Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालीले मरिमेटी अनलाइन भोट गर्दा पनि मिस अर्थमा अवार्ड किन जितेन? किनकि साइट नै गलत थियो

Posted on October 26, 2016October 28, 2016 by Salokya

14449908_1143359749082082_5967476739402034942_n फिलिपिन्समा भइरहेको मिस अर्थ २०१६ को अनलाइन फोटोजेनिक भोटिङ विजेता सार्वजनिक गरिएको छ। यसमा स्वर्ण भियतनाम, रजत म्यान्मार र कास्य भेनेजुएलाकी सुन्दरीले जितिन्।

यो प्रतियोगितामा नेपालका तर्फबाट रोशनी खत्री सहभागी भएकी थिइन्। उनले मात्र हैन, पूर्व मिस अर्थ नेपाल नगमा श्रेष्ठ र वर्तमान मिस नेपाल अस्मी श्रेष्ठले पनि नेपाली सुन्दरीलाई भोट हाल्न फेसबुकबाट आह्वान गरेकी थिइन्। नेपालीहरुले पनि मरिमेटी भोट गरेका र उनीहरुको आह्वानलाई सेयर गरेका थिए। तर पनि किन अवार्ड जित्न भने सफल भएन त? जबकि उनीहरुले भोट गर्न आह्वान गरेको लिङ्कको भोट हेर्दा तेस्रो स्थान नेपालकै छ। किनभने उनीहरुले दिएको साइट नै गलत थियो।

यसबारे माइसंसारमा उतिबेला नै ब्लग पनि लेखिएको थियो। यहाँ क्लिक गरी पढ्नुस्

सुन्दरीहरुले भोट गर्ने आधिकारिक साइट के हो भन्ने पत्तै नपाई हचुवा तालमा लिङ्क सेयर गर्दै भोट माग्दा यस्तो भएको हो। सुन्दरीहरु लगायत अरु धेरैलाई पनि Missology भन्ने साइटमा हुने ब्युटी कन्टेस्टका लागि भोटिङ प्रतियोगिताको आधिकारिक हो र यसमा जिते अवार्ड नै पाइन्छ भन्ने भ्रम छ। तर त्यसो होइन। यो एउटा सामान्य जानकारी दिने साइट मात्र हो। यसमा गरिने भोटिङ रमाइलोको लागि मात्र हो।

तर सुन्दरीहरुले यसैलाई आधिकारिक ठाने। यसरी आह्वान गरे-

ब्युटी कन्टेस्टमा भाग लिनेहरुलाई ब्युटी कन्टेस्ट के हो?, कहिले सुरु भएको?, त्यसको आधिकारिक वेबसाइट के हो? आदि बारे सामान्य जानकारी हुनुपर्ने हो। अझ एक पटक प्रतियोगितामै सहभागी भइसकेकाबाट यस्तो हुन नपर्ने हो। तर…

फेसबुकमा यस्तो पोस्ट गरेकी थिइन् नगमाले

अनि मिस नेपालले त्यसलाई सेयर गरी यसरी आफ्नो पोस्ट लेखेकी थिइन्

missnepal

उनीहरुले आह्वान गरे अनुरुप नेपालीहरुले मरिमेटी भोट गरेर तेस्रो स्थानमा नेपाललाई पुर्‍याए पनि। हेर्नुस् स्क्रिनसट नेपालले पाएको भोट
nepal1
nepal

तर नतिजा यस्तो आयो-

#MissEarth2016 Online Photogenic Voting winners:
Gold: Vietnam
Silver: Myanmar
Bronze: Venezuela pic.twitter.com/RS8XIekdw9

— Miss Earth (@MissEarth) October 25, 2016

अझै पनि सुन्दरीहरुलाई यसबारे पत्तो छैन। जापानमा मिस इन्टरन्यासनलमा सहभागी भइरहेकी वर्षा लेखीले पनि यही मिसोलोजीको साइटमा भोट हाल्न आह्वान गरेकी छिन्-
barsa

नेपालीहरु मरिमेटी भोट हालिरहेका छन्। अनि कुरै नबुझी समाचार पनि बनिरहेको छ-
vote
लास्टमा यसमा पनि हुने उही हो। यो वाहियातको केही नपाइने अनलाइन भोटिङमा लागेर समय खेर फाल्नुभन्दा अरु नै उपलब्धिमूलक केही काम गर्दा वेश हुन्छ है।

अपडेट : मिस इन्टरन्यासनलमा सहभागी भएकी सुन्दरी वर्षा लेखीले आफू खाली हात फर्कनु नपरेको र अवार्ड पाएको दावी गर्दै फेसबुकमा एउटा भिडियो राखेकी छिन्

जबकि मिस इन्टरन्यासनलको अवार्ड घोषणामा उनले यो अवार्ड पाएको देखिँदैन। हेर्नुस् भिडियो-

मिस इन्टरन्यासनलको आधिकारिक साइटमा पनि उनले कुनै अवार्ड पाएको उल्लेख छैन। कसले के अवार्ड पाए यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ
award_barsa

3 thoughts on “नेपालीले मरिमेटी अनलाइन भोट गर्दा पनि मिस अर्थमा अवार्ड किन जितेन? किनकि साइट नै गलत थियो”

  1. Shree Paudel says:
    October 26, 2016 at 11:17 am
    Reply
  2. govind thapa says:
    October 26, 2016 at 3:09 pm

    dherai ramro jankariko lagi dhanyabad

    Reply
  3. sushil says:
    October 26, 2016 at 12:50 pm

    सुन्दरी प्रतियोगिता भयो कि ब्लग हान्दिहाल्ने?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme