Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकारिता हैन पार्टीकारिता कसरी हुन्छ- राससले एउटै हेडलाइनमा दिएका दुई समाचार हेर्नुस्, दङ पर्नुस्

Posted on November 3, 2016 by Salokya

rssnepal नेपालमा पत्रकारिताको आवरणमा पार्टीकारिता कसरी हुन्छ, त्यसको एउटा रोचक नमूना सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले चार दिनको अन्तरमा बनाएका दुई वटा समाचारबाट प्रष्ट देखिएको छ।

रासस नेपालको एक मात्र समाचार एजेन्सी हो। राष्ट्रिय महत्वका समाचार प्रस्तुत गर्नुपर्ने यो एजेन्सीले शनिबार एउटा समाचार बनायो- गोकर्ण-पाखाथोक पक्की सडक निर्माण हुने शीर्षकमा। बुधबार त्यही राससले त्यही शीर्षकमा अर्को समाचार बनायो। देशमा अरु कुनै समाचार बन्न लायक विषय नभएको जस्तो गरी एउटै ठाउँको स्थानीय समाचार एउटै शीर्षकमा आए पनि ‘कन्टेन्ट’ भने फरक छ। शनिबारको समाचार एमालेकरण भएको छ भने बुधबारको समाचारमा कांग्रेसीकरण। 

यो हेर्नुस् शनिबारको समाचार। यो समाचार पढ्दा एमाले सांसद रामेश्वर फुँयालकै अगुवाईमा यो सडक बन्न लागेको देखिन्छ। समाचारमा एमालेकै मात्र ‘कोट’ छ। स्थानीय बासिन्दाले राहत महसूस गरेको पनि सांसदकै प्रेस सहयोगी बताउँछन्।
rss-saturday

अनि यो हेर्नुस् बुधबारको समाचार। शीर्षक एउटै छ। तर यसमा एमाले गायब छ, कांग्रेस मात्रै छ। २०४७ सालमा कांग्रेसकै नेता मन्त्री हुँदा ट्रयाक खोलिएको भनेर जस लिन खोजिएको छ अनि कोट पनि कांग्रेसकै नेताको छ।

rss-wednesday

राज्यको ढुकुटीबाट तलब खाएर चल्ने राससमा यस्तो स्थानीय समाचार राख्न लायकै थिएन। तर राखियो। एक पटक हैन दुई पटक चार दिनको अन्तरमा। अनि समाचारमा सन्तुलन देख्नुभयो? एउटा समाचारमा एमालेलाई मात्र क्रेडिट दिन खोजिएको छ, अर्कोमा कांग्रेसलाई मात्र।

हुन पनि कांग्रेसको सरकार बन्दा कांग्रेसकै कार्यकर्ता र एमालेको सरकार बन्दा एमालेकै कार्यकर्ता पत्रकारका रुपमा भर्ती हुन्छन् राससमा। जनताको करबाट चल्ने राज्यको ढुकुटी खर्च हुने राससमा क्षमताका आधारमा वास्तविक पत्रकार नियुक्त नभई नूनको सोझो गर्नेहरु भरिएपछि पार्टीकारिता नभई पत्रकारिताको आशा गर्नु पनि त बेकार नै हो।

बिचरा त्यहाँ ‘समाचार’ बनाउनेहरुलाई टेन्सन होला- एमाले समाचार आयो, त्यसलाई कांग्रेस कसरी बनाउने, कांग्रेस समाचार आयो त्यसलाई एमाले कसरी बनाउने। पछिल्लो समयमा माओवादीहरु थपिए होलान् उनीहरुलाई पनि समाचारको माओवादीकरण गर्न मन लाग्दो हो। पार्टीकारिता यसरी नै फस्टाउँदै गइरहेको छ नेपालमा।

1 thought on “पत्रकारिता हैन पार्टीकारिता कसरी हुन्छ- राससले एउटै हेडलाइनमा दिएका दुई समाचार हेर्नुस्, दङ पर्नुस्”

  1. rahun says:
    November 3, 2016 at 1:55 pm

    Patrakar ko khol odheka parti ka karyakarta. Lazzasaranam.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme