Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेल्प नेपाल नेटवर्क रातो सूचीमा, आर्थिक विवरण बुझाउन ११७ दिनदेखि अटेर

Posted on October 25, 2016October 26, 2016 by Salokya

help
विदेशमा रहेका नेपालीहरु माझ एकदम चर्चित गैरसरकारी च्यारिटी संस्था हेल्प नेपाल नेटवर्क बेलायतमा रातो सूचीमा परेको छ। बेलायतमा च्यारिटी संस्थाका रुपमा दर्ता भएको हेल्प नेपाल नेटवर्कले त्यहाँको नियम अनुसार हरेक वर्ष निश्चित समयभित्र च्यारिटी कमिसनलाई आर्थिक र प्रगति विवरण बुझाउनु पर्छ।

हेल्प नेपाल नेटवर्कले त्यो म्याद पार गरेको आज ११७ दिन भइसकेको छ। जसका कारण च्यारिटी कमिसनको वेबसाइटमा हेल्प नेपाल नेटवर्कलाई रातो सूचीमा राखिएको छ।

च्यारिटी कमिसन बेलायतको सरकारी विभाग हो जसले दर्ता भएका च्यारिटी संस्थाहरुको नियमन गर्छ। च्यारिटी संस्थाका नाममा हुनसक्ने फ्रडबारे पनि यसले सचेत गराउने गर्छ।

हेल्‍प नेपालले आर्थिक वर्ष २०१३ को आर्थिक र प्रगति विवरण पनि १०७ दिन ढिला बुझाएको च्यारिटी कमिसनको वेबसाइटमा उल्लेख छ। यहाँ क्लिक गरी हेर्नुस्

चार महिनासम्म पनि यस्तो विवरण नबुझाए दर्ता खारेज गरी कारबाही गर्न सक्ने प्रावधान छ। ११७ दिन भइसकेकोले यो म्याद गुज्रने अवस्थामा छ।
capture

अपडेट : यसबारेमा समाचार आएपछि हेल्प नेपालले फेसबुकमा अपडेट गर्दै विवरण नबुझाएर चुकेको स्वीकार गरेको छ। विविध कारणले यसो हुने भनिए पनि कस्तो कारण खुलाइएको छैन। सक्दो छिटो वार्षिक प्रतिवेदन बुझाउन प्रयासरत छ भनिए पनि कहिलेसम्म बुझाउने त्यसबारे उल्लेख छैन।

यस्तो छ हेल्प नेपालको प्रतिक्रिया-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme