Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुजातालाई सरकारले ५० लाख दिँदा गगन थापा पो तारो

Posted on November 14, 2016 by Salokya

gagan पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालालाई हिजोको मन्त्रिपरिषद् बैठकले ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गर्दा सामाजिक सञ्जालमा सरकारको त विरोध भइरहेकै छ, स्वास्थ्य मन्त्री गगन थापालाई पनि तारो बनाइएको छ।

मन्त्री थापाको बचाउमा उभिनेहरु पनि छन्। उनले ल्याएको कार्यविधि रोकेर उनी नभएको बेलामा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्‍यो भन्दै। मिडियामा पनि स्पष्टिकरण आएको छ तर कहाँ मान्नेवाला छन् र सामाजिक सञ्जालवालाहरु। हेरौँ केही नमूना

प्रधानमंत्रीय पद्दतिमा मंत्रीमण्डलको निर्णयसित 'सार्वजनिक असहमति' जनाइसके पछि त्यहि मंडलमा, मंत्री बसी रहनु शोभनिय होइन ।

— Vijay Kumar Panday (@Vijaykumarko) November 14, 2016

यति धेरै विरोध भइसकेपछि अन्ध समर्थकहरुले केही त गर्नुपर्‍यो। यस्तो पनि सुरु भएको छ-

9 thoughts on “सुजातालाई सरकारले ५० लाख दिँदा गगन थापा पो तारो”

  1. Rekha Ghale says:
    November 21, 2016 at 2:00 pm

    युबा नेता को ताल देखियो है
    जुन नेता आएनी कानै चिरेको
    गर्भाती महिला लाई आइरन चक्की छैन
    बिरामी लाई सिटामोल छैन
    सुजाता जस्स्तिलाई …………..

    Reply
  2. नारायण says:
    November 15, 2016 at 7:24 pm

    मलाई त पहिले देखिनै कुरो निको लागेको थिएन। हामी जनताले जसलाई आशाको केन्द्रबिन्दुका रुपमा हेर्छे, त्यही ले धोका दिन्छ। यी गगन थापा नाम गरेका मनुवाबाट पनि के के न हुन्छ भन्ने थियो, यिनको पनि चाला देखियो। यस्ता बाट नेपालमा केही हुँदैन, अरु गर्ने कोही छैन, परेन फर्साद। पशुपतिनाथले त रक्षा गर्लान है?

    Reply
  3. Rajen says:
    November 15, 2016 at 3:29 am

    के खाएर सुजातालाई लाख दिने हँ?
    उनको नेपाली जनतालाई के योगदान छ?
    सारा जनता नारायणहिटीको खर्चिलो र जनबिरुद्ध बोझ सहन नसकेर राजतन्त्र
    फाल्न लाग्दा उनी हुन् बेबी किङ्ग भनेर कराउने|
    लोकतन्त्र ल्याउनमा उनको जिरो योगदान छ जिरो|
    गिरिजाले छोरीले ढिप्पी गरि भनेर मन्त्रि बनाए| फेरी रोई कराई गरेपछि माकुने सरकारमा उपप्रधान मन्त्रि दिनै पर्यो| नेपाली जनतालाई जैले पनि गिरिजा र सुजाताले नजर अन्दाज गरे|
    पैले आफ्नो सम्पति बेच र खर्च गर आफ्नो उपचारमा| छोरीको बिहेमा करोडौ खर्च गर्नेले किन सरकार लाई भिख माग्नु पर्यो?
    कोहि पाठकले भनिदिन पर्यो उनको योगदान के हो जसका लागि सरकारले उनको उपचार खर्च व्यहोर्नु पर्ने?
    देउबाले राजाको समयमा प्रधान मन्त्रि हुँदा अन्नपूर्ण होटलका मालिक हेलेन शाहलाई ५८ लाख उपचार खर्चमा दिएको कतिले बिरोध गरेका थिए| ढुकुटीका पैसा जसलाई मनलाग्यो दिन देउबा माहिर छन्, फेरी त्यस्तो नहोस|

    Reply
  4. Sanu says:
    November 15, 2016 at 2:28 am

    सबै चोरहरु हो जनतालाई झुक्कएको मात्रहो म कुटे जस्तो गर्छु त रोए जस्तो गर भनेको हो त्यो सुजाता र दिने नेतालाई सबै जनताको सराप लागोस

    Reply
  5. Ashok says:
    November 14, 2016 at 8:46 pm

    हेर्नुस यो सबै नाटक हो , हाम्रो प्रधान मन्त्रि ले मुखर्जी आउंदा मैले बिदा दिएको होइन रास्ट्रपति ले दिए को भन्ने , अब आज गगंजी ले मा त पोखरा मा थिएँ , मेरो अनुपस्थिति मा भए ओ भन्ने प्रचण्ड र गगन मा केहि फरक देखादिन यो सबै सेत्तिंग हो , हे भगवान यो देश मा नेता हरु मात्र मानिस हो ? के नेता हरु बिरामी भए विदेश मा जाने पर्ने? नेपाल मा नै राम्रो अस्पताल बनाउन सकिन्न ? जय गोविन्द केसी , तपाईं महान हुनु हुन्छ , तपाईं को सपना साकार होस् , नेपाल को सबै जनता हरु निसुल्क स्वस्थ सेवा पुन सकुन , जय पशुपति नाथ नेता हरु को घैंटो मा घाम लागोस

    Reply
  6. Ashok says:
    November 14, 2016 at 8:04 pm

    Hernus, yo sabai ma pite jasto garchu, timi roye jasto gara bhanne jasto ho.
    Tyo gagane pani kahan gatilo ho ra.
    Yo sabai ko mile mato ma bhaye ko ho.
    Yo neta haru lai sadha budhi lagos, bibeki banun,

    Reply
  7. Ashom says:
    November 14, 2016 at 7:07 pm

    Hernus, yo sabai ma pite jasto garchu, timi roye jasto gara bhanne jasto ho.
    Tyo gagane pani kahan gatilo ho ra.
    Yo sabai ko mile mato ma bhaye ko ho.
    Yo neta haru lai sadha budhi lagos, bibeki banun,

    Reply
  8. Shankar says:
    November 14, 2016 at 4:14 pm

    हिजो दिल्ली मा १२ बुदे गर्दा सबै मिलेर देश लुट्ने , देश चै इन्डियन दुतावास ले चलाउने कसम भएको हैन |राम बरण लाइ पैसा दिने ,सुजातालाई न दे त् गिर्जा को ख्याक ले तिमीहरुलाई चाक् मा लात हान्छ |
    गगन ले के गर्छ ? भोलि उसलाई पखाला लागे पछि ब्यांकक जान पर्दैन ?
    एस्तो राम्रो परिपाटी कतै खोजेर पाइदैन |
    पक्ष्य पाती नेपालि जनता चाइदैन |

    Reply
  9. krishna says:
    November 14, 2016 at 11:05 am

    हे मंत्रीको जीउ
    मन्त्री वा नैतिक? मन्त्री फेरि आउन सक्छ तर नैतिक फिर्ता आउदैन?
    नैतिकता सितैमा बन्दैन,आफैले बनाउनु पर्छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme