यतिखेर उत्तर अमेरिका लगायतका उत्तरी गोलार्द्धका धेरैजसो भूभागमा पाइने अधिकांश वनस्पतिहरुले आफ्नो मौलिक रङ हरियोलाई फेरेर रातो, सुन्तले, खैरो, पहेंलो आदि रंगिचङ्गी बनाएका छन्। माइसंसारका पुराना पाठकहरुलाइ हेक्का हुनपर्दछ, मैले विगत केही वर्षदेखि नै शरद् ऋतुमा वनस्पतिहरुले रङ फेरेको फोटोहरु राख्दै आइरहेको छु। यसपालि पनि अमेरिकाको बोष्टन वरपर खिचिएका २२ फोटोहरु।
सम्बन्धित ब्लग
फल कलर्स On October 28, 2013
फोटोग्राफीमा उत्तमवावु अब्बलै देखिनुहुन्छ । फोटोग्राफी पढनेलेभन्दा राम्रो फोटो खिच्नुहुन्छ । केहीसाल पहिले डोल्पा जाँदाको खिचेको डोल्पा तिरको फोटोले त पुरस्कारै पाएको थियो नेपालस्थित अमेरिकी दुतावासबाट ।
ठुला घर , प्राकृतिक सौन्दर्य , ठुला सहर देखेर किशोर कुमार को एउटा गीत याद आउछ ” सोने चादी के उचे महलो मे, दर्द ज्यादा हे चैन थोडा हे ”
यदि मन शान्त छ भने पुल मुनि र झोपड पट्टिमा पनि मानिस रमाएकै छ , सुकुम्बासी बस्तीमा पनि रेडियो गीत सुनेर मजा लिएकै छन |
अब अशान्त मन हुदा दरबारमा समेत हत्या काण्ड भएको देखियो , मानिस झन् दुखि देखियो |
तेसैले यो सौन्दर्य को जान मानिस आफै भित्र छ |
जतिनै दुख भए पनि मानिस तै महलमा त्यो उचाईमा पुग्न्न चहनछ किनकी उसलाई त्यो दुख था हुदैन जब सम्म उ त्य्या पुग्दैन.
के राम्रो छ र
यो भन्दा हाम्रो मनाङ मुस्ताङ डोल्पा हुम्लातिर को फोटाहरु अझ बढी दामी हुन्छन् नि
नेपाली भएर नेपालकै पो फोटो हालेर प्रचार गर्नुपर्ने त
वाह
के म यसलाई वालपेपर बनाएर राख्न सक्छु
अरु साइटले जस्तै माइसंसारले वालपे्पर डाउनलोड बनाएर राखे राम्रो
गजबका फोटोहरु ।
कुन क्यामेराले खिचेको हो कस्तो सेटिङ्स त्यो पनि जानकारि राखे राम्रो हुने