Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तरकारीवालीको पछि लागेका मिडियावालालाई खोजमूलक समाचार बनाउन थप टिप्स

Posted on November 6, 2016November 6, 2016 by Salokya

14731135_1178181672274647_795652036571128396_n

चितवनको कलेजमा प्लस टु पढ्दै गरेकी एक किशोरी दशैँ विदामा घर आएका बेला बाआमालाई सघाउन तरकारी बोकेर पुल पार गरिन्। एक जनाले फोटो खिच्यो, फेसबुकमा हाल्यो। मान्छेहरुले फेसबुक र ट्विटरमा सेयर गर्न थाले। भाइरल भयो। पाकिस्तानमा चायवाला भाइरल भएको थियो। त्यही मौकामा भारतीय मिडियाले नेपालबाट मसला पायो। भारतीय मिडियाले भाइरल बनाएपछि नेपाली मिडियापछि लाग्यो। राष्ट्रिय दैनिकहरुदेखि लिएर टेलिभिजनमा खबरभित्रको खबरदेखि सरकारी नेपाल टेलिभिजन र विदेशीमा नेपाली बिबिसीदेखि अङ्ग्रेजी बिबिसी समेत उनै किशोरीको अन्तर्वार्ता छ्याप्छ्याप्ती। संविधान संशोधनदेखि लोकमानलाई महाभियोग र एनसेल कान्डसम्मका विषयवस्तुलाई एकातिर राखेर तरकारीवालीको पछि लागेका मिडियाहरुको कन्टेन्टलाई अझै निखार्न र खोजमूलक समाचार बनाउन केही टिप्स

fotorcreated

टिप्स १ : पुल तर्दा पहेँलो र नीलो रङ्गको क्रेट पुल तरिसकेपछि कसरी खैरो रङको भयो? खोजमूलक पत्रकारिता आवश्यक भयो।

टिप्स २ : पर्यटनमा काम गर्ने रुपचन्द्र महर्जनले उनको फोटो खिचेर फेसबुकमा राखेको भनिएको छ। अनि उनले कुसुम श्रेष्ठलाई नचिनेको पनि भनिएको छ। अनि चिन्दै नचिन्ने भए रुपचन्द्रसँग कुसुमको र उनको काकाको फोन नम्बर कसरी भयो त? खोज्नु पर्‍यो पत्रकारहरुले।

टिप्स ३ :  काठमाडौँ आएर नेपाल टेलिभिजनमा अन्तर्वार्ता दिँदा उनले किन भाइरल भएकै फोटोमा रहेको हरियो बुट्टेदार कुर्ता लगाइन्? कुर्ता उही तर सुरुवाल किन कालै नलगाएर रातो लगाइन्? के हरियो उनको फेभरेट कलर हो?

14938265_1178181632274651_3717914143484083449_n

टिप्स ४ : आखिर त्यो कुर्ता कहाँ किनिएको थियो?

टिप्स ५ : त्यो कुर्ता कति रुपैयाँमा किनिएको थियो?

टिप्स ६ : को थियो पसलवाला जसले कुर्ता बेच्यो र तरकारीवालीलाई भाइरल हुन सघायो?

टिप्स ७ : हरियो कलरकै मोबाइल किन बोक्छिन् उनी?

टिप्स ८ : भाइरल भएको फोटोमा उनले मोबाइलबाट कसैसित कुरा गरिरहेकी देखिन्छिन्। कोसित भएको थियो त्यो कुराकानी?

टिप्स ९ : भाइरल भएको फोटोभित्रको कथा : के भन्छन् फोनमा कुरा भएको तर फोटोमा नदेखिएका व्यक्ति?

टिप्स १० : कति किलोको थियो त्यो भारी जुन भाइरल भएको फोटोमा देखिन्छ।

14900403_1178202005605947_3968099012590308993_n

आशा छ यी टिप्सको माध्यमबाट मिडियाले यो बारे अझै खोजमूलक खबर पस्कन प्रेरणा पाउनेछ। मिडियाले पनि बलेकै आगो ताप्नै पर्छ। तर हामीलाई भने यस्तो भइसक्यो-

14907583_676908772467860_2920036149935321448_n

16 thoughts on “तरकारीवालीको पछि लागेका मिडियावालालाई खोजमूलक समाचार बनाउन थप टिप्स”

  1. dipanjaali says:
    November 7, 2016 at 9:03 am

    हाहाहा हास्दा हास्दै पेट दुखेर मर्नै आटे …सहि हो , जे होस् ऋषि धमला को याद चै आइ रहने भो

    Reply
  2. Season Ido says:
    November 6, 2016 at 1:56 pm

    Good thought where is file of the lok man karki
    Please arise the hand about it….

    Reply
  3. Saamu Malla says:
    November 6, 2016 at 7:38 am

    Kk na thulo kura vetay jasto

    Reply
  4. keshav says:
    November 6, 2016 at 11:49 am

    नेपाली पत्रुकार लाई “अमिर खान को -पिप्ली लाइव ” भन्ने फिल्म हेर्न अनुरोध छ, ठिक तेही हविगत हो हाम्रा सोघोसित पत्रुकार हरु को ताल पनि , हेर्दै जानुस …फलानो को आची कस्तो थियो..ब्रेअकिङ्ग अपडेट ” कसरि दिसा गर्छ सब…..त्यो फिल्म एकचोटी हेर्नोस.

    Reply
  5. Pradeep Bahadur Gubhaju says:
    November 6, 2016 at 4:37 am

    ajib ko cha nepali ko kehi ptrakar bhanaudaharu ko patrakarita??? chahe tyo interviewer, chahe tyo photo patrakar r aru k k???

    Reply
  6. Lilanath Ghimire says:
    November 6, 2016 at 3:54 am

    अहिलेका मिडिया आचीका लिड जस्तै भए बाटै भरी छयाप छ्याप काम छैन कस्तो भित्र बस्र के कस्तो छ को सङ कस्को बेहे हुन्दैच्ज कस्की जोई ब्याउने भै येस्तै एस्तै खबर दिन्छन फेस बूकमा
    धिक्कार होस यिनिहरुको कलम को मसि

    Reply
  7. Kamal Dhakal says:
    November 6, 2016 at 3:44 am

    सटिक सुझाव !

    Reply
  8. Feroz says:
    November 6, 2016 at 8:38 am

    Afu lea kati ko photo rakheo khai ke fela parenea yo kosle kosle k garyo ani kk bhayo bhanera kati saro apati ho? maja ma lenu parne kura garu kina yeti dherai question mark? sabai subject lai eutai taraju ma rakhera jokhna na thalau. kunai kunai bela maja ma pani leau.

    Reply
  9. Rohini says:
    November 6, 2016 at 7:16 am

    र यो टिप्स पनि: कस्तो छ उनको चिना? ज्योतिषीले उनको भबिष्य को बारेमा के भन्छन?

    Reply
  10. Deep Shrestha says:
    November 6, 2016 at 12:47 am

    Haha bichara padhya lekhya bheda haru..

    Reply
  11. Subash Gautam Nepali says:
    November 5, 2016 at 11:58 pm

    Sahi tips dinu vayex. Aru kehi navettayer yastai bakamfuse kurako paxi media lager ta.

    Reply
  12. Chandra Acharya says:
    November 5, 2016 at 11:27 pm

    India ko chal rajnitik chal

    Reply
  13. Hari Thapa says:
    November 5, 2016 at 11:23 pm

    मिडिया मा नबुझेको कुरा जब माई संसार बल्ग पढिन्छ कुरा प्रष्ट बुझिन्छ अब त माई संसारमा अाएन भने ती च्याउ सरी मिडियाको खबर झुट हो कि भन्ने लाग्छ र माई संसार पढेपछि चित्त बुझ्छ..

    Reply
  14. Loril Rai says:
    November 5, 2016 at 10:31 pm

    Yo hi ho Nepal ko patrakar:kam painas pada ko kando kanna bhane ukhan sanga tayakkai ni?

    Reply
  15. जीवन मुकारुङ says:
    November 5, 2016 at 8:28 pm

    यो इन्डियाको राजनीतिक ब्लाक मेजिक हो हामीले भनेको मान हाम्रो कुरा मानिस भने जिरो बाट हिरो बनाउछौ भन्नु खोज्या हो, अरु केही होइन ..! कुरो प्रस्ट छ , केही दिन अघी पाकिस्तानी च्याया वाला . दुइचार दिन पछी नेपाली सब्जी वाली …!

    Reply
  16. Arjun says:
    November 6, 2016 at 1:28 am

    Hahaha. Umesh ji very precise satire. There are millions tarkari wali/ walas in our country. It is really “bhede” habbit of journalists.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme