Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् टिआइएभन्दा झुर विश्वका नौ एयरपोर्ट- साउदी अरब र लन्डनको पनि

Posted on October 23, 2016October 23, 2016 by Salokya

TIA
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल टिआइए झुर छ भनेर बेलाबेलामा खबर आउने गरेकै छ। विभिन्न वेबसाइटले सार्वजनिक गर्ने सर्वेक्षणमा पनि टिआइएको खराब पक्ष सार्वजनिक हुने गरेको छ। आठ दिनमात्रै अघि स्लिपिङएयरपोर्टस डट नेटले विश्वका टप टेन झुरेस्ट एयरपोर्टको सूची सार्वजनिक गरेको छ जसमा टिआइएभन्दा अगाडि नौ वटा देशका विमानस्थल छन्। त्यसमा साउदी अरब र लन्डनको विमानस्थलसमेत छ।

वेवसाइटले गरेको वार्षिक सर्वेक्षणको नतिजामा टिआइएको अन्तर्राष्ट्रिय टर्मिनलमा सुधारहरु भएको उल्लेख छ। भिड, फोहर, संकेत चिह्न र खानेकुरा पर्याप्त नभएको अनि स्टाफहरु समेत असहयोगी भएको त्यसमा उल्लेख छ। इमिग्रेसनको लामो लाइन, दिक्क लगाउने धेरै वटा चेकप्वाइन्टलाई पनि उसले कारण भनेको छ।

टिआइएभन्दा पनि झुर नौ एयरपोर्ट चैँ कुन कुन हुन् त?

१) जेद्दाह किङ अब्दुलाजिज इन्टरन्यासनल एयरपोर्ट, साउदी अरब
jeddah-airport
एक नम्बरमा परेको छ साउदी अरबको जेद्दाह किङ अब्दुलाजिज इन्टरन्यासनल एयरपोर्ट। २ सय जना लाइनमा हुँदा इमिग्रेसनमा जम्मा दुई जना कर्मचारी हुने अनि उनीहरु पनि मन लागेको बेलामा जाने मन लागेको बेला आउने गर्दा इमिग्रेसन पार गर्न नै तीन घण्टा लागेको सर्वेक्षणमा सहभागी एक जनाले भनेका रहेछन्। सफाइ भनेको त मिथिकल कन्सेप्ट हुन्छ रे। इमिग्रेसन अफिसरहरु केयरलेस, एरोगेन्ट र रुड रे। कुर्सी पनि पर्याप्त छैनन् रे। एउटै राम्रो कुरा चैँ फ्रि वाइफाइ रहेछ रे।

२) जुबा इन्टरनेसनल एयरपोर्ट, साउथ सुडान

यहाँ चाहिँ एउटा भरिएको प्लेन आउँदा पनि इमिग्रेसनका लागि दुई घण्टा लाग्न सक्छ रे। ब्यागेज एरिया त लिलामी गर्ने ठाउँ जस्तो देखिन्छ। बहुमुल्य सामानहरु लगेजमा नराखेकै राम्रो भन्ने सुझाव रहेछ सर्वेक्षणमा सहभागीको। बोर्डिङ गेटमा गर्मी, फोहर, भिड। ट्वाइलेट र सिटहरु भाँच्चिएको।

३) पोर्ट हार्कोर्ट इन्टरन्यासनल एयरपोर्ट, नाइजेरिया
port-harcourt-airport
पालमुनि अन्तर्राष्ट्रिय विमानस्थलका यात्रुलाई रिसिभ गरिन्छ यहाँ। अराइभल हल लामखुट्टे हुर्काउने ठाउँ जस्ता। लगेज लिने ठाउँ उस्तै। फोहर जमिन, लामोलाइन, भ्रष्ट कर्मचारीहरु यो सूचीमा राखिने कारण रहेछन्।

४) तास्कन्द इन्टरन्यासनल एयरपोर्ट, उज्बेकिस्तान
tashkent-airport
सर्वेक्षणमा सहभागी एक जनाले यो एयरपोर्टबारे लेखेका छन्- विमानबाट बाहिर निस्केर भिडभाडयुक्त बसमा बसेर पासपोर्ट जाँच्ने ठाउँमा पुगेको त मानिसहरुले मलाई धकेले। म लडेँ तर कयौँ स्थानीय यात्रुहरु मलाई कुल्चेर अगाडि गए। यो एसियाकै सबैभन्दा खराब एयरपोर्ट बनेको छ।

५) सान्टोरिनी थिरा, ग्रिस
santorini-airport
टर्मिनल र टिकेटिङ काउन्टरमा जान मात्रै तातो घाममा लामो लाइनमा बस्नुपर्ने, चेक इन र सेक्युरिटी जाँचका लागि जाँदा पनि एसी बिनाको सानो कोठामा कुर्नुपर्ने, भिडभाड, गर्मी, फोहर। ट्वाइलेट पनि फोहर। लामो समय बस्नुपर्ने भए आफ्नै खानेकुरा ल्याउनु जाति भएको सुझाव रहेछ।

६) चानिया इन्टरन्यासनल एयरपोर्ट, ग्रिस
chania-airport
ग्रिसकै यो अर्को विमानस्थल सूचीमा परेको छ। लामो लाइन त भइ नै हाल्यो, एउटा सामान्य स्यान्डविच पाँच गुणा महँगोमा बेचिने पनि उल्लेख रहेछ। बोर्डिङ पास लिन एक घण्टा लाइन, ब्यागेज छाड्न २० मिनेट लाइन र सेक्युरिटी चेक गर्न १५ मिनेट लाइन- एक सहभागीको अनुभव। कुर्सीको समस्या यता पनि रहेछ।

७) क्रेटे हेराक्लियोन इन्टरन्यासनल एयरपोर्ट, ग्रिस
heraklion-airport
यो पनि ग्रिसकै। लामो लाइन, भिडभाडयुक्त गेट, एयर कन्डिसन छैन, बाथरुमको स्थिति, कुर्सीको समस्या नै रहेछ यहाँ पनि।

८) काराकास सिमोन बोलिभार इन्टरन्यासनल एयरपोर्ट, भेनेजुएला
carcas-airport
एक जमानाको अमेरिकी महादेशकै उत्कृष्ट एयरपोर्ट भ्रष्टाचारका कारण यस्तो भएको सर्वेक्षणमा सहभागी एक जनाले लेखेका रहेछन्। आधुनिकिकरण गर्नै बिर्सिएको, बाथरुममा पानी, ट्वाइटेल पेपर नभएको, फोहर भएको, टर्मिनल र लगेजको सुरक्षा नभएको समस्या यसमा रहेछन्।

९) लन्डन लुटन इन्टरन्यासनल एयरपोर्ट, इंगल्यान्ड
london-luton-airport
झुर एयरपोर्ट भनेर भोट गर्ने धेरैले लामो लाइन बस्न परेको, बस्ने सिट नपाएको, बाथरुम र भूइँ सफा नभएको उल्लेख गरेका रहेछन्। निर्माण कार्य भइरहेकोले यसको आकार पनि खुम्चिएको रहेछ। टर्मिनल नजिक ड्रप अफ गर्दा होस् वा सुटकेस जोख्दा, तरल पदार्थका लागि प्लास्टिक ब्याग लिँदा होस्, जेमा पनि पैसा लिने पनि नराम्रो रहेको त्यसमा उल्लेख छ।

8 thoughts on “यी हुन् टिआइएभन्दा झुर विश्वका नौ एयरपोर्ट- साउदी अरब र लन्डनको पनि”

  1. दीपक त्रिपाठि says:
    October 23, 2016 at 11:07 am

    I saw your status while I was in Germany. After 2.5 hours, I am now here in London Luton airport. Luton airport is one of the 5 airports in London and is mainly used for short distances European flights. I have flown through at least 50 airports worldwide and I can assure you that this airport is not in any way bad as you mentioned. Despite going through refurbishment , the airport facilities were superb. The most important of all was that there was no immigration queue at all ..

    Reply
  2. Narayan Gaunle says:
    October 23, 2016 at 9:59 am

    यी नौवटा एअरपोर्टमध्ये बाँकी आठबारे मलाई ख़ास जानकारी छैन । तर लन्दनको लुटन एअरपोर्ट (जो मुख्यतः युरोप र आन्तरिक उड़ानमा प्रयोग हुन्छ) बाट धेरै पटक यात्रा गरेको छु ।
    माथि भनिएकामध्ये यो निर्माणाधीन रहेको साँचो हो । फलतः केही सेवा खुम्चिएका छन् तर प्लास्टिकसम्मको पैसा लाग्ने कुरो सत्य होइन ।
    यो सफा छ, व्यवस्थित छ । किन यस्तो भोटिंग गरे होलान् ?

    Reply
  3. sushil says:
    October 23, 2016 at 2:18 pm

    शायद कुनै उर्दुको कविले लेखेका थिए “नाम नहीं तो बदनाम हि सहि, नाम तो हुवा”

    Reply
  4. Kamal Sabina says:
    October 23, 2016 at 5:21 am

    किन झुठो सन्तोष को सहारामा आफुलाइ बजारिकरण गर्ने यदि बिज्ञापन नै गर्ने मनसाय हो भने केही भन्नू छैन नत्र कठोर साचो सङ्ग सामना गर्ने सामरथ्यको कुरा गरौ न

    Reply
    1. Mysansar says:
      October 23, 2016 at 5:33 am

      झुटो कहाँ देख्नुभो? पढ्नु त भो पूरा?

      Reply
    2. Kamal Sabina says:
      October 23, 2016 at 6:03 am

      कृपया मेरो झुठो को अर्थ याहा झुठो नभयर बिग्रेक्स भत्केका लाई किन तुलना गर्नु भ्स्ने अर्थमा हो याहाको सोध पक्कै पनि सहि हुनु पर्छ म Mysansar को नियमित पाठक हु मेरो आशय खाली सकारात्मक बनौ भन्ने हो आशा गर्छु याहाले अन्यथा लिनु पर्दैन।

      Reply
    3. Mysansar says:
      October 23, 2016 at 8:13 am

      Kamal Sabina सकारात्मक बनौँ भनेको हो हामीले पनि। हाम्रोभन्दा खत्तम पनि छ भनेर जानकारी लिनु नराम्रो हो? खाली नकारात्मक कुरा मात्रै गर्न जरुरी छ र?

      Reply
    4. Kamal Sabina says:
      October 23, 2016 at 9:29 am

      आफू भन्दा तल्लो सङ्ग तुलना गर्नुभयकोले मेरो ब्यतिगत बिचारमा यसले दिने शन्देश त हामी त राम्रै रहेछौं बन्ने जान्छ जस्तो लागेर भन्याहो

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme