए त्यो छोरीलाई सहनु पर्छ भनेर त्यही घरमा घोक्राएर माईतीले पुर्‍याईन्थ्यो होलन । कस्तो समाज हो हाम्रो जे पनि महिला माथी नै थुपारिन्छ ।
    कस्ता कस्ता गुन्डालाई सुधारिन्छन यिनी त मादक पदार्थ मात्रै पिउने मान्छे हुन ।मादक पदार्थ बाट टाढा राख्न अनेक सुधार गृह छन त्यहाँ लगेर पनि सुधार गर्न सकिन्थ्यो यस्तो किन गरिएन ? यहाँ उनको श्रीमान को साथै माईती खलक पनि दोषी देखिन्छ । यती धेरै शिक्षित परिवार भित्र यस्तो छन भने अशिक्षित परिवार मा कस्तो होलान अनुमान लगाउन गाह्रो छन उफ्फ्!

    Reply
    1. Ranu says:
      November 21, 2016 at 9:37 pm

      अनि खोपी खेल्ने र बच्चा हरु नहेर्ने पनि हुन्तियो रे तेस्लाई चै के गर्ने नि ?

      Reply
  18. अनुप थापट says:
    November 21, 2016 at 12:46 am

    उनीलाई भुल्न उठाएँ प्याला,
    तर त्यो प्यालामा आँसु घुलेर आयो ।

    यी हरफहरु सुनिसके पछि यो कविता कोही अरु कसैको होकि भन्ने सुरुमै मैले अनुमान लाई सकेको थिएँ।रक्सीको प्याला पिउने बारे गीत गजल कविता केवल पुरुषहरुले मात्रै प्रयोग गरेको देखेको छु।

    Reply
  19. kumar says:
    November 21, 2016 at 12:19 am

    यो पढेर सबै छर्लंग भयो ।
    http://sansarnews.com/?p=16121
    मैले भेट्दाकी कन्चन ……..
    चन्दा थापा
    साउनको महिना । सिमसिमे पानी । साउन ४ गते । (अंग्रेजी महिना जुलाई १९ , २०१६ ) विहानैको मौसम चिसो–चिसो । मर्निङ वाकका लागि विहानै सवा पाँचवजे पशुपति पगिसकेकी थिए म । त्यहाँ झण्डै आधाघण्टा व्याटमिन्टन खेलेर घर फर्कदै थिए । सिमसिम पानी परिरहेको थियो । छाता थियो साथमा । सानो गौचरणको ओरालोमा रहेको सानौ गौचरण आयल स्टोरको अपोजिटमा रहेको सानो चिया पसल ।
    भूकम्पमा घर भत्किएपछि त्यहाँ डेरा गरेर बसेकी लगभग ५५–६० वर्षकी आमैको चिया पसल छ । त्यहाँ विहान–विहान खुब मिठो र सफा तरिकाले ती आमैको हातबाट बनेको आलु र प्याजका पकौडा खान पाइन्छ । सातबजेसम्म पाकिसकेको हुन्थ्यो पकौडा ।
    म त्यहि बाटोमा आउँदै थिए । सीमसीमे पानीले भिजेकी एक अर्धबैसे युवती हाफ टिर्शट र कालो पाइन्टमा मन्द मुस्कान सहित बसेकी थिइन् । लाग्थ्यो मलाई देखेर कोही सहयोगी आयो या यसले चिया खुवाउँछ यातफेरि उसले चुरोट खुवाउँछ भन्ने जस्ता भाव मुहारमा देखिन्थ्यो । (हे.तस्बिर)

    म त्यो बाटो धेरैपटक हिडेकी थिए । तर ती महिलालाई पहिलो पटक त्यस्तो अवस्थामा देखेकी थिए । नजदिकमा पुग्दा दिदीको शरिरबाट पिसाबको गन्ध र मुखबाट रक्सिको वासना आएको थियो । लाग्यो खल्तिमा भएको पैसा निकालेर दिउँ, होइन, पैसा दियो भने दिदीले रक्सि खालिन् । होइन, बिहानी पानी परेको चिसो–चिसो छ चिया नै खुवाउँछु । त्यहि आमैको पसलमा पुगेर एक कप चिया मागे । अनि पकौडा पनि मागे । ती दिदीलाई भित्रै राखेर चिया खुवाउँछु भनेर भित्र लगेकी थिए । तर, ती आमै र त्यहाँ वरपरका स्थानीयहरु ती दिदीको व्वयहारले आजित भएका रहेछन् । आमैले भनिन् “मैया यसलाई नल्याउनुस यता, जहाँ खायो त्यहि पिसाब गरेर हिड्छ यसले । म त बस्न दिन्न भित्र ।”
    सोचे मनमा फोहोर र बाहिर सफा खोज्ने समाज यस्तै हो । यहाँ दुःखी र गरिवले कस्को घरमा बास पाउछ । अनि ती दिदीलाई बन्द रहेको सटरको पेटीमा राखे । दिदीले चिया र पकौडा खाइन् ।
    पसलकी आमैसँग कापीको पाना र कलम मागेर अनि सुरु गरे । कसरी सडकमा आउनु भयो दिदी ?
    दिदीले भन्दै गईन्
    नाम कन्चन शर्मा रेग्मी
    घर टिकाथली
    उमेर ४५ वर्ष
    श्रीमान मोहन रेग्मी
    छोराहरु दिपेन्द्र रेग्मी, सागर रेग्मी
    ३ जना नै इन्जिनियर
    २०४७ असार ३ गते विहे भएको ।
    व्याचलर पिके कलेजबाट
    तीनवर्ष ओम नर्सिङ कलेज चावहिलमा पढेको (२०५३÷०५४ ÷०५५) ओम अस्पतालमा साढे चारवर्ष काम गरेको जनरल वार्डमा नर्सका रुपमा ।
    भिनाजु डाक्टर भद्र पोखरेल
    जेठी दिदी निर्मला पोखरेल
    श्रीमानसँग १९ वर्ष विताएको ।
    छोड्नुका कारण–बांगो र टेढो शरीर
    अर्को विवाह गरिसकेका छन् ।
    गीत
    साझ प¥यो तर तिमी आएनौ
    रोएरै मेरा रात विते तर तिमी आएनौं ।
    कन्चनले भन्दै गइन्, मैले टिप्दै गरे ।

    कान्छो छोरा पुल्चोकमा पढ्छ । जेठो बेंगलोरमा पढ्दै छ ।
    दाजुभाइ, अशोक शर्मा, क्यालिफोर्निया, सुवास शर्मा साइला भाइ, वासिङ्टन डिसी,
    आमा विराटनगर बयरगाँछी । आउ बस त भन्नु हुन्छ । तर, भाइ बुहारी छन घरमा त्यस्तै त होनी, जान्न । (हे.तस्बिर)
    काम गरेर पनि त बाँच्न सक्नुहुन्थ्यो नी किन यस्तो गर्नु भएको ?
    काम कसैले दिएनन्, मोडेल अस्पतालमा डा. भरत प्रधानसँग जब चाहिएको छ भने, उहाँले जुम्ला जाउँ भन्नु भयो । तर, म गइन् ।
    मलाई १ सय दिनुस् म श्रीमानको घर टिकाथलीमा जान्छु ।
    साच्चै जानुहुन्छ त ? तपाइ जानुहुन्न ।
    होइन जान्छु । मेरो घरको नम्बर यो हो फोन गर्नुस् है । कन्चनले फोन नं अनि श्रीमानको नाम आफै टिपिदिइन् । (हे.तस्बिर)
    kanchan-handwriting
    पहिले पसलकी आमैको कुराबाट कन्चन दिदी धेरै भो सडकमा हिड्न थालेको थाहा पाएकी मैले, १ सय हातमा त राखिदिए तर, घरजान दिइन् । दिदी फेरि अगाडि बढीन् । मलाई त्यतिबेला दिक्षाको सम्झना आयो । दिक्षाको संस्थामा म एकपटक पनि पुगेको छैन र नजदिकबाट उनलाई चिनेको भनेको कहिलेकाँही एनआरएनएहरुको सम्मेलनमा बच्चाहरु लिएर सोल्टी होटल र आर्मि क्लवका कार्यक्रममा पुगेका बेला प्रत्यक्ष देख्ने बाहेक, अरु सामाजिक सन्जाल फेसबुकमा उनले गरेका परोपकारी कामहरुको बारेमा जानकार थिए । र सम्झना थियो दिक्षाको परोपकारी कामको जानकारीका साथै तल पुछारमा मोबाइल नम्बर पनि हुन्छ सधै । त्यो अहिले पनि छ ।
    म सँग दिक्षाको नम्बर मोबाइलमा सेभ थिएन । तर, अफिसमा फोन गरेर अफिसमै बस्ने फर्शुराम भुर्तेल भाइलाई दिक्षाको नम्बर फेसबुकबाट निकालेर दिन अनुरोध गरे ।
    उहाँले १० मिनेटमै फोन नम्बर दिनु भयो ।
    हेलो दिक्षा जी कता हुनुहुन्छ ?
    म चन्दा थापा, बोल्दैछु ।
    भन्नुस् न,
    सुन्नु न एकजना नर्स दिदी बाटोमा हुनुहुन्छ । मेन्टली प्रोबलम भएजस्तो पनि छ । तपाइकोमा लगेर राखेर केही काउन्सीलिङ गरिदिनुहुन्छ की ? दिदीलाई राम्रो बनाउन सकियो भने भोली दिदीले समाजको लागि केही गर्छिन की !
    हुन्छ, कहाँनेर हो ? म आउँछु एकछिन टाइम लाग्छ ।
    वास्तवमा मलाई विहानको साढे सात बजे स्कुल जाने भदाको लागि साढे ६ बजे नै दुध लिएर घर पुग्नु पर्दथ्यो । घरमा फोन गरेर अलि ढिलो हुन्छ है भनेर म कन्चन दिदीलाई दिक्षाको साथमा लगाएर पठाउने अठोटले नै साढे ६ बजेदेखि झण्डै पौने नौ बजेसम्म त्यहि बसे ।
    म र कन्चन दिदी ग्लोवल बैंकको पेटीमा थियौं ।
    पहिलो आमैको कलम र कापी छोडी सकेको हुनाले फेरि ग्लोवल बैंकका गार्डसँग कलम मागेर टिपे । दिदीले मिठो गीत पनि गाइन् ।
    एउटा, आनि छोइङको गीत “फूलको आँखामा फूलै संसार” अर्को हरफ
    यो जिन्दगी खै के जिन्दगी
    हिड्दा हिड्दै चुड्ने
    चप्पलको फिताजस्तो जिन्दगी
    दिदीले भावुक कुरा गरिन् ।
    अनि कान्छी औला ठड्याउँदै पिसाब लागेको भनेर हिड्न थालिन्, आइ हाल्छु भन्दै । म सँगसँगै गए । दिदीलाई चुरोट खान मन लागेको रहेछ । उनले चुरोट माग्न पसलमा पुगिन् । तर, ती पसलकी दिदीले “ उता जा, आइज त मात्रै ।” मैले बुझी हाले, अनि आफै खुकुरी चुरोट किनिदिए । सल्काउन लाइटर मागे । अनि दिक्षाकोमा जाँदा केटाकेटीलाई दिनु भनेर झण्डै ७०–८० रुपैयाँको चक्लेट पनि किनिदिएर हातमा राखिदिए । दिदीले चुरोट तान्न थालिन् मैले फोटो खिचे (हे. तस्बिर) kanchan4
    फेरि दिदीलाई ग्लोवल बैंकको पेटीमा लिएर बसे । अनि दिक्षा आइन ट्याक्सीमा चढेर । लागेको थियो । उनी स्कुटरमा आउँछीन् । दिक्षा नजिक आइन् । हाम्रो हल्का परिचय नविकरण भयो फेरि । उनलाई दिदीको कुरा बताए । अनि दिक्षाले उनलाई ग्लोवल बैंकको पेटीमुनि बस्न लगाएर फोटो खिचिन् । दिक्षा र मैले कन्चन दिदीलाई बिचमा राखेर फोटो पनि खिच्यौं ।
    kanchan6
    (हे. तस्बिर)
    अनि, अब मसँग गएर बस्ने भनेर लिएर गइन् दिक्षाले। दिक्षाले ट्याक्सी चढ्ने बेलामा भनेकी थिइन् “ मसँग त ट्याक्सीमा जाने पैसा पनि छैन् ।” मैले म सँग छ भनेर २५० जति थियो होला सायद दिए । धापासीमा रहेको दिक्षाको संस्थामा पुग्न त्यतिले पुग्ने थिएन सायद । मैले “तपाइको पनि सोसियल कन्ट्रीव्युसन होस् है भाइ” भनेपछि ट्याक्सी ड्राइभर भाइले टाउको हलाउँदै हुन्छ भने । सायद बाटोमा उद्धार गर्न लागिएकी कन्चन दिदीको अनुहार देखेर आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्ने निर्णय लिए उनले पनि । अनि मैले दिदीलाई नजदिक आउँदै गरेको तिजमा रातो सारी लिएर आउने बाचा गरेर ट्याक्सीमा चढाइदिए ।
    ट्याक्सी सानो गौचरण हुँदै धापासी तिर लाग्यो । म कन्चन दिदीको सुखद जीवनको कामना गर्दै ब्याटमिन्टनको झोला पिठ्युतिर भिरेर घरतिर लागे ।
    अफिसमा आएर दैनिकी सुरु भयो । त्यतिबेला खासै मिति नलेखे पनि । आउने दिनै फेसबुकमा कन्चन दिदीले भनेको शब्द
    यो जिन्दगी खै के जिन्दगी
    हिड्दा हिड्दै चुड्ने
    चप्पलको फिताजस्तो जिन्दगी
    लेखेर कथा पछि लेख्ुछ भनेर स्टाटस राखेकी थिए । त्यो दिन साउन ८ गते ( २१ जुलाई २०१६) रहेछ ।
    कन्चन दिदी दिक्षाकोमा पुगेको सायद १५–२० दिन पुगेको थियो की, दिदी त्यहाँबाट हिडिन् भनेर दिक्षाले फोन गरिन् । “दिदी कतै देख्नु भएको थियो की कन्चन दिदीलाई, मैले उनको श्रीमानसँग कुरा गरेकी छु त्यो दिदीलाई कहाँ भेट्ने होला ?” मैले खोइ दिक्षा देखिन् नी भनेकी थिए । पछि दिक्षाले “कन्चन दिदीले बहिनी म यहाँ छु भनेर फोन गरेपछि लिएर आए भनेर तस्बिर फेसबुकमा राखेकी थिईन् ।
    कथा लेख्छु भन्दा थिए, तर, समाजसेवी दिक्षाको संस्थामा पुगेकी दिदीको दैनिकी हेर्दै जानकारी लिए । कथा लेख्न त्यति आवस्यक पनि ठानिन् । दिदी सुरक्षित तरिकाले बसेको दिक्षाले अपडेट गरेको फोटोबाट थाहा हुन्थ्यो ।
    तर, एक्कासी दिदीलाई कान्तिपुरमा सुमनसँग देख्दा पो झसंग भए । दिदी त कान्तिपुरमा इन्टरभ्यु दिने भइसक्नु भएछ भनेर ।
    इन्टरभ्यु सबै हेरे । सुने । राम्रै लाग्यो दिदीको कुरा । तर, एउटा कुरामा चित्त बुझेन् “ दिदीले म बसेको अगाडिबाट प्रधानमन्त्रीको गाडी हिड्यो, थुप्रै समाजसेवी हिडे, तर कसैले देखेन् । दिक्षाले फोहोरको थुप्रोबाट आमा भन्दै उठाएर पवित्र समाजमा ल्याइन् ।”
    हो, दिक्षाले फोहोरको थुप्रोबाट कलेजमा पढाउने प्रोफेसर लगायतका धेरै पीडितको उद्धार गरेर धेरैको सेवा गरेको कुरो बाहिर आएको थियो । झण्डै १० वर्ष देखि मैले पनि दिक्षाका गतिबिधि हेर्दै थिए । कहिले काँही सोच्न बाध्य हुन्थे । दिक्षालाई लाज घिन केही लाग्दैन् । मानब भएर जन्मिएको यो धर्तिमा मानवियता बुझेकी छन् उनले अनि निरन्तर सेवामा लागिरहेकी छन् ।
    यसको वास्तविकता दिक्षालाई नै थाहा होला उनको पवित्र सेवाको पुष्ट्याइ गर्ने जिम्मा उनकै हो । मलाई दिक्षाका बारेमा केही भन्नु छैन् । मैले दिक्षालाई यो भन्दा बढी केही पनि चिन्दीन् । तर, मैले सबैलाई भन्नै पर्छ कन्चन दिदी दिक्षाकोमा जानुभन्दा पहिले फोहोरको डंगुरमा नभएर सफा सडकको पेटीमा थिइन् । त्यहिबाट उद्धार गरिएको हो ।
    अहिले दिक्षाका शुभचिन्तकहरुले दिक्षाले कन्चनलाई यो रुपमा पुलमुनिबाट उद्धार गरेको र पानी खुवाइदिएको भनेर अर्कै फोटो राखेर प्रचार गरिएको छ । मलाई लाग्छ कन्चन दिदी घर छोडेदेखि कहिल्यै पनि त्यस्तो रुपमा देखा परिनन् होला नत उनी पशुपतिको चिता नै तापिन् । यदि चिता तापेकी थिइन् भने मैले जसरी कन्चन दिदीलाई देखे त्यस्तै अरुले पनि चिता तापेको देखेका होलान् । ती कुराहरु विस्तारै आउँनेछन् ।
    एउटा राम्रो कुरा कन्चन दिदीमा अहिले देखिएको परिवर्तन शरीर सफा र राम्रा कपडा देखे । कुरा पनि त्यहि छन्, जुन मलाई पनि भनेकी थिइन् । तर, त्यो मनमा कसरी ( फोहोरको डंगुर)बाट उठाएको बनावटी झुट कुरा आए भनेर म आफै अन्योलमा छु । “दिदी कसले सिकायो यस्तो झुटो बोल्न, वा फेरि फोहोरमा लगेर फोटो खिचियो कसैबाट ? ”
    समाजसेवी दिक्षाहरुका प्रयत्न र अभ्यास कति पवित्र र निष्ठावान होलान वा कति प्रचारमुखी होलान् ती आफ्नै ठाउँमा छ । राज्यले सडकमा पुगेका बेशाहारा, अशक्त, मानसिक असन्तुलन भएकाहरु, बालक, बयस्क र वृद्धबृद्धाहरुको उचित संरक्षण र जिम्मेवारी नलिएसम्म यस्तै घटनाहरु आइरहन्छन्, कन्चनका कथाहरु दोहोरिरहन्छन् ।

    Reply
  20. Binod says:
    November 20, 2016 at 11:55 pm

    Salokya Jee,
    This is not the first time Kantipur TV has hosted some liars. Dil Bhusan Dahal also hosted Mina Khadka, who I think is the biggest liar yet to appear in such a show.

    Sadly, these TV personalities fail to verify credentials of the interviewees before presenting them to the world. We all know the power of media–and in Regmi’s case, enormous damage has been already made if Kanchana’s accusations are false (which seems to be the case thus far). I think Suman should invite Mohan Regmi to the show and ask for clarifications (but again, he should verify the claims first before broadcasting them), or he should investigate the matter thoroughly and apologize to the audience if Kanchana Sharma is a liar.

    Reply
  21. Prakash Sunuwar says:
    November 20, 2016 at 5:23 pm

    हाइली सेक्स्युअल डिजायर भएकाहरुको मध्यकालिन अवसान यसरी नै हुन्छ । जिउछाडालाई बोकेर हिंड्न दिक्षा माताले सुमन सरलाई केले उक्साइन थाहा पाउन नपाईने पो भो त

    Reply
  22. Srija says:
    November 20, 2016 at 9:29 pm

    I’m not judging but your statement clearly shows that you are not about to give her any life expenses. If you are genuine person then you should give her whatever she deserve then that will never be your business how she expend it.you are talking about five life who is having a great life till this happen but all of we are seeing how she have already going through. It might be there was something which made you can’t able to be with her but this is not a way doesn’t matter how much you clarify but from same background you are having such life and she is having worst like hell is not justify??

    Reply
  23. रोदन प्रधान says:
    November 20, 2016 at 3:43 pm

    She is BAD !!!

    Reply
  24. Samir Dhakal says:
    November 20, 2016 at 3:33 pm

    Kantipur le bela bela ma yestai fake interview dine garcha

    Reply
  25. Pradip Bagale says:
    November 20, 2016 at 8:58 pm

    कन्चन शर्मा उर्फ रमा रेग्मी शर्मा आइमाइको नाममा कलंक हुन् । उनका कुकृत्यहरू शब्दमा ब्यक्त गर्न पनि लाज लाग्दा छन् । एकतर्फी समाचार सम्प्रेषण कान्तिपुर टेलेभिजनको गम्भीर भुल हो । यसका कारण मोहन रेग्मी र उनको परिवारमा पर्न गएको चोट एवम् आघातको कुनै क्षतिपुर्ती हुन सक्छ ? असम्भव । सुमन खरेल जस्तो ब्यक्तिले एस्तो एकतर्फी सतही समाचार सम्प्रेषण गर्नु हुन्छ ? मोहन रेग्मी त मान्छेको रुप भएका भगवान हुन ।

    Reply
  26. govind thapa says:
    November 20, 2016 at 7:34 pm

    पिटे पनि आमा जाति मारेपनि आमा जाति भन्ने कुरा यहाँ लागु भएन भलै यिनको पनि पर्दा पछाडी धेरै गल्तिहरु होलान आफै छोडे होलान परिवारलाई अरुसंग लागे होलान ..सायद पागल पनि भए होलान …तर जति निर्दयी निष्ठुरी भएपनि आखिर आमा भनेको आमा नै हो बाउको कुरा त यहि छोडौ गल्ति गरेकी भए छोराहरुले माफी अवश्य दिनु पर्छ…

    Reply
    1. karbir says:
      November 21, 2016 at 5:46 pm

      धन्यबाद सर ! आमा भनेको आमा नै हो l

      Reply
  27. Kedar Upreti says:
    November 20, 2016 at 7:28 pm

    पैसाको आडमा नेपाली प्रेसले जे लेख्न, बोल्न लगायो त्यही लेख्छ या बोल्छ। म चाहिँ के भन्छु भने यी दुबै मिडिया जस्ले बादी प्रती बादीको वकालत गरि रहेका छन् यी दुबै गलत हुन सक्छन्। कसैको पक्ष लिने भन्दा पनि नैतिकताको आधारमा विश्लेसण गर्नु चाहिँ उचित देखिन्छ। होला MySansar.com ले वास्तविक बाहिर आए पछि केही प्रलोभनमा गलत प्रमाण जुटाउदै पो छ कि?? या कान्तिपुरले कुनै खोज बिना नै कसैलाई उचाल्ने काम र कसैको मानहानी गर्ने काम पो गर्यो कि, यो हाम्रो केही हद सम्मको तार्किक अनुमान हुनेछ। तर “आमा” चाहे उनी कुलतमा लागुन या कुरुप हुन, जे भए पनि यदि कुनै सन्तानले फ़ोहोर फाल्ने खाडीमा लगेर फाल्छ या त्यो ठाउँमा आफ्नी आमालाई देख्दा पनि वास्ता गर्दैन भने ती पुत्रहरु नालायक नै हुन्छन्। वास्तविकतालाई कसैले नकार्न सक्दैन तर मानसिक संतुलन गुमाएकी भनिएकी ती आमा त कि अस्पतालमा या तिनै कु-पुत्रहरु बस्ने घरमा हुनु पर्ने होईन र? त्यो डाम्नु पति भनाउदोले कान्छी श्रीमती र उस्का लागि लायक छोरा हरु संगै एउटा् तस्वीर खिचेको रहेछ, तो तस्बिरमा किन उस्कि जेठी श्रीमती अटाउन सकिन्न त?? श्रीमान जस्तो होस बाल भएन तर ती दुई छोराहरु चाहिँ नालायक नै हुन र ती आमा जस्ती हुन, ती कु -पुत्र कि मात्र होइन सबैकी आमा नै हुन। सबैलाई बस्ने या थन्क्याएर राख्ने घर बनेका छन् । मानसिक अस्पताल, जेल, घर, बृद्ध आश्रम आदि। जन्म दिने आमालाई फोहोरको डङुरमा पुर्याउछ यदि कसैले भने त्यो जति नै पखालिन खोजे पनि नालायक र कु पुत्र नै हुन्छ हाम्रो समाज र संस्कृतिमा।

    Reply
  28. Tez says:
    November 20, 2016 at 6:03 pm

    I was too quite suspicious about the interview. I thought something is hidden within the story. And all it happens to be as I expected. Now as the consequences, the TV channel and the persons behind all these encouragement should be legally punished. I don’t know how the family must be going through this allegation. Anyway it’s sad to hear why the family member let her go and live like this as she was a wife and a mother.

    Reply
  29. Nagendra Rijal says:
    November 20, 2016 at 5:22 pm

    There is nothing bigger or acceptable though mother Kanchan made mistake than they pushed her in street for terrible life, Son or husband anybody who did this is absolute the most bastard personalities of our society !!

    Reply
  30. Johnny Baral says:
    November 20, 2016 at 10:57 am

    Suman Kaharel you made biggest mistake in your career, you should publicly apologize to Regmi family and all who are concerned with this report. Bad job you done ✅ Mr.

    Reply
  31. Lama Hari says:
    November 20, 2016 at 10:54 am

    जस्तो सुकै गल्ती भयनी आमा भनेको आमा हो ?

    Reply
  32. Ram Ghimire says:
    November 20, 2016 at 10:18 am

    बास्तबिक कुरा नै नबुझिकन किन मिडियामा खुराक बनाउँछ पत्रकार दुबै पक्षलाई उपस्थित गराइदिए र सत्य तथ्य के हाे सबै सामु छर्लङ पारी दिँए राम्रो हुनेथियो

    Reply
  33. Sunil, London says:
    November 20, 2016 at 3:58 pm

    A Suggestion for Dikchhya Chapagain Baini, you are a Great and Respected personality, Yoy are Helping people and keep it up, but please Don’t Involve yourself in this type of Rubbish, When I saw this Interview first time I couldn’t beleive it, facts are coming out now, though I have sympathy with Kanchan Regmi the life she lived for years…. I think she is more responsible for this than her family….I think her husband and sons will be in same program soon, and everything will be crystal clear !!!!!!!

    Reply
  34. Saroj Bhandari says:
    November 20, 2016 at 9:50 am

    Thats why u r drama Queen!

    Reply
  35. sushil says:
    November 20, 2016 at 2:55 pm

    अरु कुरो त सबैले भनिहाले, मेरो कुरो चाहिं सुमन खरेलले धेरै फुटेज खाने रहेछन यार, सार्है सुस्त, कतिखेर बोल्ने हो भनेर कुरेर बस्नुपर्ने. ब्रदरले त धार्मिक कार्यक्रम चलाउनु पर्ने हो.

    Reply
  36. सुनिता थापा says:
    November 20, 2016 at 8:21 am

    still not end of the story more drama to come kaluuu!

    Reply
  37. Keshav Raj Pokhrel says:
    November 20, 2016 at 8:08 am

    जता भिड उतै लाग्ने प्रचलन छ यहाँ , एकपक्षीय कुरा सुनेर गाली गर्नु उचित होईन…..

    Reply
  38. Janardan Kattel says:
    November 20, 2016 at 6:52 am

    घर झगडा का साना विषयलाई मेडिया लेhighlight गर्नु हुदैन । त्यो पनि एक पक्षीय कुरा सुनेर । सकिन्छ भने परिवार लाई मिलाऔ । सकिदैन भने बिखण्डन तर्फ नधकेलौ ।

    Reply
  39. Bishap Gurkha says:
    November 20, 2016 at 6:37 am

    यो आइमाई एकदम ट्वांके तथा जुवाडे भएर बच्चाहरुको समेत हेरचाह नगरी जे पायो तेही गर्दै हिंडेर परिवारले सम्हाल्न नसकेको कुरा सुनिन आएको छ र त्येसको iterview हेर्दा नै मलाई धेरै कुरा गडबड लागेको थ्यो /

    Reply
  40. L B Chhetri says:
    November 20, 2016 at 11:56 am

    कान्तिपुरले कन्चन शर्माको अन्तर्वार्ता लिनु कुनै गुनाह होइन | रवि सरले यो त मेरो गजल हो भन्नु पनि गलत होइन | अन्तर्वार्ताले धेरै कुरा भनि रहेछ हाम्रो लागि, पत्रकारिकाको लागि, ढोंगीहरुका लागि | अब इन्वेस्तिगेसन हुनु पर्छ | सत्य तथ्य सामुने आउनु पर्छ | कान्तिपुर र सुमनजी धन्यवादका पात्र हुनु हुन्छ |

    Reply
  41. Neeraz says:
    November 20, 2016 at 11:42 am

    आजकल पत्रकारहरु को काम छैन जस्तो छ . समाचार नापये जे पनि देखैदिन्चन . नेता भन्दा कम छैनन् पत्रकार हरु . सामाजिक संस्था पनि donation को लागि मारी मेट्छन . अलिकति हिस्सा पत्रकार लै दिए समाचार सनसनी बनैदिन्चन .

    Reply
  42. Homnath Adhikari says:
    November 20, 2016 at 11:41 am

    होइन एउटा जिम्मेवार २ सन्तानको आमा , जो नर्सिङ जस्तो जिम्मेवार पेसा मा पनि लागेकिथिन, र माथी उल्लेख गरे झै मोहन ले ऊनीलाइ माया नै गर्थें भने ती आमा कुलत, तास जुवा रक्सी मा फस्नु पर्ने कारन छ र? यदि छ र हो फसेको भए पनि कारन चै मोहन जि नै हुनुहुन्छ जस्तो मलाई लाग्छ ।
    सत्य तथ्य खुल्न नि गरो छ किनकि कन्चन जि सङग याद र भवना मात्र छ जहा मोहन जि सङग पैसा धन र सरकारी पहुँच छ ।पैसा ले छोराहरु त किनेचन। कुन छोराहरु लैआफ्नो आमा को माया लग्दैन र आमा कुलतमा नै फसेकोभये पनि सुधारन नै नसकिने त होइन नि।।

    Reply
  43. acharya prabha says:
    November 20, 2016 at 11:37 am

    कस्ता कस्ता ह्रिंसक पशुलाई त मान्छेले तह लाउँछन् भने कन्चन शर्मा त मादक पर्दार्थ सेवन गर्ने महिला यदि श्रीमानले मन नपराएपनि जन्म पाएका छोराहरुले चाँही आमाप्रति केहि सहानुभुती देखाएर सम्हाल्ने कोशिस गरेको भए एउटा बिग्रिएको जीवनले सहि बाटो पाउँथ्यो आखिर्र आमा हुन् नि आमा जन्म दिने धर्तीमा टेकाउने | नराम्रो कुरालाई सबैले घृणा गर्छन् स्वाभाविक हो तर गल्ति नै भएपनि आफ्नै खुनको डल्लोले बेवास्ता गरेर पत्थर मुटु बनाउनु अलिक आश्चर्यजनक नै लाग्यो | कि ती बालाकहरु अन्जान नै भएर हो की ? तरपनि पछी यसको नतिजा नराम्रो आउँछ भन्ने थाहा त हुनुपर्ने परिवारलाई | सम्हालेर बरु एउटा कोठामै थुनेर राखेको भए अहिले यो बितण्ड मच्चिने थिएन तर मलाई अन्तर्वार्ता हेर्दा कन्चन शर्मामा अलिक अस्वाभाविकता चाँही छ जस्तो लागेको थियो जुन कुरा मैले शंका गरेंपनि तर फेरि सोंचें त्यस्तो संस्थामा बसेकीले कहाँबाट खाना पाउनु र? जस्तो लाग्यो |जेहोस् दीक्षाजीको धर्म र सेवा कहीं जाँदैन | यो कुराले अरु बृहत समस्या नल्याओस् |शुभकामना |

    Reply
  44. मनिष says:
    November 20, 2016 at 11:05 am

    NGO को खेलहोला यो पनि एउटा ले चितवन जोया र जिबनको
    काण्डलाई उचाले, लास्टमा उनीहरुको लभस्टोरीले आर्कै मोड लियो/ अहिलेको पनि तेस्तै त होला/ कामकाजपनि नभका, बुद्धिपनि नभका नेपाली भेंडाहरु जे सुन्यो तेस्कै पछि लाग्छन/

    Reply
  45. Hari Nimraas Kulung says:
    November 20, 2016 at 5:18 am

    मैले पनि त्यो एपिसोड हेरे । कन्चन शर्मा वास्तवमै अपत्यारिलो पिडित थिए मेरो नजरमा । त्यस्तो बिबेकी शिक्षित र चलाख नारी कसरी पिडित बनिन होला त मेरो मथिङ्गल मा घुमिरह्यो ।

    Reply
    1. Nani Gurung Gurung says:
      November 20, 2016 at 10:40 am

      Manxe dipration ma puge paxi tyo education ko kehi kam hudaina .dimag le kam gardaina so I believe it

      Reply
    2. Hari Nimraas Kulung says:
      November 20, 2016 at 11:14 am

      dubai paxa bata kerkaar garnu paryo ab . uhako xoraa sriman le kanchan sharma ko kuralai purai nakarwkaa xan . feri yo uhale bachan garwko gajal aru kai srijana ho vanne pushti vaisakeko xa

      Reply
    3. Nani Gurung Gurung says:
      November 20, 2016 at 12:18 pm

      La mane husband le ta divorce garyo.xora haru ta k vako xi xi yeuta aama le bachcha ko lagi kati balidan garnuhunxa mom vaneko mom nai ho

      Reply
  46. Mahesh Khanal says:
    November 20, 2016 at 5:18 am

    सुमन जी मार्फत भारतिय मिडिया कर्मी को नक्कल हुन थालेको हो?

    Reply
  47. Dolma Sherpa Manang says:
    November 20, 2016 at 4:28 am

    Its still unknown page Keiko Sherpa sis.she is mentally unhealthy we agree bt made by2whom is more important jasto lagdaina? We agree she drunk n left home bt still to know how that situation created haina ra?

    Reply
  48. Dolma Sherpa Manang says:
    November 20, 2016 at 4:28 am

    Its still unknown page Keiko Sherpa sis.she is mentally unhealthy we agree bt made by2whom is more important jasto lagdaina? We agree she drunk n left home bt still to know how that situation created haina ra?

    Reply
  49. Keiko Sherpa says:
    November 20, 2016 at 4:25 am

    Malai ta takson bhanne Gadi Kun ho Tyo pani Thaha chaina

    Reply
  50. Keiko Sherpa says:
    November 20, 2016 at 4:25 am

    Malai ta takson bhanne Gadi Kun ho Tyo pani Thaha chaina

    Reply
  51. Dolma Sherpa Manang says:
    November 20, 2016 at 4:02 am

    Padhe ni khai k khai k bujnai garo hami srota lai yesko kura sune yeskai maya lagcha tesko kura sune teskai

    Reply
  52. Dolma Sherpa Manang says:
    November 20, 2016 at 4:02 am

    Padhe ni khai k khai k bujnai garo hami srota lai yesko kura sune yeskai maya lagcha tesko kura sune teskai

    Reply
  53. Keiko Sherpa says:
    November 20, 2016 at 3:52 am

    Padnu Bhayo !?

    Reply
  54. Keiko Sherpa says:
    November 20, 2016 at 3:52 am

    Padnu Bhayo !?

    Reply
  55. Pratik Shrestha says:
    November 20, 2016 at 3:26 am

    Hami nepali haruko baani cha, hallako pachi daudane. Everyone believed because it was aired on kantipur , blind folded… No one thought about glitches in her story.. tehi Hawa ko bharma sable gaali garna thalle… Kosailai Facebook ma byaktigat lanchana lagaudai kaaiyaun comment haru bhaye… Anyway mysansar is the best.. thumbs up

    Reply
  56. Bhawana Rana Tamang says:
    November 20, 2016 at 3:21 am

    Kata kata fake jasto ta kagdai thiyo ‘ feri soche suman sir jasto le line interview testo na hola bhanne soche Khoi k Khoi k

    Reply
  57. Meelan Mgr says:
    November 20, 2016 at 3:06 am

    जता भिड उतै लाग्ने प्रचलन छ यहाँ , एकपक्षीय कुरा सुनेर गाली गर्नु उचित होईन । जान्न चाहेको यहि हो

    Reply
  58. Gorkhali Arjun Arjun says:
    November 20, 2016 at 2:53 am

    esta xora haru ko saport gareko pani dekhiyo.tyo ama ko halat le nai prstha paro ni nalayak dahrti ka boj hun vanne kura aru beli bistar kina chaoyo.ama ko lagi marna tayar hunu parxa ama ko rin tirna lai.

    Reply
  59. Rajesh says:
    November 20, 2016 at 8:31 am

    at the time of watching this interview i felt something is going wrong. may it be true.

    Reply
  60. Dinesh shrestha says:
    November 20, 2016 at 8:27 am

    Sayad hamiharu sabaiko nabuji aarop lagaune banni xa…ajjai pani bujna dherai baaki xa…tyo herda nai lagxa prepared interview..

    Reply
  61. Gobinda Dawadi says:
    November 20, 2016 at 2:18 am

    एक जिम्मेवार पत्रकारले कुनै गम्भीर बिषयमा आरोप लागिसकेपछि उसको स्पष्टीकरण गर्ने कुनै मौका नै प्रदान नगर्नु अत्यन्त निन्दनीय र गैरवजिम्मेवार आचरण हो।

    ब्यक्तिगत रूपमा सुमन खरेल मेरो रोजाइकै पत्रकार थिए (मीठो स्वरमा बीबीसी समाचार वाचनका लागि)। तर त्यो साख कुनै बाँकि रहेन।

    अब उनले आफ्नो गल्तीलाई ढाकछोप गर्न अर्को कार्यक्रममा परिवारलाई ल्याउने प्रयास भैरहेको बताएका छन्। यो कुरा त कार्यक्रम प्रसारण हुनु अघि गरिनुपर्थ्यो। कम्तीमा पनि घटनामा आरोपित पक्षसँग सम्पर्क गर्ने प्रयास गरिएको तर सफल नभएको मात्रै भनिदिएको भए यो घटनाका कुनै पात्र नचिन्ने म जस्तो मान्छेलाई टाउको दुख्ने थिएन।

    मान्नूस्, यही कार्यक्रमको कारण ती पुरूषले आफ्नै ज्यान लिए (त्यस्तो नहोस्) वा सामाजिक दवावका कारण आफ्नो मानसिक सन्तुलन गुमाए (फेरि पनि भगवानको लागि यस्तो नहोस्) वा ती छोराहरूलाई यस्तै केही भयो भने त्यसमा सुमन खरेलले के गर्नेछन्? तिनले यसको क्षतिपुर्ती गर्नु पर्दैन? र त्यस्को कुनै मुल्य होला? सभ्य समाज बनाउने कुरा गर्नेले आफ्नो अलिकति पनि सभ्यता देखाउन ती आरोपीतहरूसँग माफी मागेर सार्वजनिक रूपमा क्षमा याचना गर्लान्? अनि उनलाई कुनै पनि कार्यक्रम चलाउने नैतिकता बाँकी रहला?

    एउटा कानूनी राज्यमा उनी दण्डनीय छन्। हाम्रै देशमा चाहिँ उनी आजीवन वरिष्ठ पत्रकार रहलान्।

    https://www.facebook.com/gDawadi/posts/10202787197198442

    * यो लेख तयार गर्नेलाई: गजल आफैँमा गजल हो, यसमा ‘गीत’ बन्नु पर्दैन है !

    Reply
  62. Rajan Bhurtel says:
    November 20, 2016 at 2:13 am

    Very suspicious!!! Eagerly waiting to find out truth !!

    Reply
  63. Achyut Tiwari says:
    November 20, 2016 at 1:57 am

    कन्चन शर्मा रेग्मी लाई सहानुभुती !!! तर यो अन्तर्वाता हेर्दा मलाई कन्चन को कुरा अप्राकृतिक लाग्यो अनि कन्चन मा डिप्रेसन पहिले नै ब्याप्त थियो भन्ने प्रस्ट बुझ्न सकिन्छ नर्स भैसकेको मान्छे लाई कसैले फोहोर को थुप्रो मा फल्यो भने उनि फेरी उठेर काम (जे सुकै होस्) गर्न सक्थिन. सुमन खरेल लामो बेलायत बसाइ बाट नेपाल फर्केका हुन्, उनको प्रस्तुती अलि बढी भावना मा बगेको देखियो, तरकारिवाली मा पनि । तथ्यपरक प्रस्तुती को आशा !! नेपाली फेसबुके हरु अलि बढी हौसिन्छन हल्लामा….

    Reply
  64. द्वारिका थेबे says:
    November 20, 2016 at 7:30 am

    यो फेसबुके विश्लेषण भन्दा पनि वास्तविक कुरा बाहिर ल्याउन पर्यो माइसंसारले l अर्को चाहिँ यदि कन्चन शर्माले आफैले घर छाडेकी हुन् भनेनी कुन अवस्थाले उनलाई घर छाड्न बाध्य बनायो? अनि रिह्याब सेन्टर बस्ने अवस्थासम्म कसले पुर्यायो? के उनि अबिबाहित हुँदा पनि कुलतमा फसेकी थिइन् त? यो कुराहरु पनि खोजेर निकाल्नुस l

    Reply
  65. Shakya Anoj says:
    November 20, 2016 at 1:21 am

    एनजिओले आफ्नो सस्थाको प्रचारगर्न प्रयोग गरिएको हुन सक्छ ।

    Reply
  66. Mrsharad Chandra Dhakal says:
    November 20, 2016 at 1:20 am

    यो भिडीयोले मानवीयता भएका र मनव पेर्मी लाई धेरै असक्षम र बेखुशी तुल्याएको छ

    Reply
  67. Ramesh Prasad Acharya says:
    November 20, 2016 at 1:02 am

    दुबै पक्षको सत्यतथ्य बाहिर आउन जरुर छ,मानबिय रुममा कन्चनलाई सहानुभूति आउँछ नै,किनकि उनी सडक पेटिमा 7 बर्ष बिताउन बिबश भइन ,अरुको कारण बाट भइन यहाँ आफ्नै कारण बाट भइन यसको सत्य तथ्य खोज बिन गर्नुपर्दछ जहाँ सम्म आमालाई छोराले वास्ता नगर्नु दु:ख दायी छ,तर कतै आमा बाट छोराहरू प्रती राम्रो माया ममता भएनकी यसको बारेमा सत्य तथ्य बाहिर आउन जरुर छ ,सत्य तथ्य बाहिर आएपछि कमिकमजोरी गर्नेको आलोचना गर्ने हो कि?

    Reply
    1. Bhishma Mahatara says:
      November 20, 2016 at 1:23 am

      No need come out truth

      Reply
    2. Bhishma Mahatara says:
      November 20, 2016 at 1:23 am

      at first think humanity

      Reply
  68. पशुपति घिमिरे says:
    November 20, 2016 at 12:35 am

    रसेंद्र भट्टराई काण्ड बाट सुरु भएको गैर जिम्मेवार पत्रकारिताको नयाँ संस्करण

    Reply
  69. Ananta Poudel says:
    November 20, 2016 at 12:32 am

    Actually I was waiting for your analysis. Good one. There must be some reason. I couldn’t write but got all of my answer in this so I am sharing it

    Reply
  70. Maheshwor thapa says:
    November 20, 2016 at 6:01 am

    बास्तबिकताको धरातलमा पुगेर सत्य तथ्य बुझेर मात्र कमेंट गरौ ।

    Reply
  71. शर्मा दिया says:
    November 20, 2016 at 12:01 am

    Afno santan bigrio vana kasaila teslai batoma chodna sakcha? Srimati afno adha anga jasto sukai bigriako vaya pani sudarna tira lagako vaya huntheo ni ,auta manabiya dharma ta dhekako vaya huntheo.suna ma ayo jetho choro pani bigriaka chan re kina unlai chai batama chodiana ?

    Reply
  72. Bids says:
    November 20, 2016 at 5:26 am

    कुरै कुरामा अर्को कुरा Hyundau Tucson लाई सबैले हायुन्ड़ाई टक्सन भन्दा रैछन नेपाल तिर, तर यसको वास्तविक उच्चारण चाही टक्सन हैन ” टुसन ” हो. नपत्ताये एकपटक youtube या अरु जुनै website चेक गर्नु होला !!!

    Reply
    1. Sunil, London says:
      November 20, 2016 at 5:17 pm

      अनि कोरिया मा Hyundai लेख्छन कि, ” Hyundau ” भाई ? एकपटक चेक गरेर हेर्नुहोला है !!!!!

      Reply
  73. Raj Nawa says:
    November 19, 2016 at 11:06 pm

    I still find the family guilty?
    She doesnt look mentally well. Whatever the reason should never be left in street for years. Many youngsters live same life but their parents dont leave them in street instead supports them until they have life.

    Reply
    1. Reply to Raj Nawa says:
      November 20, 2016 at 7:55 pm

      Respected Sir,
      Divorce is also a part of law. It can be done by anyone under the decision of the court. There are several reasons for divorce. Factors like Alcoholism, Insanity is also a legal ground for divorce. They had legally divorced and according to the information given above, it was Mrs. Kanchan who had filed the divorce in the court of Lalitpur claiming for the property. Although, the case was already filed by her husband, the case got decided in the court of Bajura. Since then, Mr. Mohan is living his life in his own style. No one can point on to him. It is not your fault sir, the whole society is blindly supporting the feminism these days. 🙂

      Reply
  74. Gaire Jhabindra says:
    November 19, 2016 at 10:58 pm

    यो बितंडा पनि डलर को उपज रहेछ या रे ? पहिला बेलून मा हवा भर्छन केही समय पछि बेलुन फुट्छ अनि सबै ले बिर्सन्छन तब सम्म समाज मा केही न केही नोकसान भै नै हाल्छ….

    Reply
  75. Ghanshyam Sharma says:
    November 19, 2016 at 10:30 pm

    यो अन्तर्वार्ता हेर्ने बित्तिकै शंका ,ऊपशका कौतुहलता जागेको थियो , , सुमन जि ले येउता सिर्जना सुनाइदिनु भन्ने बित्तिकै कन्चन रेग्मी नरोकीकन भनेको , अचेत भएको मान्छे ले १०० गाडी हिड्ने बाटोमा tocson गाडी त्यो पनि आफ्नै छोरा को फेरि काठमाडौंको धुलो मा सबै सीसा लगाएरै गाडी चलाउछन कसरी चिनेको होला छोरा कै गाडी भन्ने कुरा , उन लाई बिच बाटो मा ल्याएर छोडेको कुरा पनि नपत्याउने खाल का छन येस्तै अनुत्तरित जिज्ञासा अन्तर्वार्ता हेर्ने बित्तिकै थाहा पाउछ एउटा साधारण बुझ्ने ब्यक्ति ले ।

    Reply
    1. कमल प्याकुरेल says:
      November 19, 2016 at 10:49 pm

      अन्तरबार्ता गलत रहेछ मानौ छोराछोरी ले आमा लाई गर्ने बेबाहार तेहि होत सर ?जे भयनी कन्चन शर्माले दुखपायको कुरामा कुनै दुई मत छैन ?कि रोडमा बसेको कुरानी बिश्वास नै लागेन तपाईं लाई ?

      Reply
    2. Ghanshyam Sharma says:
      November 19, 2016 at 10:59 pm

      कन्चन शर्मा एउटी आमा हुन , आमालाई अपहेलना सब भन्दा ठुलो पाप हो , कन्चन शर्मामा माथी अपराध भएको भए अरु परिवार ले सजाय पाउनै पछ ,ऊनि सडकमा नि बसेकी हुन ,तर कन्चन शर्माले अन्तवर्तामा धेरै सत्यता लुकाएर बोलेको देखिन्छ। सत्यता थाहा नपाइ अरु परिवारलाई नि लान्छना लाउनु उचित नहोला ।

      Reply
    3. Ghanshyam Sharma says:
      November 19, 2016 at 11:52 pm

      जे भए नि सत्यता बाहिर आओस अब येति धेरै समाजिक सन्जाल र media मा चर्चा पाएको कुराले ।

      Reply
    4. Mrsharad Chandra Dhakal says:
      November 20, 2016 at 1:22 am

      के थाहले आमालाई चिनेको भएर सिसा खोलेर हेर्न पनि सक्छ नि

      Reply
    5. Gorkhali Arjun Arjun says:
      November 20, 2016 at 2:48 am

      tyo ama ko halat le prove gari sakeko xa ni nalayak xora hun vanne kura ta.ama le jati dhukha diye pani ama ko rin tirna sakidaina ama ko lagi marna tayar pani hunu parxa .k chaiyo aba.nalayak nai hun ti xora haru dharti ka boj nai hun.

      Reply
      1. Mamta says:
        November 20, 2016 at 4:20 pm

        Ama ko behave le baccha haru lai pareko asar ni? Tesko barema kehi vannu pardaina. Baccha haru le ama lai herna sakne vaisakeko thiye ki thiyenan? Uniharulai mentally kati asar pareko thiyo, teslai kasle herne?

        Reply
    6. Krishna Prasad Dhakal says:
      November 20, 2016 at 2:57 am

      Uniharu pani tehi garna ruchaune thalu pareko jasto lagyo

      Reply
  76. Nanda Lal Dhimal says:
    November 19, 2016 at 10:11 pm

    यदि यो कुरा सहि हो भने ईन्जिनियर मोहन रेग्मी पनि सोही कन्चन शर्मा लाई लिएको अन्तरवार्ता कार्यक्रममा आएर सत्य कुरा के हो ? सुन्न र कार्यक्रम हेर्न आतुर छु।

    Reply
    1. Bijay Lamxane Gurung says:
      November 20, 2016 at 12:16 am

      आगामी कार्यक्रम मा आउने वाला छ हेर्नुहोला।

      Reply
  77. Sanjay says:
    November 20, 2016 at 3:09 am

    I had exactly the similar feelings about that interview. After all it is a Nepali media and we are Nepalese. We are at best in criticizing people without knowing the fact.

    I, too, have sympathy for her but derogative comments to the other side is not fair. First know the complete story and then take your side people.

    Hopefully we will know the balanced story, from both sides, soon.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme