Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई अर्बको घुस बाँडेर एनसेलको आठ अर्ब रुपैयाँ देशबाट बाहिरियो

Posted on October 24, 2016 by Salokya

governer एनसेलले आर्थिक वर्ष २०६७/६८ को मुनाफाबाट ११ अर्व रुपैयाँ लाभांश छुट्टयाएको थियो। ५५ करोड रुपैयाँ डिभिडेन्ट ट्याक्स तिरेपछि बाँकी थियो १० अर्ब ४५ करोड रुपैयाँ।

तर चार वर्षसम्म यो नाफाको रकम एनसेलको माउ कम्पनी टेलियासोनेराले लैजान पाएको थिएन। कारण थियो सुरु लगानीको दश करोड रुपैयाँको स्रोत देखाउन नसक्नु। स्वीडेनमा मुख्य कार्यालय भएको टेलियासोनेरा नाफाको कम्पनी एनसेललाई बेचेर बाहिरिनुमा एउटा कारण यही नाफा अड्किनु पनि थियो। मलेसियाको एक्जियटालाई बेचेर टेलियासोनेरा बाहिरियो। एनसेल किन्नुअघि एक्जियटाले गरेको छलफलमा सेयरधनीहरुले नाफा रकम अड्किएको बारे पनि प्रश्न सोधेका थिए। त्यसको जवाफमा एक्जियटाका अधिकारीले भनेका थिए- ‘यसमा समस्या हुँदैन। हामीले कुरा मिलाइसकेका छौँ।’ कसरी मिलाइयो कुरा भनेको त अहिले पो देखियो।

जुन कारण देखाएर नेपाल राष्ट्र बैँकले एनसेलको क्यास रिप्याट्रियसन(मुनाफा विदेश लैजान) रोक्ने निर्देशन दिएको थियो, ती कारणबारे चित्तबुझ्दो जवाफ नै नआई गभर्नर डा. चिरन्जीवी नेपालले आठ अर्व ३६ करोड रुपैयाँ विदेश लैजान भदौ २६ गते अनुमति दिए। भदौ २६ गते यस्तो निर्णय भएको भए पनि यसलाई अति गोप्य राखिएको कारण रकम एक्जियटाको खातामा ट्रान्सफर भइसकेपछि मात्र कात्तिकमा सार्वजनिक भएको हो।

एनसेलमा ८० प्रतिशत विदेशी र २० प्रतिशत नेपाली लगानी छ। १० अर्ब ४५ करोड रुपैयाँमध्ये विदेशी लगानीकर्ताको हिस्सामा आएको ८० प्रतिशत अर्थात आठ अर्व ३६ करोड रुपैयाँ कम्पनीले विदेश लगेको हो। बाँकी २० प्रतिशत अर्थात् दुई अर्व नौ करोड रुपैयाँ भने नेपालमा घुसका रुपमा बाँडिएछ।

हाम्रो समाचार स्रोत भन्छ – यसको ठूलो हिस्सा पुँजीगत लाभकर नतिर्ने प्रपञ्चका लागि सहयोग गर्ने राजनीतिक दलका नेता, नियामक निकायका अधिकारी तथा कर्मचारीलाई घुसका रुपमा गएको छ।

कसले गर्छ त यस्तो भ्रष्टाचारको छानबिन?

सोझो जवाफ हो- अख्तियारले।

तर यहाँ त अख्तियार प्रमुख लोकमानसिंह कार्की नै लागेका रहेछन्। आफ्नो शक्तिको आडमा यो रकम विदेश लैजान सहयोग नगर्नेलाई जेल हाल्ने धम्की दिएका रहेछन्।

लोकमानको धम्की लिखित नहोला। तर रकम विदेश लैजान अनुमति दिने अन्तिम व्यक्ति त गभर्नर नेपाल नै हुन्। कुन आधारमा गभर्नर नेपालले एनसेललाई यो रकम विदेश लैजान अनुमति दियो त? जवाफ माग्ने कि नमाग्ने?

एनसेलले अझै पनि सरकारलाई पुँजीगत लाभकरवापत ३५ अर्व रुपैयाँ तिर्न बाँकी छ। त्यो नतिर्न अनेक प्रपञ्च चलिरहेको छ। यस्तोमा यो काण्ड आएको छ। के छानबिन होला? शंकै छ, किनभने दुई अर्बको घुसले मुख टालिन्छ त होला!

थप जानकारी यसमा पढ्नुस्-
Exclusive : लोकमानले जेल हाल्ने धम्की दिएपछि एनसेलबाट बाहिरियो साढे आठ अर्ब रुपैयाँ
कान्तिपुरले पनि आजको अङ्कमा यसबारे लेखेको छ। पढ्नुस्- कार्कीको दबाबमा बाहिरियो ८ अर्ब ८० करोड

4 thoughts on “दुई अर्बको घुस बाँडेर एनसेलको आठ अर्ब रुपैयाँ देशबाट बाहिरियो”

  1. karbir says:
    October 25, 2016 at 1:25 am

    नेपालमा मृत्यु दण्ड नदिए सम्म यी चोरहरुको हालीमुहाली हुने भयो l भारस्ताचारीलाइ मृत्यु दण्ड त दिने पर्ने भयो नत्र नेपाल र नेपालीको कहिले भलो हुने छैन l

    Reply
  2. Rocky Baba says:
    October 24, 2016 at 11:36 am

    NRB lai karwahi garnu parcha.

    Reply
  3. Ekraj says:
    October 24, 2016 at 4:42 pm

    If would be nice to know the list of those mafia who deserves jail. There is no doubt both Lokman Sing and Chiranjibi Nepal must be in jail. Salokya ji Nepalse people deserve to know the names of these criminals.

    Reply
  4. sushil says:
    October 24, 2016 at 3:11 pm

    सिधा कुरा हो नि, ‘रअ’ को नेपाली ‘एसेट’ ले गवर्नर संग पैसोको कुरा बुझ्दै थियो हे…। टोईट् त्यति पैसोले त यहाँ व्यवस्था नै तलमाथि पर्छ। काँ, कल्लाई, कहिले, किन, कसरी फरक पर्छ? कस्तो कुरा गर्नु हुन्छ यार माड्साप !
    हिसाब गर्नुस त! शिविरको अरब, एनसेलको अरब, मेडिकल कलेजको अरब, सुडानको करोड, मधेश आन्दोलनको करोड, पानी ट्यांकीको करोड आदि इत्यादि मिलाए पछि कसको बाउको तागत? बरु तपाईं हामी चुप लागेर बसेकै ठिक, नत्र भाग नपाएर हल्ला गरे भन्छन। कुनै दिन त आउला नि नेपालमा जधन्य घुसखोरलाई मृत्युदण्ड दिएकोमा मानवअधिकारको कुरा उठ्ने। त्यो एउटा च्याउँसे बाहुनको ग्यांग छ नि, जे पनि जानेको क्या…हो तिनले हल्ला गर्नेछन र मानव अधिकारको दुहाई दिने छन्।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme