Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केपी ओलीको नाममा कुन चैँ फटाहाले गरेछ झलनाथ र माधव नेपालबारे गलत हल्ला

Posted on November 4, 2016November 4, 2016 by Salokya

बिहीबार बिहान फेसबुकमा केपी ओलीको नाममा एउटा स्टायटस पोस्ट भयो जसमा यस्तो लेखिएको थियो-
oli-facebook
केपी ओलीको नाम छ, सयौँले लाइक गरेका छन्, कयौँले सेयर गरेका छन्, कमेन्ट लेखेका छन्। हैन जस्तो त लाग्दै लाग्दैन। तर वास्तवमा यो ओलीले हैन ओलीको नाममा कुन चैँ फटाहाले लेखेको हो भन्ने प्रमाणित हुन्छ तलका तीन फोटो हेरेपछि।

madhav_nepal
यो फोटो हो यो स्टायटस लेखिनुभन्दा अघिल्लो राति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा गरेको भोज (स्टेट ब्याङ्क्वेट) को। यसमा केपी ओलीको अगाडि माधव नेपाल प्रष्टै देखिन्छन्।

त्यही भोजको यो अर्को फोटोमा पनि भारतीय विदेश सचिव एस जयशंकरसँगै माधव नेपाल देखिन्छन्-
201611022306260

अनि यो अर्को फोटो हेर्नुस्, यसमा ओलीसँगै झलनाथ खनाल पनि देखिन्छन्-
state-banquet-1

भिडियो हेर्नुस्-

अघिल्लो रात आफूसँगै भएका आफ्नै पार्टीका नेता विदेशमा छन् भनेर असली केपी ओलीले लेखे होला त? हुनै सक्दैन।

तर त्यसो भनेर के गर्नु, मिडियामा पनि दुई नेता विदेशमै छन् भनेर आएको थियो यस्तो हेडलाइनमा-

केपी ओली लैनचौर गएनन्, झलनाथ र माधव विदेशमा

नक्कली केपी ओलीले भने जस्तै समाचारमा पनि लेखिएको छ- ‘एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल भने भियतनाम र जापानको भ्रमणमा रहेकाले उनीहरु मुखर्जीको स्वागतमा आयोजित कार्यक्रममा सहभागी हुन पाएनन्।’

अब भारतीय दूतावासको लञ्चमा किन ओली गएनन् त भन्ने मूल प्रश्नमा जाउँ। फेसबुकका फटाहाले जे कारण लेखे पनि उनका पिएले भने साथी मनोज सत्यालसितको कुराकानीमा यसो भने-

201611032207021
नभन्दै बिहीबार राति ओलीले भारतीय राष्ट्रपतिलाई भेटिहाले हायात होटलमै।

मिडियाले हचुवामा हान्दिए झलनाथ खनाल र माधव नेपाल विदेशमा छन् भन्दै। मिडियालाई नै विश्वास गरेर नक्कली केपी ओलीले पनि स्टायटस ठोक्दिए फेसबुकमा। कान नछामी कुद्‍नेहरु छँदैछन्।

बिचरा झलनाथ खनाल र माधव नेपाल चैँ घरमा बस्दै हेर्दै हाँस्दै होलान्- म त यतै छु, विदेश गए भनेर पो लेखिरा रहेछन्।

8 thoughts on “केपी ओलीको नाममा कुन चैँ फटाहाले गरेछ झलनाथ र माधव नेपालबारे गलत हल्ला”

  1. Sudhir says:
    November 5, 2016 at 9:01 am

    अनि विन्दोव्स Xp मा कसरी हटाउने नि ???

    Reply
  2. ashok kumar says:
    November 4, 2016 at 5:04 pm

    आजकल mysansar को लिंक मा डबल क्लिक गर्यो भने automatically यो website खुल्छ र webpage पनि बिगारी दिन्छ ! के भाको होला ?
    http://screenaddict.thewhizproducts

    Reply
    1. Salokya says:
      November 4, 2016 at 8:53 pm

      तपाईँको कम्प्युटरमा adware परेको हो। यसरी हटाउन सकिन्छ
      http://deletevirusmalware.com/screenaddict-thewhizproducts-com-removal/

      Reply
      1. Santosh says:
        November 5, 2016 at 2:52 am

        दाई Ipad मा कसरि हटाउने?

        Reply
  3. bir bahadur rana says:
    November 4, 2016 at 4:07 pm

    एमालेको हालत

    Reply
  4. cRIS says:
    November 4, 2016 at 6:01 am

    सायद ति नेताहरु त्यहि दिन विदेशबाट आइपुगी बेलुकीको कार्यक्रम भेटेका त होइनन??

    Reply
  5. Xenish Man says:
    November 3, 2016 at 8:42 pm

    कुनचै भडुवा रहेछ

    Reply
  6. Ram says:
    November 4, 2016 at 1:31 am

    खास कुरो चाही केहो नि, माधव र झलनाथ नेपाल छन् त

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme