Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्ड सरकारको वाहियात निर्णय : भारतीय राष्ट्रपति काठमाडौँ आउँदा नेपाल भर सार्वजनिक विदा

Posted on October 27, 2016October 28, 2016 by Salokya

Prachanda at Parliament धेरै अघिको कुरा हैन- गएको वर्षको जुलाईमा अमेरिकी राष्ट्रपति बाराक ओबामा तीन दिने भ्रमणका लागि अफ्रिकी देश केन्या जाँदै थिए। तपाईँहरुलाई थाहै होला बाराक ओबामाका बाबु त केन्या मै जन्मिएका। फेरि अमेरिकी राष्ट्रपति भनेपछि त्यही त हो, सुरक्षा कडा हुनै पर्‍यो। सडक बन्द गर्नै पर्‍यो। दुई दिनका लाागि त कुनै समस्या भएन किनभने शनिबार र आइतबार सार्वजनिक विदा नै हो। शुक्रबारको दिन चाहिँ के गर्ने त? सार्वजनिक विदा पो घोषणा गर्ने कि भनेर त्यहाँका अधिकारीहरुले सरसल्लाह गरे।

तर विदेशी राष्ट्रपति आउँदा सार्वजनिक विदा दिनुपर्ने देश भन्दै हास्यास्पद स्थिति निम्त्याउन उनीहरुले चाहेनन्। र भ्रमणको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै त्यहाँको राष्ट्रपति कार्यालय स्टेट हाउसका प्रवक्ताले भने– भोलि शुक्रबार विदा हुने छैन। मोम्बासाका सडक पूरै बन्द हुने छैन तर प्रहरीले नियन्त्रण गर्नेछ।

kenya

केन्या त्यही देश हो जसले ओबामा राष्ट्रपति निर्वाचित हुँदा सार्वजनिक विदा घोषणा गरेको थियो। त्यस्तो देशले पनि ओबामा आफ्नो देश भ्रमणमा आउँदा सार्वजनिक विदा घोषणा गर्न चाहेन।

यता नेपालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिने नेपाल भ्रमणमा आउनु एक साताअघि नै प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले विदा दिने घोषणा गरिदियो।

प्रधानमन्त्रीको सचिवालयले पठाएको प्रेस विज्ञप्तिमा यसबारे लेखिएको छ- ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले दुई मुख्य छिमेकी भारत र चीनका राष्ट्र प्रमुखहरु नेपाल आउँदा आपसी सम्बन्ध र स्वागतका लागि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।’
press
भारतका राष्ट्रपति आउँदा विदा दियो भनेर आलोचना हुन्छ भन्ठानेर होला बढी जान्ने भएर चीनका राष्ट्र प्रमुख आउँदा पनि भन्ने थपेर निर्णय गरिएछ। यसले त झन् निर्णयलाई हास्यास्पद देखायो। चिनियाँ राष्ट्रपतिको भ्रमणको अहिलेसम्म टुङ्गो नै लागेको छैन, विदाको भने टुङ्गो लागिसकेछ।

फेरि रमाइलो हेर्नुस् न- आपसी सम्बन्ध र स्वागतका लागि एक दिन सार्वजनिक विदा दिने रे। विदा दिएर मात्रै आपसी सम्बन्ध राम्रो हुने रहेछ, स्वागतका लागि विदा नै दिनुपर्ने रहेछ भने तीन दिन नै दिए भयो नि, किन एक दिन मात्र त?

कात्तिक १७ गते भारतीय राष्ट्रपति काठमाडौँ उत्रने हुन्। त्यो दिन सुरक्षाका लागि काठमाडौँका सडक ठप्प हुन्छन्, सर्वसाधारणलाई अप्ठेरो हुन्छ भन्ने तर्क हो भने काठमाडौँमा मात्रै विदा दिए भयो नि। पोखरामा किन विदा?, जुम्लामा किन?, धनगढीमा नि? काठमाडौँका सडक जाम हुने हो भने देशका ७४ जिल्लाका सरकारी कार्यालय चाहिँ किन बन्द गर्नुपर्ने रहेछ?

त्यसै पनि नेपाल संसारमै सबैभन्दा बढी सार्वजनिक विदा हुने देश भनेर आलोचना हुने गर्छ। त्यसमाथि यो ताइँ न तुइँको विदा दिएर गर्न खोजेको चाहिँ के हो? सरकार एक दिन बन्द भयो भने यति नोक्सान हुन्छ भनेर प्रचार गर्दै हिँड्छ, तर आफैले बेतुकको सार्वजनिक विदा दिएर बन्द किन गर्छ?

भारत र चीनको राष्ट्र प्रमुख आउँदा सार्वजनिक विदा दिने निर्णय गर्ने सरकारलाई सोध्न मन लाग्यो, भरे अमेरिकाको राष्ट्रपति नेपाल आउने भए चाहिँ के गर्ने? विदा दिने कि नदिने?

38 thoughts on “प्रचण्ड सरकारको वाहियात निर्णय : भारतीय राष्ट्रपति काठमाडौँ आउँदा नेपाल भर सार्वजनिक विदा”

  1. Jagan says:
    October 29, 2016 at 12:58 am

    नेपाल को प्रधानमन्त्री मन्त्री हरु को कुबुद्दी देखदा मलाई लाजै लाग्यो
    चकारी गर्नु को पनि हद हुन्छ नि ?

    Reply
  2. sandip shama says:
    October 28, 2016 at 7:40 pm

    पहिले त् खुब बिदेसी प्रभु भन्दै गाली गर्र्थ्यो, अहिले तेही बिदेसी पर्भु को चरण मा पर्दै छौ कि कसो ?. धत् लाज नभयको प्रचण्ड / भारतसंग सुरुङ्ग युद्ध गर्ने माओबादी नेताको सक्कली अनुहार समयले देखाउदै छ/

    Reply
  3. जनक says:
    October 28, 2016 at 5:22 pm

    मने!!!प्रचण्ड बाजे ले यति गरेर
    भित्र भित्रै नेपाललाई उन्नतिको बाटोमा
    दौडाउन पर लागेका हुन् कि

    Reply
  4. bhim Subedi says:
    October 28, 2016 at 1:13 pm

    भारतले नेपाललाई भारतको कुनै प्रान्त जस्तो व्यवहार गर्दछ । त्यस कुरालाई नेपाली नेताहरुले नै ‘हो हो’ भनेर प्रमाणीत गर्ने काम गर्दछन् जस्तै प्रधानमन्त्रिको कुर्चिमा वस्नासाथ पहिला भारत जानैपर्ने अनि काम कार्यको लागि निर्देशन लिएर त्यही अनुसार सरकार चलाउनै पर्ने मतलव म के गरौं भनेर निर्देशन मागगर्न भारत जानुपर्ने बाध्यताले के व्यक्त गर्दर्छ ?

    Reply
  5. Jagat Bahadur Damai says:
    October 28, 2016 at 6:53 am

    यो कदम देशको स्वाभिमान र सार्वभौमिकता खिल्ली उडाउने हो

    Reply
  6. Hari Maharjan says:
    October 28, 2016 at 1:38 am

    Aba bharatko swatantrataa diwasmaa pani bidaa dina ber laaudaina yi netaaharule.

    Reply
  7. yasir shrestha says:
    October 28, 2016 at 3:21 am

    मेरा नेता !
    मेरो देश !
    मा येइ देशको नागरिक !
    येनिकी नेपालको !
    सुरुङ्ग युद्द !

    Reply
  8. Saroj says:
    October 28, 2016 at 2:40 am

    For me this decision clearIy proves that I was wrong all this year that NEPAL is our country.

    Even though I know they have influence in our county in almost every sector I never thought it was this deep.

    I don’t know about others but this really hurts deep inside, just make me feel like
    All my family and friends were right to be angry with me when I decide not to apply for foreign citizenship (so called first world country) even though I am eligible for it (sorry to put personal stuff here, it’s just to connect with the story).

    Until now i can’t imagine going to my country of birth on foreign passport as a tourist but I have to admit this sorts of action clearly breaks me down and force me to consider my decision of not applying for it. Meantime as I finally realise and people on top prove to me NEPAL IS NOT MY COUNTRY ANYMORE may be its not a bad idea to go for it as much as it hurts deep inside.

    I mean it’s really hurts.

    Reply
  9. Shrestha Prashant says:
    October 27, 2016 at 8:11 pm

    भारतका राष्ट्रपति नेपाल आउदा सार्वजनिक विदा दिएपछि कर्फ्यु लगाउनु बेस।

    बिदाको बेला फुर्सदिला भएका नागरिकले नाकाबन्दीको यादमा ढुंगामुढा गर्न सक्छन्।
    Copied:Meghraj

    Reply
  10. Purna Lal Sapkota says:
    October 27, 2016 at 7:50 pm

    India ko sebak ta hun yiniharu!!!!

    Reply
  11. Gambhir Ghimire says:
    October 27, 2016 at 7:27 pm

    प्रभूको भक्ती

    Reply
  12. Rohini says:
    October 28, 2016 at 12:07 am

    यति सम्म चाकडी त नगरेको भए हुन्थ्यो हाम्रो प्रधानमन्त्रिले |

    Reply
  13. Ang says:
    October 28, 2016 at 12:03 am

    भारतसंग सुरुङ्ग युद्ध गर्ने माओबादी नेताको सक्कली अनुहार समयले देखाउदै छ/ अज गफ्फ दिन्छ घर खेत धितो राखेर हतियार किनेर जना युद्ध गरेको/ God father लाई रेड कार्पेट र नेपाल बन्ध कसले नबुज्ने कुरा हो ??

    Reply
  14. Yangi Sherpa says:
    October 27, 2016 at 5:38 pm

    Nonsense foolish

    Reply
  15. Santosh Tandukar says:
    October 27, 2016 at 5:11 pm

    जय हो नेपाल सरकार !!!

    Reply
  16. Pujan Bhujel says:
    October 27, 2016 at 5:02 pm

    bharatle pm banai deko xa tysaile utaulo behora pasarnu payo en modiko aachi khanelai k tha afno desh ko sir suwaviman ra nepali hunu k ho vanera

    Reply
  17. Karki D. says:
    October 27, 2016 at 10:41 pm

    बेकामे सरकारको नकामे निर्णयले हामिलाई लाजले रातोपिरो बनायो तर प्रचण्ड सरकार पौरखी निर्णय गरियो भनेर मखलेल छ । नाकाबन्दी लाउनेहरु आउदा सार्वजनिक बिदा दिनेले सिमा मिचेर आए भने त देशै जिम्मा लाउने छांटकांट देखाए । आफ्नो व्यक्तिगत लाभको लागि के सारो कटिमुनी तेल लाएको हो यो प्रचण्ड सरकारले भैयाहरु लाई । लाजको पसारो !!! …..लाई भन्दा देख्ने लाई लाज । धत् धतुरे सरकार ।।।।

    Reply
  18. tejindra karki says:
    October 27, 2016 at 10:37 pm

    सार्बजनिक बिदा मात्रै किन देशै सुम्पिदिए भैहाल्यो नालायक गतिछाडाहरु हो।

    Reply
  19. gopal says:
    October 27, 2016 at 10:36 pm

    प्रभु भएर होला

    Reply
  20. Suman Shahi says:
    October 27, 2016 at 4:46 pm

    Hamro rastapati bharat bhraman ma Jada bharat ma bida huncha ki hudaina

    Reply
  21. Shankar says:
    October 27, 2016 at 10:18 pm

    प्रचण्ड भनेको इन्डिया को खुफिया एजेन्ट , पालेको ,पोसेको तालिम दिएर नेपाल मा सोझा मगर , जनजाति दलित लाइ झुक्काएर नेपालि सेना सग लडाएर , मर्वायेर इन्डिया ले नेपाल को सत्ता चकनाचुर बनाएर , नेपाल धोस्त पार्न पठाको मान्छे | सिधै इन्डियन सेना पठाएर नेपाल लिन नमिल्ने हुदा , सिक्किम लिदा जस्तै पहिले धेरै खुफिया एजेन्ट खाडा गरेर , कर्मचारी तन्त्र , सांसद अधिकांस खरिद गर्दै बिस्तारै पुरा नेपालि लाइ नै भारत मै मिलाइदिए हुन्थ्यो भन्ने बाताबरण को सिर्जना गर्ने सिपाही हरु हुन् प्रचण्ड , बाबुराम र अरु धेरै खुफिया हरु |
    देश मा अराजकाता फैलाउने , डन हरु को बिगीबिगी , जातातातई मिलावट र भ्रास्ताचार कायम गर्दै सकभर ग्रिह युद्द सम्म देशलाई लैजाने जस्तो यिनीहरुको मिसन देखिन्छ |
    सथानीय चुनाब न गराएर , बर्सौ बिकाश निर्माण ठप्प , भत्केको सडक जस्ता तस्तै , पुल पुलेसो खोलाले बगाएको जस्ता तस्तै , आफु हरु देश को ढुकुटी बाट उपचार खर्च भन्दै विदेश घुम्ने र सुख सयल मा बाच्ने , सुरक्ष्या कर्मी राखेर घुम्ने , विदेशको पी आर , नागरिकता लिएर नेपाल मा जथाभाबी गर्ने येस्ता गतिविधिले आजको प्रतिस्पर्धाको युग मा के नेपाल टिक्न सक्छ ??
    नेपालो को कर्मचारी तन्त्र , सेना , पत्रकार, सांसद , नेता हरु धरै भारत ले खरिद गरिसकेको भन्ने कुरा अब बिस्तारै प्रमाणित हुदैछ |
    बिदा दिएर त् डर थे न , देसै देला बेइमान हरु ले भन्ने डर सबै मा भएको अबस्था ( प्रचण्डको भासामा )

    Reply
  22. Chandra Chhetri says:
    October 27, 2016 at 4:33 pm

    Ha ha ha.

    Reply
  23. Hari Pun says:
    October 27, 2016 at 4:29 pm

    प्रचन्न : प्रभुको चरनमा नतमस्तक । देस बेच्यो भनेत पैसा पाइन्थयो तर डाँकाहरुले सित्तैमा पो दिनुलाग्यो ।

    Reply
  24. प्रिन्स दिप ज्योति says:
    October 27, 2016 at 4:26 pm

    यथार्थ बुझौं । १. सार्वजनिक बिदा भारतका राष्ट्रपतिका हकमा मात्र नभएर चीनका राष्ट्रपतिका हकमा पनि हो। २. सवारी जामका कारण काठमाडौंका नागरिकले दुख नपाउन् भन्ने सरकारको गम्भीरता हो। ३. सार्वजनिक बिदा तिहारकै भोलिपल्ट परेकाले राज्यले ठूलो भार खेप्नु पर्दैन। ४. नागरिक तहबाट सरकारलाई आएका सुझावकै आधारमा निर्णय भएको हो। यसबाहेक गरिएका तर्क, प्रचार र हल्ला काल्पनिक हुन्।

    Reply
    1. Binaya Bhandari says:
      October 27, 2016 at 4:37 pm

      Hai…hamle ta kurai nabujeko…will there be visit only in Nepal Dear??? What about the visits from Nepal side to India and/or other countries? Will same route taken. Did not heard of such as of yet..Please elaborate to all illiterate Nepalese. Badai chha sir lai bujaidiyeko ma,, hamro ghar ma pauna aunda garo hun6 vanera…tol banda chain garinna hai…aba tapain ko ma garnu hun6 hola sayad..

      Reply
    2. प्रिन्स दिप ज्योति says:
      October 27, 2016 at 4:44 pm

      ए मुर्खता हामी जनता कुरा बुजेर बिरोध गरौ सरकारले।कुटनैतिक हिसाबले गरेको कामलाई बिरोध गरेर रास्ट्रवादी बन्ने काम नगरौ सार्बाजानी बिदा तेसै छ सरकारले घुमार एउटा तिरले दुईवटा सिकार हान्दैछ खास कमजोर मानसिकता हाम्रो छ हिजो ओलि र कांग्रेसले मिलेर दुई दिन बिदा गरे मोदि आउदा कोहि बोलेन आज तिहारको बिदालाइ कुटनैतिक हिसाबले छिमेकी रास्ट्रप्रमुखलाई देको सम्मानमा किन रोइलो भारतको बिरोध गर्नु मात्र स्वाभिमान देशको होएनत भन्ने कहिले बुज्ने प्रचण्ड खेदो खनेर देश बन्छ यस्ता कुरामा समय खेर फाल्नु भन्दा यो देशमा भ्रष्टाचारि र बलात्कारिलाई फाँसी को सजाय कानुनमा लेख भनेर दबाब दिउ देश सुन्दर शान्त बिकसित बन्छ

      Reply
      1. Sailendra Thapa says:
        October 28, 2016 at 11:38 am

        श्री प्रिन्स दिप ज्योति ज्यु,
        1. सार्वजनिक बिदा भारतका राष्ट्रपतिका हकमा मात्र नभएर चीनका राष्ट्रपतिका हकमा पनि हो
        – एक त चिनिया रास्ट्रपति आउने टुंगो भएको पनि छैन, यहाँ पैले बिदा को क्यालेन्डर बनि सक्यो .
        – सम्बन्ध र सत्कार दुवै तर्फ बाट हुनु पर्छ, नेपाल को रास्ट्रपति भारत अथवा चिन जादा त्यहाँ सार्वजनिक बिदा हुन्छ?

        २. सवारी जामका कारण काठमाडौंका नागरिकले दुख नपाउन् भन्ने सरकारको गम्भीरता हो।
        – सबै सरकारी कर्मचारी हुदैनन् तेसैले राष्ट्र ले बिदा तोकेको दिन मा पनि काम मा हाजिर नगरी माम खान पाईदैन….फेरी सरकारी कर्मचारी हरुकै मात्र सवारी साधन हुने हो र? एउटा निश्चित समय को लागि सवारी आवागमन बन्द गरेर फेरी सुचारु गर्ने प्लान बनाए त जनताहरु पनि तेइ अनुसार चल्ने थिए नि होइन? भुकम्प पिडित को दुख नबुझ्ने ले सवारी जाम को दुख बुजेछ.

        ३. सार्वजनिक बिदा तिहारकै भोलिपल्ट परेकाले राज्यले ठूलो भार खेप्नु पर्दैन।
        – लौ यो कुन लजिक हो ? एउटा अप्रत्यासित बिदा ले राष्ट्र लाइ कति घाटा गर्छ त्यो पनि हामीले भनि राख्नु पर्ने? सायद तपाई सरकारी कर्मचारी पर्नु भयो कि? तास, मास, र जाड को ह्यंग मेटाउन बिदा खोज्दै हुनुहुन्छ?

        ४. नागरिक तहबाट सरकारलाई आएका सुझावकै आधारमा निर्णय भएको हो। यसबाहेक गरिएका तर्क, प्रचार र हल्ला काल्पनिक हुन्।
        – नागरिक तह मा के पोल (भोटिंग सिस्टम) गरेर आएको सुझाब हो र? कि नागरिक जति सबै सरकारी / दलिय कर्मचारी परेछन?

        Reply
    3. Binaya Bhandari says:
      October 27, 2016 at 4:47 pm

      Jaya hos..bidwan sir ko..banki ta patamurkha bhai hale…sir nai ho k..PM hune parne…sakinna baaa..Sir PM bhako vaye ta jhan security issue bhandai…15 nai dashain bida thokidinu huntyo hola…la sir chito PM bannu paro…jaile bida paiyela jasto chha…

      Reply
    4. Dilip Gurung says:
      October 27, 2016 at 5:41 pm

      Sawari jaam nahos vanera nepal banda nai gardine kasto logic ho yo?? Bhok nalagos vanera andra bhudi nai nikalera faldine jasto kuro vo ni!

      Reply
    5. Mysansar says:
      October 27, 2016 at 5:54 pm

      काठमाडौँका जनताले ट्राफिक जाममा दुःख नपाउन् भनेर विदा दिएको रे? बाँकी ७४ जिल्लालाई चैँ किन दिएको रहेछ नि? अनि जाम त तीन दिने भ्रमणमा तीन दिन नै हुन्छ नि। एक दिन मात्र किन दिएको नि? यति पनि बुझाइदिनुस् हामी अबुझलाई प्रिन्स दिप ज्योति ज्यु।

      Reply
    6. Sunil, London says:
      October 28, 2016 at 12:27 am

      त्यसो हो भने काठमाडौँ बाहिर किन बिदा त ? के हुम्ला, जुम्ला, लहान , नेपालगंज ,हेटौडा सबै तिर ट्राफिक जाम हुन्छ र ?

      Reply
    7. Karki D. says:
      October 28, 2016 at 2:09 am

      प्रिन्स दिप ज्योती सज्जन महोदय,

      भारत भक्तिगानको प्रचण्ड मुखौटो भएर हैसिएत स्वयं प्रमाणित गर्नु भएकोमा धन्यवाद ।

      अहिले भारतले चीन र पाकिस्तान बिरोधी कार्यको लागि के-कस्तो गतिबिधी मार्फत रास्ट्रवादिता (सरकारी,नीजी एवं जनस्तरमा) को जगेर्ना गर्दैछ भन्ने नदेख्ने/नबुझ्ने आंखा/दिमागले कुन र कहाको नागरिक तहको सिफारिसमा यस्तो गतिछाडा लज्जास्पद “त्वम शरणम” को कुटनैतिक शैली अपनाई नाकावन्दिले चिथोरिएको मुहारलाई अझ चिथर्दैछ तथाकथित सम्मानको नाममा । अनि अर्को दिव्यज्ञान् कहाँ वाट फुरेको हो नि नेपाली जनतालाई सास्ती हुनवाट जोगाउन सार्वजनिक विदा दिने काईदा ? अरु उत्तम विकल्प नभएकै हो कि नफुरेको हो त्यो उच्चस्तरको दिमागमा ।

      फेरि कस्ले चाहिँ भनेको छ कि भारतियलाई हैन चाईनिज (आउने टुङो नै हुन नसकेको) आउँदा मात्र विदा दिनु पर्छ ? किन बतासिएको तेतिकै कुरो नबुझी यी महोदय ।

      सार्वजनिक विदा तिहारकै भोलि पल्ट परेकोले भार नपर्ने र एक तिर दुई सिकारको नीति लिएको भन्ने तर्कले के तिन्को भ्रमणमा विदा दिनु पर्छ भन्ने अनिवार्यता छ ? यदि त्यो परिपाटीको बिकाश गर्नै खोजेको हो भने शनिवार हामिले तिम्रो सम्मानमा विदा दिने घोषणा गर्यौ भनेर डंका पिट्नु क्या वरु, तेतिको कुटनीती जानेकोले ।

      Reply
    8. Ale says:
      October 28, 2016 at 11:09 am

      तपाई को स्पस्टिकरण ले त सार्बजनिक बिदा को परिभाषा र महत्व नै फेरिएको जस्तो छ /
      १. चीन किन पर्यो अरु देश किन परेन सुचिमा? २. अरु साथीहरुले प्रस्न उठाई सक्नु भएको छ / ३. भार ठुलो नपरे पनि, पर्दो त रैछ नि, के त्यो भार लिन जरूरी थियो? भार नलिएको भए देश मा संकट पर्थ्यो? वा दुइ देश को सम्बन्ध मा ठुलै चोट पर्थ्यो? ४. छुट्टी दिने वा नदिने भन्ने कुरो कुन जनता लाइ कहिले कसरि सोधिएको थियो? कति जना मान्छे को बिचार सामेल गरिएको थियो?
      भारत सामू एती सारो झुक्नु पर्ने बाध्यता हगि प्रचण्ड को / धन्य हो प्रभु

      Reply
  25. Mahendra Subedi says:
    October 27, 2016 at 4:19 pm

    Nepal kaam chor le je garni hunchha 17 hajar ko hererA chiita bujau sathi ho

    Reply
  26. Kamal Sabina says:
    October 27, 2016 at 4:10 pm

    कस्तो सोच हो राट्र बनाउन त्मसेका नेताको । बिदा हरे

    Reply
  27. Dipak Parajuli says:
    October 27, 2016 at 3:54 pm

    तुमि हो पिता, तुमि हो माता भन्न खोजेको होला, मेरो विचारमा ।

    Reply
  28. Dc Binod says:
    October 27, 2016 at 3:51 pm

    मलाई कता कता पिडा को महसुस् भयको छ । धिक्कार् छ देसको हालत देखदा

    Reply
    1. bhim Subedi says:
      October 28, 2016 at 1:14 pm

      भारतले नेपाललाई भारतको कुनै प्रान्त जस्तो व्यवहार गर्दछ । त्यस कुरालाई नेपाली नेताहरुले नै हो हो भनेर प्रमाणीत गर्ने काम गर्दछन् जस्तै प्रधानमन्त्रिको कुर्चिमा वस्नासाथ पहिला भारत जानैपर्ने अनि काम कार्यको लागि निर्देशन लिएर त्यही अनुसार सरकार चलाउनै पर्ने मतलव म के गरौं भनेर निर्देशन मागगर्न भारत जानुपर्ने बाध्यताले के व्यक्त गर्दर्छ ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme