Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तिहार सकिन लाग्यो, तयार रहनुस् भारतीय राष्ट्रपतिको भ्रमणले गर्ने ट्राफिक अवरोध, यी ठाउँमा यति बजे हुनेछ

Posted on October 31, 2016 by Salokya

traffic-light-infront-metro तिहार सकिन लाग्यो। तिहार सकिएको भोलिपल्टदेखि काठमाडौँका सडकमा अर्कै चटारो हुनेछ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका कारण काठमाडौँका सडक निश्चित समयमा बन्द हुनेछन्। यी सडकमा गाडीमात्र हैन पैदलयात्रीलाई समेत आवतजावत गर्न रोक्ने तयारी हुँदैछ। झण्डै दुई दशक हुन लागेछ भारतीय राष्ट्रपतिको नेपाल भ्रमण नभएको। त्यसैले पाहुनालाई सम्मान दिने क्रममा बासिन्दाले केही अप्ठेरो त भोग्नु पर्छ नै। तर धन्दा नमान्नुस्, भ्रमण जम्मा तीन दिने हो। त्यसमा पनि एक दिन त काठमाडौँबाहिरको कार्यक्रम छ भने एक दिन सरकारले सार्वजनिक विदा नै घोषणा गरेको छ- देशभर नै। कुन ठाउँमा कति बजे अवरोध हुन्छ त ?

कात्तिक १७ गते, बुधबार (यो दिन सार्वजनिक विदा घोषणा गरिएको छ)
बिहान ११ः३० देखि अपराह्न २ बजेसम्म
गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक मार्ग

अपराह्न १ देखि ३ बजेसम्म
केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, सोह्रखुट्टे र जय नेपाल मार्ग

अपराह्न १ः४५ देखि ३ः४५ बजे
गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक क्षेत्र

साँझ ६ः३० देखि बेलुकी ८ः३० बजेसम्म
गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालीमाटी, सोल्टीमोड, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल क्षेत्र।

कात्तिक १८ गते, बिहीबार (यो दिन विदा छैन, त्यसैले ध्यान दिनुहोला)

बिहान ९ देखि ११ बजेसम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्र

बिहान १० देखि अपराह्न २ बजेसम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, नागस्थान र नयाँ सडक क्षेत्र।

अपराह्न ४ देखि साँझ ६ बजेसम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्र।

साँझ ५ देखि बेलुकी ७ बजेसम्म
सिंहदरबार, भद्रकाली, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्र ।

साँझ ६ः३० देखि बेलुकी ८ः३० सम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शङ्खमूल क्षेत्र

बेलुकी ८ देखि राति १० बजेसम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्र

कात्तिक १९ गते, शुक्रबार
राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाने कार्यक्रम रहेकाले काठमाडौँ उपत्यकाको सवारी आवागमन धेरै समय अवरोध हुने छैन । सो दिन बिहान ९ देखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगङ्गा, एयरपोर्ट, तीनकुने हुँदै सञ्चालन हुने सवारी साधन प्रभावित हुने भएको छ।

1 thought on “तिहार सकिन लाग्यो, तयार रहनुस् भारतीय राष्ट्रपतिको भ्रमणले गर्ने ट्राफिक अवरोध, यी ठाउँमा यति बजे हुनेछ”

  1. श्रीकृष्ण घिमिरे says:
    November 1, 2016 at 8:46 am

    अबत सबैले बुझ्नु पर्ने हाे, कि नेपाली राजनिती पुरै भारतकाे इसारामा चल्छ।एक भारतीय पर्मुख हाम्राे देशमा आउदा हामी जनतालाइ सास्ति हुनेगरि सडक बन्द गर्ने र सार्वजनिक विदानै दिनुले, नेपाली राजनीति र तेसका लिडरहरुकाे हैसियत देखाएनर,
    सायद याे पहिलाे काम भयाेकि नेपालका लागि अन्यदेशकाे राष्टपति आउदा सार्वजनिक विदा दिएकाे। छिमेकिलाइ आदर सत्कार गर्नुलाई अनुपयुक्त मान्नुहुन र गर्नुपर्छ पनि तर मान सम्मानकाे नाममा आफ्नाे देशकाे अर्थतन्त्रमानै खलल आउने कुरालाई बेवास्ता गरि सार्वजनिक विदा दिनुलालाइ के हामी सबै जनताकाे आपति नहाेलार?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme