Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेल्प नेपाल नेटवर्कले स्वीकार्‍यो – वार्षिक प्रतिवेदन नबुझाएर चुकेकै हो

Posted on October 26, 2016 by Salokya

help
हेल्प नेपाल नेटवर्कले औपचारिक विज्ञप्ति जारी नगरे पनि आफ्नो फेसबुक पेजमार्फत् नियम अनुसार बेलायतको च्यारिटी कमिसनलाई आर्थिक र प्रगति विवरण नबुझाएर चुकेको स्वीकार गरेको छ।

विविध कारणले यसो हुने भनिए पनि कस्तो कारण खुलाइएको छैन। सक्दो छिटो वार्षिक प्रतिवेदन बुझाउन प्रयासरत छ भनिए पनि कहिलेसम्म बुझाउने त्यसबारे उल्लेख छैन।

‘ढिलाई हुनुको अर्थ आर्थिक अपचलन, अपारदर्शिता र आशंकाको घेरामा पर्नु भन्ने हुँदै होइन’ फेसबुकमा हेल्प नेपालको दावी छ। तर ११७ दिनसम्म पनि आर्थिक र प्रगति विवरण नबुझाएपछि च्यारिटी कमिसनले हेल्प नेपाल नेटवर्कको प्रोफाइलमा रातो रङ्गको खतराको सङ्केत दिइसकेको छ।

बेलायतमा च्यारिटी संस्थाका रुपमा दर्ता भएको हेल्प नेपाल नेटवर्कले त्यहाँको नियम अनुसार हरेक वर्ष निश्चित समयभित्र च्यारिटी कमिसनलाई आर्थिक र प्रगति विवरण बुझाउनु पर्छ।

हेल्प नेपाल नेटवर्कले त्यो म्याद पार गरेको आज ११७ दिन भइसकेको छ। जसका कारण च्यारिटी कमिसनको वेबसाइटमा हेल्प नेपाल नेटवर्कलाई रातो सूचीमा राखिएको हो।

च्यारिटी कमिसन बेलायतको सरकारी विभाग हो जसले दर्ता भएका च्यारिटी संस्थाहरुको नियमन गर्छ। च्यारिटी संस्थाका नाममा हुनसक्ने फ्रडबारे पनि यसले सचेत गराउने गर्छ।

हेल्‍प नेपालले आर्थिक वर्ष २०१३ को आर्थिक र प्रगति विवरण पनि १०७ दिन ढिला बुझाएको च्यारिटी कमिसनको वेबसाइटमा उल्लेख छ। यहाँ क्लिक गरी हेर्नुस्

चार महिनासम्म पनि यस्तो विवरण नबुझाए दर्ता खारेज गरी कारबाही गर्न सक्ने प्रावधान छ। ११७ दिन भइसकेकोले यो म्याद गुज्रने अवस्थामा छ।
capture

यस्तो छ हेल्प नेपालको प्रतिक्रिया-

4 thoughts on “हेल्प नेपाल नेटवर्कले स्वीकार्‍यो – वार्षिक प्रतिवेदन नबुझाएर चुकेकै हो”

  1. Harka Bahadur says:
    October 26, 2016 at 8:05 pm

    हेल्प नेपाल जस्तो सस्था को त एस्तो छ हालत ! देश को कानुन, ब्यतिथि कमजोर भएपछी के गर्ने ? सेवा गर्ने नाममा नेपाल मा बालगृह अथवा विद्राश्रम खोलि व्यापार गर्ने चलन प्रसस्त छ ! नत्र यति सानो मुलुकमा ४० हज्जार भन्दा धेरै नगो/इन्गो को नाम मा संग सस्था कसरि खोलिनछन ?

    त्यस्तै गरि नेपाल सरकार संग अनुमति नपाइकन, सेवा को नाम मा पैसा कुम्ल्याउन अन्य धेरै येस्तै बालगृह हरु संचालन मा छन् ! त्यहा कति बालक हरु छन् अथवा त्यहा भएका बालबालिका हरुको अवस्था कस्तो छ कोषले अनुकरण गर्ने ? तिनीहरुले उचित खाना या सिक्ष्या पाएका छन् या छैनन् भन्ने त निकै परको प्रस्न भयो – किनकि तिनीहरु सेवा नभई ब्यापारिक केन्द्र हुन् !

    अर्को कुरा एस्ता च्याउ सरि खुलेका नक्कली सामाजिक सस्था हरुले नेपाल को अन्य देश मा गएर गलत अवस्था को प्रचार गर्ने गरेका छन् ! नेपाल को कम्जोर संरचना देखाई आफ्नो नक्कली सामाजिक सस्था को प्रचार गरि टन्न पैसा कुम्ल्याउछन !

    केहि दिन अघि येस्तै नक्कली सामाजिक सस्था , नाम को बालगृह (असली काम व्यापार ) देख्ने अवसर मिल्यो , जुन हामी नजिक काठमाडौँ मा नै रहेछ ! लिंक तल दिएको छु, रुचि भए आफै गएर अनुगमन गर्न सक्नुहुन्छ ! लिंक http://www.compassionforasia.org/index.php?lang=en

    Reply
  2. Bhushan Raj Timla says:
    October 26, 2016 at 3:09 am

    यस्तो छ हेल्प नेपालको प्रतिक्रिया-
    Blanked onward…

    Reply
  3. Gaire Jhabindra says:
    October 25, 2016 at 7:20 pm

    मलाइ यक्किन संग थाह छैन हेल्प नेपाल नेटवर्क कति राम्रो संस्था हो भनेर। तर यति यक्किन संग भन्न सक्छु कि यदि हेल्प नेपाल नेटवर्क ले जस्तै नेपाल सरकार का बिभागहरु ले काम गरिदेको भए लाखौ नेपाली हरु ले फाइदा अबस्या पाउने थिए….

    Reply
  4. Rocky Baba says:
    October 25, 2016 at 7:08 pm

    Help Nepal tatha Nepal ma sanchalit byakti, pariwarik, Sanstha NGO, INGO sapai le 15 din bhitra barshik hisab bujhaunu hola, natra prachanda ko justai halat hola!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme