Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

घुस खुवाएर २४ सै घण्टा लोडसेडिङमुक्त यसरी हुन्थे ठूलावडाहरु : दुई वर्षअघिको खुलासा हेर्नुस्

Posted on November 11, 2016November 11, 2016 by Salokya

यतिबेला काठमाडौँ लगायत देशभर लोडसेडिङ नभएको कुराले केहीलाई छटपटी भएको छ। लोडसेडिङ नेपालीको संस्कृति भइसक्यो, जसरी पनि गर्नुपर्छ भन्ने शैलिका अभियान र समाचारहरु देखा परिरहेका छन्। विद्युत प्राधिकरणमा कुलमान घिसिङको नयाँ नेतृत्वको कुशल व्यवस्थापनले लक्ष्मीपूजाको दिन लोडसेडिङमुक्त बनाउँदा त्यसो गर्न हुन्थेन भनेर घुमाउरो पाराका कूतर्कहरु सुनिँदैछन्। जनता लोडसेडिङमुक्त हुँदा जलमाफिया र ठूलावडाहरुको छटपटी बढ्दैछ। तपाईँ हामी १४ घण्टासम्म लोडसेडिङबाट पीडित हुँदा ठूलावडाहरु कसरी घुस खुवाएर सेटिङ मिलाएर २४ सै घण्टा बत्तीसहित मजा गरिरहेका थिए, दुई वर्षअघिको ब्लगमा खुलासा गरिएको थियो। त्यतिबेला शायद् धेरैलाई वास्ता भएन। अब अहिले लोडसेडिङ कम भएको देखेपछि त पत्याउनु भो होला नि, कसरी ठगेका थिए हामीलाई भनेर। सान्दर्भिक भएकोले April 3rd, 2014 को यो ब्लग यहाँ साभार गरिएको छ।

KL2 देशमा अहिले हरेक ग्राहकको घरमा १२ घण्टा बत्ती आउँदैन। यसलाई ‘लोडसेडिङ’ भन्ने गरिएको छ। ‘लोडसेडिङ’ मा हाम्रो जनजीवन अभ्यस्त भइसकेको कारण सबैले आफ्नो सामर्थ्यले वैकल्पिक उपाय खोज्ने गरिरहेका छन्। कोही सोलारतिर लागेका छन्। कोही इन्भर्टरको जोहो गर्छन्। सक्नेले डिजेल वा पेट्रोल जेनेरेटर चलाउँछन्, नसक्नेले मैनबत्ती जलाउँछन्।

२४ सै घण्टा बत्ती बल्ने बनाउने एउटा अर्को सजिलो उपाय पनि रहेछ, जसमा धेरैको ध्यानै गएको रहेनछ। के हो त त्यो उपाय ?

घुस/सेटिङ।

loadshedding

हजुर, घुस खुवाएर २४ सै घण्टा बत्ती।

सर्वसाधारण १४ घण्टासम्मको लोडसेडिङले पीडित थिए। उनीहरुको घरमा अँध्यारो भइरहेकै बेला विराटनगर लगायत पूर्वाञ्चलका केही ठूला उद्योगहरुमा भने २४ सै घण्टा झलमल्ल बत्ती आउँथ्यो।

यसको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको छानबिन टोलीले समेत घुस (आर्थिक अनियमितता) भएको देखिएको भन्दै यसको मात्रा र गहिराई पत्ता लगाउन विद्युत प्राधिकरण आफै वा अख्तियारमार्फत् अनुसन्धान गर्न सुझाव दिएको छ। तर अहिलेसम्म यस्तो अनुसन्धान भएको जानकारी छैन।

ठ्याम्मै वर्ष दिनअघि नेपाल बिजनेस फोरमको बैठकमा यसबारे हङ्गामा भएको थियो। केही उद्योगमा २४ सै घण्टा बत्ती आउने गरी सेटिङ मिलाइएको बारे चर्को आवाज उठेपछि टोली गठन गरी यो वर्षको सुरुदेखि छानबिन थालिएको थियो।

छानबिन टोलीको प्रतिवेदन माइसंसारले हात पारेको छ। प्रतिवेदनमा आर्थिक लेनदेनको उजुरीमा ‘केही सत्यता रहेको छानबिनको क्रममा पाइएको’ भनिएको छ र थप अनुसन्धान गर्नुपर्ने सुझाव दिइएको छ।

के देख्यो छानबिन टोलीले ?
विराटनगर लगायत पूर्वाञ्चलका १४ वटा उद्योगमध्ये नौ वटामा विद्युत वितरण केन्द्रबाट नियन्त्रणै गर्न नमिल्ने गरी लाइन सप्लाइ भएको रहेछ। अर्थात् लोडसेडिङको बेला भयो, बत्ती निभाउँछु भन्दा पनि निभाउनै नसकिने। दुई वटा उद्योगमा त उद्योगबाहिर आइसोलेटर वा स्विचिङ स्टेसन समेत नराखी विद्युत सप्लाइ भएको रहेछ।

अनि TOD मिटरको डेटा डाउनलोड गरी विश्लेषण गर्दा ३३ केभीबाट लाइन जडान भएका उद्योगमा लोडसेडिङ तालिका अनुसार लोडसेडिङ भएको/गरेको पाइएन, प्रतिवेदनमा लेखिएको छ। अरु सबैका लागि लोडसेडिङ बढिरहेको समयमा नै पनि यी उद्योगहरुमा भने लोडसेडिङ नभएको रहेछ। केही उद्योगहरुले भने लोडसेडिङकै अवधिको TOD Data बिगारेर नदेखिने बनाएका रहेछन्। कुन-कुन उद्योगमा के देखियो, प्रतिवेदनको पूर्ण विवरणमा हेर्नुस्।

प्राधिकरणलाई थाहा नभएको कुरा होइन
प्रतिवेदनमा लेखिएको छ- राज्यले प्रदान गर्ने सेवा सुविधाको वितरण भेदभाव रहित हुनुपर्ने, सबैलाई समान हकको प्रत्याभूति संविधानले गरेको पाइन्छ। पूर्वाञ्चलमा आम जनतालाई १२ घण्टे लोडसेडिङको तालिका कार्यान्वयन गरिरहेको र उद्योगहरुमा १४ घण्टाको तालिका प्रकाशन गरेको नेपाल विद्युत प्राधिकरणले उल्लेखित उद्योगमा २४ घण्टा विद्युत सप्लाई भइरहेको विषयमा जानकार छैन भन्न सकिँदैन किनकी प्रत्येक उद्योगका ३/३ महिनाको डेटा लिइने गरेको र डेटा हेर्दा उक्त कुरा प्रष्ट हुने अवस्था देखिन्छ।

छानबिन टोलीको प्रतिवेदनमा छानबिन गर्ने सुझाव
प्रतिवेदनको निश्कर्षमा यस्तो सुझाव दिइएको छ-नेपाल विद्युत प्राधिकरण स्वायत्त संस्था भएको र यस भित्र भएका त्रुटि कमजोरी सच्चाउने जिम्मेवारी र दायित्व नेपाल विद्युत प्राधिकरणकै भएको र आफ्ना ग्राहक प्रति समान व्यवहार प्रदर्शन गर्ने कर्तव्य पनि रहेकोले असमान व्यवहार प्रदर्शन भएको विषयमा असामान गर्ने उपर छानविन हुन आवश्यक देखिन्छ। संस्थागत जिम्मेवारी निर्वाह गर्न र आर्थिक हिनामिना/चुहावट र पारर्दशिता अवलम्वन गर्ने विषयमा अध्ययन गरी कुन कर्मचारीलाई के कस्तो कारवाही गर्दा न्याय संगत र न्याय हुन्छ विश्लेषण गरी नियमानुसार कारवाही गर्दा आम सर्वसाधारणले न्यायको अनुभूति गर्ने र यस्ता कार्य नदोहोरिने हुन आउंछन्।

घुस दिनेलाई काखा, नदिनेलाई पाखा
कुनै उद्योगमा २४ सै घण्टा विद्युत सप्लाई दिइएको छ भने अन्य उद्योगले घोषित १४ घण्टा र अघोषित समेत १८/२० घण्टा लोडसेडिङ्ग व्यहोर्नु परेको छ। सरकारले कुनै उद्योगलाई प्राथामिकता दिने निर्णय गरी २४ सै घण्टा विद्युत सप्लाई दिने गरेमा हाम्रो आपत्ति छैन तर स्थानीय कर्मचारीबाट भएको मनपरी सहय हुन सक्दैन। आर्थिक प्रलोभनमा परी मिलिभगतमा केही उद्योगहरुको लाइन काट्न नसक्ने जनाई तथा कामदारको अवरोध हुने कारण देखाई लोडसेडिङ्ग गरिएको छैन। एकै ठाउँका कुनै उद्योगले आफ्नो जेनेरेटर प्रयोग गरी प्रति युनिट ३०/३५ सम्म खर्च गरी उत्पादन गरेका छन भने विद्युत प्राधिकरणबाट कहिी उद्योगहरुले २४ घण्टा विद्युत सप्लाई पाई प्रति युनिट ८/– मा उत्पादन गरिरहेका छन्। एउटै वस्तुको लागत मूल्य फरक हुँदा बजारमा प्रतिस्प्रर्धा गर्न नसकि उद्योग धमाधम वन्द भईरहेका छन्। हाम्रो माग सबैलाई समान लोडसेडिङ्ग हुनुपर्दछ भन्ने हो भने नाजायज विद्युत सप्लाई गर्ने कर्मचारीलाई कारबाही होस् भन्ने छ। (छानबिन टोलीको प्रतिवेदनमा उद्योग वाणिज्य संघका अध्यक्ष लगायतका पदाधिकारीको भनाई)

प्रतिवेदनको पूर्ण विवरण तल हेर्नुस् वा यहाँ क्लिक गर्नुस्–

13 thoughts on “घुस खुवाएर २४ सै घण्टा लोडसेडिङमुक्त यसरी हुन्थे ठूलावडाहरु : दुई वर्षअघिको खुलासा हेर्नुस्”

  1. Ramhari Poudyal says:
    November 18, 2016 at 3:56 am

    Electricity theft by syndicating with Big company has another research. Engineer used to go for meter check to get money from big customer.

    see the system loss of NEA
    31.49 % in Nepal
    18 % in India
    17 % in Pakistan
    13% in Bangladesh
    10 % in Sri Lanka

    10 % Electricity theft by syndicating with Big fish just to catch Poor customers to show drama …….

    Reply
  2. puru says:
    November 13, 2016 at 8:00 pm

    सबै सेक्टरमा धेरै पनि होइन एउटा व्यक्ति काफी हुन्छ क्रान्ति गर्न …
    अब यसरिनै देश बन्दै जान्छ होला ..समय लाग्छ बेग्लै कुरो ..!

    Reply
  3. Nirmal says:
    November 13, 2016 at 2:38 pm

    कतिपय उद्योग र सिनिमा हलहरुलाई घुस सेटिङ्ग गरेर कमाउनेहरु पनि छन्| अब जनता अन्धकारमा बस्न चाहदैनन्|
    त्यस्ताको जनताले छाला काड्नु पर्छ| ओलीले पनि केहि गर्न खोजेकै थियो तर घुसखोरिको भुवंरीमा फंसे|
    कुलमान घिसिङ्ग हीरो हुन्|

    Reply
  4. कमल says:
    November 13, 2016 at 12:37 am

    खै के भन्ने? सही वितरण गरे लोडशेडिंग गर्न पर्दैन भनेर कुलमान घिसिङ्गले देखाईसके|
    उबेला एमालेको महाभ्रष्ट मंत्रिनी राधा ज्ञवालीले कुलमानलाई चिलिमे बाट सरुवा गरेका थिए| वास्तवमा हेर्ने हो भने चिलिमे जल विद्युत आयोजनामा कुलमान घिसिङ्गले जुन सुव्यवस्थापन र परम्पराको शुरुआत गरेका थिए, त्यो मुलुकले नमुनाको रुपमा लिएर अरु ठाउँ पनि लागु गर्नु पर्ने थियो| तर घुसखोरी राधा म्याडमको कोपभाजन भने घिसिङ्ग|
    हाम्रा मेडिया र एकाडेमिक भन्न रुचाउने व्यक्तिहरुले कुलमानको चिलिमे सफलता प्रति अझ खोज अनुसन्धान गरेर यसलाई अझ बिस्तृत रुपमा लागु गर्न पर्ने थियो| स्थानीय वासिन्दालाई साझेदार/स्टेकहोल्डर बनाएर कसरि उनले आयोजनाको सफलता हासिल गरेका थिए त्यो मननीय छ| त्यही गतिमा मेलम्चीको पानी ल्याउने व्यवस्था पनि गरिन पर्ने हो|
    जे होस्, अहिले आएर आफ्नो कार्यकर्ता र भ्रस्ट नेतालाई साथ् दिन एमाले त्यस्तो पार्टी नबनोस जसले लोडशेडिङ्गको विरोध गर्छ| एमाले पनि जनताकै पार्टी हुन्| तर विगत र वर्तमानमा उर्जा व्यवस्थापनमा राधा ज्ञवाली र अन्य एमाले नजिकहरुको कर्तुतले एमालेको छवी नै धमिलिएको छ| अर्को चुनावमा सुर्य होइन, बिजुली बत्ति चाहिन्छ यही हुनेछ चुनावी मुद्दा|
    कुलमानले मुखले होइन कामले देखाई सकेका छन्, लोड्शेडिंग हटाउन र घटाउन सम्भव छ|

    Reply
  5. Shankar says:
    November 12, 2016 at 8:34 pm

    घिसिङ्ग होस् या , बिरेन्द्र, या गोबिन्द केसी , या मदन भण्डारी देश को भलो गर्न खोज्नेलाई इन्डियन खुफिया ले यो देश मा बाकि राख्दैन | एसको मूल केन्द्र बिन्दु राजधानी मा रहेको इन्डियन दुतावास हो |
    धेरै पहिले को कुरा हो तराइ तिर ठगेर खाने इन्डियन टिचर हरु लाइ स्थानिर प्रसासन ले कारबाही गर्न खोज्दा दुतावास हस्तछेप गर्न आउथ्यो | अहिले त् देसै उसले चलाइरहेछ |
    नेपाल लाइ धोस्त पार्ने क्यान्सर हो त्यो |

    Reply
  6. Suman Thapa says:
    November 11, 2016 at 8:56 pm

    aba kulman sir lai karbai garne re??? aba kasari hun6 nepal ko bhalo…

    Reply
  7. Suman bhote says:
    November 12, 2016 at 2:37 am

    salokye ji..
    sahi bhannu bhayo…
    hernus na aba kulman sir lai karbai garne re?
    ramro kaam garne lai ta kaam garna dinupar6…

    Reply
  8. Rohini says:
    November 12, 2016 at 1:56 am

    नेपालमा जब सम्म यस्ता घिनलाग्दा कर्मचारी र ति कर्मचारीलाई सहयोग गर्ने नेता हुन्छन तब सम्म नेपाल विश्वको नम्बर एक गरिब देश भैरहन्छ |

    Reply
  9. Gaire Jhabindra says:
    November 11, 2016 at 5:57 am

    होइन यो पेज पनि अब प्रकाश दहाल ले नै चलाउन लागेको हो र ?
    पहिला त शेर बहदुर देउवा को आफन्त जस्तै लाग्थ्यो ?

    पत्रकार पनि सबै पार्टी का है हाम्रो देश मा ?

    Reply
    1. Royal Dhakal says:
      November 11, 2016 at 6:24 am

      K vannu Nepali para vanau ya kukur lai gheu Na pacheko vannu khoi bujnai muskil JAL taskari haruko rodan pani anautho xa

      Reply
    2. Shyam Sharan Shrestha says:
      November 11, 2016 at 8:33 am

      Jhabindra kun phalam le baneka hun ?

      Reply
    3. pradip paudel says:
      November 12, 2016 at 8:22 am

      Gaireharu jasta janata nepalma vayesamma desh bikas huna garo xa……yo articlema k testo xa ra jasle maobadi or kangressko vasa boleko xa…..yesto khokro dimag liyera kasari banxa hamro desh……

      Reply
  10. SAM says:
    November 11, 2016 at 10:45 am

    LOADSHEDDING hudaina bhanera patrika maa ayo ani bholi palta nai feri aba Mangsir 2nd week bata LOADSHEDDING bhanne khabar aayo.

    K patrika maa Nepal Electric Corporation lee Ghush Dinaa aaunu bhanera invitation deye ko ho?

    1 Rat maa feri LOADSHEDDING start bhanne khabar aauda ta. BATTERY wala ra GENERATOR Wala lee ghush deyera Khabar nai ulto banai deye ko po ho ki, Yeshko satya tathya k hola ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme