Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अर्थमन्त्री महराका हास्यास्पद कूतर्क : यिनले त एनसेललाई गल्ती भो, हजुरले तिरेको १० अर्ब फिर्ता लैजानुस् भन्लान् जस्तो देखियो

Posted on October 27, 2016October 28, 2016 by Salokya

14877797_548632895333069_736800682_n
एनसेलले आफ्नो कम्पनी खरिद बिक्री हुँदा पुँजिगत लाभकर तिर्नुपर्छ कि पर्दैन भन्नेमा लामो गलफत्ती भयो। अन्ततः ३५ अर्ब तिर्नुपर्ने भए पनि एनसेलले १० अर्ब कर तिरेपछि कम्पनी आफैले कर तिर्नुपर्छ भनेर स्वीकारेको सिद्ध भयो। सरकारले कर उठाउने जिम्मा दिएको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले सुरुमा संसदीय समितिमा एउटा कूतर्क गरेका थिए- विदेशी लगानी हतोत्साही हुन्छ भनेर। त्योभन्दा प्रतिगामी सोच त वर्तमान उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको रहेछ। आज साथीहरुले मन्त्रालयमै गएर उनको अन्तर्वार्ता लिएका थिए। उनले स्पष्ट शब्दमा भने-एनसेललाई कर तिराउन लगाउनु हुन्न। सामाजिक न्यायको सिद्धान्तविपरीत हुन्छ उसलाई कर तिराउनु। कुराकानीका क्रममा उनले केही हास्यास्पद कूतर्क पनि गरे।

देशको अर्थमन्त्रीलाई कर भनेको कति किसिमको हुन्छ भन्ने थाहा हुनुपर्ने हो। तर हाम्रा अर्थमन्त्री महरालाई भने कर भनेको मूल्य अभिवृद्धि कर मात्रै हुन्छ भन्ने लाग्या जस्तो छ।

यो अडियो सुन्नुस्-

नेपाल राष्ट्र बैँकले एनसेललाई पाँच वर्षदेखि रोकिएको आठ अर्ब लाभांश विदेश लैजान दिएको बारेमा सोधिएको प्रश्नमा अर्थमन्त्री भन्छन्- एनसेलले कमाएको मुनाफा मध्ये मुनाफामा तिर्नुपर्ने मूल्य अभिवृद्धि कर तिरेर जति मुनाफा छ त्यो उसले लगेको छ। त्यसमा कानुनसम्मतै छ।

ल भो त अब। हे दैव, लाभांशमा पनि ‘मूल्य अभिवृद्धि कर’ (भ्याट) लाग्छ कहीँ ! लाभांशमा त ५ प्रतिशत लाभांश कर पो लाग्ने हो। देशको अर्थमन्त्रीलाई लाभांश कर (Dividend Distribution Tax) र मूल्य अभिवृद्धि कर (Value Added Tax) को फरकै थाहा रहेनछ।

एनसेल खरिद बिक्री गर्दा तिर्नुपर्ने पूँजिगत लाभ कर तिर्न बाँकी रहेको भन्ने प्रसंगमा उनी भन्छन्- त्यो छुट्टै कुरा हो।

पछि त्यो प्रसंगमा कुरा गर्दा पनि उनी ‘मूल्य अभिवृद्धि कर’ नै भन्छन्।

ल भो त अब, लाभांशमा पनि मूल्य अभिवृद्धि कर, अनि पूँजिगत लाभ (Capital Gain) मा पनि मूल्य अभिवृद्धि कर।

उनले अघिल्लो केपी ओलीको सरकारलाई समेत दोष लगाए, ‘हिजोको सरकारले ठीक ढंगले पहिचान गर्न नसकेकाले एनसेललाई कर लगाउन खोजिएको हो। जसले बिक्री गरेको हो उसैलाई कर लाग्नु पर्नेमा यहाँ किन्नेलाई लगाउन खोजिएको छ। एउटाले बेच्ने अनि अर्कोलाई कर लगाउँदा सामाजिक न्यायले पनि मिल्दैन। एनसेलमाथि अन्याय हुन्छ।’

एनसेलले लाभकर वापत् १० अर्ब तिरिसकेको बेला अर्थमन्त्रीले त्यो त हिजोको सरकारले गल्ती गरेर तिराएको पो भने त उनले। बाँकी २५ अर्ब जसरी हुन्छ उठाएर सरकारी ढुकुटीमा राख्नुपर्ने दायित्व बोक्नुपर्ने अर्थमन्त्रीले उल्टै अब एनसेललाई लौ हजुर गल्ती भो, फिर्ता लैजानुस् तपाईँको १० अर्ब भन्लान् जस्तो देखियो।

अडियोमा सुन्नुस्, तपाईँले आफ्नो धारणा बताउनुभएको हो कि ऐन पनि पढ्नु भएको छ? भन्ने हाम्रा साथीहरुको प्रश्नमा अर्थमन्त्री महराले जवाफ दिएका छन् ‘ऐनमा पनि यही हुनु पर्छ।’

अर्थात् महरा स्योर छैनन्। ऐनमा पनि यही हुनुपर्छ पो भन्छन्।

नेपालको आयकर ऐनमा भने यस्तो छ-
ain

आयकर ऐनको दफा ५७ मा प्रष्ट गरी स्वामित्व परिवर्तनमा सम्बन्धित निकायकै दायित्व हुने उल्लेख छ। अर्थात् कर कार्यालयमा लाभकर बुझाउने दायित्व एनसेलकै हुन्छ।

अझ गम्भीर कुरा सुन्नुस् त।

टेलियासोनेरा र एक्जियटाबीच भएको एनसेलको खरिद बिक्री सम्झौता (एसपीए)मा समेत नेपालको कर दायित्वका लागि भनेर ४४ अर्ब रुपैयाँ व्यवस्था गरिएको छ।
spa
यो रकम टेलिया र एक्जियटाको संयुक्त खातामा रहने गरी स्क्रो एकाउण्ट खोलेर युरोपेली बैंकमा राखिएको छ। सरकारले एनसेलसँग यही स्क्रो एकाउण्टबाट कर लिन सक्छ र त्यो कर लिएर तिर्ने दायित्व एनसेलको हो।

तर यो बारे प्रश्न सोध्दा अर्थमन्त्री महरा भन्छन्- ‘कति पैसा रह्यो, त्योसँग म सरोकार राख्दिनँ। मलाई थाहा पनि छैन।’

देशको जिम्मेवार अर्थमन्त्रीले दिने जवाफ यस्तो हुन्छ कहीँ? ए बाबा, कर तिर्नुपर्ने हुन्छ भनेर किन्ने र बेच्ने दुवै कम्पनीले ४४ अर्ब रुपैयाँ बराबरको रकम तयार पारेर राखेको छ भने त्योसँग सरोकार राख्दिनँ, मलाई थाहा छैन भन्न मिल्छ? थाहा छैन भने खोजेर थाहा पाउनु पर्दैन? उनको विरोधी पार्टीको कोषमा गएर जम्मा हुने रकम हो त्यो सरोकार राख्दिनँ भन्नलाई? देशको ढुकुटीमा राख्ने रकम पो हो त त्यो। देशलाई फाइदा हुने कुरा पो हो त त्यो। देशले नियमसंगत ढंगले पाउने रकमको बारेमा सरोकार राख्दिनँ, थाहा छैन भन्ने?

एकोहोरो रुपमा किन्नेले तिर्नुपर्दैन कर, बेचेर लाभ लिनेले तिर्नुपर्छ भनेको भन्यै। जबकि कानुनमा बेच्नेबाट होस् कि किन्नेबाट होस्, तिर्नुपर्ने दायित्व सम्बन्धित कम्पनीकै अर्थात् एनसेलकै हुन्छ भनिएको छ। लिनुपर्ने कर पनि भो भो चाहिँदैन भन्ने यी कस्ता अर्थमन्त्री हाम्रा?

हुनत लडाकु शिविर घोटालादेखि चीनसँग रकम मागेको कुरासम्म सार्वजनिक हुँदा पनि रौँ नहल्लिएपछि यस्ता कुराले पनि के नै लछारपाटो लगाउला भन्ने भएको हुनसक्छ उनलाई। तर तपाईँ हामीहरु भने सचेत हुनुपर्ने विषय हो है यो- देशले नियमसंगत रुपमा पाउनु पर्ने करवापतको रकम पनि भो भो चाहिँदैन भनेर देशलाई गरिबै राख्न चाहनेका विषयमा तपाईँले नै अरुलाई बुझाउने गरी आफ्नो आवाज सामाजिक सञ्जालमा राखेर हुन्छ कि सेयर गरेर हुन्छ कि कसरी हुन्छ, राख्नुपर्छ। सचेत बनाउनु पर्छ।

माथिको अडियो धेरै समय नहुनेका लागि संक्षिप्त रुप मात्र हो। पूरा अडियो तल छ-

सम्बन्धित ब्लग
एनसेलको आठ अर्ब विदेशिएको बारे थप बुझ्नलाई यो ब्लग पढ्नुस्- एनसेलले विदेश लगेको रकम विवाद : विषय नबुझेर कन्फ्युज हुनुहुन्छ? सजिलै बुझ्न यो पढ्नुस्

18 thoughts on “अर्थमन्त्री महराका हास्यास्पद कूतर्क : यिनले त एनसेललाई गल्ती भो, हजुरले तिरेको १० अर्ब फिर्ता लैजानुस् भन्लान् जस्तो देखियो”

  1. Suvas says:
    October 29, 2016 at 4:51 am

    यी भनेका नेपाल का देउता हुन् / यिनले तिर्न पर्दैन भने पछि कुन बाख्री बुढी का छोरा ले भनेर तिर्नु पर्छ? अहिले माउबादी का भेडा हरु लाइ सोधे हो हो तिर्न पर्दैन भन्छन / एमाले कांग्रेस का नेता ले तिर्न पर्दैन भनेका भए तिनका भेडा हरुले नि हो हो भन्थे/ बिधि मा नचलेर तजबिज मा चलेको देश मा येस्तै हुने हो / अझ ऐन मा नि तेही हुनु पर्छ पो भनछ बा / एसले त् गारो भो ऐन change गर्दिउ भन्न बेर लाउदैन / कति माल गोजी मा हाली सक्यो अनि सुगा रटाइ गर्छ / फटई फटाहा भए पछि केहि नलाग्दो रैछ /

    Reply
    1. Govinda lohani says:
      October 29, 2016 at 8:47 am

      महाशय! तपाँई कस्को भेंडा पर्नुभो?अरु सबैलाई भेंडा देख्ने।नितिगत बिमतिकै कारण हिजो एमाले फुटेर ठुलो अवसर गुमाएका देख्नु भएन? त्यस्तो जोखिम देख्दा देख्दै माओबादी नितिगत मयभेदकै कारण टुक्रा टुक्रा भएको देख्नु भएन? राजनितिक चेत भएका कार्यकर्ता भएका पार्टीहरुमा औचित्य पुष्टि नहुने बिषय लाद्न बहुत कठिन हुन्छ।कुन बिषयको औचित्य के हो त्यो राजनितिक चेत भएका कार्यकर्ताहरुलाई थाहा हुन्छ ।त्यो औचित्य छुट्याउने क्षमता तपाँई संग छ कि छैन त्यो भँने थाहा भएन!

      Reply
      1. suvas says:
        October 29, 2016 at 9:39 pm

        ये हजुर तपाई मा जत्तिको राजनीतिक चेत त छैन मा संग तर एउटा मन्त्रि ले जिम्मेबार जवाफ त्यो होइन / सार्बजनिक जवाफ दिदा ऐन कानुन बुझेर दिनु पर्छ / यो होला, मलाई त तेस्तै लागेको थियो ज्या हैन रैछ भनेर उम्कन पाइन्न भनेको हो / आर्थिक प्रसासन र कानुनी ज्ञान भएका धेरै ले कर तिर्नु पर्छ भनेको र ncell आफै ले तिर्न राजि भै केहि रकम जम्मा गरि सकेको अवस्था मा उन्मुक्ति दिने हिसाब मा एस्तो बकबास अन्तरबार्ता दिनु कत्तिको जायज हो / यो आर्थिक कुरो हो देश को ढुकुटी को कुरा हो राजनीतिक आस्था को कुरो होइन / कोइ माओबादी होलान कोइ एमाले होलान कोइ अर्को होलान / एमाले लाइ कर लिनु पर्ने माओबादी लाइ लिनु नपर्ने कांग्रेस लाइ पर्ने कुरो होइन / आयेकर ऐन मा प्रस्ट भैसके पछि कुनै पार्टी को राजनीतिक चेत भै राख्नु पर्छ जस्तो मलाई लाग्दैन /

        Reply
  2. Samir says:
    October 29, 2016 at 1:37 am

    म त नेपालीमा कुरै पो बुझ्दिन हउ गाँठे

    Reply
  3. Dipendra Shah says:
    October 28, 2016 at 7:00 am

    दुर अर्ब घुस बाढेको छरे नि तेहिको असर होला

    Reply
  4. Santosh Kumar Poudel says:
    October 28, 2016 at 4:01 am

    What to expect from these so called leader!!!!??

    Reply
  5. Rai Rajman says:
    October 27, 2016 at 11:09 pm

    अर्थ मन्त्रि त यस्तो छ , कसरि देश ऊभो लाग्छ त !! ठुलै संसार हात पार्नु लागे जस्तो ….

    Reply
  6. Atma Adhikari says:
    October 27, 2016 at 11:08 pm

    यस्तालाई हो लोकमान लगाउनु पर्ने।

    Reply
  7. Lakpa Sherpa says:
    October 27, 2016 at 10:28 pm

    देशमारा , जंगाली बाट के आश पनि गर्नु र !

    Reply
  8. Min Garbujapun Magar says:
    October 27, 2016 at 9:55 pm

    यिन लाई बाधेर घाँस हल्नु पर्ने

    Reply
  9. Binod Gurung says:
    October 27, 2016 at 9:47 pm

    Maobadi murdabad

    Reply
  10. Lok Pandey says:
    October 27, 2016 at 9:39 pm

    Leela Paudyal sir, have a look Mahara statement, how we will expect country will get any progress in future.

    Reply
  11. Surendra Roka says:
    October 27, 2016 at 8:56 pm

    Yestaa Pagal Haru Ta Arthamantri Xan …Ke Ubho Laaulaan Ra

    Reply
  12. Xenish Man says:
    October 27, 2016 at 7:43 pm

    Hahaha

    Reply
  13. Eka Raj Agasti says:
    October 27, 2016 at 6:46 pm

    ल मरेछ, अर्थ मन्त्री को बुद्दी हरे!!

    Reply
  14. Kamal Dhakal says:
    October 27, 2016 at 6:42 pm

    यी नामका कृष्ण नेपालको राजस्व धुस्न !खृष्टका हुस्न !

    Reply
  15. Gaire Jhabindra says:
    October 27, 2016 at 6:41 pm

    यो मंत्री लाई पनि कुनै अंतरराष्ट्रीय पुरस्कार दिने/पाउने तैयारी हुँदै छ जस्तो लाग्छ है ?

    अरु देश का नागरिक हरुले अंतरराष्ट्रीय पुरस्कार पाउँदा गर्व गर्छन हाम्रो मा भने अब यो पुरस्कार बिजेता ले कता बाट देश बिगार्ने हो भन्ने डर मात्तर
    …!!!!

    Reply
  16. Dipak Karmacharya says:
    October 27, 2016 at 6:33 pm

    उफ्फ यस्तो त नेता ।
    त्यो पनि क्रान्तिकारी ।
    6 करोड लगानी गरेर लगभग खर्बमा बिक्रि गर्ने हैसियत नेपालीको नै लगानीबाट हो । तस्तो भएपछि देशलाई कर नतिरी जान पाउछ त ????
    यस्तो सिधा कुरा पनि नबुझ्नेलाई झन कर-वर, लाभांश-घाटा र लाभांश कर वा मूल्य अभिबृदी कर भनेर बुझ्छ र यस्ता नेताहरुबाट नेपालको समृद्धि हुन्छ भनेर पछि लाग्नु …..
    थुक्क म नेपाली ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme