Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केले बनायो तरकारी बोकेकी किशोरीलाई विशेष?

Posted on November 5, 2016November 5, 2016 by Salokya

fotorcreated
यतिबेलासम्म तपाईँले ‘तरकारीवाली’ भन्दै इन्टरनेटमा भाइरल भएकी गोरखाकी किशोरी कुसुम श्रेष्ठको बारेमा निकै थाहा पाइसक्नुभएको हुनुपर्छ। सोसल मिडियाको घेरालाई नाघेर मूलधारे मिडियामा समेत यो छाइसकेको छ। मूलधारे मिडियामा आएका फोटोहरु तपाईँले याद गर्नुभयो होला- कुनै पनि फोटो त्यति इम्प्रेसिभ देखिएको छैन, जति सुरुका दुई फोटो थियो। त्यसो भए केले बनायो त तरकारी बोकेकी किशोरीको फोटोलाई विशेष? जबकि पछिल्ला फोटोहरु फोटोग्राफर र पत्रकारहरुले खिचेका थिए भने भाइरल भएको फोटो खिच्ने रुपचन्द्र महर्जन पेशाले फोटोग्राफरसमेत हैनन्। यस्तै प्रतिक्रिया आएको थियो पाकिस्तानी चायवालाका भाइरल भइसकेपछिका फोटोहरुमा पनि। चायवालाकोमा पनि प्रश्न उठेको थियो- अर्शद खानको ‘लुक्स’ राम्रो हो कि उसको फोटोको एङ्गल राम्रो भएको हो?

कुसुमको फोटोमा पनि त्यस्तै भएको छ। पछिल्ला फोटोहरु भाइरल भएका फोटोहरु भन्दा झन् राम्रो हुनुपर्नेमा त्यस्तो देखिएको छैन।
14915603_1238604946197883_1844565030739564880_n

नागरिकमा शुक्रबार छापिएको फोटो
नागरिकमा शुक्रबार छापिएको फोटो

04112016085601kusum_shrestha_tarkaribali_11-1000x0
इकान्तिपुरमा शुक्रबार छापिएको फोटो। पुल उही तर भाइरल भएको फोटोको लुक्स र एङ्गलनै बेग्लै
tarkariwali

अर्शद खानको फोटो भाइरल हुनुमा आर्थिक हैसियत उँचो नभएका मानिस पनि ह्यान्डसम हुन्छ भन्ने सिद्धान्तले बल दिएको थियो। तरकारीवाली भाइरल हुनुमा यसको पनि हात छ।
pak-chaiwala-759
‘चायवाला’ले एउटा सामान्य मानिस पनि इन्टरनेट सेलिब्रिटी हुने तथ्य जबर्जस्त स्थापित गरिदिएको थियो। तर यो पाकिस्तानको घटना थियो। पाकिस्तानी कलाकारले खेलेको भन्दै दीपावलीमा रिलिज भएको ए दिल है मुश्किलसमेत बहिस्कार गर्न खोजेका भारतीय जमातलाई पाकिस्तानी केटो भाइरल भएको पच्ने कुरा पनि भएन।

ठीक यति नै बेला नेपालमा चायवालाकै प्रभावले तरकारीवाली फेसबुक र ट्विटरमा भकाभक सेयर हुँदै थियो। पाकिस्तानलाई काउन्टर दिन पनि भारतीय मिडियाले अर्कै मान्छेलाई भाइरल बनाउन सघाइदिए। तरकारीवाली भारतीय मूलधारका मिडियामा छायो। त्यसपछि त्यसले पाकिस्तानलाई पनि छोयो। इन्टरनेटको भौगोलिक सीमा हुँदैन तर चायवाला र तरकारीवाली दक्षिण एसिया मूलका बासिन्दा माझ मात्रै भाइरल भएका हुन्। पूरै विश्वमा होइन।

पूरै विश्वमा भाइरल भएका उदाहरणमा gangnam style गाउने psy लाई लिन सकिन्छ। कोरियाली भाषाको भए पनि यो गीत विश्वभरका बासिन्दामाझ भाइरल भएको थियो। पछि यसले युट्युबको भ्युअर काउन्टकै रेकर्ड बनायो।

त्यो स्तरमा नभए पनि नेपाली गायक भीम निरौलाको ‘सन्डे मर्निङ लभ यु’ गीत पनि विश्वमा भाइरल हुन पुगेको थियो। यद्यपि त्यो लामो समय कायम भने रहेन। भीम निरौला अहिले खासै चर्चामा छैनन्। उनले नयाँ गीत निकाले पनि त्यसको चर्चा खासै हुँदैन।

कसरी हुन्छ भाइरल?
इन्टरनेटमा कतिखेर के विषय भाइरल हुन्छ कसैले भन्नै सक्दैन। भाइरल हुने भनेको छिटो छिटो एकबाट अर्को गर्दै फैलँदै जानु हो। न्युयोर्क म्यागेजिनले इन्टरनेट सेलिब्रिटीहरुको बारेमा लेखेको एउटा लेखमा यस्तो खालको फेमलाई भूकम्पसँग तुलना गरिएको छ। अर्थात् कहिले आउँछ थाहै नहुने। पूर्व सूचना हुँदै नहुने। आइसकेपछि बल्ल थाहा हुने।

त्यही लेखमा इन्टरनेटबाट ख्याति पाएका केही व्यक्तिहरु पछि के भए भन्ने खोजी गरिएको छ। धेरै यत्तिकै हराएर गएका छन्। केहीले नयाँ करिअर सुरु गरेका रहेछन्।

gangnam style गाउने psy, बेबी गाउने जस्टिन बिबर पनि इन्टरनेटबाटै फेमस भएका हुन्। उनीहरु अझै फेमस नै छन्।

तपाईँ पनि कुनै बेला इन्टरनेट सेलिब्रिटी हुन सक्नुहुन्छ। तर यो तपाईँ एक्लैको बसको कुरा भने हैन। कुसुम श्रेष्ठ पनि उनले वा उनका अरु केही साथीले चाहेको भरमा इन्टरनेट सेलिब्रिटी हुन सम्भवै थिएन। तर उनले आफूले पाएको एक्सिडेन्टल सेलिब्रिटी स्टायटसलाई कसरी उपयोग गर्ने हुन्, हेर्न बाँकी छ। उता पाकिस्तानको चायवालाले भने केही मोडलिङ कन्ट्र्याक्ट पाइसकेको छ।
707733481

chai-wala-2-600x397

chai-wala-4-600x397

8 thoughts on “केले बनायो तरकारी बोकेकी किशोरीलाई विशेष?”

  1. दिप्रोज राई says:
    November 5, 2016 at 9:55 am

    भाईरल हुन न त लुक्स नै चाहिन्छ न त चुक्स नै… बस् फोटोग्राफर र पत्रकारको अाँखामा पर्नु पर्यो अनि बलियो मिडिया…म चाहन्छु गरिब निमुखा बालबालिका को भाईरल बनियोस् तर किन बनिदैनन् त???

    गरिब निमुखाहरु माथि गर्न सकिने सहयोग नै तेई हो उनीहरुलाई भाईरल बनाईयोस् ।।

    Reply
  2. Season Ido says:
    November 5, 2016 at 3:45 am

    You writer, why you are comparing this innocent girl to with Justin biber lol you mad

    Reply
    1. Mysansar says:
      November 5, 2016 at 2:46 pm

      बुझ्नुवर्नु छैन कम्पेयर गरेको रे। इन्टरनेटमा भाइरल भनेको के हो? भाइरलबाट कति सेलिब्रिटी पनि बनेका छन् कति गुमनाम पनि भएका छन् भनेर उदाहरण दिएको हो। बुझ्नुपरो के पहिला

      Reply
    2. Season Ido says:
      November 5, 2016 at 3:54 pm

      Lol Jpt

      Reply
  3. sushil says:
    November 5, 2016 at 5:47 am

    अनुमति लिएर फोटो खिच्नुपर्ने थियो. सहरबाट ढल्किदै घांटीमा क्यामरा हल्लाउदै गाउँ गयो अनि जसको पायो उसको फोटो खिच्नु अलि सभ्य भएन. भाइरल भनेको कुनै उपलब्धि होइन, एकछिनको हल्ला खल्ला मात्रै हो. दक्षिणीहरु यसमा माहिर छन्, तिनको सिको गर्नु हुँदैन.

    Reply
  4. Ajay says:
    November 5, 2016 at 4:32 am

    काम गरेर खान लाज नमान्ने, परिश्रम नै धन हो भन्ने मान्येता बोकेकी, अति सरल र सुन्दरी ,गरिब देशकी धनि युवती!!

    Reply
  5. Tulsi Jung Basnet says:
    November 4, 2016 at 10:17 pm

    You people need to support her. We need to support her

    Reply
  6. Shankar Gautam says:
    November 4, 2016 at 7:55 pm

    http://m.khaleejtimes.com/offbeat/after-chaiwala-internet-falls-in-love-with-nepali-veggie-seller India matra Hoina uae ma yaha ko main newspaper haru ma cover paunu bhaxa sir .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme