Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एन्फामा थापाकाजीहरुको रजगज : १५ वर्ष कमल थापा, २० वर्ष गणेश थापा, अब गौरव थापालाई बाटो बनाउँदै?

Posted on October 25, 2016October 25, 2016 by Salokya

उपाध्यक्ष निर्वाचित गणेश थापाको सालो हात उठाउँदै गरेका, सँगै अध्यक्ष निर्वाचित थापाका विश्वासपात्र नरेन्द्र श्रेष्ठ
उपाध्यक्ष निर्वाचित गणेश थापाको सालो हात उठाउँदै गरेका, सँगै अध्यक्ष निर्वाचित थापाका विश्वासपात्र नरेन्द्र श्रेष्ठ
नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) थापाकाजीहरुकै बिर्ता जस्तै देखियो। यो संस्थामा १५ वर्ष कमल थापा अध्यक्ष रहे। बीचमा केही वर्ष ग्याप भयो। त्यसपछि उनकै भाइ गणेश थापा अध्यक्ष भएर आए। फिफाले भ्रष्टाचार मुद्दामा जरिवानासहित १० वर्ष फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएपछि अब त थापाहरुबाट मुक्त होला भनेको के हुन्थ्यो र।

प्रतिबन्ध लगाए पनि एन्फामा गणेश थापाकै हालिमुहाली चलिरहेको थियो। एन्फाकै गाडी चढेर हिँडिरहेका छन् अहिले गणेश थापा। कार्यवाहक अध्यक्षमा उनकै विश्वासपात्र नरेन्द्रलाल श्रेष्ठ थिए। फिफा र एएफसीले नयाँ निर्वाचन गर्न भनेपछि आज निर्वाचन भयो। तर नतिजा थापाकै पक्षमा गयो।

५ भोटले कर्माछिरिङ शेर्पालाई पराजित गरे गणेश थापाका विश्वासपात्र नरेन्द्रलाल श्रेष्ठले अध्यक्ष पदमा। उपाध्यक्ष पदमा त झन् गणेश थापाको आफ्नै सालो मणि कुँवर विजयी भए।

नरेन्द्रले विजयी हुने बित्तिकै फिफाको कारबाही भोगेका गणेश थापाको योगदानको गुणगान गाउनुबाट नै उनी थापाको मोहरामात्र हुन् भन्ने स्पष्ट हुन्छ। उनले विजयी भएपछि भने- ‘पुरानो नेतृत्वले पनि फुटबलमा धेरै गुण लगाउनु भएको छ। त्यसलाई सबैले मान्नुपर्छ। फुटबललाई यो स्टेजसम्म पुर्‍याउन उहाँले पनि योगदान गर्नुभएको छ। त्यसैलाई निरन्तरता दिँदै अझ नयाँ-नयाँ काम गर्नु हाम्रो कर्तव्य हो।’

गणेश थापाले नतिजा आफ्नो पक्षमा ल्याउन अनेक हत्कण्डा अपनाए। नत्र यस अघि सदैव गणेश थापाको अत्याचार विरूद्ध लड्दै आएको मनाड्ग मर्स्याड्दी क्लब र त्यसका संस्थापक टासी घले यस पटक गणेश थापा क्याम्पमा कसरी पुग्थे? मानार्थ अध्यक्षको सेरेमोनियल पद दिएर उनलाई थापा क्याम्पमा पारियो।

अब शायद् गणेश थापाका छोरा गौरव थापाका लागि थापाकाजीहरु बाटो बनाउँदै छन्।

संसदको लेखासमितिले भ्रष्टाचार भएको भनेर किटान गर्दासमेत अख्तियार प्रमुख लोकमानसिंह कार्कीले यो विषयमा छानबिन अगाडि बढाएका थिएनन्। लोकमान अब ओरालो लाग्दैछन् तर एन्फामा थापाहरु ओरालो लाग्ने कुनै संकेत देखिन्न। सोमबारकै दिन जय गणेश जय गणेशको भजन एन्फामा गुन्जियो।
dsc_6219

4 thoughts on “एन्फामा थापाकाजीहरुको रजगज : १५ वर्ष कमल थापा, २० वर्ष गणेश थापा, अब गौरव थापालाई बाटो बनाउँदै?”

  1. सिर्जने says:
    October 25, 2016 at 10:27 pm

    भ्रस्टाचारी थापा मुर्दाबाद!

    Reply
  2. Bikram Samir says:
    October 25, 2016 at 12:13 am

    नेपाली फुटबल फेरि पनि उभो लाग्ला जस्तो छैन, फेरि पनि भ्रस्ट चारी थापा कै आफन्त एन्फाको अधक्ष्य् र उपाधक्ष्य् मा बिजयी भएको खबर ले नेपालि फूटबल को भबिश्य् अन्योल मै हुने जस्तो देखिन्छ ।

    Reply
  3. Prem Kumar Limbu says:
    October 24, 2016 at 8:13 pm

    Yahi tah bidambana x hamro desh ma
    ANFA ma

    Reply
  4. मनोज ब्लोन says:
    October 24, 2016 at 7:50 pm

    Akut sampati kamauna lai pad ra sangathan banaune nepal ko chalan jaba samma rahanchha taba samma pad hatyauna tachhad machhad bhai nai rahanxa.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme