४५ औँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प हुने भइसके। नेपालसहित विभिन्न देशहरुले उनलाई बधाई सन्देश पनि पठाइसके। तर धेरैलाई थाहा नहुनसक्छ, अमेरिकाको संविधान अनुसार प्राविधिक रुपमा अमेरिकी राष्ट्रपति चुन्न मतदान भने डिसेम्बर १९ तारिखमा मात्रै हुँदैछ। त्यसअघि नै उनले कति मत पाउने भन्ने लगभग निश्चित भइसकेकोले उनी नै अमेरिकी राष्ट्रपति बन्ने टुङ्गो भने लागिसकेको हो। जबकि यो ब्लग लेख्दासम्म पनि मतगणना जारी छ।
अमेरिकी जनताले प्रत्यक्ष रुपमा राष्ट्रपति चुन्न मतदान गर्ने भएको भए अहिलेसम्म पनि को जित्ने भन्ने निश्चित भइसकेको हुने थिएन। अझ हिलारीले नै जित्ने सम्भावना रहन्थ्यो। किनकि यो लेख्दासम्म हिलारीकै पपुलर मत (अर्थात् सीधै जनताबाट पाएको मत) संख्या ट्रम्पको भन्दा बढी छ- हिलारीको 59,926,386 (47.7%) भोट र ट्रम्पको 59,698,506 (47.5%) भोट। कसरी ट्रम्प निर्वाचित भइसके त? किनभने अमेरिकी निर्वाचन प्रणाली अनुसार जनताको सीधा भोटबाट हैन, इलेक्टोरल भोटबाट राष्ट्रपति चुनिने हो।
सजिलोमा बुझ्नका लागि तपाईँ हाम्रो प्रधानमन्त्री कसरी चुनिए भन्ने उदाहरण लिनसक्नुहुन्छ। हामीले ६०१ जना सांसदलाई चुनेका थियौँ पछिल्लो निर्वाचनमा। कुनै जिल्लाबाट १० भन्दा बढी सांसद चुनिएका थिए भने कुनै जिल्लाबाट १ मात्र।
ठीक त्यसैगरी अमेरिकामा पनि ५० राज्य र एक राजधानी गरी ५१ राज्यको जनसंख्या अनुसार प्रत्येक राज्यबाट निश्चित संख्यामा इलेक्टोरलहरु चुनिन्छन्।
हाम्रोमा कूल सांसद संख्या ६०१ भने जस्तो त्यहाँ कूल चुनिने प्रतिनिधिहरुको संख्या ५३८ हुन्छ। हाम्रोमा ६०१ को बहुमत अर्थात् ३०१ भोट ल्याउन सक्ने प्रधानमन्त्री निर्वाचित हुन्छ। त्यहाँ भने ५३८ को बहुमत अर्थात् २७० मत ल्याउने निर्वाचित हुन्छ। ट्रम्पले २७० भन्दा बढी मत पाउने निश्चित भइसकेकाले उनी राष्ट्रपति बन्ने टुङ्गो लागिसकेको हो।
तर बुझ्नलाई यसरी भने पनि नेपाल र अमेरिकाको चुनावमा भने फरक छ। हामीले भोट दिँदा उम्मेदवारलाई उसको पार्टीको चुनाव चिह्नलाई भोट दिन्छौँ। त्यो सांसदले भोट दिने बाहेक अरु पनि काम जस्तै कानुन बनाउने आदि पनि गर्छ।
अमेरिकामा भने इलेक्टरहरुको काम राष्ट्रपति निर्वाचनमा मत दिने मात्र हो। मतदान गर्नेले पनि इलेक्टरको नाममा हैन, हिलारी वा ट्रम्पकै नाममा गर्छन्। नमूना मतपत्र हेर्नुस्-
राष्ट्रपति/उपराष्ट्रपतिका लागि मात्र हैन, मतपत्रमा सांसद (स्टेट सिनेटर) देखि जिल्ला न्यायाधीश र कन्सटेबलका लागि समेत मतदान गर्न पाइन्छ। यो हेर्नुस् सन् २००८ को टेक्सस राज्यको मतपत्र
अमेरिकाको राष्ट्रपति निर्वाचन नबुझेर कन्फ्युज हुनुहुन्छ? शीर्षकमा हिजो लेखेको ब्लगमा एक जनाले कमेन्ट लेखे you are absolutely wrong.
The American people vote for their President. Don’t bullshit people.
मतपत्रमा राष्ट्रपति/उपराष्ट्रपतिको नाम देखेर सीधै चुन्ने भन्ठानेका होलान् उनले। उनलाई के थाहा भएन भने नाम भए पनि वास्तवमा राज्यका इलेक्टरहरुलाई चुन्ने हो।
फेरि त्यही ब्लगमा आङ छिरिङको नाममा एक जनाले कमेन्ट लेखेका छन्- Electro college American राज्य(स्ततेस) हरुमा जनसंख्याको आधारमा बनाएको प्रतिनिधि संख्या हो तर तेहा कुनै व्यक्ति हुदैन। example प्र्यिथिबिको latitude एंड longitude जस्तो, मात्र हिसाबकिताब।
उनलाई चाहिँ प्रतिनिधि संख्या मात्र हुन्छ, व्यक्ति हुँदैन भन्ने भ्रम परेछ। त्यो पनि गलत हो। वास्तवमा त्यहाँ व्यक्ति नै हुन्छ। यी इलेक्टरहरु सम्बन्धित पार्टीले सम्बन्धित राज्यमा नियुक्त गरेका हुन्छन्। त्यसैले कुनै राज्यमा कसैले ट्रम्पलाई भोट दिएको भए र ट्रम्पले पपुलर भोटमा जित हासिल गरेको भए रिपब्लिकन पार्टीले नियुक्त गरेका इलेक्टरहरुले ट्रम्पलाई भोट दिने हुन्।
डिसेम्बर १९ मा हुन्छ राष्ट्रपति चुन्न मतदान
अनि यी इलेक्टरहरु राज्यको राजधानीमा भेला भएर राष्ट्रपति चुन्न मतदान गर्छन्। यसका लागि साइत पनि अनौठो बेला जुराइएको हुन्छ- डिसेम्बर महिनाको दुई वटा बुधबारपछिको पहिलो सोमबार। यो वर्ष त्यो साइत डिसेम्बर १९ मा जुर्छ।
त्यो दिन सबै राज्यको राजधानीमा इलेक्टरहरु भेला हुन्छन् अनि छुट्टै मतपत्रबाट भोट दिन्छन्। अधिकांश राज्यका लागि जति इलेक्टोरल मत छुट्याइएको हुन्छ, जसले बढी भोट जित्यो सबै उसैले लैजान्छ। क्यालिफोर्नियामा जनसंख्याका आधारमा ५५ जना इलेक्टर हुन्छन्। त्यहाँ हिलारीले धेरै मत पाएकाले डिसेम्बर १९ मा भेला भएर ५५ मत हिलारीलाई नै दिन्छन्। त्यस्तै टेक्ससमा जनसंख्याका आधारमा ३८ इलेक्टर छुट्याइएको छ। त्यहाँ ट्रम्पले धेरै मत पाएकाले ३८ जनैले ट्रम्पलाई भोट दिनेछन्।
यो प्राविधिक पक्षमात्र भएकोले यो दिन हुने चुनावलाई धेरैले ध्यानै दिँदैनन्।
खासमा इलेक्टरहरुले जसलाई पनि भोट दिन पाउँछन् अमेरिकाको संविधान अनुसार। अर्थात् टेक्ससका ३८ इलेक्टरहरुले ट्रम्पलाई हैन हिलारीलाई दिन पनि पाउँछन्। तर सामान्यतया यस्तो हुँदैन। २४ राज्यमा त अर्कैलाई भोट दिए सजाय समेत हुने कानुन छ। पछिल्लो पटक सन् २००४ मा मिन्नेसोटाका एक जना इलेक्टरले डेमोक्रेट उम्मेदवार जोन केरीलाई भोट दिनुपर्नेमा जोन एडवार्डलाई दिएका थिए।
मतगणनाको परिणाम जनवरी ६ मा
अनि यी इलेक्टरहरुले गरेको मतदानको मतपरिणाम भने जनवरी ६ मा बस्ने संसदको संयुक्त बैठकमा वर्तमान उपराष्ट्रपतिले पढेर सुनाउँछन्। नयाँ संसद पनि नयाँ राष्ट्रपतिको चुनावसँगै चुनिएको हुन्छ।
यसरी खासमा अमेरिकी राष्ट्रपति औपचारिक रुपमा निर्वाचित हुने जनवरी ६ तारिखमा मात्रै हो। त्यसपछि नयाँ राष्ट्रपतिको शपथ जनवरी २० मा हुन्छ।
नपताउनेहरुले यहाँ हेरे पनि हुन्छ।
http://www.msn.com/en-gb/news/uselection/donald-trump-could-still-not-become-president-because-of-%E2%80%98faithless-electors%E2%80%99-and-the-electoral-college/ar-AAk9Lcn?li=BBoPWjQ&ocid=UP97DHP
jankari ko lagi Dhanyabad
Hora
तपाईं पत्रकार महोधए बिद्द्वन , अरु सबै राष्ट्र को प्रतीनएधी (डोनाल्ड Trump लाई बधाइ दिने) हरु मुर्ख ।संसार का न्युज हरु जस्ले Trump 45th US प्रेसिडेन्ट लेख्ने हरु हावा भन्नु खोज्नु भाको हो ?
भन्न खोजेको भनेर अनुमानतिर नलाग्नुस्। सही के हो, तथ्य के हो माथि लेखेको छु, पढ्नुस्। गलत लेखेको भए चुनौति छ, औँल्याउनुस्।
अनुप जी
अहिले सम्म तपाइले भने जस्तो संसारका न्युज हरु ले Trump लाइ 45th US President भनेका छैनन् …. Trump लाइ President-elect भन्छन अनि Jan 6 मा चुनाव जिते पछि मात्रै President Trump भन्न थाल्नेछन
बडा देशका बडा कुरा… नेपाली का लागी कथा!!!