नन्दबहादुर पुन नेपालका उपराष्ट्रपति हुन्। प्रोटोकलका हिसाबले वरियतामा दोस्रो नम्बरमा पर्छन् राष्ट्रपतिपछि। उनीपछि मात्रै कार्यकारी अधिकार भएका प्रधानमन्त्रीको पालो आउँछ। तर दोस्रो वरियताका भए पनि प्रोटोकलको वास्ता नगरी भारतीय राजदूत र व्यापारीहरुसँग एकै ठाउँमा उभिएर पुस्तक विमोचन गरिरहेको अवस्थामा पनि भेटिन्छन् उनी। (हेर्नुस् पुरानो ब्लग)
आज पनि त्यस्तै एउटा अमिल्दो दृश्य देखियो। कार्यक्रम थियो भारतीय राजदूतले आफ्ना राष्ट्रपति आएको दिन दिएको रिसेप्सन। दूतावासले भएभरका सबलाई निम्तो बाँडेको थियो। नेतादेखि साहित्यकार, पत्रकारसम्म। दूतावासले आफ्नो परिसरमा आयोजना गरेको कार्यक्रममा मञ्चमै उपस्थित थिए उपराष्ट्रपति पुन।
उपराष्ट्रपति पुनलाई भारतीय राष्ट्रपति मुखर्जी भेट्ने साइत लैनचौर दूतावासमै मात्र जुरेको पक्कै थिएन। उनको औपचारिक भेटघाटको कार्यक्रम मुखर्जी बस्ने होटल हयातमा मिलाइएकै थियो।
त्यहाँ उनले भेटे पनि। भेटको फोटो र भिडियो पनि सार्वजनिक भयो।
जब औपचारिक भेट तय थियो भने किन दूतावासको कार्यक्रममा ‘सवारी मन्त्री’ जस्तो भई राष्ट्रकै दोस्रो वरियतामा रहेका व्यक्तित्व त्यसरी उपस्थित भएका होलान्! अचम्मलाग्दो छैन त?
सुरुङ्ग युद्ध गर्छु भन्थे त यिनीहरुले ? अहिले टाङ्गमुनि छन् अब त्यहि टाङ्गमुनि बाटै दुइखुट्टा बिचको सुरुङ्गमा छिर्न बेर छैन गाँठे !
“पद” र “हैसियत” भन्ने दुई नितान्त फरक कुरा हुन्.
विकास समृद्दी के हो, कुटनीतिक मान मर्यादा भनेको के हो ? नेपालको सबै दलहरुको नालाएक मुख्य नेताहरुलाइ भैसींगोठमा लगेर दाम्लोले राम्रोसंग बाढेर घाँस हालेर एकदिनभरि बुझ्नेगरी ट्युसन पढाउँनुपर्छ !!
Lampasarbadko chanak !!
बक्सिस िलन छुट्ला भनेर गएको होला ।
कुरा ठिकै हो जस्तो लाग्यो मलाई पनि. नजानेपछि गर्ने के?
उप राष्ट्रपति क्रान्तिकारी नभएर साम्यवाद भएको हुनाले