अमेरिकामा नयाँ राष्ट्रपति चुन्न निर्वाचन भइरहेको छ। अमेरिकीहरुले सीधै राष्ट्रपति चुन्ने नभई आफ्ना प्रतिनिधिहरु चुन्ने हुन् र ती प्रतिनिधिहरुको इलेक्टोरल कलेजले राष्ट्रपति र उपराष्ट्रपति चुन्छन्। अमेरिकामा जनसंख्या अनुसार प्रत्येक राज्यबाट निश्चित संख्यामा इलेक्टोरलहरु चुनिन्छन्। कूल चुनिने प्रतिनिधिहरुको संख्या ५३८ हुन्छ र त्यसको बहुमत अर्थात् २७० मत ल्याउने निर्वाचित हुन्छ।
नेपालको चाहिँ के छ त? अहिलेसम्म रामवरण यादव र विद्या भण्डारी त ६०१ सदस्यीय संसदको तत्काल कायम रहेको संख्याको बहुमत ल्याउने निर्वाचित भएका हुन्। तर नयाँ संविधान अनुसार त्यस्तो छैन।
नयाँ संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया अलि अलि अमेरिका जस्तो छ। अर्थात् हाम्रो राष्ट्रपति र उपराष्ट्रपति पनि निर्वाचक मण्डलबाटै चुनिने हुन्।
निर्वाचक मण्डलमा चाहिँ संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सदस्य र प्रदेश सभाका सदस्यहरु मतदाता रहन्छन्। अमेरिका ५३८ को निर्वाचक मण्डल हुन्छ। नेपालमा चाहिँ कति त ? कति- कति। अहिलेसम्म कसैले भन्न सक्दैन।
अझ जटिल त के बनाइएको छ भने संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरुको मतभार फरक हुन्छ। यो के कसो गर्ने भनेर चाहिँ संघीय कानुनले व्यवस्था गर्छ। यो कानुन बन्न बाँकी छ।
संघीय संसदमा पनि प्रतिनिधि सभा त जनताले प्रत्यक्ष/समानुपातिक दुवै गरी चुन्ने भइहाले। १६५ प्रत्यक्ष ११० समानुपातिक। राष्ट्रिय सभामा चाहिँ ५९ सदस्य रहन्छन्। यो स्थायी सदनका रुपमा रहनेछ। यसमा ५६ जना सदस्य प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलले चुन्ने हो। हरेकको मतभार फरक हुन्छ फेरि।
यस्तो निर्वाचक मण्डलले चुनेका सदस्यहरुसहितका मतदाता हुन्छन् राष्ट्रपति चुन्ने निर्वाचक मण्डलका। त्यसमा कुल मतको बहुमत ल्याउने राष्ट्रपति निर्वाचित हुन्छ। कसैले बहुमत ल्याउन नसके नि? बढी मत ल्याउने दुई जनाबीच मतदान हुन्छ। त्यसमा कूल मतको ५० प्रतिशतभन्दा बढी मत जसले ल्याउँछ ऊ निर्वाचित हुन्छ।
फेरि पनि ५० प्रतिशत कसैले ल्याउन नसके नि? पुनः मतदान हुन्छ। यस पटक चाहिँ कूल सदर मतको बढी मत ल्याउने निर्वाचित हुन्छ।
अब फेरि एक पटक अमेरिकामा जाउँ न त। अमेरिकामा चाहिँ कसैले पनि २७० इलेक्टोरल भोट ल्याउन नसके के हुन्छ? यस्तो कमै हुन्छ। अमेरिकाको इतिहासमा सन् १८२४ मा मात्रै एक पटक यस्तो भएको थियो।
यस्तो भयो भने त्यहाँको प्रतिनिधि सभा (हाउस अफ रेप्रेजेन्टेटिभ) ले शीर्ष तीन उम्मेदवारमध्येबाट एक जनालाई मतदानबाट राष्ट्रपति छान्छ। उपराष्ट्रपति छान्ने अधिकार चाहिँ सिनेटमा हुन्छ।
My apologies Mr. Salokya, I have been reading your news blog for many years and always admire your courage and due diligence. You are a trustworthy and bright journalist of Nepal. Since you have corrected my miss conception I went through the link you have given and other many related material in particular issue that I was arising. I got into a conclusion that I was wrong and miss conceptted myself . Matter fact, we don’t notice any electoral college and don’t pay attention Nov. 19 voting in US. As soon as election is over most people watch presidential inaugurations or auth day. The reason I always think I was miss informed but it’s clear!! Thank you keep it up!!!
Electro college American राज्य(स्ततेस) हरुमा जनसंख्याको आधारमा बनाएको प्रतिनिधि संख्या हो तर तेहा कुनै व्यक्ति हुदैन l example प्र्यिथिबिको latitude एंड longitude जस्तो, मात्र हिसाबकिताब l जसले गर्दा कुल खसेको मतसंख्या भन्दा electro college को आधारमा चुनाब हारजित हुन्छ , जुन अहिलेको चुनाबी परिणाम हो / यदि EC बराबरी भयो भने पोपुलर vote (कुल खसेको मत ) को आधारमा चुनाबको हारजित हुन्छ जस्तो सन् २०००मा एल गोर र G w भुष को चुनाबी/ I think there are lots of miss conception about it even in law college teacher ( constitution law ) though us same way as the blogger mentioned .
ए, व्यक्ति हुँदैन? ठूलै भ्रममा हुनुहुँदो रहेछ। त्यसो भए डिसेम्बर १९ तारिखमा कसले भोट गरेर राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने रहेछ?
सबैभन्दा पहिला के बुझ्नुस् भने Electro college शब्द नै गलत छ। यसलाई Electoral College भनिन्छ। अमेरिकी मतदाताले आफ्नो राज्यमा ‘electors’ चुन्न भोट गर्ने हुन्। हरेक राज्यमा दलहरुले electors नियुक्त गरेका हुन्छन्। ती भनेको व्यक्ति नै हुन्।
कहिलेकाहीँ यी electors ले अर्कै उम्मेदवारलाई पनि भोट गरिदिन्छन्। पछिल्लो पटक सन् २००४ मा मिन्नेसोटाका एक जना इलेक्टरले डेमोक्रेट उम्मेदवार जोन केरीलाई भोट दिनुपर्नेमा जोड एडवार्डलाई दिएका थिए। व्यक्ति नहुने भए यस्तो हुन्थ्यो? तपाईँलाई अलि ठूलै भ्रम रहेछ अमेरिकी निर्वाचन प्रक्रियाबारे यो पढ्नुस्- बुझ्न सजिलो होला http://www.nytimes.com/2016/11/09/us/politics/how-does-the-electoral-college-work.html
अनि तपाईँले भने जस्तै यदि EC बराबरी भयो भने पोपुलर vote (कुल खसेको मत) को आधारमा चुनाबको हारजित हुने भए सन् २००० मा त अल गोरले चुनाव जित्नुपर्ने। किनकि पपुलर भोट त उनले 50,999,897 ल्याएका थिए किन 50,456,002 मात्र ल्याउने जर्ज डब्लु बुस राष्ट्रपति भए त?
you are absolutely wrong.
The American people vote for their President. Don’t bullshit people.
हो, तपाईँ जस्तैका लागि लेखिएको हो यो ब्लग। तपाईँले अमेरिकी राष्ट्रपति निर्वाचन प्रक्रिया पटक्कै बुझ्नुभएको रहेनछ। एक पटक पढ्नुस्। त्यहाँ राखिएको भिडियो हेर्नुस्।