Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोइरालाको ओलीले मेटाए, ओलीको प्रचण्डले : अमेरिकामा चाहिँ ओबामाले के गर्दैछन्?

Posted on November 2, 2016 by Salokya

potusphone-sm
अहिले सामाजिक सञ्जालको जमाना छ। नेपालका प्रधानमन्त्री पनि ट्विटरमा आए @pm_nepal ह्यान्डलमा। ऐरेगैरेले समेत ट्विटर ह्यान्डल भेरिफाइ गरिसक्दा पनि यो ह्यान्डलले अहिलेसम्म भेरिफाइको नीलो मार्क लगाउन सकेको छैन। त्यो छुट्टै कुरा भयो। यसको ह्यान्डलिङमा पनि अलपत्रे पारा देखिएको थियो। सुशील कोइरालाको पालामा यो ह्यान्डल सुरु भएको थियो। उनको पालामा गरिएका सबै ट्विट केपी ओली नयाँ प्रधानमन्त्री भएर आएपछि डिलिट गरिए। नौ महिनामा ओली पनि हटे। प्रचण्ड प्रधानमन्त्री भएपछि ओलीका सबै ट्विट डिलिट गरिए। अब अहिले सुशील कोइराला प्रधानमन्त्री हुँदाका र ओली प्रधानमन्त्री हुँदाका ट्विट खोजियो भने कतै भेटिँदैन। पहिलो सोसल मिडिया राष्ट्रपतिका रुपमा चिनिएका बाराक ओबामा अबको केही महिनापछि पदमुक्त हुँदैछन्। ठ्याक्कै यस्तै विषयमा उनले चाहिँ के गर्दैछन् त? यो हाम्रा लागि पनि शिक्षा हुनसक्छ।

त्यसो त अमेरिकी राष्ट्रपति ८ वर्षपछि बल्ल परिवर्तन हुँदैछ। हाम्रोमा जस्तो नौ नौ महिनामा परिवर्तन हुने प्रधानमन्त्री जस्तो पद त्यो होइन। तर पनि व्यक्ति भन्दा पनि पदको सोसल मिडिया अकाउन्ट खोल्दा त्यसको व्यवस्थापन कसरी गर्ने, बुझ्नु फाइदाजनक नै हुन्छ।

ह्वाइट हाउसले आफ्नो ब्लगमा यसको व्यवस्थापनबारे विस्तृत जानकारी नै दिएको छ। त्यसमा दिइएको जानकारी अनुसार @potus ह्यान्डल जनवरी २०, २०१७ देखि अमेरिकाको ४५ औ राष्ट्रपतिलाई दिइनेछ। अर्थात् डोनाल्ड ट्रम्प वा हिलारी क्लिन्टनमध्ये एकलाई। एक करोड १० लाखभन्दा बढी फलोअर त्यो ह्यान्डलमा कायमै रहनेछ। तर टाइमलाइनमा भने कुनै ट्विट रहने छैन।

त्यसो भए ओबामाले गरेका ट्विटहरु चाहिँ कहाँ रहन्छन् त? @potus44 ह्यान्डल नयाँ बनाइनेछ र त्यसलाई National Archives and Records Administration (NARA) ले मेन्टेन गर्नेछ। पुराना ट्विटहरु ट्विटरमा यही अकाउन्टबाट हेर्न सकिनेछ।

इन्स्टाग्राम र फेसबुकमा पनि नयाँ ह्वाइट हाउसले युजरनेम, युआरएल र फलोअर पाउनेछ। तर कन्टेन्ट भने टाइमलाइनमा केही रहने छैन। ओबामाको पालाका कन्टेन्टहरु फेसबुक र इन्स्टाग्राममा /ObamaWhiteHouse मा राखिनेछ।

त्यतिमात्र हैन, सोसल मिडिया कन्टेन्टहरु कसरी आर्काइभ गर्ने र सबैको पहुँचमा राख्ने भन्ने बारे ह्वाइट हाउसले सिर्जनशील उपायहरु छ भने पठाउन पनि आह्वान गरेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme