Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम : मूलधारे मिडियाको गोली किन चुक्यो?

Posted on November 9, 2016 by Salokya

hillaryनेपालमा जस्तो लुकेर हैन खुलेरै अमेरिकी मूलधारका मिडियाले पक्षधरता देखाएको थियो। त्यहाँका मिडिया हेर्दा अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम के होला भनेर सहजै अनुमान गर्न सकिन्थ्यो- रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पको निश्चित पराजय। अन्तर कहिले बढी कहिले कम। तर डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टन पछि परेको समाचार कहिले पनि आएन। अहँ कहिले पनि।

तर जब हिजो निर्वाचन सकिएर मतगणना थालियो र परिणामहरु आउन थाले। त्यतिबेला कहाँ गए यी मूलधारे मिडियाका फरकास्ट, ओपिनियन पोलहरु? यो ब्लग लेख्दासम्म एक पटक पनि क्लिन्टनले अग्रता हासिल गरेको देखिएन।

सुरुदेखि अहिलेसम्म निरन्तर ट्रम्पको अग्रता कायम छ। किन त?

मूलधारे मिडियामा त उनको छवि राक्षस थियो- मूर्ख, अज्ञानी, महिलालाई कुदृष्टि राख्ने, सनकी। क्लिन्टन त भगवानै थिए। अनि किन त भगवानको साटो राक्षस चुनेका अमेरिकी मतदाताले?
trump11
ब्लग लेख्दासम्म पूरै परिणाम आइसकेको छैन। तर जति आएको छ त्यतिले देखाएको छ अमेरिकी मूलधारे मिडियाको प्रभावमा मतदाता परेनन्। किन? केको प्रभावमा परे त? त्यसको जवाफ अब त्यहाँका मिडियाले खोज्नु पर्ने भएको छ।

सोसल मिडियासमेत समेटिने न्यु मिडियाले पाठक सक्रिय हुने र सञ्चार अन्तर्क्रियात्मक मोडलमा गएको भन्छ। अध्ययनहरुले त्यही देखाउँछ। तर हाम्रा मूलधारे ठूला मिडियाका हर्ताकर्ताहरु भने अझै ८० वर्षपछाडिको म्याजिक बुलेट थ्यौरीमा नै अड्‌किएका छन्, जसले पाठकलाई निस्क्रिय ठान्छ। आफ्ना समाचार सामाग्रीलाई जादुमय गोली ठान्छ, ड्याङ्ग गोली हान्दियो, ठ्याक्कै पाठकको टाउकोमा लाग्यो। लट्ठ भयो। हामीले भनेकै कुरा पत्यायो। यो बीचमा कति थ्यौरी आइसके, तर मिडिया भने त्यही ह्याङओभरमा छन्। त्यसैको परिणाम हुनसक्छ यो।

के अति भक्तिगानले बुमर्‍याङ गरेको हो क्लिन्टनलाई? के अतिले खति भएको हो क्लिन्टनलाई? कि राष्ट्रवादको ज्वरोले च्यापेको हो अमेरिकीहरुलाई?

जे भए पनि मिडियाको बलमा चुनाव नजितिने चाहिँ प्रष्टै भएको छ अब।

विश्व राजनीतिमा प्रभाव पार्ने अमेरिकी नेतृत्वको निर्वाचनले अब के कस्तो प्रभाव पार्ने हो त्यो पनि हेर्न रोचक हुनेछ आउँदा दिनमा। अहिले भने प्रतीक्षा गरौँ- निर्वाचनको अन्तिम परिणाम कस्तो आउने हो?

3 thoughts on “अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम : मूलधारे मिडियाको गोली किन चुक्यो?”

  1. madan shrestha says:
    November 10, 2016 at 8:28 am

    अहिले को उत्तरअाधुनिक संसार धार्मिक र जातिय अतिबाद मा तिब्र पाइला चाल्दै छ, यही जातिबाद, पहीचानबाद र धार्मिक कट्टर्पन्थी हरु को होड्बाजी हुँदा हुँदै सम्पूर्ण मध्यपुर्व को नयाँ जेनेरेशन ले अल्काइदा, अाइसिस, हमास जस्ता कट्टर्पन्थी मूसलमान आतंककारी हरु जन्माएका हुन, अमेरिका पनि यही कट्टरबादी धार्मिक प्रातनबादी जागरण मा परेको हो, डोनल्ड ट्रम्प ले यस्तै नयाँ जेनेरेशन को प्रतिनिधित्व गर्दछन, मुसल्मान हरु को कट्टर्पन्थी लहर को प्रतिकार गर्न को लागि अमेरिकामा धार्मिक पुरातन बिचार हरु ले जितेको हो, आईमाई लाई हेप्ने, गोरा हरु बाहेक अरु जाती लाई सानो जाती को ब्यवहार गर्ने, पुरुष अहन्कार बादी घमण्डी रुढिबादी ट्रम्प ले एस्तो बिचार को प्रतिनिधित्व गर्छन्
    नेपाल मा चाँही आफ्नै मौलिक सन्स्क्रिती लाई घ्रिणा गर्ने, गाई काट्ने, मान्छे काट्ने, धर्म लाई लात हान्ने, आईमाई लाई बम्बै मा बेच्ने स्वच्छन्द छाडा मान्छे लाई हामी हिरो भन्छौ। हाम्रा हिरो नेता हरु हाम्रो धर्म लाई लात मार्छन्, र हामी लाई त्यो एकदम मन पर्छ

    Reply
  2. Durga Adhikari says:
    November 9, 2016 at 6:50 pm

    Trump wins, Congratulations.

    Reply
  3. sushil says:
    November 9, 2016 at 12:04 pm

    मुलधारको मिडियाले अझै पनि मान्छेले तिनको कुरा पत्त्याउँछन् भन्ठानेका छन्, तिनले जे फ़ुक्छन खास कुरो तेस्को उल्टो हुन्छ भन्ने जाने हुन्छ. अझ अमेरिकामा ७०% भोटर गोरा रहेछन, त्यसको कम्तिमा पनि ५०% को भोट त ट्रम्पलाई नै जान्छ (ट्रम्पको रेसिस्ट विचार संग सहमत हुने प्रतिशत त अझै धेरै होला). त्यो भनेको ३५% भोट पक्का हो. हिलारीसंग ट्रम्पको प्रतिस्पर्धा त बाँकी भोटको लागि हो जस्तो लागेको थियो मलाई. ट्रम्पको विरुद्ध हिलारीलाई जिताउनको लागि गोरा काला बिचको दंगा देखि लिएर मिडियामा रात न दिन हिलारी हिलारी भन्ने अनेक गरेका थिए, केही काम लाग्ला जस्तो छैन.
    खुब स्विमिङ्ग पुलमा मिनरल वाटर राखेर नुहाउनु पर्ने… LOL

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme