वैशाख १२ को भूकम्पले धरहरा लग्यो। घण्टाघर बाँकी रह्यो। यो घण्टाघरमा गएको वर्ष नोभेम्बरमा फ्रान्सको झण्डाको रङ्गले रङ्ग्याइयो। पेरिसमा भएको आतंकवादी आक्रमणको विरोधमा ऐक्यवद्धता देखाउन त्यसो गरिएको थियो, राम्रै काम थियो।
अचम्म त आज लक्ष्मीपूजाको दिन घण्टाघर हेर्दा लाग्यो। सात समुद्रपारको देशलाई ऐक्यवद्धता जनाउन झिलिमिली पार्न सक्ने घण्टाघर आफ्नै देशको चाडमा भने वरपरका बत्तीले उज्यालिएको थियो। माथि फोटोमा दायाँतिर फ्रान्सको झण्डाको रङ्गमा घण्टाघर, बायाँतिर भने आजको दृश्य। तिहारका थप दृश्य हेर्नुस् भित्र।









नेपालीहरु सबैले नेपाल राष्ट्रको नामले प्रचलित नेपाल सम्बत बडो धुमधामले मनाउँदो रहेछ । सातादिन अघि देखि नै घर, पसल, कार्यालय तथा मन्दिर, स्मारकहरु रंगरोगन गरिन्छ । काठमाडौं माइतिघर मण्डललाई त झनै राम्रो गरिएको िथयो ।