Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकार, बिहीबार विदा नदिने?

Posted on November 1, 2016November 1, 2016 by Salokya

9047_0052feeb26792080a4e9e187db25b282_1477581584_s
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन बुधबार सरकारले सार्वजनिक विदा घोषणा गर्‍यो। स्वागत गर्न देशभर किन विदा दिनुपर्ने? काठमाडौँमा ट्राफिक जाम हुने भए देशभर किन विदा दिनुपर्ने? जस्ता सही तर्क गर्नेदेखि हाजिर गरेर टाप ठोक्न भ्याउने, काम भनेको गर्नै नपरे हुन्थ्यो जस्तो गर्ने कर्मचारीहरुले समेत विदाको विरोध गर्न भ्याए। तर जस्तै विरोध भए पनि सरकारले विदाको निर्णय फिर्ता लिएन। ट्राफिक व्यवस्थापन गर्नुपर्ने जस्ता तर्क दिएरै सरकारले विदाको निर्णय उचित भन्दै गर्‍यो। ट्राफिक जाम नहुने ठाउँमा चाहिँ किन विदा दिनु पर्ने भन्ने प्रश्नको उत्तर भने दिन सकेन। अझ अमेरिकादेखि चीनसम्मका कुटनीतिक नियोगमा समेत विदा किन दिनुपर्ने त्यसको उत्तर पनि दिन सकेन। ट्राफिक जामको तर्क सवारीका कारण हुने सडक बन्दको सूची हेर्दा पनि सही देखिएन। मुखर्जी आउने दिन बुधबार भन्दा त्यसको भोलिपल्ट बिहीबार बढी सडक बन्द हुने स्थिति रहेछ। भित्र हेर्नुस् सूची-

कात्तिक १७ गते, बुधबार (यो दिन सार्वजनिक विदा घोषणा गरिएको छ। बिहान साढे ११ बजेदेखि बेलुकी साढे ८ बजेसम्म काठमाडौँका विभिन्न ठाउँमा सडकमा अवरोध हुनेछ)

बिहान ११ः३० देखि अपराह्न २ बजेसम्म
गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक मार्ग

अपराह्न १ देखि ३ बजेसम्म
केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, सोह्रखुट्टे र जय नेपाल मार्ग

अपराह्न १ः४५ देखि ३ः४५ बजे
गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक क्षेत्र

साँझ ६ः३० देखि बेलुकी ८ः३० बजेसम्म
गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालीमाटी, सोल्टीमोड, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल क्षेत्र।

कात्तिक १८ गते, बिहीबार (यो दिन विदा छैन,यो दिन त झन् बिहान ९ बजेदेखि नै राति १० बजेसम्म विभिन्न सडक अवरुद्ध हुनेछन्)

बिहान ९ देखि ११ बजेसम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्र

बिहान १० देखि अपराह्न २ बजेसम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, नागस्थान र नयाँ सडक क्षेत्र।

अपराह्न ४ देखि साँझ ६ बजेसम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्र।

साँझ ५ देखि बेलुकी ७ बजेसम्म
सिंहदरबार, भद्रकाली, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्र ।

साँझ ६ः३० देखि बेलुकी ८ः३० सम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शङ्खमूल क्षेत्र

बेलुकी ८ देखि राति १० बजेसम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्र

बुधबार र बिहीबारको तुलना गर्ने हो भने बिहीबार नै धेरै ठाउँमा सडक अवरुद्ध हुने देखिन्छ। त्यसैले सर्वसाधारणले दुःख नपाउन् भनेर विदा दिएको तर्क ठीक हो भने बुधबारभन्दा बढी हैरानी हुने दिन बिहीबार विदा दिनु पर्ने हो। सरकार, बिहीबार विदा नदिने त?

विदा दिन मन्त्रिपरिषद्को बैठकै बस्नुपर्ने त हैन, गृह मन्त्रालयले विदाको घोषणा गरिदिए हुने हो। प्रचण्ड सरकारलाई चाहिँ के के न जस्तो लागेर क्याबिनेटै बसेर विदा घोषणा गर्नुपरेको। त्यहाँमाथि चिनियाँ राष्ट्रपति आउँदा पनि विदाको घोषणा अहिले नै गरिदिइहालेको।

बिहीबार विदा नभएको दिन जाममा परेर दुःख पाएपछि शायद काठमाडौँका सडकमा हिँड्नेले यसो भनेर सराप्लान् प्रचण्डलाई- आज पनि विदा दिनुपर्दैन थियो?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme